भावना शर्मा Archives - BIZMANDU
गोल्डस्टार जुत्ता लगाएका प्रधानमन्त्रीको जेस्चरमा निजी क्षेत्रले कस्तो देख्यो बजेट ?
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट मन्तव्य दिएलगत्तै संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सांसद विदुषी राणा नजिकै गएर आफूले लगाइरहेको सेतो गोल्डस्टार जुत्ता देखाए।
उद्यमी समेत रहेकी विदुषीकै कम्पनी गोल्डस्टारको जुत्ता लगाएका प्रधानमन्त्रीको त्यो ‘जेस्चर’ले धेरैको ध्यान खिच्यो। बजेट सार्वजनिक भए लगत्तैको त्यो क्षण विदुषीलाई पनि निकै उत्साहित बनाउने खालको थियो। लगत्तै उनले त्यो सन्दर्भलाई जोड्दै बिजमाण्डूसँग भनिन् – ‘यसले नेपालको आर्थिक परिदृश्यलाई नयाँ दिशा दिने आधार तय गरेजस्तो लाग्छ। यसलाई म ऐतिहासिक रुपमा स्वागत गर्छु। मेरो लागि यो ड्रिम बजेट हो।’
राणालाई जुत्ता देखाउँदै प्रधानमन्त्री बालेन
उनले संसदमा प्रस्तुत भएको बजेटलाई ‘गेमचेन्जिङ’ बजेट भनेकी छिन्। यसो भन्नुका पछाडि विदुषीले केही आधारहरु प्रस्तुत गरेकी छिन्। उनका अनुसार तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्ने निर्णयले घरेलु उत्पादनलाई प्रतिस्पर्धी बनाउँछ र औद्योगीकरणको गतिलाई तीव्र पार्छ।
यस्तै, दफा ५७ अन्तर्गतको हस्तान्तरणको नयाँ प्रावधानले औद्योगिक विकासमा लामो समयदेखि रहिआएको बाधालाई हटाउने उनले बताइन्। उनी यसलाई उद्योगजगतकै लागि ठूलो राहत हो भन्छिन्।
‘धेरै उद्योगी तथा लगानीकर्ताहरु वर्षौंदेखि मुद्दामा अलमलिएका थिए। थप १% तिरेर कर विवाद खारेज हुने व्यवस्था अत्यन्त व्यवहारिक छ। यो प्रावधानले निजी क्षेत्रलाई ठूलो राहत दिनेछ र उत्पादनमूलक कार्यमा ध्यान केन्द्रित गर्न सहयोग पुग्नेछ। सुदूरपश्चिम र कर्णालीमा टेलिमेडिसिन सडक र संचारको विकासलाई बजेटले प्राथमकितामा दिएको छ। यो बजेट नयाँ युगमा प्रवेश गर्ने सुरुवाती विन्दु हो,’राणाले बजेटमा मुनाफा प्रत्यावर्तन सहजीकरणको घोषणाले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने र लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भनिन्।
बजेट भाषणपछि जुत्ता देखाएपछि विदुषी राणासँग हात मिलाउँदै प्रधानमन्त्री बालेन
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले बजेटलाई आत्मविश्वास बढाउने बजेटको रुपमा लिएका छन्।
‘तत्काल सुन्दा निजी क्षेत्रलाई उत्साहित बनाउने किसिमको छ। विस्तृत त आर्थिक विधेयकले बताउँला। तर हामीले भनिराखेको धेरै कुराहरु समेटिएको छ। एसेट मोनिटाइजेसनका कुराहरु छन्। घाटामा गएका सार्वजनिक संस्थानहरुमा रणनीतिक साझेदार ल्याउने विषय राम्रो हो। आयकर ऐनको दफा ५७ मा गरिएको प्रवाधान र व्यक्तिगत आयकरको सीमा बढाउने विषयले अर्थतन्त्रलाई चलायमान बनाउँछ,‘ अध्यक्ष पाण्डेले भने।
उनले कर विवादको विषय १ प्रतिशत थप दस्तुर तिर्दा सेटल हुने प्रावधानले वर्षौंदेखि अल्लिझएका विषय सेटलमेन्ट गर्न सहज हुने बताए। निजी क्षेत्रले भन्दै आएका कुराहरु धेरैजसो परेकोमा उनले खुशी व्यक्त गरे।
यता, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष तथा उद्यमी भवानी राणा बजेटको सन्दर्भमा मिश्रित धारणा राख्छिन्। उनले बजेट मध्यम वर्ग लक्षित रहेको बताइन्।
‘बन्द भएका सरकारी उद्योगहरु सार्वजनिक-निजी साझेदारी मोडलमा बनाउने  राम्रो हो। भन्सार दर, कर र विदेशी लगानीबारे आएका बुँदाहरु सकारात्मक छन्। तर ५० युनिटभन्दा बढी बिजुली उपभोग गर्नेले १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्दा औषधी तथा खाद्यान्न उद्योगलाई प्रभावित बनाउँछ,’राणाले भनिन्।
विदेशी लगानीलाई प्रवधर्न गर्नका लागि रकम लैजाँदा राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने जानकारी दिएमात्र पुग्ने जस्ता कुराहरु असाध्यै राम्रा भएको उनको तर्क छ। कृषिलाई दिएको अनुदान, युवा र महिलाका लागि उद्यमका लागि दिइएका सहुलियतका कार्यक्रम पनि राणालाई राम्रो लागेको उनले बताइन्।
‘समग्रमा बजेट राम्रो छ। तर कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने हो। फेरि झण्डै दुई तिहाइको सरकारको बजेट भएकाले कार्यान्वयन हुने सम्भावना पनि रहन्छ,’ उनले भनिन्।
अर्थमन्त्री वाग्ले बजेट प्रस्तुत गर्दै
त्यस्तै, इप्पानका अध्यक्ष गणेश कार्की बजेट ऊर्जा क्षेत्रलाई प्रोत्साहन गर्ने गरि आएको बताउँछन्। उनले बजेटबाट सरकारले उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको महसुस भएको धारणा राखे।
चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले भने बजेटमार्फत निजी क्षेत्रले उठाएको मुद्दालाई सम्बोधन गरेको बताए।
‘नयाँ अर्थमन्त्रीले दिनुभएको स्वर्णिम युगको बजेट सटिक आयो जस्तो लागेको छ। सर्सर्ती सुन्दा समग्रमा राम्रो छ। कार्यान्वयन हुन्छ भन्ने आश पनि गरौं,’ उनले भने।
पाण्डेले कर्मचारीको तलब राम्रै ढंगले बढेकाले काममा ‘दायाँबायाँ’ नहुने तर्क गर्दै भने,‘अब कार्यान्वयन पनि सहज होला। कर्मचारीको तलब बढ्दा उहाँहरुको आत्मवल बढ्यो। कर्मचारीतन्त्रले राम्रोसँग काम गरिदिएपछि त्यसले नै हो बजेट सफल बनाउने। दायाँबायाँ, तलमाथि, टेबल यताउता जस्ता प्रवृत्ति अब हुन्न भन्ने अपेक्षा छ।‘
तर, कृषि उद्यमी सुनिता नेम्हाफुकी भने बजेटबाट ‘एक्साइटमेन्ट’ आए पनि कृषि क्षेत्रमा सम्बोधन गर्नुपर्ने धेरै विषय छुटेको बताउँछिन्।
‘बजेटको पहिलो वाक्यांश नै उद्यमी र निजी क्षेत्रलाई प्रोत्साहन दिने कुराबाटै सुरु भयो। स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको प्रवर्धनका कुरा आए। करको दायरामा गरेको परिवर्तनले हामीलाई राम्रो बाटोमा लैजान्छ। तर नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय राम्रा कुराहरु बजेटमा परेनन्,‘ उनले गुनासो गरिन्।
उनले साना किसानलाई वित्तीय सहुलियतको कुरा धेरै भए पनि बजेटमा नपरेको बताइन्। यतिबेला किसानको आवश्यकता धानको मेशिनमा अनुदानको भएको र त्यसबारे केही कुरा नउठेको उनको भनाइ छ।
उनी भन्छिन्,‘बीमामा निरन्तरता भनेपनि कृषि क्षेत्रमा यसबारे असाध्यै समस्या छ। यस्तै कृषिका लागि बैंकिङको क्षेत्रलाई पनि थोरै मात्र छोएको छ। त्यो भन्दा पनि सबैभन्दा प्रमुख कुरा पोस्ट हार्भेस्ट लस ४० प्रतिशत छ। यसबारे कुनै कुरै उठेन।  ड्राइ कोल्ड चेन र किसान क्रेडिट कार्डको कुरा नीति तथा कार्यक्रममा थियो तर बजेट आउँदा गायब छ।’
बजेटमा समेटिएका राम्रा कुराको भने उनले स्वागत गरिन्।
‘अहिलेसम्मै नउठेको मार्केट प्लेसको कुरा उठेको छ। कृषिमा असाध्यै धेरै हुने उधारो असुलीको समस्या समाधानका लागि ऐन बनाउने कुरा र साना तथा मझौला उद्यमीका साथै स्वदेशी ब्राण्डको लागि बण्ड ल्याउने कुराले पनि हामीलाई उत्साहित बनाएको छ। कृषिमा आउँदा उत्पादन र प्रशोधनलाई जोडेर २ करोडको प्रारम्भिक लगानीमा ४० प्रतिशतसम्म सहुलियत दिने स्किमले राम्रो नतिजा दिन्छ। जीआई ट्याग अनुसारको उत्पादनको प्रमोट गर्ने प्रावधानले ब्राण्डिङ गरी बेच्ने संभावनालाई फराकिलो बनाएको छ। प्रोडक्ट बेच्छु भन्नेलाई सहयोग गर्ने कुरा राम्रो हो,‘ उनले भनिन्।
The post गोल्डस्टार जुत्ता लगाएका प्रधानमन्त्रीको जेस्चरमा निजी क्षेत्रले कस्तो देख्यो बजेट ? appeared first on BIZMANDU.
काठमाडौंका प्रथम मेयरकी नातिनी जया, जसले सेवा रोजिन्, ‘एक हातले दिएको अर्कोलाई थाहै नहोस्’
काठमाडौं। सिंहमहलको आलिशान भवनबाट कञ्चन बागमती हेर्दै हुर्किएकी जया राज्यलक्ष्मी शाह अहिले पनि त्यही नदीछेउमै बस्छिन्, भलै बागमतीमा धेरै पानी बगिसकेको छ। अनि जयाले पनि जीवनका कैयन् झाँकीहरु देखिसकेकी छन्।
थापाथलीस्थित जया कुञ्जभित्र शान्त, सुन्दर, सेता बंगलाबीचको बगैंचामा बसेर जया हामीसँग ‘त्यो समयको’ पोको फुकाउँदैछिन्, त्यसो त जया शाह आफैं निकै ‘प्राइभेट पर्सन’ हुन्।
नेपालको राणा र शाह परिवारको पारिवारिक लहरोमा जया शाहलाई भेटिन्छ। उनी चन्द्र शमशेरकी पनातिनी हुन्। उनकी हजुरमुवा तत्कालीन राजा त्रिभुवनकी दिदी। थापाथलीको सिंहमहल जहाँ अहिले नेपाल राष्ट्र बैंक बसेको छ, जया त्यही दरबारमा जन्मिएकी हुन्, जुन दरबार उनका हजुरबुवा सिंह शमशेरको निवास थियो।
बुवा अर्जुन शमशेरका पाँच छोरी भए। बीचमा जन्मिएका एक छोराको देहावसान भएको थियो। तर अर्जुन शमशेरले त्यो बेला अर्को बिहे गर्न खुला भए पनि गरेनन्। ‘मेरा ५ छोरी नै मेरा ५ छोरा जस्ता बन्नेछन्’ भनेर अर्जुन भन्ने गरेको जयाले सुनाइन्।  छोरीहरुलाई अब्बल बनाउनकै लागि बुबाले उनीहरुलाई सानैमा भारतको मसुरी पठाएका थिए।
उनका हजुरबुवा सिंहशमशेर राणा काठमाडौंका पहिलो नगरप्रमुख अर्थात मेयर थिए। विसं. १९७६ मा  हजुरबुवा मेयर हुँदा डिजाइन गरिएको नयाँ सडकमा डुलेकी जया काठमाडौंको उस्तै स्मृति र आत्मीयताका साथ अहिले पनि न्यूरोड पुग्छिन्।
सानैमा पढ्नका लागि भारतको बोर्डिङ स्कुल गएकी जयाले विद्यालयदेखि नै ‘दिनु’ को महत्त्व बुझिन्। ४ वर्षको उमेरमै कन्भेन्टमा पठाइएकी जया त्यहाँ ननहरुले मिसनरीमार्फत गरेको सेवा देख्दै हुर्किएकी हुन्। उनी कन्भेन्ट अफ जिजस एण्ड मेरी भन्ने मिसनरी स्कुलमा पढिन्। क्रिस्चियन स्कुल भएकाले दैनिक प्रार्थना हुन्थ्यो। तर हिन्दूहरुलाई प्रार्थना गर्न कर भने थिएन।
उनी भन्छिन्-‘तर म हिन्दु भए तापनि सानैदेखि क्रिस्चियन फिलोसफी सिकें। क्रिस्चियन फिलोसफी बुझेरै म राम्रो हिन्दू हुन सके जस्तो लाग्छ किनकी हरेक धर्मले सिकाउने मूल कुरा एउटै हो।‘
त्यो पढाइको जगमा जयाभित्र नजानिँदो गरी बसेको सेवाभाव पछि हजुरबुवा र हजुरमुवाले प्रशस्तै दान गरेको देखेपछि अझ गहिरो बन्यो। तर उनी आफूलाई समाजसेवामा निरन्तर लागिरहन प्रेरित गर्ने पात्रका रुपमा स्वर्गीय मंगलादेवी सिंहलाई सम्झन्छिन्।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसँग पटक-पटक भेटेपछि जयाले परोपकारलाई नै आफ्नो जीवनको उद्देश्य बनाइन। महिलाहरुको न्याय, स्वतन्त्रता र सशक्तिकरणका लागि धेरै काम गर्नुपर्छ भनेर मंगलादेवीले नै जयालाई झकझक्याउने गरेको उनले बताइन्।
रमागृहमा जाँदा मंगलादेवीले भनेका कुरा उनी अहिलेपनि सम्झन्छिन्- ‘समाजमा महिलामाथि ठूलो अन्याय छ। उनीहरुको आवाज सुनिदैन। आत्मनिर्भर छैनन्। महिलाहरुको लागि धेरै काम गर्नुपर्छ भनिरहनुहुन्थ्यो।’
जयाको परिचय रोटरीकै पहिलो महिला डिस्ट्रिक्ट गभर्नरका रुपमा छ। १० वर्षअघि नै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटान रोटरीको प्रथम डिस्ट्रिक्ट गभर्नरका रुपमा उनले थिम्पुमा शाखा बिस्तार गरिन्।
सन् २०१६/१७ मा उनी रोटरीकी पहिलो महिला डिस्ट्रिक्ट गभर्नर बनेकी थिइन्। उनी आर्च क्लम्प सोसाइटीमा पर्ने दोस्रो नेपाली रोटेरियन पनि हुन्। उनीभन्दा अघि डाक्टर रुप ज्योतिमात्र त्यस सोसाइटीमा थिए। रोटरीलाई लाखौं डलर दान दिएकी जया ‘दिएको’ सुनाउन खासै मन गर्दिनन्। बरु समाजमा ‘दिने’ भन्दा लिनेतर्फ मानिसहरु अग्रसर भैरहेको देख्दा चिन्ता व्यक्त गर्छिन्।
पाइलट भएकाले उनका श्रीमान धेरैजसो घर बाहिरै हुन्थे। साधारण जीवनशैलीमै उनले दुई सन्तान राजीव र प्रीतिलाई हुर्काइन्। जयाका छोरा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह हाल कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री छन्।
जयामा भरिएको ‘विद्रोही चेत’
जाजरकोटे शाह परिवारका पाइलट बबीबिक्रम शाहसँगको विवाहले जयालाई त्यो समयको विद्रोहीका रुपमा उभ्याइदियो। विद्रोही यस अर्थमा कि जयाले त्यसबेला आफ्ना परिवारका दिदीबहिनीले भन्दा फरक पथ चुनिन्।
मसुरीबाट स्कुल र पुनामा सिनियर क्याम्ब्रिज सकेपछि जयाले नेपाल आएर फेरि एसएलसी दिइन्। त्यसपछि उनले पद्मकन्या कलेजबाट इन्टर पास गरिन्। उनी त्रिभुवन विश्वविद्यालयको पहिलो ब्याचकी ग्र्याजुयट पनि हुन्।
जयालाई ग्र्याजुयसन सकेपछि थप पढ्ने मन भयो। तर उनले डिग्रीका लागि कलेज जान पाइनन्। उनलाई कानुन विषय पढ्न मन थियो। तर उनका बुवाले कानुन पढ्नेहरुले बढी बहस गर्छन्। बिहे गरेर जाने घरकाले रुचाउँदैन भनिदिए। तर विद्रोही जया कहाँ मान्नेवाला थिइन् र ! उनले घरमै किताब ल्याएर कसैलाई थाहै नदिइकनै ल को पढाई सकिन्। त्यतिबेला उनी २१ वर्षकी भइसकेकी थिइन्।
त्यसबेला राणा परिवारका छोरीहरुलाई भारतका राजघरानाहरुमा बिहे गरेर पठाउने चलन थियो।
महारानी कसरी बन्ने भन्ने सिकाइ र तालिम दिएर त्यही सोचले नै राणा परिवारका छोरीहरुलाई हुर्काइन्थ्यो। त्यही अनुसारको लवाइखुवाइ हिँडाइबोलाइ सिकाइन्थ्यो। ५० हजार किताब भएको लाइब्रेरीसहितको सिंहमहलमा हरेक कुराको लागि समय निर्धारण गरिएको हुन्थ्यो। कतिबेला उठ्ने, के तालिम लिने, मानिसहरुसँग कसरी बोल्ने, कसरी भेट्ने सबै म्यानर्स सिकाइन्थ्यो। घर सजाउने कला सिकाउन मेमहरु नै राखिएका हुन्थे।
जयाका दुबै दिदीहरु भारतकै राजघरानामा बिहे गरेर उतैका ‘महारानी’ भइसकेका थिए। तर जया भने  एयरपोर्टमा पाइलटको युनिफर्म लगाएर हिँडिरहेका बबीविक्रम शाहसँग आकर्षित भइन्। जयालाई इम्प्रेस गर्नकै लागि बबी पनि हेलिकोप्टरले सिंहमहलको चक्कर लगाउन थाले।
त्यो समय राणापरिवारका छोरीहरुलाई बगैंचामा जान त कडाइ हुन्थ्यो भने प्रेम ‘निषेध’ जस्तै थियो। तर जयालाई बबी नै आफ्नो जीवनसाथी हुनुपर्छ भन्ने लाग्यो। जयाले जाजरकोटका बबीसँग बिहे गर्न परिवारमा कुरा राखिन्। तर जयाको परिवार भने उनलाई ‘महारानी’ बनाएर भारतकै कुनै राजघरानामा पठाउने परम्परालाई निरन्तरता दिन चाहन्थ्यो।
उनी भन्छिन्- ‘तर म जीवनभरकै लागि नेपाली नै रहिरहन चाहन्थें। दिदीहरु महाराजसँग बिहे गर्ने, तिमी भने पाइलटसँग बिहे गर्ने! पछि तिमीलाई कम्प्लेक्स होला!’ भनेर बुवामुवाले सम्झाए पनि मैले निश्चय गरिसकेकी थिएँ।’
सुरुवाती नाइनास्तीपछि पारिवारिक सहमति मै उनको बिहे क्याप्टेन बबीबिक्रम शाहसँग भयो। त्यसबेला पाइलटका रुपमा बबीको कमाइ मासिक १५ सय रुपैयाँ थियो। थापाथलीको भव्य सिंहमहलबाट कुपण्डोलमा सानो ४ कोठाको घरमा जया भित्रिइन्। तर उनकै शब्दमा त्यसपछि नै उनले ‘माइतीमा कहिल्यै नपाएको स्वतन्त्रता’ महसुस गरिन्। पाइलट भएकाले उनका श्रीमान धेरैजसो घर बाहिरै हुन्थे। साधारण जीवनशैलीमै उनले दुई सन्तान राजीव र प्रीतिलाई हुर्काइन्। जयाका छोरा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह हाल कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री छन्।
‘नेपाल इज मोर पोलिटिकल देन सोसल’
बिहे अघिसम्म जयाले पकेट मनीका रुपमा ४० रुपैयाँ पाउँथिन् तर बाहिर खुला रुपमा हिँड्न नपाएपछि त्यो पैस खर्च गर्ने ठाउँ पनि हुन्थेन। बाकसमै राख्नुपर्थ्यो। पद्मकन्यामा इन्टर पढ्दा त्यो पैसाले समोसा किनेर साथीभाईसँग मिलेर खाएको पनि जयाले कसैलाई सुनाइनन्। कलेजमा साथीहरुसँग मिलेर नजिकैकै बारीबाट काँक्रो चोरेर पनि उनीहरुले खाए। तर यो सबै आफ्नो रिबेलियन स्वभावको परिणाम भएको जस्तो जयालाई लाग्छ।
‘मैले रिबेल गरेकै हो। राणाकी छोरीले कडा अनुशासन र नियमहरु पालना गर्नुपर्थ्यो। तर म सबैसँग भिज्न मिल्न चाहने। ती सानासाना कामहरु मेरा निम्ति फ्रिडम थियो।‘
बिहेपछि श्रीमानले उनलाई नयाँ सडक लिएर जाँदा उनले पहिलोपटक त्यो स्वतन्त्रताको अनुभूति गरिन्। कसरी बाटोमा हिड्ने होला कसरी किनमेल गर्ने होला! उनी नर्भस नै भएकी थिइन् रे। किनभने उनीहरुलाई बढी नै बन्देजमा हुर्काइएको थियो।
‘त्यसअघि त बन्देजमा हिड्नुपर्ने हामी स्वतन्त्र भएर हिँड्दा मेरो खुट्टा नै काँपेको थियो।’- उनले भनिन्।
कमनरसँग बिहे गरेकी’ नातिनीले दुःख नपाओस् भनेर उनलाई सिंह शमशेरलै प्रशस्तै सम्पत्ति बकस दिए। हजुरबुवाले सिंहमहल नजिकै बंगला बनाइदिएपछि उनी कुपण्डोलबाट फेरि उनी थापाथली फर्किइन्।
राणाको घरमा बटालियन नै हुने आठ पहरिया हुने। उनीहहरु जतिबेला पनि हामीलाई निगरानी गरिरहेका हुन्थे। एकदिन यसो झ्यालबाट हेरें त्यो अपराध त होइन। तर भोलिपल्टै जाहेरी पुग्यो। बैदारले जाहेरी लेख्ने। बुवाले उनलाई भोलिपल्ट बोलाए। बुवाले बोलाएको खबर पाउँदा के के न बिराएँ भनेजस्तो हुने डर लाग्ने!
बुवाले सोधे-‘बाबु तिमीले हिजो झ्यालबाट हेरेको हो?’
‘हो बुवा’- उनले उत्तर दिइन्।
‘झ्यालबाट हेर्नुहुन्न है, बागमती पारीबाट तिमीलाई देख्छन् अरुले।’- बुवाले त्यसो भन्दा जया भित्रभित्रै हाँसेकी थिइन्। ‘एउटी केटीले घरको झ्यालबाट हेरेको कसले नै देख्थ्यो होला र बागमती पारीबाट!’- त्यसबेलाको समाज बुझ्न यही उदाहरण काफी थियो। जया आफैंलाई अहिले सम्झिँदा आफ्नो युवाअवस्थाका अनेकौं किस्साहरु कुनै कथा पो हो की जस्तो लाग्छ तर यी सबै उनले नै भोगेर आएका दिनहरु हुन्।
जया हजुरबुवा सिंहशमशेरकी सबैभन्दा प्यारी नातिनी थिइन्। अरु दिदीबहिनीहरु बिहे गरेर भारत गएकाले जया नै अन्तिम समयसम्म हजुरबुवा हजुरमुवाको साथमा रहिन्। ‘कमनरसँग बिहे गरेकी’ नातिनीले दुःख नपाओस् भनेर उनलाई सिंह शमशेरलै प्रशस्तै सम्पत्ति बकस दिए। हजुरबुवाले सिंहमहल नजिकै बंगला बनाइदिएपछि उनी कुपण्डोलबाट फेरि उनी थापाथली फर्किइन्।
पहिले हाम्रो समाजमा महिलाको स्थान नै कहाँ थियो र? कसैले गन्दैनथ्यो। अहिले बिस्तारै महिलाहरुले आफ्नो परिचय बनाइरहेका छन्।
यसरी मोडियो समाजसेवातिर
मानवीय चरित्र नै हो उ पहिले आफ्नै लागि सम्पत्ति जोड्न चाहन्छ। फेरि सजिलै अरुलाई दिन सक्ने स्वभाव पनि जो कोहीसँग हुन्न। नेपाली उखानै छ- ‘दान दिनका लागि १०० हात्तीको बल चाहिन्छ।’ जया त्यो बल त्यसै नआउने बताउँछिन्।
हजुरमुवा रमा राज्यलक्ष्मीले दाइजोमा पाएको जग्गा त्रिभुवन विश्वविद्यालय बनाउनका लागि दान दिएकी थिइन्।
पछि हजुरबुवाले जयालाई बोलाएर भने- ‘हामीसँग ५० हजार किताब भएको लाइब्रेरी छ। यो यहाँ रह्यो भने हामीलाई मात्र काम लाग्छ। विश्वविद्यालयलाई दियो भने धेरैले पढ्छन्।’ जयासँग छलफल गरेरै हजुरबुवाले त्यो सबै किताब त्रिभुवन विश्वविद्यालयलाई दान दिए।  सिंह महल १०० रोपनीभन्दा बढी जग्गामा फैलिएको थियो। हजुरमुवाका भदा महेन्द्रकी युवराज्ञी इन्द्रराज्यलक्ष्मीको सन्तान पाउने क्रममा मृत्यु भएपछि प्रसूति अस्पताल बनाउन थापाथलीको ५० रोपनीभन्दा बढी जग्गा दिए।
महिलाहरुको हितमा काम गर्नका लागि खुलेको महिला संघका लागि रमागृह हजुरबुवाले नै दिएका थिए। जयाका बुवाले पनि थापाथलीको १२ रोपनी जग्गा रोटरी क्लबलाई दिएका हुन्।
जया जन्मिँदा सिंगो थापाथली उनीहरुकै पैतृक सम्पत्ति थियो। बिस्तारै घट्दै घट्दै यो खुम्चिएको छ तर जयाको सेवाकर्म भने अझ फैलिदो छ। उनले रोटरी इन्टरनेशनललाई मात्रै ‘हाफ मिलियन डलर’ दिइसकिन्।
‘मन नभै दिन सकिन्न। वैधानिक रुपमा नै मैले दान दिएको हो रोटरीलाई। एक मोहरले एक पाथी चामल आउँथ्यो उ बेला। अहिले हेरौं त समय कति बदलिइसक्यो। हाम्रो इकोनोमी कस्तो भैसक्यो। अहिले लाखले केही काम हुन्न जस्तो भैसक्यो। फेरि कसरी मान्छेलाई सम्झाउने! पहिले दिने भन्ने भाव बढी थियो। अहिले चैं आफू कसरी बन्ने मात्र भैदियो,’ उनले गुनासो गरिन्।
जतिबेला उनी पहिलो महिला गभर्नर भइन् त्यसबेला पनि रोटरीमा ‘तिमी गर्न सक्छौ र?’ भन्ने प्रश्न उठ्यो।
‘दरबारमा बसेको मान्छे गाउँ-गाउँमा गएर काम गर्न सकिएला?’
तर त्यही प्रश्न नै उनलाई प्रमाणित गर्न काफी थियो। उनले इख र समर्पणका साथ काम गरिन्। दश वर्ष अघिको त्यो समयमा ४५ डिस्ट्रिक्ट गभर्नहरुमध्ये जया नै काम का आधारमा अब्बल ठहरिइन्।
‘पहिले हाम्रो समाजमा महिलाको स्थान नै कहाँ थियो र? कसैले गन्दैनथ्यो। अहिले बिस्तारै महिलाहरुले आफ्नो परिचय बनाइरहेका छन्।’- उनले सम्मानका साथ देशको शीर्ष पदहरुमा पुगेका सुशीला कार्की, विद्या भण्डारी, सपना प्रधान मल्ल अनि इन्दिरा राना मगरको नाम लिइन्।
‘नेपाल इज मोर पोलिटिकल देन सोसल तर मलाई के लाग्यो भने आफ्नो कम्युनिटी नै नभए देश कसरी बन्छ? यही सोचेर म चाहिँ समाजसेवामा लागें। तर समाजसेवाका लागि पनि कारण चाहिन्छ कज हुनुपर्छ कसका लागि हो र काम गरेर कस्तो नतिजा आउँछ त्यो सबै सोचेर काम गर्नुपर्छ। अहिले पनि हामीले पर्याप्त सहयोग दिन सकेकै छैन।’-उनले भनिन्।
जब उनी महलबाट निस्किएर गाउँ गाउँ पुगिन् अनि जीवनका फरक आयामहरु बुझ्दै गइन्। उमेरले ८० पुगेकी जयाले कठोरता, स्वतन्त्रता र सेवाभाव सबै एकै जीवनमा महसुस गरिन्।
समाजसेवाकै लागि उनी नेपालका सातै प्रदेशहरु पुगिन्। विकट गाउँहरु घुमिन्। उनी जाजरकोटकी बुहारी। उनको सुरुवाती सेवा नै जाजरकोटबाट भयो। जाजरकोटको अस्पतालमा स्तरोन्नतीका लागि रोटरीमार्फत नै सहयोग लगिन्।
‘आफ्नो निम्ति त म सिंहमहलमा जन्मिएँ। सम्पन्नतामा जीवन बिताएँ। म अरु कसैलाई दबाब दिन्न। तर मेरो भागको सबै सम्पत्ति बाँडेर सिध्याएपनि मेरो खुशी हो। मैले महिला, बालबालिकाका, स्वास्थ्य, पानी, शिक्षा, वातावरण जस्ता सबै क्षेत्रका लागि योगदान पुगोस् भनेरै मैले रोटरीमार्फत दान दिने निर्णय गरेकी हुँ। रोटरीमार्फत मैले दिएको दान नेपालमात्र विश्वभरका मानिसका लागि हुनेछ।’- उनले गर्वका साथ सुनाइन्।
चुपचाप दिन मन गर्ने जया शाहलाई जीवनको उत्तरार्ध बोरिङ लागेकै छैन किनकी ८० को उमेरमा पनि उनी उस्तै सक्रिय छिन्। श्रीमान बितेपछि उनी पूर्णकालीन समाजसेवी बनिन्।
समाज नै नबने देश कसरी बन्छ?
धनी भए पनि कुनै बेला जयाको हातमा पैसा थिएन। सम्पन्नता थियो तर पैसा छुन पाइन्नथ्यो। खान लाउन दिइन्यो। पढ्न पाइयो। तर नगद छुने, खर्च गर्ने स्वतन्त्रता थिएन। सानैदेखि त्यो अवस्था भोगेकी जया भन्छिन्- ‘आइ ह्याभ सिन लाइफ। मनी इज द मिन, बट नट द इन्ड।’
२०७२ को महाभूकम्पपछि जया देशका धेरै स्थानमा रोटरीमार्फत राहत वितरण गर्न गइन्। त्यो बेला उनले थप महसुस गरिन्– ‘एउटा पाल भए त जीवन चल्ने रहेछ।’
फेरि कोभिड महामारीका बेला अक्सिजन अभाव देखेर उनी ब्याकुल भइन्। अस्पतालहरुमा अक्सिजन सिलिन्डर बाँड्न आवश्यक पैसा पठाइयो। अहिलेपनि जब केही विपत्ति आइलाग्छ उनी रोटरीमार्फत आकस्मिक जुटिहाल्छिन्।
‘राजनीति होस् वा सेवा। जहाँ पनि नेतृत्वमा महिला अग्रसर हुनुपर्छ। तर आँट नभए नेतृत्व गर्न सकिन्न।’- उनलाई हरेक क्षेत्रमा महिलाहरुले लिड गरेको हेर्न मन लाग्छ। रोटरीमा पनि निर्वाचित भएर जानुपर्छ। यहाँ पनि महिलाहरु नै अघि सरुन् भन्ने उनलाई लाग्दोरहेछ।
‘हुनुपर्ने त उस्तै थियो तर राजनीति र समाजसेवा फरक भैदियो। जुन भावले सेवा गर्छौं त्यो नभई राजनीति पैसा कमाउने र आफू बन्ने तिर गयो। अरुलाई बनाउने कुरा भएन। राजनीति सेवा कम पपुलारिटीको लागि ज्यादा भैदियो। तर हामी चुपचाप दिनेमा विश्वास गर्छौं। समाजसेवा नै गर्नुपर्ने हो राजनीति गर्नेले। उनीहरुले सिक्नुपर्ने हो।’- जया अर्थमन्त्री भैसकेका छोरालाई पनि सिकाइरहन्छिन्।
चुपचाप दिन मन गर्ने जया शाहलाई जीवनको उत्तरार्ध बोरिङ लागेकै छैन किनकी ८० को उमेरमा पनि उनी उस्तै सक्रिय छिन्। श्रीमान बितेपछि उनी पूर्णकालीन समाजसेवी बनिन्। छोराछोरी आफ्नो करियरमा लक्षित छन्। सँगै रहिरहने अवस्था हुँदैन। यो ठूलो कम्पाउण्डमा केही सहयोगीहरुका साथ जयाको दिनचर्या बित्छ। बगैंचा उनलाई सबैभन्दा मन पर्ने ठाउँ हो जहाँ उनी अक्सर समय बिताउँछिन्।
‘एक्लोपन महसुस हुनका लागि खै मसँग टाइम?’ उनी आफैंसँग प्रश्न गर्छिन्। ईश्वरले साथ दिइरहुन् यसैगरी सेवाको काममा व्यस्त भैरहुँ भन्ने मात्र लाग्छ भन्छिन् जया – ‘आइ अलवेज केप्ट माइ लाइफ प्राइभेट। मन छ भने कवच मै बसेर पनि समाजसेवा गर्न सकिन्छ। आफ्नो निम्ति सबै गरिसकियो। अब बाँचुन्जेल अरुकै निम्ति गरिरहुँ।‘
The post काठमाडौंका प्रथम मेयरकी नातिनी जया, जसले सेवा रोजिन्, ‘एक हातले दिएको अर्कोलाई थाहै नहोस्’ appeared first on BIZMANDU.
निजी क्षेत्रका लागि अहिलेको चुनाव ‘क्रुसियल’, यसरी खोज्दैछन् एजेण्डा स्थापित गर्न स्पेश
सरकारी संरचनाहरुमाथि तोडफोड र आगजनीमात्र होइन उद्योगधन्दा तथा कलकारखानाहरु ध्वस्त पारिए। त्यहाँका उत्पादन जलेर नष्ट भयो। आगजनी र तोडफोडमा अर्बौंको नोक्सानीमात्र भएन समग्र व्यावसायिक वातावरण नै निराशाजनक बन्न पुग्यो।
यो निराशाबीच देश निर्वाचनमा गएको छ। निजी क्षेत्रले अहिलेको ‘डेडलक’ हटाउन निर्वाचननै पहिलो सर्त भएको बताउँदै आएका थिए। योसँगै निजी क्षेत्रले केही भएपनि उज्यालोको संकेत भेटेको छ।
विगतको चुनाबभन्दा केही पृथक परिदृश्यले पनि निजी क्षेत्रलाई उत्साहित बनाएको छ। उनीहरुको बुझाईंमा जेनजी आन्दोलन हुनुका पछाडि आर्थिक अविकास, सुशासन र सरकारका सेवाको ढिलासुस्ती हो। त्यही भएर नयाँ आउने दल र फेरिएको राजनीतिक दलको नेतृत्वले यही समस्यालाई सम्बोधन गर्नेछ। र, मुलुकको आर्थिक विकासको बाटोलाई अविचलित रुपमा अगाडि बढ्नेछ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल देशमा स्थिरता ल्याउनका लागि चुनावको बाटो नै निर्विकल्प भएको बताउँदै त्यसतर्फको अग्रसरताले उत्साहित बनाएको बताउँछन्।
‘देशमा स्थिरताका लागि चुनाव असाध्यै राम्रो बाटो हो। तर हामी के चाहन्छौ भने सबै राजनीतिक दल तथा पार्टीले प्राथमिकतामा निजी क्षेत्रका एजेन्डाहरुलाई राखुन्,’ चन्द्रप्रसाद ढकालले बिजमाण्डूसँग भने- ‘देशमा रोजगारी पूर्वाधार विकास, राजस्वमा बृद्धि, युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य तबसम्म हुँदैन जबसम्म देशमा व्यवसायिक गतिविध बढाउनेतर्फ काम हुँदैन। यसका लागि बिना कुनै अवरोध हरेक किसिमका व्यावसायिक गतिविधि संचालन हुनु दिनु नै सबै दलको पहिलो एजेन्डा हुनुपर्छ।’
महासंघले केही दिनमै निजी क्षेत्रका तर्फबाट सबै राजनीतिक दलहरुका लागि एक घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए। दलहरुले व्यावसायिक वातावरण बनाउन तथा देशको आर्थिक विकासका लागि प्राथमिकताका साथ गर्नुपर्ने कामबारे सुझाव दिनका लागि घोषणापत्र तयार पारिरहेको उनले बताए।
हरेक पटक आन्दोलनका नाममा निजी क्षेत्रलाई नै लक्षित गरी आक्रमण हुने गरेकोमा त्यो पूर्णतया बन्द हुनुपर्ने उनको माग छ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्र पाण्डेले पनि निजी क्षेत्रले जहिले पनि स्थिरता नै अपेक्षा गर्ने भन्दै देश चुनावतर्फ अग्रसर भएकोमा खुशी व्यक्त गरे।
उनले केही दिनअघि सीएनआईका तर्फबाट दलहरुलाई राजनीतिभन्दा पहिले आर्थिक एजेन्डाबारे सोच्न प्रेस्क्रिप्सन दिएको बताउँदै चुनाव पछिको नयाँ सरकारले ‘इकोनोमीलाई सेन्टर स्टेज’मा राखेमा मात्र युवाहरुमा आशाको संचार हुन सक्ने धारणा राखे।
उनी भन्छन्-‘चुनाव हुने नहुने अन्योल थियो। चुनाव भनेकै डेमोक्रेटिक प्रोसेसतर्फ जानु हो। त्यसैले यो माहोल सकारात्मक छ। यो शान्तिपूर्ण हुनेछ भन्ने पनि अपेक्षा गरेको छु। तर हामीले ३५ वर्षअघि बहुदल आएदेखि नै देखिरहेका छौं। पटक पटक सरकार परिवर्तन हुँदा अर्थतन्त्रलाई नकारात्मक असर पर्नेगरी नीतिहरु परिवर्तन भैदिन्छन्। अब आउने सरकारहरुले चाहीँ अर्थतन्त्रलाई महत्वकासाथ हेरिदिनुपर्छ।’
उनका अनुसार जबसम्म अर्थतन्त्रलाई केन्द्रमा राखेर नीति बन्दैनन् तबसम्म आर्थिक गतिविधिहरु फस्टाउने वातावरण बन्दैन।
पाण्डे चुनावका समयमा दलहरुले घोषणापत्रमा आर्थिक रुपान्तरणका कुरा गरेपनि सरकारमा पुगेपछि त्यो बिर्सने प्रवृत्तिको अब अन्त्य होस् भन्छन्। निजी क्षेत्रको मनोबल बढाउनका लागि मात्र नभई र युवाहरुमा आत्मविश्वास भर्नका लागि समेत चुनावले सकारात्मक माहोल बनाएको उनको बुझाई छ।
परिसंघले केही दिन अघि नै राजनीतिभन्दा पहिले अर्थतन्त्र नारा केन्द्रित रहन सबै राजनीतिक दलहरुलाई सुझाव समेत दिइसकेको छ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणालाई चुनावले नवपरिवर्तन र निकास दिन्छ भन्ने लागेको छ। उनी चुनावलाई लिएर असाध्यै आशावादी छिन्। चुनावपछिको स्थिरता र अर्थतन्त्र सबल बनेमा हाल खुम्चिएको बजार, उद्योग धन्दा, खुम्चिएको उत्पादन र निर्यात सबै वृद्धि हुन्छ भन्छिन् उनी। चुनाव पछिको सरकारले अन्योलको वातावरण चिर्न सक्नेमा उनी ढुक्क सुनिइन्।
‘अहिलेसम्म राजनीतिको कुरा मात्र धेरै भैरहेको छ। चुनावपछिको सरकारले अर्थतन्त्रको मात्र धेरै कुरा गरोस्। अर्थतन्त्रलाई सुधार्ने काम होस्। संसदमा अर्थतन्त्रसम्बन्धी नै बहस होस्। देशमा खुला रुपमा लगानी गर्ने वातावरण बनोस्। उद्योगधन्दा निर्वाध चलुन्। रोजगारी प्रशस्तै होस्। सुशासन होस्, भ्रष्टाचाररहित लगानीमैत्री वातावरण बनोस्,’ उनले खुलेको स्वरमा भनिन्, ‘चुनावपछिको सरकारले अर्थतन्त्रमा साँच्चैको क्रान्ति ल्याओस्।’
होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले यस्तै अनुभव साझा गरे। होटल क्षेत्रका व्यवसायीहरुले चुनावी अभियानताका भोग्ने गरेका बाध्यकारी स्पोन्सर, चन्दा र सित्तैमा सस्तोमा जस्ता शब्दहरुले यस क्षेत्रलाई नपिरलोस् भन्ने उनी चाहन्छन्।
उनले जेन जी आन्दोलनपछि पर्यटन क्षेत्र कमजोर भएकोतर्फ इंगित गरे। शाहका अनुसार नेपालले वर्षेनी ४० लाख पर्यटकलाई सेवा दिने क्षमता बनाइसकेको भएपनि जम्मा १२ लाख पर्यटकमात्र भित्र्याउन सकिरहेको छ। त्यसमाथि जुनकुनै आन्दोलनले पनि पर्यटन क्षेत्रलाई नै गम्भीर असर पारिरहेकोले व्यवसायीहरु आशावादी हुन नसकेको उनले बताए।
उनी भन्छन्- ‘हरेक दलको चुनावी घोषणापत्रमा पर्यटन विकास भनिएकै हुन्छ। घोषणापत्रमा त हुन्छ तर चुनाव सकियो सबै सकियो जस्तो भैरहेको छ। अब त्यस्तो नहोस्। देशले परिवर्तन खोजेको छ। त्यसतर्फ नै अघि बढ्नुपर्यो। जो आए पनि मुल एजेन्डा विकास मात्र हो भनेर लागौं।’
The post निजी क्षेत्रका लागि अहिलेको चुनाव ‘क्रुसियल’, यसरी खोज्दैछन् एजेण्डा स्थापित गर्न स्पेश appeared first on BIZMANDU.
हायात जलेपछि विचलित बनेका सुरेश : ‘आँशु नै आउँछ, हरे शिव के भएको यो?’
सुरेश उनै हुन् जसले एक एक इँटा जोड्दै हायात होटलको सुन्दर संरचना बनेको लगातार ३० वर्ष हेरिरहे। यहाँका भित्ताहरुमा सजाइएका एक एक कलाकृतिसँग जोडिए। यहाँको आर्किटेक्ट र डिजाइनसँग साटिए। सम्पदा र कलाकृतिप्रति विशेष लगाव रहेका कारण सुरेशले सुरुवातदेखि नै यहाँका प्रत्येक कलासंग्रहसँग अभिरुचिपूर्ण सम्बन्ध बनाए। कहाँ के राख्दा अझ विशेष हुन्छ भन्दै उनी मिहिन तरिकाले डिजाइनिङमा आबद्ध भएकैले पनि यहाँको हरेक भित्तासँग उनी संवेदना जोडिएको महसुस गर्थे।
विदेशमा पढेका छोराछोरीलाई नेपालमै काम गर्नुपर्छ भनेर बोलाएका सुरेशका सन्तान अहिले अन्योलमा छन्। भदौ २४ पछि छोराहरु नै हामी यहाँ नआएर विदेशमै करियर बनाएको भए हुन्थ्यो भनिरहेकाले सुरेशलाई त्यो चिन्ता पनि थपिएको छ।
भदौ २४ को आगजनी, तोडफोड र लुटपाटपछि होटल बन्द छ। कर्मचारीहरु सबैलाई बिदा गरिएको छ। अन्तर्राष्ट्रिय कन्सल्ट्यान्टहरुसँगको गहन छलफलपछि व्यवस्थापकीय टिमलाई दुई महिना लाग्यो पुनर्निर्माणको खाका तयार पार्न। कसल्ट्यान्ट र कन्ट्रयाक्टरहरु पुनर्निर्माणमा जुटिसकेका छन्।
डेढ महिनादेखि यहाँ कामदारहरुको लर्को छ, कोही टुटेका सामान उठाउँदैछन् कोही नयाँ जोड्दै। भदौ २४ मा विध्वंसले हायात होटलभित्र ८५ देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
भदौ २४ को बिहानसम्म सुरेशले सोचेका पनि थिएनन् हायातमा यति ठूलो क्षति हुन्छ भनेर। बौद्धको भाटभटेनी स्टोर जलाएपछि त्यहीँबाट एउटा हुल हायातमा पस्यो भनेर होटलकै सुरक्षा टिमले उनलाई जानकारी दिए। यो दिउँसो ३/ ४ बजेतिरको कुरा थियो। सुरुमा २०/३० जनाको हुल भित्र पस्यो तर फर्केर गयो भन्ने जानकारी पाएपछि उनले ढुक्क माने। तर त्यो ब्रिफिङको एक घण्टा नबित्दै निकै ठूलो समूह होटलभित्र पस्यो।
‘लुट्ने सोचले पहिले क्यासिनो पसेका मानिसहरुले नै थप मानिस बोलाउन थालेछन्। पछि थाहा भयो क्यासिनो भित्रकै मानिस इन्भल्भ थियो लुटपाटमा जसलाई कहाँ के छ राम्रोसँग थाहा थियो।’- सुरेशका अनुसार क्यासिनोको ठूलो सेफ ल्याएर आँगनमा फोडेपछि होटलपट्टि त्यो टोली छिरेको थियो।
भित्र पस्नेहरुको पहिलो इन्टेन्सन नै लुट थियो। आत्तिएर बसेका पर्यटकहरुको सरसामान लुटपाट भयो। यहाँका पसलका सबै सामान लुटे। भित्तामा राखिएका महंगा कलाकृतिहरु लुटे। हुलदंगा र लुटपाटसँगै उत्तेजित हुँदै उनीहरुले यहाँ आगो लगाएर हिँडेका हुन्।
जतिबेला होटलभित्र त्यो आपराधिक समूह पस्यो, त्यो समय होटलमा ठूलै संख्यामा भारतीय पर्यटकहरु बसिरहेका थिए। उनीहरुको मानसरोवर ट्रिप जाने तयारी थियो। हिड्ने बेला भएकाले लबीमा उनीहरुको दुई सयभन्दा बढी सुटकेस राखिएको थियो।
लुटेराहरुले सुरुवात नै ती सुटकेसहरु फुटाउनबाट गरे। सुटकेस फुटाउँदै त्यसभित्रका सामान लुट्न थालेपछि होटलमा आतंक फैलियो। डर र त्रासका बीच चौथो तलाबाट एक भारतीय पर्यटकले हाम फाल्दा घटनाले अझ दुखद मोड लियो। आतंकित हुँदै हाम फालेका ती पर्यटकको ज्यान जानु हायात ब्राण्डको अन्तर्राष्ट्रिय छविमा निकै ठूलो ठेस थियो।
लबीमा रहेका गहना पसलहरुको सेल्फ र दराजका शिशा फुटाउँदै एक एक सामान लुटियो। सुरेश भन्छन् –‘भित्र पस्नेहरुको पहिलो इन्टेन्सन नै लुट थियो। आत्तिएर बसेका पर्यटकहरुको सरसामान लुटपाट भयो। यहाँका पसलका सबै सामान लुटे। भित्तामा राखिएका महंगा कलाकृतिहरु लुटे। हुलदंगा र लुटपाटसँगै उत्तेजित हुँदै उनीहरुले यहाँ आगो लगाएर हिँडेका हुन्।’ उनी होटलको भौतिक क्षतिभन्दा त्यस दिन पर्यटकहरुले भोगेको सन्त्रास र मानवीय क्षति सम्झिएर बढी बिचलित हुन्छन्।
भदौ २५ मा यहाँ आइपुग्दा उनलाई सम्हालिनै गाह्रो भयो। भदौ २४ मा भएको लुटपाटका घटनाको फुटेज सीसीटीभीमा पटक-पटक हेरे ।
ब्राण्ड लेभल बढाउनका लागि योजना बन्दै थियो। अचानक यो भैदियो। अब फेरि यस्ता प्रोपर्टीहरु टार्गेटमा पर्दैनन् भन्ने ग्यारेन्टी होला र?
‘यो हेर्दा देख्दा त आँखामा आँसु नै आउँछ। मेरो एकसाइडको ब्रेनभित्र नैराश्यता छ तर अर्को साइडले भन्छ २५/३० वर्ष त समस्या भोगेरै आको हो। अब अर्को समस्याका रुपमा यो आइदियो। अब यसलाई चिरेर अघि बढ्नुपर्छ। यो किसिमको मनोबलले हामी अघि बढ्न, केही गर्न खोजिरहेका छौँ।’-उनले भने।
सार्वजनिक-निजी साझेदारी मोडेलअन्तर्गत २०४९ सालमा स्थापना भएको हायात होटल नेपालका प्रमुख पाँचतारे होटलमध्येको एक हो। एसियाली विकास बैंकले नीतिगत परिवर्तन नै गरेर नेपालमा निजी क्षेत्रमा पहिलोपटक लगानी गरेको प्रोजेक्ट पनि यही नै थियो। भलै एसियाली विकास बैंकले आफ्नो सेयर हिस्सा बेचेर बाहिरिइसकेको छ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि तारागाउँ रिजेन्सी परियोजना सफल पारेर देखाउन सुरेश पटक-पटक आफैं मनिला पुगेर लगानीको लागि एडीबीको बोर्डलाई कन्भिन्स गराएको सम्झन्छन्। उनका अनुसार स्थापनाताका होटललाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपाली मौलिक सम्पदा समावेश गरेर आजको स्वरुप दिनका लागि नौजना डिजाइन कन्सल्ट्यान्ट राखिएको थियो।
‘होटल स्थापनाकालदेखि नै बिभिन्न समस्यासँग जुध्दै यहाँसम्म आएको हो। यो त सरकारी सम्पत्ति हो, जसमा निजी साझेदार र सर्वसाधारणको सेयर छ। पहिले समस्या भोगिरहेकोमा पुराना समस्या हल हुन्छ कि भन्ने आसले अघि बढिरहेका थियौं। हामी स्तरोन्नतिको कुरा गरिरहेका थियौं। ब्राण्ड लेभल बढाउनका लागि योजना बन्दै थियो। अचानक यो भैदियो। अब फेरि यस्ता प्रोपर्टीहरु टार्गेटमा पर्दैनन् भन्ने ग्यारेन्टी होला र?’- उनी हाल व्यावसायिक क्षेत्रमा देखापरेको संकट र द्विविधातर्फ संकेत गरिरहेका थिए।
सुरेशले हायातकै परिसरमा आफ्नो ऊर्जाशील समय र करियरको तीन दशक बिताइसके। उनले त आफ्ना सन्तानको भविष्य पनि यही खोज्न थालिसकेका थिए। विदेशमा पढेका छोराछोरीलाई नेपालमै काम गर्नुपर्छ भनेर बोलाएका सुरेशका सन्तान अहिले अन्योलमा छन्। भदौ २४ पछि छोराहरु नै हामी यहाँ नआएर विदेशमै करियर बनाएको भए हुन्थ्यो भनिरहेकाले सुरेशलाई त्यो चिन्ता पनि थपिएको छ।
अझ मुख्य त उद्यम र व्यापार गर्ने वर्गलाई नकारात्मक रुपमा चित्रण गर्ने अवस्थाले दोस्रो पुस्ता बढी चिन्तित बनेको उनले बुझेका छन्।
‘देश भनेको जनता हो। हामी न जनताको दृष्टिकोणमा राम्रो छविमा बस्न सकेका छौं। विडम्बना देशको ८० प्रतिशत इकोनोमीमा योगदान दिने क्षेत्रलाई चोर भनिएको छ। यो कस्तो प्याराडक्स हो?’- उनी प्रश्न गर्छन्।
सुरुमा होटल बनाउँदा लबीमा राखिएका काठका खम्बाहरुमा बुट्टा कुँद्न नै बढी समय लागेको थियो। ती काष्ठकलाका नमुना सबै जलेका छन्। लबीमै बनाइएको चोकमा राखिएका चैत्यहरुमध्ये एउटामा मात्र क्षति भएको छ। शायद ‘देउता’ सम्झेर सबै चैत्य फुटाउनतिर लागेनन् कि!
उनको परिवारभित्र मुख्य विषयकै रुपमा छलफल यसैमा चलिरहेको हुन्छ आजकल। छोराछोरी बरु विदेशमै करिएर बनाएको भए हुन्थ्यो भन्न थालेका छन्। सुरेश त यहीँ हुर्केबढेका देशको अवस्थाको जानकार हुँदै यो उमेरमा आइपुगे। तर सानैदेखि विदेशमा पलेबढेका, उतैको शिक्षा पाएका सन्तानहरु देशमा फर्किनुले उत्साह दिनुपर्नेमा उनीहरुमा दुविधा र तनाव थपिदिएपछि सुरेश यहीँ समाधान खोज्नुपर्छ भनेर उनीहरुलाई फकाइरहेका छन्।
सुरेश भन्छन्- ‘असाध्यै अन्योलमा छ सेकेन्ड जेनरेसन। हाम्रो पुस्ताले ५० वर्ष काम गर्यौ अब त रियाटरमेन्ट लिनुपर्छ भन्ने उमेरमा छौं। तर लिन सक्ने अवस्था छैन। दोस्रो पुस्ता डिसहार्टेन छ। डाउटफुल छ। केही सानोतिनो काम गर्नुपर्ने भयो भने सरकारी कार्यालयमा समयमै काम नहुने प्रवृत्तिले उनीहरु अझ बढी फ्रस्ट्रेटेड हुन्छन्। भदौ २४ जस्ता घटनाहरुले त उनीहरुलाई पूरै बिचलित बनाइदिएको छ।’
सुरेश नयाँ पुस्तालाई अझ बढी उत्प्रेरित गर्नुपर्ने अवस्था देख्छन्। नेपालमा मात्र होइन समस्या जहाँसुकै छ। अरु देशमा अरु किसिमको अप्ठेरा होलान् । यहाँको भिन्न होला। तर नेपालमै कामलाई बढी प्रोफेसनल बनाउँदै अघि बढ्न सकिन्छ भनेर आफूले सन्तानलाई सम्झाइरहेको उनले बताए।
‘यहीँ काम गर्दै, सिक्दै, समस्या झेल्दै अघि बढ्नुपर्छ। नेपालमा अवसर नभएको होइन। हरेक क्षेत्रमा चुनौती र अवसर छ। हामीले देखिराखेका छौं, बनिराखेको पनि छ। तर जे बनेको छ त्यो भन्दा धेरै गुना बढी गर्न सकिने सम्भावना भएको देश हो यो। सरकारको रोल जे हुनुपर्ने त यो नभएको कारणले मात्र यो अवस्थामा छौं।’- सुरेश भन्छन्- ‘नेपालमा काम गर्न गारो छ तर असम्भव त होइन।’
होटलको पुनर्निर्माणपछि ९० प्रतिशत पुरानै डिजाइन कायम हुने उनले बताए। हाल तीनजना विदेशी कन्सल्ट्यान्टले फुलटाइम काम गरिरहेका छन् भने मेकानिकल र इलेक्ट्रिकलतर्फका तीन-चार टोलीहरु चौबिस घण्टा खटिइरहेका छन्। होटलका तीन सयभन्दा बढी कोठामध्ये अधिकांश नयाँ बन्ने चरणमा गइसकेको छ।
‘सामान्यतया अन्तर्राष्ट्रिय मापदण्डअनुसार हरेक १० देखि १५ वर्षमा पाँचतारे होटलहरु रिनोभेसनमा जानुपर्छ। हाम्रो यहीँभित्रको समस्याका कारण हामी पहिले नै रिनोभेसनमा जान सक्ने अवस्था थिएन। जे हुनु नराम्रो भइसक्यो। प्रतिशोध नराखी मौका भनेर पुनर्निर्माणमा लागेका छौं हामी। निर्माण सम्पन्न गर्दा आइकोनिक फ्ल्यागसिपका रुपमा नेपालको यस्तो होटल बनाउनेछौं जो न पहिले बनेको थियो, न पछि फेरि यस्तो होटल आउला भन्ने हिसाबले हामी काम गर्छौं।’- सुरेशले आत्मविश्वासका साथ बोले।
सुरुमा होटल बनाउँदा लबीमा राखिएका काठका खम्बाहरुमा बुट्टा कुँद्न नै बढी समय लागेको थियो। ती काष्ठकलाका नमुना सबै जलेका छन्। लबीमै बनाइएको चोकमा राखिएका चैत्यहरुमध्ये एउटामा मात्र क्षति भएको छ। शायद ‘देउता’ सम्झेर सबै चैत्य फुटाउनतिर लागेनन् कि!
कसैले उद्यम गर्नु, नयाँ आइडिया वा प्रविधिमा काम गर्दा १८ घण्टा कोही खटेर पैसा कमाउनु र एउटा स्तरमा पुग्नु चैं अपराध जस्तो भैदियो।
अत्यधिक रसायन प्रयोग गरी आगो लगाइएकाले सिलिङमा नराम्ररी क्षति पुगेको छ। सिलिङमा राखिएको डक्ट एरिया भित्रबाट सबै जलेको छ। आगो लाग्नासाथ फायर फाइटिङ सिस्टमले काम गरे पनि सिस्टम सबै बिग्रिएकाले फायर फाइटिङ सिस्टम पनि नयाँ राखिँदैछ।  होटलका २० प्रतिशत कोठाहरु जलेका छन् भने ४० प्रतिशत शिशा फुटेका छन्। होटलको कमान्ड सेन्टर, अटोमेसन कन्ट्रोल सिस्टम प्यानलहरु सबै जलेको छ।
सुरेशलाई लाग्छ कमाइ गर्ने वर्गप्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्नुले नै ठूला प्रोपर्टीहरु तारो बनिरहेको छ। नकारात्मकतालाई बढावा दिने अनि व्यापार गर्नेहरु भनेकै नाफाखोरमात्र हुन्, जनताको दुश्मन हुन् भन्ने भाष्य बन्दा समग्र उद्यम क्षेत्र अन्यायमा परेको महसुस उनलाई भएको छ।
उनी भन्छन्- ‘कसैले उद्यम गर्नु, नयाँ आइडिया वा प्रविधिमा काम गर्दा १८ घण्टा कोही खटेर पैसा कमाउनु र एउटा स्तरमा पुग्नु चैं अपराध जस्तो भैदियो। फ्रड गरेर कमाएर आयो भन्ने सोच्ने।  त्यसमाथि राजनीति र ब्युरोक्रेसीले पनि बिजनेसम्यानलाई फ्रेम गरेर बोल्ने प्रवृत्तिले व्यापारी वर्गप्रति यो नकारात्मकता निर्माणमा मलजल गरिरहेका छन्। व्यापारी भनेकै जनताको दुश्मन हो, नाफाखोर हो जनताको पसिनालाई एक्सप्लोइट गर्ने हो भन्ने भाष्य बलियो बन्दा हामी अन्यायमा परेका छौं।’
सुरेशलाई हायात जलेको दृश्य जति सम्झियो उति निराश बनाउँछ। तर उनको स्वभाव अनुसार यसमा नकारात्मकता हावी हुन दिँदैनन्। उनी अब बन्ने हायातको चित्र सम्झन्छन्। बनेपछिको सुन्दर दृश्यले उनलाई काम गर्ने हौसला दिन्छ।
दुःखको पाटो हटाउने भनेकै भोलिका दिनको सुन्दर चित्रले हो। अब यहाँ यस्तो यस्तो बन्छ भन्ने पोजेटिभ भिजुअलाइजेसनले ड्राइभ गरिरहेको छ।
होटलमा डेढ महिना अघिदेखि निर्माणको काम तीव्र गतिमा चलिरहेको छ। हाल कोठाहरु बनिरहेका छन्। होटलका ८० प्रतिशतभन्दा बढी रुम भत्काएर नयाँ किसिमले बनिरहेको उनले जानकारी दिए। पुरानो भनेको झ्यालहरुमात्र बाँकी छन्। पछि केही समस्या नआओस् भनेर ‘कम्प्लिट रिपेयर’ भइरहेको उनले बताए।
आगामी वर्षको डिसेम्बर दोस्रो सातासम्म होटल संचालन गरिसक्ने सुरेशले लक्ष्य राखेका छन्।
उनले स्वाभाविक र सकारात्मक लवजमा भने- ‘जे हुनु भैगयो। हामी रिकन्स्ट्रक्सन प्रोसेसमा छौं। यो बनिसकेपछि पहिलेको भन्दा पनि राम्रो हुनेछ भनेर मैले अहिले सामना गरिरहेको अप्ठेरो अवस्था बहन गरिरहेको छु। दुःखको पाटो हटाउने भनेकै भोलिका दिनको सुन्दर चित्रले हो। अब यहाँ यस्तो यस्तो बन्छ भन्ने पोजेटिभ भिजुअलाइजेसनले मलाई ड्राइभ गरिरहेको छ।’
The post हायात जलेपछि विचलित बनेका सुरेश : ‘आँशु नै आउँछ, हरे शिव के भएको यो?’ appeared first on BIZMANDU.
उपेन्द्र महतोले कल्पनासम्म नगरेको भदौ २४, ‘रुसमा नभागेको म यहाँ आफ्नै घरबाट भाग्नुपर्‍यो’
आँगनमा अरु चार गाडीसँगै उनको प्रिय मर्सिडिज खडा नै थियो। गेटमा सधैं जसरी उनलाई स्वागत र बिदा गर्ने गार्डहरू अदबसाथ उभिइरहेकै थिए। तर, त्यो शानको दैनिकी नै त्यस दिन उनका लागि त्रास बोकेर आइदियो ।
न कुनै गाडी, न जाने ठाउँको ठेगाना। त्यसअघि ड्राइभरबिना घर नछोड्ने उपेन्द्र पैदलै बाहिर निस्के। साथमा रहेका छोराछोरी र श्रीमती आत्तिएर सोध्दै थिए – अब कता जाने !
निकटका साथी सम्झिए तर उनको घर जाने बाटो कताबाट होला !, उपेन्द्रले होस पाइरहेका थिएनन्। अरुबेला उनी जाने ठाउँको ठेगाना ड्राइभरलाई याद हुन्थ्यो तर त्यस दिन न उनी केही सोच्न सकिरहेका थिए न  कोही सम्झाउन सक्ने नै साथमा थिए।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा उद्यमी उपेन्द्र महतोले सुनाए, ‘कहिलेकाहीँ त मलाई घरभित्र केही भएको छैन होला, कतै केही बिग्रेको, जलेको छैन होला जस्तो लागिरहन्छ। सपना देखेको पो हो कि जस्तो भैरहन्छ।’
हुन पनि उनले कहिले पो कल्पना गरेका थिए होलान् र नेपालभित्र उनको बास जलेर यसरी खरानी हुन सक्छ !
सिरहाको गाउँबाट सुरु भएको उपेन्द्र महतोको यात्रा काठमाडौं हुँदै रुस र फेरि नेपालतिरै सोझियो। रुसमा व्यावसायिक सफलता पाइरहेकै बेला उनले नेपालतर्फ फर्किने निर्णय गर्दा परिवारलाई कन्भिन्स गराउन भनेका थिए- ‘हरेक मानिसको इज्जत उसको देशसँग जोडिएको हुन्छ। यहाँ जतिसुकै कमाए पनि धनाढ्यका रुपमा चिनिएपनि मेरो हरियो पासपोर्टले मेरो देशसँग मलाई जोडिरहन्छ। न म यो पासपोर्ट छोड्न सक्छु न पहिचान। त्यसैले म नेपालै फर्किन्छु। सकेको उतै गर्छु।’
उनी नेपाल मात्र फर्किएनन् विश्वभर छरिएर बसेका नेपालीहरूलाई नेपालसँग जोड्ने माध्यम बनाउन पहलकर्ता समेत बने। उनैले गैरआवासीय नेपाली संघमार्फत देशबाहिरका नेपालीहरूलाई नेपालमा लगानीको वातावरण तयार पार्न अग्रसर रहिरहे।
पढेर बुझ्नु, सुनेर बुझ्नु फरक हो तर भोगेर बुझ्नु अझ फरक। भोगेर बुझ्नका लागि उनी त्यही ठाउँमा पुगे। अनुभव गरे।
‘शायद म विदेश नगाको भए मानिसको इज्जत उसको देशसँग जोडिएको हुन्छ भनेर बुझ्ने थिइन। जब त्यहाँ व्यवसाय गरे सफलता हात लाग्दै गयो। विदेशीहरू पनि मेरो मातहतमा काम गर्न थाले। तर अरु कुनै देश भ्रमणमा जाँदा एयरपोर्टमा मेरै मातहतका विदेशी अनुहारलाई खुलेर वेलकम गर्ने तर मेरो पासपोर्ट र मेरो अनुहार हेरेरै मलाई प्लिज वेट भनिदिने!’ नेपाल फर्किने सोच पैदा हुन उपेन्द्रलाई यस्तै किस्साहरूले काम गरिरहेका थिए।
अहिले मेरो घरमात्र जलेको होइन देशलाई नै कति क्षति पुग्यो हेरौं त! पूरै देश जलेको छ। जो यसबाट प्रत्यक्ष प्रभावित छैनन् उनीहरूले पनि सोच्नु पर्दैन कि हामी सुरक्षित छौं। देशले अबको ५-६ महिनामा कुनै सकारात्मक दिशा लिएन भने यसले अझै विकराल रुप लिन सक्छ।
त्यो बेला उनीसँग विदेशी नागरिकता लिने उपाय नभएको होइन। तर उनलाई नेपाली नागरिकता छोड्न मनै लागेन।
विदेशी नागरिकता लिएपनि उनलाई ‌’ओरिजिनल्ली फ्रम ह्वेर?’ भन्ने एक प्रश्नले त सधैं खेदिरहनेवाला थियो, जुन उनले चाहेनन्। फेरि उनले सोचे – ‘विश्वमा यस्तो कुन देश छ जुन पूरै विदेशी लगानीले बनेको होला?’
अब उनी पक्का भए नेपाल फर्किने अनि यतै लगानी गर्ने।
‘मलाई विदेशमा अवसर प्रसस्तै थियो। तर मैले देशमा सम्भावनाका ढोकाहरू खोल्न सके विदेशी साथीहरूलाई पनि तान्न सकिन्छ अनि सामूहिक रुपमा मजस्ता धेरै नेपालीहरूले देशमा लगानी गर्न थाले भने त नेपाल बन्छ अनि नेपालसँगै जोडिएको आफ्नो परिचयमाथि गर्व हुने काम गर्न सकिन्छ भन्ने सोचेर नै म फर्किएँ,’ उपेन्द्रले पहिले नेपाल आएर लगानी गरे। अनि विदेशमा रहेका अरु नेपालीहरूलाई पनि नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास दिलाउँदै सन् २००३ देखि गैरआवासीय नेपाली अभियान सुरु गरेका थिए।
वास्तवमा  यही अभियानपछि विदेशिएका धेरै नेपालीहरूले नेपालमा लगानी गर्ने तर्फ सकारात्मक पहल हुन सक्यो।
उपेन्द्रले जीवनमा अनेकौं दु:ख सुख देखेका छन्। धनसम्पत्ति बिरासतमा पाएका होइनन्, उनी  त ‘सेल्फ मेड’ हुन्। उपेन्द्र सिरहाको एक गाउँबाट उठेका यस्ता युवा हुन् जसले गरिबी, अभाव र समस्याहरूसँग सानैदेखि जुध्न सिके। आफ्नै बलबुताले पढेर इन्जिनियर बने। विद्यावारिधिको उपाधि लिए। व्यावसायिक सफलतासँगै धनाढ्यको रुपमा स्थापित हुन सके।
सानातिना दुःखले नअत्याउने उपेन्द्रलाई भदौ २४ ले भने नराम्ररी झस्कायो। डर र ह्युमिलिएसनको पहिलो पटक अनुभव गरे त्यो पनि आफ्नै मातृभूमीमा आफ्नै घरभित्र।
रुसमा काम गर्दा गर्दै उपेन्द्र एकदिन सबै चटक्क छोडेर आएँ र नेपालमा नै अबको समय बिताउँछु भने। यो घर ‘यज्ञालय’ किन्दाताका उनी रुसमै थिए। सन् २००५ मा नेपाल आएको बखत  श्रीमतीले नक्सालमा १५० वर्ष पुरानो घरसहित १८ रोपनीको प्लट बिक्रीमा रहेको सुनाइन्।
रुसको कमाइले पहिलो घर भैंसेपाटीमा जोडिसकेका उपेन्द्रलाई नक्सालको त्यो प्रोपर्टी किन्ने उस्तो रुचि थिएन। तर पुराना रुखैरुखले भरिएको बगैंचाले उनलाई सिरहाको बस्ती सम्झायो, जहाँका आँपका गाछीहरूमा चढेर उनले बचपन बिताएका थिए। १५० वर्ष पुरानो घर भत्काइदिएर परिवारको ‘कम्फर्ट’ अनुसारको मोर्डन आर्किटेक्टको बंगला बनाउने सोचका साथ उनले रुसबाटै एक आर्किटेक्टलाई नेपाल पठाए।
जब रुसी आर्किटेक्टले यहाँ आएर हेरे त्यसपछि उनले सिधै फोन गरेर उपेन्द्रलाई थर्काएछन्, ‘विदेशमा यस्तो घर भत्कायो भने  क्रिमिनल केस लाग्छ, जेल जानुपर्छ। यो त हेरिटेज रहेछ। यसलाई जगेर्ना गर्नुपर्छ।’ ती रुसी आर्किटेक्ट यहाँ ६ महिना बसे, अनि पुरानो भवनलाई जतन गर्दै हेरिटेज, अनि उपेन्द्रको परिवारको बासस्थानको आकार दिए।
उपेन्द्र अब कुनै पनि कालीगढले यो घरको पुरानो अवस्था फर्काउन सक्ने देख्दैनन्।
यो घरको जगदेखि नै मर्मत गर्दै यसलाई वास्तुकला र एन्टिक सामाग्रीहरूको संग्रहालय जस्तै बनाइएको थियो। उनी जुन देश पुग्थे, त्यहाँबाट प्राचीन कलाकृति र सामाग्रीहरू ल्याउने गर्थे। बेलायतबाट ल्याएको १५० वर्ष पुरानो घडी, भागवत गीताको दुर्लभ संग्रह, बेलायत, रुस, अफ्रिका, टर्कीलगायत विश्वका अनेकौं देशबाट ल्याइएका सामानहरू यस घरमा संगृहित थिए। टायलदेखि झुमरसम्म उनीहरू आफैं विभिन्न देश पुगेरै छनोट गरी ल्याउने गर्थे। सोफादेखि झुमरसम्म, कार्पेटदेखि भित्ताहरूमा राखिएका कलाकृतिसम्मका लागि उनीहरूले करोडौं खर्चेका थिए।
अध्यात्ममा रुचि राख्ने उपेन्द्रले छोरा यज्ञको नाममा यस घरको नाम जुराएका थिए ‘यज्ञालय’।
रुसी टेलिभिजनमा प्रसारण भएको एक डकुमेन्ट्रीपछि त नेपालको यो घरको ख्याति अन्तर्राष्ट्रियस्तरमा पुग्यो। यो घरभित्र एन्टिक सामाग्री, दुर्लभ कलाकृति र इतिहासमात्र संगृहित थिएनन्, उनको व्यक्तिगत कलेक्सनका  लिमिटेड एडिसनका घडी तथा  जवाहरातहरू थिए। आज न घरभित्र ती सामाग्री छन् न घर नै बस्न लायक छ।
यहाँको सम्पदा र वास्तुकला जोगाउन उनीहरूले इटली, फ्रान्स, भारत, साउथ अफ्रिका लगायतका ठाउँहरुबाट कालीगढ नै ल्याएर काम गराएका थिए। हरेक भित्ता, छत र बुर्जाहरुका प्राचीन कला जोगाएर बुट्टाहरू कोरिएका थिए। धेरै वर्षको अथक लगानी र प्रयासले यो घरले आगजनी हुनु अघिको त्यो अवर्णनीय सौन्दर्यको स्वरुप लिएको थियो।
‘मेरो घर मेरो मात्र थिएन यो नेपालको सम्पत्ति पनि हो। यसलाई बचाएर राख्ने कर्तव्य मेरो मात्र होइन नेपालीको पनि थियो। म यहाँ आउने जाने गरिरहन्छु। एकदिन यहाँबाट सधैंका लागि जाने हो। तर, यो धरोहर नेपाल र नेपालीको हुने हो नि। यहाँ चिजहरू जोगिएको भए त देशको शान हुन्थ्यो नि!’
उपेन्द्र अब कुनै पनि कालीगढले यो घरको पुरानो अवस्था फर्काउन सक्ने देख्दैनन्।
दुर्लभ सामग्री राखिएको घरभित्रको सेफ फुटाएर आँगनमा फालिएको छ। पार्क गरिराखिएका गाडीहरूको भग्नावशेष मात्र बाँकी छ। उपेन्द्रको अनुमानमा यस घरमा संरचना बाहेक नै १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। मानसिक र संवेदनात्मक क्षतिको त हिसाबै छैन।
उनी अझै पनि भयबाट बाहिर निस्कन सकेका छैनन्। आश्वस्त हुन सकिरहेका छैनन्। उनी भन्छन्, ‘अहिले मेरो घरमात्र जलेको होइन देशलाई नै कति क्षति पुग्यो हेरौं त! पूरै देश जलेको छ। जो यसबाट प्रत्यक्ष प्रभावित छैनन् उनीहरूले पनि सोच्नु पर्दैन कि हामी सुरक्षित छौं। देशले अबको ५-६ महिनामा कुनै सकारात्मक दिशा लिएन भने यसले अझै विकराल रुप लिन सक्छ।’
उपेन्द्र सात कक्षामा पढ्दै गर्दा स्कुलमा विद्यार्थीहरूले आन्दोलन र हडताल गरेका थिए। त्यो बेला उनी पनि इन्क्लाब जिन्दाबाद भन्दै साढे तीन किलोमीटर परको प्रहरी चौकीसम्म पुगेका थिए।
जब आन्दोलन चर्कियो र हवाई फायर हुन थाल्यो उपेन्द्र र उनका साथीहरू दौडिएर घर आए। जब स्कुल पढ्न गएको छोरा आन्दोलनमा गएको उनकी आमाले थाहा पाइन् उनले छोरालाई सोधिन्, ‘यति सानो मान्छे तिमी त पढ्ने उमेरको बाबु गोली लाको भए तिमी मर्थ्यौ। भन त तिमी के उम्मिदले त्यो आन्दोलनमा गएको?’
शहीदको अर्थ नै बुझ्ने उमेरमा नपुगेका उपेन्द्रले आमालाई भनेका थिए, ‘यदि म गोली लागेको भए शहीद हुन्थें।’
उपेन्द्र भदौ २३ र २४ लाई फरक रुपमा हेर्छन्। २३ मा आक्रोश र असन्तुष्टिले निम्त्याएको प्रदर्शन र २४ लाई विशुद्ध लुटपाटको घटना भनेर उनले छुट्याएका छन्।
त्यो बेला शहीदको अर्थ नबुझेपनि उपेन्द्रले  त्यसको भाव बुझिसकेका थिए। शहीदको अर्थ थाहा नभए पनि शहीद भनेको देशको लागि मर्ने व्यक्ति हुन् भनेर श्रद्धाका साथ हेर्न सक्ने बनिसकेका थिए। त्यसैले त शहीद हुनुलाई उनी गौरव ठान्थे।
भदौ २३ को आन्दोलनमा शहीद हुनेहरूप्रति उनलाई अगाध श्रद्धा छ। तर कतिले कहिलेसम्म देशका लागि शहीद भैरहनुपर्ने?  उनी प्रश्न गर्छन्।
‘शहीद बारम्बार त भैरहनुपर्दैन। देश शान्त र समृद्ध बनाउन सकियो भने शहीदको सपना पूरा हुन्छ। यो बाटोतर्फको यात्रामा सबै मिलेर लाग्यौं भने देशका लागि बारम्बार शहीद भैरहनै पर्दैन,’ २७ वर्षकी जेठी छोरी देखि २० वर्षको कान्छो छोरासम्मलाई सम्झिँदै उपेन्द्र भन्छन्, ‘वास्तविक जेनजी पुस्ताले भरिएको मेरो घरमात्र होइन देश बनाउने पनि यही पुस्ताले हो।’
उपेन्द्र भदौ २३ र २४ लाई फरक रुपमा हेर्छन्। २३ मा आक्रोश र असन्तुष्टिले निम्त्याएको प्रदर्शन र २४ लाई विशुद्ध लुटपाटको घटना भनेर उनले छुट्याएका छन्।
‘हामीले घर छोडेपछि लगातार तीन घण्टा लुटपाट भएछ। मेन सीसीटीभी फुटाए पनि हामीले अन्यतिर राखिएका सबै क्यामेराहरूबाट भिडियो हेरेपछि म प्रष्ट रुपमा भन्न सक्छु २४ मा जेनजी एउटा पनि थिएनन्। यो वेल अर्गनाइज्ड ग्रुपको काम हो। सबै लुटेरा थिए, सबै लुट्न आएका थिए। लुटेरै गएका हुन्। पछि प्रमाण नष्ट गर्न आगो लगाएका हुन्,’ उनले ठोकुवा गरे।
टुटेको मनलाई उनले  यज्ञालयका टुक्रिएको शिशाहरूलाई जसरी नै समेटिसके। आफूलाई काममा उसैगरी तल्लीन पनि बनाइसकेका छन्। तर यो घरलाई के गर्ने उनले अझै सोचेका छैनन्।
उनका अनुसार नेताको नाम जोडिदिएपछि भिड उत्तेजित हुन्छ भनेर त्यहाँ उभिएका केही व्यक्तिले यो उपेन्द्र यादवको घर हो भन्दै भिडलाई भित्र जान उक्साइएको थियो।
उपेन्द्र भन्छन्, ‘देशको भविष्य जोगाउनु छ भने २३ गते किन प्रदर्शन भयो त्यसलाई मनन गरौं र २४ गते लाई दण्डनीय गरौं। यदि २४ गतेको घटनामा संलग्नलाई दण्डनीय नगर्ने हो भने देशको भविष्य लामो समयसम्म अँध्यारोमा रहिरहन्छ।’
५ कक्षासम्म मस्को, ६ देखि १० भारत र ११-१२ स्विट्जरल्याण्ड, अनि त्यसपछि कोही मस्को र अमेरिका पढेका उपेन्द्रका तीनै सन्तानले विदेशमा धेरै सहज जीवन बाँचेका थिए। तर देश फर्किएका बुवाले कन्भिन्स गराएकै कारण उनीहरू पनि नेपालमा थिए।
तर, भदौ २४ पछि उपेन्द्रका छोराछोरी उनलाई साथ दिन यहीँ रहन चाहन्छन्/चाहँदैनन् उनलाई यतिखेर यही प्रश्नले सताइरहेको छ। आफू सारा संसार छोडेर यहीँ बस्न आइपुगेको मानिसलाई जति जति प्रौढ हुँदै गयो उति नै बालबच्चाको साथ र ऊर्जाको आवश्यकता महसुस हुने गर्छ। तर उपेन्द्रलाई २४ को त्रास बोकेका सन्तानको प्रश्नले भित्रैबाट कमजोर बनाइदिएको छ।
विदेशबाट फर्काएर नेपालमा काम गर्न कन्भिन्स गराइरहे पनि भोगेको २४ र त्यसदिन गुमाएको बासका साक्षी तीन सन्तानहरूले बुवाको आश्वासनमाथि कसरी विश्वास गर्न सक्लान्?- उपेन्द्रको मनमा यही खेलिरहेको छ।
उनी प्रणालीगत भ्रष्टाचारले नेपालमा जरो गाड्नुले नै साधारण मानिसको धैर्यको बाँध टुटेको विश्लेषण गर्छन्।
‘जो मेरै घरभित्र पसेर लुटिरहेछ, उही भनिरहेछ मलाई केही हुन्न, देशै हाम्रो भैसक्यो। यस्तो अवस्थामा को यहाँ बस्ने, कसले यहाँ लगानी गर्ने?’- उनी चिन्ता व्यक्त गर्छन्।
फस्ने फसाउने खेलले जसलाई पनि चोर, कालो र भ्रष्टाचारी मात्र देख्छौं। त्यसैले यस्ता खेलहरू छोडेर सकारात्मक बाटोतर्फ लाग्न र नयाँ पुस्तालाई समृद्धिको साझेदार बनाउन उनी आग्रह गर्छन्।
‘नेताहरू कामले होइन बोलीले नै नेपाललाई सिंगापुर बनाइसक्छन्। हामीले त कामले देखाउने हो। मैले जब २००४ मा नेपालमा मेरो मोबाइल सुरु गरें त्यो पछि धेरैले भने ब्ल्याक मनीलाई ह्वाइट बनाउन आयो भने। तर मैले हाँसेरै उडाएँ। कामबाट पो हो मैले देखाउने। मेरो मोबाइल आएपछि नेपालीको जीवनशैली र संचारको गुणस्तर नै बदलिएको जस्तो भयो। आइटीमा निर्भर हुन थाल्यो धेरै कुराहरू। भाइब्रेन्ट भएजस्तो भयो। बिजनेसमा बिस्तारै सिफ्ट हुन्छ। सधैं एउटै सेक्टरमा मात्रै लागिरहन्छ भन्ने पनि होइन मैले त्यो बेचें। अरु अरु सेक्टरमा थाले,’ मेडिसिटी अस्पतालमा संलग्न उपेन्द्रले भने, ‘अब म नेपाललाई इन्टरनेसनल मेडिकल हब बनाउने सोचका साथ काम गरिरहेको छु।’
नकारात्मक माहोलले देशलाई चौतर्फी बिगारेको हो भन्ने उपेन्द्रलाई लागेको छ। ‘मानिसहरूमा धनीलाई देख्दा इर्ष्याभाव पैदा हुँदो रहेछ। धनी बन्न सबै चाहन्छन् तर इर्ष्याको भावले त अघि बढ्दैन। सम्पत्ति हुनुमा गर्वभन्दा तर्सिनुपर्ने अवस्था आयो भने त कसरी समृद्धि सम्भव हुन्छ?,’ उनी प्रश्न गर्छन्।
उपेन्द्र अबको ६ महिनामा देशले लिने बाटोले नै नेपालको भविष्य तय गर्ने बताउँछन्।
उपेन्द्रको घरको सेफ तोड्ने बेला एउटाले भनेछ, ‘ओई अब मास्क लगा। पछि अप्ठेरो पर्न सक्छ।’
सेफ तोड्नेले जवाफ दिएछ, ‘अब देशै हाम्रो भैसक्यो के अप्ठेरो पर्छ।’
यही एक संवादभित्र उपेन्द्र आज देशको अवस्था र मान्छेको प्रवृत्ति बुझ्न खोजिरहेछन्।
‘जो मेरै घरभित्र पसेर लुटिरहेछ, उही भनिरहेछ मलाई केही हुन्न, देशै हाम्रो भैसक्यो। यस्तो अवस्थामा को यहाँ बस्ने, कसले यहाँ लगानी गर्ने?’ उनी चिन्ता व्यक्त गर्छन्।
भदौ २४ पछि उपेन्द्रका छोराछोरी उनलाई साथ दिन यहीँ रहन चाहन्छन्/चाहँदैनन् उनलाई यतिखेर यही प्रश्नले सताइरहेको छ।
टुटेको मनलाई उनले  यज्ञालयका टुक्रिएको शिशाहरूलाई जसरी नै समेटिसके। आफूलाई काममा उसैगरी तल्लीन पनि बनाइसकेका छन्। तर यो घरलाई के गर्ने उनले अझै सोचेका छैनन्।
‘एक मन लाग्छ म्युजियम बनाउँ। अर्को मनले भन्छ विध्वंशको प्रतिकका रुपमा देश समृद्ध नभएसम्म यसलाई यत्तिकै छोडिदिउँ!’
कुराकानी बिट मार्दै उनले आफैंसँग भाका राखे, ‘अब ६ महिना कुरौं। देश कुन बाटोमा अघि बढ्छ त्यही अनुसार नै म निर्णय गर्नेछु।’
The post उपेन्द्र महतोले कल्पनासम्म नगरेको भदौ २४, ‘रुसमा नभागेको म यहाँ आफ्नै घरबाट भाग्नुपर्‍यो’ appeared first on BIZMANDU.
भग्नावशेषमा उभिएर जब बसन्तले सोधे- मैले के अपराध गरेको थिएँ र मेरो घर जलाइयो?
भदौ २४ गते आफ्नो घर जलेपछि निष्प्राणजस्तै बनेका बसन्त चौधरी ठ्याक्कै तीन महिनापछि पहिलोपटक त्यही ठाउँमा पुगे। त्यहाँ टेक्नासाथ उनी स्तब्ध बने, केहीबेर टोलाइरहे। भरिभराउ घर खण्डहरका रुपमा थियो। धुँवाले रगमगिएका र पाप्रा उप्किएका भित्ताहरु देखेर उनका आँसु अडिएनन्।
५० वर्षअघि उनका बुवाले ठमेलमा चार रोपनी जग्गामा सिर्जना गरेको सरस्वती सदन नै बसन्तको संसार थियो। यो घरमा उनी १६ वर्षको उमेरदेखि बस्न थालेका थिए। उनको विवाह, छोरीको जन्म, अनि नातिनी पनि यही आँगनमा खेलेर हुर्किएकी थिइन्।
बसन्त तीन महिना अघिको त्यो ‘अपराध कर्म’का यस्ता साक्षी हुन् जो चाहेर पनि त्यो घटना बिर्सन सक्दैनन्, न त त्यो त्रासदीको पल सम्झन नै चाहन्छन्। बरु विक्षिप्त मनोदशामा टोलाइरहन्छन् र प्रश्न गरिरहन्छन् –‘आखिर मेरो गल्ती के नै थियो? मैले राज्यप्रति के त्यस्तो अपराधजनक कार्य गरेको थिएँ र यो प्रहार किन?
५० वर्षअघि सरस्वती सदन ठमेल क्षेत्रमै नमुना घर थियो। त्यतिबेला यस्तो डिजाइनको घर विरलै बन्ने गर्थ्यो। घरको आर्किटेक्चरल डिजाइन शंकरनाथ रिमालले गरेका थिए। त्यसबेलाको ‘मोर्डन आर्किटेक्ट’ थियो यो घर, जसलाई पस्ने जो कोहीले प्रशंसा गर्थे।
यही घरभित्र उनका २४ सय ७२ वटा किताब रहेको लाइब्रेरी थियो। कैयन महत्त्वपूर्ण दस्तावेजहरु थिए। किताब लेख्नका लागि तयार पारिएका कैयन प्लटहरु थिए। तर भदौ २४ को आगजनीमा उनका प्रकाशोन्मुख कृतिहरु खरानी भएका छन्।
व्यवसायी भनेर चिनिनुमा भन्दा बढी सर्जकका रुपमा परिचय बनाउन लागिपरेका बसन्तका लागि सरस्वती सदन उनको घरमात्र थिएन, साधनाको थलो पनि थियो। पारिवारिक विरासतमा पाएको बुवाको पसिनाले आर्जेको त्यो घरभन्दा अरु कुनै ठाउँमा उनको मन अडिदैनथ्यो। उद्यमी परिवारसँग जोडिएका बसन्त आफूलाई सधैं सरस्वतीका वरदपुत्रका रुपमा चिनिन मन गर्थे। उनको साहित्य साधनाको थलो पनि यही सरस्वती सदन थियो।
यही घरभित्र उनका २४ सय ७२ वटा किताबहरुले भरिएको लाइब्रेरी थियो। कैयन महत्त्वपूर्ण दस्तावेजहरु थिए। किताब लेख्नका लागि तयार पारिएका कैयन प्लटहरु थिए। तर भदौ २४ को आगजनीमा उनका  प्रकाशोन्मुख कृतिहरु खरानी भएका छन्। उनले लेखेका धेरै डायरी जलेर बिलाए।
त्यही दिन जलेका ती सम्पूर्ण सिर्जनाहरु सम्झिँदै उनले लेखे
सायद समयले यो घाउ भरिदेला
या कहिल्यै नभरिने गरी मुटुमा बसिदेला
तर अहिले,
पीडा गहिरो छ प्रश्न अनुत्तरित छ
म निरन्तर सोधिरहेछु-
किन?
भौतिक सम्पत्तिको त लेखाजोखा नै उनले राखेका छैनन्। सिर्जनाको संसार जलेको शोकबाट उनी बाहिर निस्कनै सकेका छैनन्।
‘यो घर मैले आर्जेको थिइन। यो त मेरो बुवाआमाको नासो थियो जसलाई मैले सुरक्षित राख्न सकिन त्यो भन्दा बढी दुःख के हुन सक्छ। सबभन्दा बढी पीडा मेरो कलमलाई भएको छ। मेरा औंलाहरु जसले कलम समातेर देशप्रति आफ्नो वफादारिता, समर्पण देशप्रतिको हितका कुराहरु अमन शान्तिका कुराहरु लेखे। त्यही मेरो कलम आज सबभन्दा बढी पीडित छ। बढी त मेरो कलमलाई दुखेको छ,’ उनले भने।
‘शान्ति लुकाउँ कहाँ..’ भनेर विश्वशान्तिको गीत लेख्ने सर्जककै संसारबाट शान्ति हराएको समय हो यो।
‘पैसा छँदैछ छ फेरि बनाए भैहाल्यो नि’ भनिदिँदा उनलाई अझ बढी पीडा हुन्छ।
‘सबै कुरा पैसाले पाइने भए! पैसाले मात्र त निर्माण हुँदैन। हराएका सबै चीज पैसाले खरिद गर्न सकिँदैन। परिवार र सन्तानका भावनात्मक सम्झना, बुवाआमाको आशिर्वाद र छत्रछायाको आभाष, ५० वर्षदेखि बुवाआमाले जोडेका स्मृति र यो घरले मलाई दिएको संवेदनात्मक चेत अब कहाँ पैसाले किन्न सकिनु!,’ उनले भने।
रित्तो घरमा उनी यतिबेला पुराना सबै यादहरु खोजिरहेका छन्।
अझै पनि ‘पजल’ मै छु
व्यावसायिक विरासतका कारण बसन्त उद्यमीको रुपमा परिचय पाए पनि उनी विशुद्ध उद्यममात्रै लाग्ने स्वभावका होइनन्। उनमा विशुद्ध व्यावसायीमा हुने भन्दा अलि फरक किसिमको आदर्श छ। जे गर्नु छ जन्मभूमिकै गर्नु छ भन्ने मान्यता राख्थे उनी। त्यसैले उनले आफ्ना परिवारभित्रका अन्य सदस्यहरुले जस्तो विदेशमा व्यवसाय फैलाउने विस्तार गर्ने सोच नै राखेनन्। पुस्तैनी विरासतमा प्राप्त धनसम्पत्तिलाई उनी नेपालमै उपयोग गर्न चाहन्थे। उनी यहीँ काम गर्न र साहित्य कर्ममा मग्न रहन चाहन्थे।
‘म कहिले पनि आफूलाई सफल व्यवसायी वा धेरै ठूलो व्यावसायिक साम्राज्य बनाउँ भन्ने अभिलाषा राखेको व्यक्ति होइन। व्यावसायिक घरानामा मेरो जन्म भयो र मैले जब कुराकानी बुझ्न सक्ने अवस्थामा पुगेँ घरमा मैले सुनेको देखेको सिकेको भनेको व्यावसायिक कुरा मात्र हुन्थ्यो। मलाई यो पनि थाहा छैन ममा यो साहित्यप्रतिको अनुराग कहाँबाट पलायो। मेरा अभिभावकहरुले हाम्रो कर्म व्यापारै हो भन्नुहुन्थ्यो। तर मनलाई मष्तिष्कले जित्न सकेन मेरो हकमा। म आफ्नै गतिमा बग्दै गएँ,‘ शब्दको संसारमा रमाउन चाहने बसन्तले आफ्नो व्यावसायिक जीवन र स्रष्टाको जीवनबारे तुलना गर्दा स्रष्टाकै पल्ला भारी भएको सुनाइरहेका थिए।
उनले व्यवसाय गर्दा यस्तो मन्त्र बनाए जहाँ आफ्नो काम गर्दा अरुलाई दु:ख पनि नहोस्, कसैको भाग खोसेर लिएको अनुभूति न होस्। कसैसँग बेइमानी गर्न पनि नपरोस्, आफ्नो फाइदाका लागि अरुको नोक्सानी गर्न नपरोस्।
त्यसैले उनले आफ्ना पारिवारिक परम्परागत उद्योगधन्दा भन्दा सेवा उद्योगमा आफूलाई अघि बढाए। नर्भिक अस्पताल त्यही सोचको उपज थियो । बसन्तका अनुसार उनकी एकमात्र सन्तान मेघाको पनि स्वभाव आफूसँग मिल्ने भएकाले उनीमा पनि धेरै सम्पत्ति आर्जन गर्ने र साम्राज्य ठूलो बनाऔं भन्ने आकांक्षा भएन। यस अर्थमा बसन्तलाई साहित्यकर्मतर्फ बढी तल्लीन हुन सजिलो भएको थियो।
न त मैले गरिराखेको व्यवसायका लागि कसैलाई कुनै पनि प्रलोभन दिएर आफ्नो फाइदा लिनुपर्ने छ। म अन्य कुनै पनि शंकास्पद क्रियाकलापमा लागेको थिइन भने किन मेरो घर जल्यो मैले वास्तविकता बुझ्न सकेको छैन।
हुन पनि आफ्ना सन्तानमा व्यापारिक साम्राज्य बढाउने लालसा भएको भए बसन्तलाई त्यो सन्तुलन मिलाउन पक्कै पनि गाह्रो हुन्थ्यो होला। यस मानेमा उनी आफूलाई भाग्यशाली मान्छन्। तर, परिवारका अन्य सदस्यहरुले दिएको विदेशमा पनि व्यापार फैलाउने सल्लाह सुझावलाई अटेर गरेर आफ्नै जन्मभूमिमा लगानी बढाउँदै जानुपर्छ भन्ने बसन्तलाई आज आफ्नो यही मान्यता र सोच नै अभिशाप भैदिएको जस्तो पनि लागेको छ।
‘आज मैले जतिसुकै साहित्यकर्मको कुरा गरे पनि मेरो अघि तेर्सिएको मारवाडी भन्ने शब्दले मलाई पृथक हुन दिँदैन। यहाँ यस्तो भाष्य तयार भयो कि मारवाडी भनेको त केवल खाली नाफा कमाउन अरुलाई ठग्नलाई अरुको भाग खानलाई मात्र बनेका हुन्,’ उनी भन्छन्।
आफ्नो घरमा हमला हुनुलाई बसन्त चौधरी जो साहित्यलाई पुज्ने गर्छ साहित्यको साधक हो वा सीमित व्यवसाय गरेर समाजसेवाको काम गरिराखेको व्यक्तिमाथिको प्रहार नभई केवल कुनै समुदाय विशेषको भएकैले हमला भएको उनले महसुस गरेका छन्।
‘अन्यथा अरु कुनै कारण नै देख्दिन म। न म राजनीति गर्ने मान्छे हुँ। न म नेताहरुको घर घर चाहारेर हिँड्ने मान्छे हुँ। न त मैले गरिराखेको व्यवसायका लागि कसैलाई कुनै पनि प्रलोभन दिएर आफ्नो फाइदा लिनुपर्ने छ। म अन्य कुनै पनि शंकास्पद क्रियाकलापमा लागेको थिइन भने किन मेरो घर जल्यो मैले वास्तविकता बुझ्न सकेको छैन,’ उनी अझै पनि आफू ‘पजल’ मै छु भन्छन्।
श्रीमतीसहित बाहिर निकालिएँ, नजिककै ठूलो होटलमा रात बिताउन खोजेँ, त्यहाँ पनि हामीलाई प्रवेश दिइएन।
बसन्तलाई थाहा छ भदौ २४ मा उनको मात्र घर होइन, धेरै घर जल्यो, उद्योग कलकारखाना जले। शैक्षिक प्रतिष्ठान जले। तर, आफ्नो घर जल्नुलाई उनले विशुद्ध ‘लक्षित’ र मारवाडी पृष्ठभूमि कै कारण हो भन्नेमा दुई मत नभएको बताउँछन्।
‘टार्गेटेड नै हो। यो कुनै पनि हालतमा अनियन्त्रित भिड भएर क्षति पुग्यो भन्ने स्थिति होइन। हामीमाथि टार्गेटेड नै हो। ती सूचनाहरु राज्यसँग थिएन होला भन्ने म मान्दिन। राज्य स्वयं लाचार थियो सायद। मेरा पनि परिवारका कोही फौजमा वा प्रशासनमा भएका भए केही सुरक्षित हुने मौका पाउँथे होला तर त्यो बेला जब म यहाँबाट श्रीमतीसहित बाहिर निकालिएँ, नजिककै ठूलो होटलमा रात बिताउन खोजेँ, त्यहाँबाट पनि हामीलाई प्रवेश दिइएन,’ उनी बिचलित हुँदै त्यो दिन सम्झन्छन्।
एउटा व्यक्ति जोसँग अघिल्लो दिनसम्म मन्दिरजस्तो घर थियो। शान्तिपूर्ण रात बिताउने शयनकक्ष थियो। किताबहरुबीच अलमलिने बानी थियो। साँझमा परिवारसँग बिताउने गरेका सुन्दर पलहरु थिए। अचानक सबै क्षणभरमै खरानी भइदियो। लाचार बसन्तले त्यो रात पैसा तिरेर बास पाइने होटल खोज्दा पनि भेटेनन्।
सान र स्वाभिमानका साथ आफ्ना सबै सोखहरु पूरा गर्न सक्ने व्यक्तिका लागि यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्छ?
‘जे घटना भयो म यो भन्दिन त्यसमा बाह्य शक्तिको हात थियो/थिएन। अपराधीहरु त्यसमा मिसिएका थिए/थिएनन् तर जो जति थिए ती सबै असन्तुष्ट चाहिँ थिए। उनीहरुको राज्यसँग असन्तुष्टि थियो। उनीहरु राज्य व्यवस्थासँग असन्तुष्ट थिए। राज्य प्रणालीसँग असन्तुष्ट थिए। उनीहरु सम्पन्नसँग असन्तुष्ट थिए। यो देशको अर्थतन्त्र बिगार्ने वर्ग नै मारवाडीहरु हुन् भन्ने न्यारेटिभ तयार पार्ने समूहले लामो समयदेखि गरेको गृहकार्यको फल हो,’ उनले भने।
त्यो दिन त्यो बेला हरेक व्यक्ति हरेक संस्था खाली आफू कसरी सुरक्षित हुने बाहेक अरु केही नसोच्ने अवस्थामा पुगेका थिए। अरु पनि छन् भनेर सोच्ने अरुप्रति पनि आफ्नो कर्तव्य दायित्व छ र अरुका निम्ति पनि उद्देश्य भइदिएको भए थोरै अरुका निम्ति पनि कोही चिन्तित भैदिएको भए यस्तो अवस्था भोग्नु पर्ने पो थिएन की!
‘चाहे त्यो ठूला ओहदामा बसेका हुन् चाहे सामान्य व्यक्ति हुन्। त्यस दिन सबैले ‘म’ मात्रै भने। ‘हामी’ भन्ने कोही पनि थिएन । दुर्भाग्य जब कुनै पनि मुलुकमा ‘हामी’ भन्ने कुराको शेष रहँदैन त्यो जंगलराज हुन पुग्छ,’ उनले आफ्नो बुझाइ सुनाए।
बसन्तका अनुसार भदौ २४ मा त्यही भएको थियो। उनी भन्छन्, ‘दुर्घटना हुन्छ कहिलेकाहीँ लापरवाहीले कहिले बाह्य कारणले दुर्घटना हुन्छ। त्यस्तो बेला हरेक नागरिकले राज्यको उपस्थिति अपेक्षा गर्छ। त्यो ३६ घण्टा राज्य कतै उपस्थित थिएन। सारा नागरिक प्रतिका दायित्वहरु राज्यले पूरा गर्नुपर्ने अवस्थामा त्यो आफैं भष्म भइसकेको थियो।‘
यसरी जल्नुमा मेरो के दोष थियो?
बसन्त पत्याउन तयार छैनन् भदौ २४ मा उनको घर कुनै ‘जेन जी’ युवाहरुको समूहले जलाएको थियो। उनी भदौ २३ को दिन भएको प्रदर्शनलाई आन्दोलन, क्रान्ति वा प्रतिक्रान्ति भनेर मान्दैनन्। मध्यान्हपछि जसरी त्यसको स्वरुप परिवर्तन भयो त्यो कुनै क्रान्ति नभई नाटक मञ्चन भएजस्तो लाग्छ। उनले ‘जेन जी’को पनि मनोदशा आकलन गरेका छन्-‘यो सबै त ती प्रदर्शनकारी स्वयंका लागि पनि अप्रत्यासित नै थियो।’
उनको मुटुभित्र एउटा बोझ जसरी बसेको छ त्यस दिन जेन जी आन्दोलनको नाममा उनको घर जलेको घटना। उनी भनिरहेका छन् यो कुनै ग्राण्ड डिजाइन थियो तर अवोध युवाहरुलाई ठूलो अवगालको भारी बोकाइयो।
‘कठपुतलीको नाच हेर्दा नेपथ्यमा बसेर कसले औँला चलाइरहेका हुन्छन्, नचाइरहेका हुन्छन्,  हामीलाई थाहै हुन्न। अगाडि कसले अभिनय गरिरहेछ। को नाचिरहेछ त्यो मात्र देख्छौँ। २३ को मध्यान्ह अघिको अवस्था यो विध्वंस ल्याउने स्थिति पैदा गर्न मञ्चन गरिएको हो भन्ने त्यसमा भाग लिने कलाकारलाई पनि थाहा थिएन। यो ठूलो ग्राण्ड डिजाइनको पार्ट हो भन्ने मध्यान्हपछिको सिन र भोलिपल्ट देखिएको राज्यविहीनताको अवस्थाले पुष्टि गर्छ,’ उनले भने।
चाहे त्यो ठूला ओहदामा बसेका हुन् चाहे सामान्य व्यक्ति हुन्। त्यस दिन सबैले ‘म’ मात्रै भने। ‘हामी’ भन्ने कोही पनि थिएन । दुर्भाग्य जब कुनै पनि मुलुकमा ‘हामी’ भन्ने कुराको शेष रहँदैन त्यो जंगलराज हुन पुग्छ।
घर जलाइएको दिन त्यहाँ उभिएका अपराधकर्ममा संलग्नहरुको बोली, व्यवहार र गतिविधि उनको दिमागमा रिल झैं घुमिरहेको छ।
विशेषज्ञहरुका असार यो घरमा तीन तलामाथिको छतको समेत स्ट्रक्चरल ड्यामेज हुने गरी आगजनी र विस्फोट भएको छ। घरको कुनै पनि हिस्सा काम लाग्ने छैन। खण्डहर मात्र बाँकी छ। तीन महिनामा घरभित्रका खरानी र भग्नावशेषहरु हटाएर भित्र पस्न सक्ने बनाइयो। त्यसमा बसन्तकी जीवनसंगिनी हर दिन खटिइन्। खरानीको थुप्रो उनैले उठाइन्। फुटालिएका गमलाहरु आफ्नै हातले समेटिन्। तर बसन्तको भने हिम्मत नै भएन फर्किएर यस घरमा आउन। तीन महिनामा पहिलोपटक आएकाले पनि होला उनी सम्हालिनै सकेनन्। यस घरमा बसुन्जेल उनका आँखा रसाइरहे।
भक्कानिँदै उनले भने, ‘आजपनि एउटा छतमुनि त बसेको छु। बाँचेकै छौं। तर बाँच्नु र जिउनुमा धेरै फरक हुँदोरहेछ। घर भनेको इँटा, सिमेन्ट, छडबाट मात्र बन्दो रहेनछ। घर वास्तवमा सिंगारिने भनेको त हरेक पल त्यहाँ बिताएको समयका यादहरुले रहेछ। नाति नातिनाहरु कुद्दै गरेको पदचाप र आपसमा झगडा गरेका, ठूला स्वरले चिच्याएका रोएका, ती दृश्यहरुले घर सजिँदो रहेछ। श्रीमतीले भान्छामा खाना पकाउँदा त्यहाँबाट निस्कने बास्नाले घर बन्दोरहेछ।’
‘हरेक दिन बिहान घरबाट निस्कँदा त्यो तस्वीरमा ढोगेर मात्र म बाहिरिन्थें। भित्र पस्दा त्यही तस्वीरमा फेरि ढोगेर बस्थेँ। दैनिकी नै थियो त्यो मेरो। लाग्थ्यो मातापिताको आशिर्वाद र ऊर्जाको बास छ यहाँ।
उनी चारैतिर हेर्छन् र भन्छन् – ‘आज मलाई यी भित्ताले, यी पिलरले, यी बिमले प्रश्न गरिरहेको जस्तो लाग्छ। यसरी जल्नुमा मेरो के दोष थियो?’
बसन्तलाई घर जल्नु, त्यसभित्रका २४ सय किताब  जल्नु, १६ वर्षको उमेरदेखि बिताएको समयको एक एक स्मृतिहरु खोसिनु सबैले टुटाएको छ। छत नहुनु भन्दा पनि छतमुनि आफूसँग जोडिएर बसेका दशकौंदेखिका सम्झनाहरुको शेष पनि बाँकी नहुनुले मानिसलाई सबैभन्दा बढी टुटाउँदो रहेछ।
‘घर जल्यो घर नयाँ बन्ला तर पितामाताको पसिनाले बनेको त्यही घर कहाँ पाउनु! मेरो पुस्तकालय फेरि बन्दैन। मेरा डायरीहरु अब फेरि लेखिँदैनन्। यस घटनाले मलाई भित्रैबाट रित्याएको छ। मलाई त मैले देखेको सपनाको संसार नै उजाड भएजस्तो लाग्छ। मसँग केही पनि बाँकी छैन, मुहानै सुकेर गएको अनुभूति भएको छ। यो घरभित्रको निस्सासिएको कालोपन मनमा छाप बनेर बसेको छ। धुन गाह्रो हुन्छ जस्तो लाग्छ, यो जीवनमा चाहिँ यो कालो दाग। साँच्चै नै उज्यालो हुन त गाह्रै हुन्छ,’ उनले भने।
समय अझ बढी कठिन हुने वाला छ
बसन्त राजनीतिबाट टाढा थिए। उद्यम व्यवसायमा पनि लो प्रोफाइलमा बसेर काम गर्थे। साहित्यमा सधैं राष्ट्रप्रेमको कुरा गर्ने उनी अधिक सकारात्मकताले पनि आफूलाई हानि गरे जस्तो महसुस गर्छन्।
यतिबेला उनी समाजमा व्याप्त जातियता र समुदायलक्षित घृणा र द्वेष फैलाउने तत्वहरुबाट सबैभन्दा बढी चिन्तित छन्। उनी यसको समाधान के हो भन्ने प्रश्न चिन्ह बोकेर आफू घोत्लिरहेको बताउँछन्।
समाजमा ठूलो विभेद छ भन्नेमा उनी प्रष्ट छन्।  हुनेहरु झन झन हुने भएर गएको अनि नहुनेहरु झन् झन् रित्तिदै गएकाले त्यो बीचको खाडल बढ्दै गएको उनले देखिरहेका छन्। यो समाधानको उपाय के त?
उनी जबसम्म मध्यम वर्गको बलियो उपस्थिति हुँदैन तबसम्म समाजमा प्रेसर ग्रुपको भूमिकामा रहने वर्ग बन्न सक्दैन भन्छन्। फोहोरी राजनीतिले देशलाई स्वच्छतातर्फ लाग्न नदिएको उनलाई लागेको छ।
‘मिडिल क्लास भनेका पढालेखेका आफ्नो कर्म गरेर आफ्नो लागि कमाउने इन्डिपेन्डेन्ट क्लास हो जसले प्रेसर ग्रुपको रुपमा काम गरेको हुन्छ । जबसम्म मिडिल क्लासले त्यो सबै ग्यापलाई सिल गर्दैन, तबसम्म त्यो राष्ट्रमा कुनै कानुनले कुनै व्यवस्थाले काम गर्दैन। हरेक राष्ट्रमा मिडिल क्लासको भूमिका प्रेसर ग्रुपको रुपमा रहने हो। दुर्भाग्य हामीकहाँ त्यो मिडिल क्लासको सेगमेन्ट नै तयार हुन सकेन। जो अलि बुझ्ने खालका  थिए अब यहाँ केही हुन सक्दैन भन्दै विदेशिए। प्रोफेसनल्स पढेलेखेका जानेका बुझेका परिवारहरु सायद बाहिर नगइदिएर यहाँको राजनीतिक निकासको बाटो खोज्न हामी सबै मिलेर लागेको भए केही परिवर्तन राजनीतिमा देखापर्थ्यो र त्यसको छाया समाजमा पनि देखापर्थ्यो,’ उनी भन्छन्।
भदौ २४ राष्ट्रमा राज्यको उपस्थिति नहुँदा के सम्म हुन्छ भन्ने कुराको झलक मात्र हो। बसन्तलाई लागेको छ – देश समयमै सम्हाल्न सकिएन भने अबका दिनहरु अझ खराब हुनेछन्। त्यसपछिको समय अझ बढी कठिन हुनेवाला छ।
उनले ठोकुवा गरे-‘देश फेरि पुरानै अवस्थामा फर्कियो भने यो देशमा सिभिल वार हुनबाट कसैले रोक्न सक्दैन।’
युवा पुस्ताप्रति असाध्यै विश्वास राख्ने बसन्त जेन जी पुस्तालाई भ्रमित नहुन र देश बलियो बनाउनतर्फ लाग्न आग्रह गर्छन्।
‘म अहिले पनि यही भन्छु जेनजी पुस्ता र युवाहरुको कार्यशैलीका बारेमा जसले जतिसुकै टिका टिप्पणी गरेपनि भदौ २४ को अपराध कर्ममा उनीहरु संलग्न थिए भन्ने म मान्दिन। यो मुलुक उनीहरुले नै बनाउनुपर्छ। यो पुस्ताले जुनसुकै हालतमा पनि अब निर्वाचन गराएर मुलुकलाई नयाँ निकास दिने बाटो तय गर्नैपर्छ।’
बसन्त अबको दिनहरुमा कुनै पनि नयाँ व्यापार व्यवसायमा आफू संलग्न नहुने बताउँछन्। छोरी मेघाले अघि बढाइरहेको बृहत् क्यान्सर अस्पतालले पूर्णता पाओस् उनले चाहेको यति हो। बाँकी समय कसरी अघि बढाउने उनले केही सोचिसकेका छैनन्। तर उनी नेपाल छोडेर कतै नजानेमा भने अडिग छन्।
खण्डहरमा बदलिएको पैतृक घरलाई भने विस्तारै आकार दिएर बुवामुवाको सम्झनाको रुपमा म्युजियम बनाएर राखौं जस्तो बसन्तलाई लागेको छ। यस घरका प्रत्येक हिस्सामा उनले यति धेरै स्मृतिहरु बाँचेका छन्, जसलाई न उनी बिर्सिएर चटक्कै मेटाइदिन सक्छन्, न त त्यो स्मृति फेरि उस्तैगरी फिर्ता पाउन नै सक्छन्।
बसन्तको जीवनमा संवेदनशीलताको हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति सायद यही नै होला!
The post भग्नावशेषमा उभिएर जब बसन्तले सोधे- मैले के अपराध गरेको थिएँ र मेरो घर जलाइयो? appeared first on BIZMANDU.
‘स्याडो इकोनोमी’मा चलिरहेको देश, जहाँ कानुनले नै ‘कागज मिलाउन’ बाध्य बनाउँछ
२०६२/६३ को जनआन्दोलनताका अहिलेको जेनजी जस्तै एउटा जमात थियो, जसमा राजनीतिक पार्टीसँग अलायन हुन नचाहने तर देशको शासकीय व्यवस्थामा सुधार चाहने युवाहरु थिए।
तिनै युवाहरुले उक्त जनआन्दोलनताका ‘ननअलायन स्टुडेन्ट एण्ड युथ अलायन्स’ बनाए। त्यो अलायन्समा धेरैजसो ६२/६३ आन्दोलन समर्थन गर्ने युवाहरुको जमात, मुख्य गरी प्राइभेट स्कुल कलेज पढ्ने विद्यार्थी थिए। त्यसबेला उक्त अलायन्समा १३ हजार सदस्य थिए, जसले त्यसबेलाको आन्दोलनलाई सहयोग र समर्थन गरेको थियो। तिनै जमातमा थिइन् अर्पिता नेपाल, जसले अन्य युवाहरुजस्तै आफ्नै युवाअवस्थामा तेस्रो जनआन्दोलन देखिसकेकी थिइन्।
त्यो उमेरमा आइपुग्दा उनी के बुझ्ने भएकी थिइन् भने जतिबेलासम्म प्रजातन्त्रले आम जनताका लागि डेलिभर गर्दैन, तबसम्म जुनसुकै व्यवस्था आए र जतिसुकै आन्दोलन गरे पनि परिवर्तन हासिल हुँदैन।
त्यसो भए नेपालमा खाँचो के छ त?
सात जनाको समूहले एक वर्षसम्म ब्रेन स्ट्रोमिङ गरेपछि आर्थिक नीतिहरुमा काम गर्ने थिंक ट्यांकका रुपमा उनीहरुले समृद्धि फाउन्डेसन सुरु गरेका थिए।
२०६२/६३ को जनआन्दोलनताका यसको प्रारुप तयार भएको थियो। उनीहरु सबै त्यसअघिसम्म युवाकै लागि काम गर्ने संस्थामा आबद्ध थिए। त्यसअघिसम्म संसद प्रक्रियामा विषयगत छलफल चलाउने, तालिम दिने तथा युवा नीतिका विषयमा जानकार थिए। त्यो समूहले युवाहरुको लागि कार्यक्रम गर्न जानेको थियो।
त्यही स्ट्रेन्थको बेसमा उनीहरुले समृद्धि फाउन्डेसनको जग हाले। सन् २००७ बाट संस्थाले काम सुरु गर्यो।  त्यतिबेलासम्म नेपालमा ‘गरिबी निवारण’ शब्द निकै हाइपमा थियो। जता पनि गरिबी निवारणमाथिकै बहस र छलफल खुबै हुने गर्थ्यो।
तर उनीहरुको समूहले केही फरक सोच्यो।
‘खासमा हामीले गरिबी शब्दमाथि विद्रोह गर्दै संस्थाको नाम नै समृद्धि राखेको हो। अब हामी गरिबीको कुरै नगरौं। हामी देशलाई कसरी धनी बनाउने देशमा समृद्धि कसरी ल्याउने भन्ने संवाद सुरु गरौं भनेर नै तत्कालीन अवस्थामा समृद्धिको नारालाई आत्मसात गरेका थियौ।’- लामो समय नीतिगत अध्ययन अनुसन्धानमा बिताएकी अर्पिताले फाउण्डेसन स्थापना ताकाका दिन स्मरण गरिन्।
‘अब नेताहरु भोट माग्न दैलोमा आउँदा यो पुस्ताले सोध्नेछ तिमीले गरेको कामले हाम्रो जीवनमा कस्तो प्रभाव पर्यो त!’
अर्पिता नेपाल
समृदधि फाउन्डेसनले नागरिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रतालाई आफ्नो मिसन बनाएर यसै क्षेत्रमा काम गरिरहेको छ। प्राज्ञिक रुपमा काम गरिरहेको समृद्धि स्वतन्त्र अनुसन्धानमार्फत नीतिगत सुधारका पाटोलाई उजागर गरिदिने संस्थाका रुपमा स्थापित छ। अर्पिता नेपाल हाल फाउन्डेसनकी अनुसन्धान तथा विकास सल्लाहकारका रुपमा काम गर्छिन्।
समृद्धि फाउन्डेसन खोलेपछि महत्त्वपूर्ण प्रोजेक्ट सुरु भयो ‘अर्थालय’ स्कुल अफ इकोनोमिक्स एण्ड इन्टरप्रेन्योरसिप। अर्थतन्त्रको ड्राइभरका रुपमा उद्यमशीलतालाई मानेका उनीहरुले बुझेका थिए इन्नोभेसन लिएर बजारमा नआए देशको आर्थिक वृद्धि हुन सक्दैन।
यसका लागि राज्यको भूमिका मात्र होइन व्यक्ति स्वयंले पनि प्रयास गर्नुपर्छ भन्ने बुझाइका कारण उनीहरुले विद्यार्थीहरुलाई जागिरे मानसिकताबाट माथि उठाएर जब क्रियटर बनाउने सोचका साथ अर्थालय सुरु भयो। यसलाई अर्पिताले नै लिड गरिन्।
यस प्रोजेक्ट अन्तर्गत उनीहरुले युवाहरुलाई ‘जब क्रियटर’ बनाउने पहल गरे। यस परियोजना अन्तर्गत उनीहरुले धेरै स्नातक तहका विद्यार्थीहरु तथा केही प्लस टु र मास्टर्सका विद्यार्थीलाई ५ दिनको रेसिडेन्सियल सेमिनारको आयोजना गर्थे।
क्लोज क्याम्पमा राखेर उनीहरुलाई बिभिन्न आर्थिक नीतिका विषयमा छलफल  चलाउँथे। कर प्रणाली, अनुदान जस्ता विविध नीतिगत सेसनहरुमा छलफल गर्नुका साथै गएदेखि नै विद्यार्थीले त्यहाँ त्यही पेरिफेरिमा केही न केही उद्यम गरेर कमाउनुपर्ने नियम थियो। ५ दिनको यो सेमिनार र कमाइको अवधारणाले उनीहरुभित्र उद्यमशीलतातर्फ आकर्षित हुने अवस्था बन्थ्यो। उनीहरुको यो अभियानबाट लगातार ८ वर्ष चलेको यो कार्यक्रममार्फत धेरै युवा उद्यमशीलतातर्फ आकर्षित भएको अर्पिताले बताइन्।
‘पहिलोपटक जब हामीले नेगा गर्यौ। हामीले उठाएका एजेन्डालाई सरकारले हाम्रो ग्रोथ सेक्टर भनेर एडप्ट नै गर्यो। सँगसँगै हामीले सेक्टर वाइज हेर्दा त्यसको क्रस सेक्टरल इस्यु के के रहेछ भनेर हेर्यौं। त्यो बेला नेपालको श्रम क्षेत्रको अवस्था असाध्यै बिग्रिएको थियो। युनियनाइजेसनको मिलिटराइजेसनलाई कसरी कम गर्ने भन्नेमा पनि अनुसन्धान गर्यौं। खास मुद्दा के हो भनेर बाहिर ल्याइदियौं।’- उनले सुरुवातदेखि नै समृद्धिले नीतिगत सुधारका लागि ऐना बनेर यो हो है वास्तविकता भनेर देखाउने काम गरिरहेको बताइन्।
२०१३ मा उनीहरुले कृषि, पर्यटन र उर्जा मन्त्रालयभित्रैको ब्युरोक्रेसीमा के सुधार गर्नुपर्छ भनेर रिफर्मको एजेन्डा तयार पारे। विभिन्न संस्थाको पार्टनसीपमा समृद्धिले नेपाल इकोनोमिक समिट सम्पन्न गर्यो, जसको १५ बुँदे डिक्लेरेसनलाई त्यसको अर्को वर्षको बजेटमा सरकारले एडप्ट गर्यो।
त्यसयता समृद्धिले गरेका हरेक अनुसन्धानहरुले नीतिगत सुधारको बाटो देखाइरहेको अर्पिता बताउँछिन्।
कानुनको झन्झट
अर्थशास्त्री आकाश श्रेष्ठ समृद्धि फाउन्डेसनमा आबद्ध भएर अनुसन्धानमा लागेको नै १५ वर्ष भइसकेको छ। अर्थशास्त्र पढाउने आकाश श्रेष्ठ संस्थाका रणनीति तथा विकास निर्देशक हुन्। पोलिटिकल साइन्स तथा पब्लिक पोलिसीमा मास्टर्स गरेका आकाश पनि चिभनिङ छात्रवृत्तिमा बाहिर पढेर आएका हुन्।
फाउन्डेसनको संघीयतासम्बन्धी अनुसन्धानका क्रममा प्रदेशहरु तथा स्थानीय निकायको राम्रो अनुभव बटुलेका आकाश श्रेष्ठ भन्छन् –‘नीति निर्माण गर्दै गर्दा पोलिसी बनाएर छोड्दिने होइन हामीले पोलिसी वास्तवमा कसका लागि हो भनेर बुझाइदिनुपर्छ।‘
उनी त्यसको लाभ सबै सर्वसाधारणले पाउनुपर्छ भन्छन्। नीति निर्माण गर्दा विज्ञमात्र होइन स्थानीय र सर्वसाधारणलाई सहभागी नबनाएसम्म स्थानीय आवाजहरु केन्द्रसम्म नआइपुग्ने आकाशको अनुभव हो।
‘जे पनि मिलाउनुपर्ने वाहियात कुरा हो। कानुनमा कागज मिलाउन घुस खुवाउन थाल्नुपर्ने हुन्छ। त्यो कानुन फालुम् त, अनि त्यो मानिसले कागज मिलाउने नाममा खर्च गर्नै पर्दैन।‘
आकाश श्रेष्ठ
दुवै अर्थशास्त्रीहरु देश र स्थानीय मानिसहरुलाई नजिकबाट बुझ्ने प्रयास गरिरहेका छन्।
प्रदेशहरुमा अध्ययन अनुसन्धानका क्रममा आकाशले थाहा पाए – लोकल लेभलमा काम गर्नेहरुमा पनि फ्रस्टेसन छ। देशैभरी भएको आन्दोलन यही फ्रस्टेसनको उपज हो।  तर आकाशले यो निराशा जेनजीमा मात्र नभई सबै उमेर समूहमा देखेका छन्। उनीहरुले विकेन्द्रीकरण हुनै नसकेको वास्तविकता पनि महसुस गरे।
स्थानीयले भन्छन् – ‘कागजमा सबै नीति नियम छ तर स्रोत छैन।‘ कतिपय अवस्थामा केन्द्रसँग बाझिएको भन्दै काम अघि बढ्दैन। केन्द्रमा बसेर बनाएका नीतिहरुका कारण प्रदेशहरुले काम गर्न नपाएको गुनासो छ। खासमा स्रोत जहाँबाट उठ्छ त्यो कसरी खर्च गर्ने भन्ने अधिकार उनले पाउनुपर्छ- त्यो नै मिसिङ छ ।
दुवै अर्थशास्त्रीले देखेको समाजको वास्तविकता के हो भने माथि उठ्न खोज्नेहरुका लागि समाजमा कति धेरै अवरोधहरु छन् छन्। उत्तिकै कानुनी अड्चनहरु, माथि पहुँच नभएकाहरुको काम नबन्ने प्रवृत्ति उस्तै छ।
‘यति धेरै वाहियात कानुनहरु छन् जसले सबैभन्दा निम्न वर्गलाई हान्छ। ती सबै खारेज गर्नुपर्छ।‘- अर्पिता भन्छिन्- ‘नयाँ सरकार साँच्चिकै नयाँ परिवर्तनका लागि आएको भने कानुनी रुपबाट मानिसलाई दुःख दिनेभन्दा पनि कानुनले मानिसलाई सहज बनाउने तर्फ लाग्नुपर्छ। नत्र केही बदलिँदैन।’
उनका अनुसार नेपालमा कम्तीमा पनि १०० कानुन छन् जसले हामीलाई खारेज नगरेसम्म भ्रष्टाचारको जालोबाट मुक्ति पाइन्न।
ती कानुनहरुले ‘स्याडो इकोनोमी’ क्रियट गरिरहेको छ। कानुनमा मिलेन भन्ने, अनि जे पनि कागजमा मिलाउन घुस खुवाउने प्रवृत्तिले त बिग्रिइरहेको छ। ती सबै कानुन फालेर नेपालको धरातल बुझेर कानुन बनाएमा मात्र भ्रष्टाचारबाट मुक्ति पाइन्छ।
‘जे पनि मिलाउनुपर्ने वाहियात कुरा हो। कानुनमा कागज मिलाउन घुस खुवाउन थाल्नुपर्ने हुन्छ। त्यो कानुन फालुम् त, अनि त्यो मानिसले कागज मिलाउने नाममा खर्च गर्नै पर्दैन।‘- उनी आक्रोश पोख्छिन् – ‘इन्डस्ट्रियल इन्टरप्राइज एक्ट पनि हेरौ, ब्ल्याक मार्केट, श्रम कानुन भित्रका केही प्रावधान, सामाजिक सुरक्षा, ट्याक्स वेजका कुराहरु छन् जसलाई परिमार्जन गर्नैपर्छ। यहाँ त कानुनअनुसार एउटा सानो किराना पसलेले पनि इआईए गर्नुपर्छ भने, त्यो वर्ग कसरी अघि बढ्ने? कानुन बनाउँदा सानो र माइक्रो इन्टरप्राइजका मान्छेलाई ध्यानमा राखौं!’
आकाश पनि देशलाई लगानी र आर्थिक अवसर चाहिएको छ भन्छन्। तर विदेशबाट लगानी ल्याउनका लागि उस्तै झन्झटिला प्रक्रियाहरु अवरोध बनेका छन्। जबसम्म त्यस्ता झन्झटिला प्रक्रियाहरु खारेज हुन्नन्, सम्भावित लगानीकर्ता तर्सिने वातावरण रहिरहन्छ ।
समृद्धि फाउन्डेसनले लगातार कर सुधारीकरण, समन्वयकरण र सरलीकरणमा नीतिगत सुधारका पक्षमा काम गरिरहेको छ।
समृद्धि फाउन्डेसनले बिगत तीन वर्षदेखि केही यस्ता मुद्दाहरु उठाएको छ जसले समाजमा स्थापित केही भाष्यहरु परिवर्तन नै गरिदिएको पनि छ।  केसहरु उनीहरुकै शब्दमा:
केस १
नेपाललाई बिगारेको जमिनदार वर्गका ‘सामन्ती’ले हो भन्ने भाष्य ठूलो छ नेपालमा। तर नेपाललाई के उनीहरुले नै बिगारेका हुन् त? डेटाले के देखाउँछ भनेर हेर्दा हामीले नेपालमा धनी भनेर जोसँग धेरै जमीन छ त्यही वर्गलाई भनिँदै आएको छ। हामीले उनीहरुका छोराछोरीको अवस्था हेर्नलाई अनुसन्धान गर्यौं।
तर जुन भाष्य स्थापित भएको छ त्यो त डेटाले देखाएन। हामीले अनुसन्धानका क्रममा त जग्गा धेरै भएका मानिसहरुका छोराछोरीलाई हेर्दा जो माइग्रेट भएका छन् शहरमा जमीन धेरै छ भने त्यसमा छोराछोरीले राम्रो प्रगति गरेको पायौं। तर गाउँमै धेरै जमीन भएकाहरुका छोराछोरीहरु अहिले पनि किसान नै भएर बसेका छन्। उनीहरु बाहिर निसक्न सकेका छैनन्। मुभ गर्न पाकै छैनन् जमीनले बाँधेर राखेको रहेछ उनीहरुलाई जसले गर्दा उनीहरु बाहिर जान पनि नसकेको अवस्था पायौं।
हाम्रो अनुसन्धानले कमन न्यारेटिभलाई नै बदल्यो। अब सम्पत्तिका रुपमा जमीनलाई क्लासिफिकेसन मान्ने हो भने जो सँग जमीन धेरै छ उनीहरु सामन्ती भन्ने चाहिँ होइन रहेछ है।
कसका छोराछोरीले राम्रो गरे त भन्दा जो शहरतिर माइग्रेट भएर आए। जो कामदार भए, म्यानुफ्याक्चरिङ जस्ता क्षेत्रमा ब्लु कलर वर्कर भए। तिनका छोराछोरीले चाहिँ अझ राम्रो प्रगति गरेछन्। हामीले इन्टर जेनेरेसनल मोबिलिटीको अध्ययन गर्दा प्याटर्न यस्तो देखियो।
‘हामी समाजमा अर्थपूर्ण योगदान गर्न चाहन्छौं।‘- एकैस्वरमा उनीहरु भन्छन् –‘अबको मुख्य एजेन्डा भनेकै नेपाली युवाले यहीँ बसेर गरिखान सकुन् भन्ने हो। जो विदेश जान चाहेकै छैनन् उनीहरुलाई विदेशिन बाध्य नबनाम्।’
केस २
यस्तै बाटो बिस्तारको केसमा पनि प्राइभेट प्रोपर्टी राइटमाथि हस्तक्षेप भयो। धेरै ठाउँमा सरकारले जबरजस्ती गरेर छोडायो। कानुनको उल्लंघन भयो। त्यसपछि गुठीको ठूलो आन्दोलन भयो। हामीले सर्वोच्चबाट फैसला भाको जिल्ला अदालतसम्म गएर डेटा ल्याएएर जग्गा अधिग्रहणमा फैसला भएका मुद्दामा उनीहरुले फेयर मार्केट कम्पेनसेनन पाए कि पाएन भनेर हेरेम्। यसमा पनि इन्ट्रेस्टिङ बायस देखियो। सूचीकरण गरेको आदिवासी वर्गमा परेकाहरुले फेयर मार्केट भ्यालुएसन पाउने सम्भावना बढी रहेछ। तर तपाइँ मेनस्ट्रम एथ्नेसिटी हुनुभएमा फेयर मार्केट भ्यालु पाउने कम हुने रहेछ।
केस ३
त्यो रिसर्चबाट आएको प्रतिवेदनलाई उद्योग र कम्पनी रजिष्ट्रारकै मान्छेलाई देखाउँदा आम मानिसले यतिबिघ्न दुःख पाउने रहेछन् भनेर वहाँहरुले नै महसुस गरेर १४/१५ ठाउँबाट लिनुपर्ने अनुमतिलाई घटाएर ६\७ ठाउँबाट नै काम सकिने बनाउनुभएको थियो।
हाम्रै अनुसन्धानपछि तीन कार्यदिनभित्र नै कम्पनीबाट दर्ता सक्ने कानुन पनि बनाउनुभयो वहाँहरुले। तर पछि कार्यान्वयनमा समस्या आयो भन्ने सुन्यौं।  तर पनि त्यो सुधारको प्रक्रियामा त गयो। जे होस् हामीले त्यसमा सहजीकरणको काम गर्न सक्यौं।
‘नेपाली युवाले यहीँ बसेर गरिखान सकुन्’
समृद्धि फाउन्डेसनले विगत दुई वर्षदेखि लगातार जेनजी पुस्तासँगै काम गरिरहेको थियो। त्यसो त आफू युवा हुँदादेखि नै पारदर्शी शासन प्रणाली र भ्रष्टाचारमुक्त नेपाल बनाउने मिसनमै काम गर्दै आएकी हुन् अर्पिता।
‘दुई वर्षदेखि हामीले जेनजीको आवाजलाई नीति निर्माण तहमा ल्याउनुपर्छ भनेर  छात्रवृत्ति कार्यक्रम ल्याएका काम गरिरहेका थियौं। ३/३ महिनाको १६ जनाको फेलोसिप थियो। उनीहरुले इच्छा अनुसारको रिसर्च पेपर निकाल्ने कार्यक्रम अन्तर्गत हामीले नीतिमा पब्लिकेसन नै निकाल्यौं, भ्वाइसेस अफ युथ इन नेपाल भनेर हालै प्रकाशन भएको पनि छ। तर गत भदौ २३ को जेनजी आन्दोलन अप्रत्यासित जसरी भयो।’- उनले भनिन्।
जेनजीका केही समूहहरु अबको मुद्दा कसरी अघि बढाउने भनेर छलफल गर्न आइरहेको उनले बताइन्। अहिलेको अवस्था बुझेर कामको रणनीति बनाउनका लागि समृद्धिले पनि जेनजी युवाहरुका केही समूहसँग छलफल अघि बढाइरहेको छ।
आगामी माघ महिनादेखि समृद्धिले जेनजीहरुले अबको राज्यमा नीतिगत सुधारको एजेन्डा के हुनुपर्छ भनेर सिरिजकै रुपमा कार्यक्रम ल्याउने योजना बनाइरहको छ। बिगतमा जुन मुद्दा लिएर समृद्धि अघि बढेको थियो अबको रिफर्ममा कसरी पारदर्शिता  ल्याउन सक्छ भन्ने विषयमै आफूहरु केन्द्रित रहने उनले बताइन्।
युवा हुँदादेखि नै ‘समृद्धि’ मिसनमा आएका आकाश र अर्पिताको बुझाई के हो भने जेन जी पुस्ताले खोजेको भनेकै पारदर्शिता र जवाफदेहिता हो। गरिखान पाउने नेपाल बनाउने नै हो उनीहरुको मिसन। त्यो पनि कुनै समूह विशेषका लागि होइन सबैका लागि।
उनीहरु भन्छन्- ‘अब नेताहरु भोट माग्न दैलोमा आउँदा यो पुस्ताले सोध्नेछ तिमीले गरेको कामले हाम्रो जीवनमा कस्तो प्रभाव पर्यो त! त्यसबेला उनहरुले बाटो बनाएँ, पुल बनाए, उद्घाटन गरे, शिलान्यास गरेंमात्र भनेर सुख पाउने छैनन् भोट पाउने छैनन्। नेपालमा नेपालभित्रै युवाहरुका लागि जब क्रियसन कसरी गर्ने भन्ने मुद्दा केन्द्रमा रहनुपर्छ।’
समृद्धि फाउन्डेसनले केही समयअघि अनुसन्धानको विषय बनाएको थियो -विदेशबाट फर्केका युवाहरुको कथा। यसमध्ये उनीहरुले अनुसन्धान गर्ने क्रममा सफलता भन्दा धेरै असफलताका कथा फेला पारे। सफलताका कथा पाउनै कठिन। फर्केर आउँदा केही पैसा, उत्साह अनि गरिखाने जोश बोकेर आएकाहरु केही वर्षमै निराश भएर फेरि पलायन हुने उपाय सोच्न बाध्य भइरहेको परिदृश्य उक्त अनुसन्धानका क्रममा फेला परेको थियो।
खासमा जेनजी आन्दोलनको प्रमुख कारण नै युवाहरुले यहाँ बसेर गरिखान नसक्ने अवस्थाबाट सिर्जित चरम निराशा हो भन्नेमा उनीहरु प्रष्ट छन्।
सन् २००८ मा समृद्धि फाउन्डेसनले चलाएको अभियान थियो- ‘गरिखान देउ’। थिंक ट्याङ्कको रुपमा काम सुरु गरेको संस्था भर्खरै एक वर्षको भएको थियो। त्यतिबेला हुने बन्द, हडताल अनि संसद् विघटन सबैको असरले युवाहरुमा फ्रस्टेसन धेरै थियो। समृद्धिले ‘ओपन क्याम्पेन’का रुपमा गरिखान देउ नारा सुरु गर्यो।
उनीहरुले लाइफ एन्ड प्रोपर्टी,  राइट टु अर्न अ लिभिङ र राइट टु इन्टरप्राइज तीनवटा एजेन्डा अघि सारेर अभियान चलाएका थिए। उनीहरुले तीनकुनेमा ठूलो बिलबोर्डमै लेखिदिएका थिए – ‘गरिखान देउ’।
समर्थन गर्न चाहनेहरुलाई खुला आह्वान थियो । समृद्धिले लोगो ब्यानर तयार पार्यो तर जसलाई मन पर्छ त्यसले प्रयोग गर्न पाउने गरी पब्लिक वनरशिपमा थियो क्याम्पेन। धेरैले टोपी टिसर्ट बनाए, कसैले गीत गाए, कसैले एल्बम निकाले, अनि कसैले त पार्टी नै यही नाममा खोले।
‘साधारण थियो अभियान तर यति भए नागरिकले गरिखान्छौं भन्ने सन्देशका साथ सुरु भएको क्याम्पेन यति हिट भयो कि आजका दिनमा पनि यही नारा चलिरहेको छ। किन त भन्दा यतिका वर्षमा पनि गरिखाने वातावरण बन्नै सकेको छैन।‘- अर्पिताले भनिन्।
पछिल्लो समय जेन जी आन्दोलन पनि त्यही निराशाको कारक भएको अर्पिता बताउँछिन्।
दुवै अर्थशास्त्रीहरु समाजका विभिन्न तह र तप्काका मानिसहरुको आवाज नीति निर्माण तहसम्म पुर्याउने मिसनमा छन्। त्यो पनि अनुसन्धानमार्फत, तथ्य र तथ्यांकमा आधारित रहेर।
‘हामी समाजमा अर्थपूर्ण योगदान गर्न चाहन्छौं।‘- एकैस्वरमा उनीहरु भन्छन् –‘अबको मुख्य एजेन्डा भनेकै नेपाली युवाले यहीँ बसेर गरिखान सकुन् भन्ने हो। जो विदेश जान चाहेकै छैनन् उनीहरुलाई विदेशिन बाध्य नबनाम्।’
The post ‘स्याडो इकोनोमी’मा चलिरहेको देश, जहाँ कानुनले नै ‘कागज मिलाउन’ बाध्य बनाउँछ appeared first on BIZMANDU.
मुलपानीको किसान परिवारबाट बिलियन डलरको सपना : अमेरिकी बैंकदेखि अफ्रिकी कम्पनीसम्म सेवा
एक महिनाअघि मात्रै नेपाली टेक कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकी सेयर बजारमा सूचीकृत भएसँगै नेपाली उद्यमीहरूमा नयाँ उत्साह संचार भयो। प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको नेपालको टेक सेक्टरका लागि यो सफलताले अन्य नेपाली टेक कम्पनीहरूलाई पनि अन्तर्राष्ट्रिय पहिचान र बजार बनाउन सक्ने ठूलो संभावनाको ढोका खोलिदिएको थियो।
लण्डनमा मुख्यालय रहेको अर्को नेपाली टेक कम्पनी जेनेस सोलुसन्सका संस्थापक तथा सीइओ अन्जनी फुयाल फ्युजमेसिन्सले अन्तर्राष्ट्रिय स्तरमा पाएको ख्यातीमा गर्व गर्छन्। उनका लागि फ्युजमेसिन्सले पाएको यो सफलता नेपाली टेक कम्पनीहरूका लागि पहिलो खुड्किला हो। उत्साहले भरिएको स्वरमा उनले भने- ‘प्रविधिको क्षेत्रकै विकासबाट नेपालको समृद्धि संभव छ। यो केवल जर्नीको सुरुवात हो। नेपाली ओरिजिन भएको व्यक्तिले आफ्नो क्षमताको आधारमा कम्पनी खडा गर्न सक्छ र विश्वकै ठूलो बजारमा लिस्टिङ हुन सक्छ भनेर वहाँहरूले हामीलाई सम्भावना छ है भनेर देखाइदिनुभयो।‘
लण्डनमा बसेर जेनेसलाई बिलियन डलरको कम्पनी बनाउने महत्त्वाकांक्षाका साथ अन्जनीको कम्पनीले पनि प्रविधिकै क्षेत्रमा काम गर्दै आएको छ।
फ्युजमेसिन्सले पाएको सफलतामा उनी उत्साहित हुनुको कारण के पनि छ भने उनको कम्पनीले हाल नेपाल बाहेक विभिन्न १० देशका सयौं कम्पनीहरूसँग काम गरिरहेको छ। उनी अबको १० वर्षमा जेनेसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित कम्पनी बनाउन चाहन्छन्। फ्युजमेसिन्सको सफलताले उनको महत्त्वाकांक्षालाई अझै तीव्र बनाइदिएको छ।
उनी भन्छन्- ‘मानिसले सपना देख्छ। देख्नुपनि पर्छ। तर सपना देख्नका लागि भन्दा सपना देखाउन सक्नेगरी काम गर्नेहरूबाटै हामीलाई उर्जा मिल्छ। फ्युजमेसिन्सले त्यही सपना नेपाल र नेपालीलाई देखाउन सक्नुभएको छ। त्यसमा हामीले गर्व गर्नुपर्छ। यो एउटा उदाहरण हो पनि हो जसले नेपालकै युवा जनशक्तिलाई प्रयोग गरी विश्वका ठूला कम्पनीहरूलाई सेवा दिइरहेको छ।’
अन्जनीले आफ्नो ल्यापटपबाटै जेनेसको सुरुवात गरेका हुन्। त्यो पनि सोखका रुपमा। नेपाल इन्जिनियरिङ कलेजबाट ब्याचलर सकेपछि अन्जनीले कम्युटर एण्ड नेटवर्क सेक्युरिटीमा बेलायतमा मास्टर्स गरे। त्यहाँ पढाइका दौरान साथीभाइका प्रविधिजन्य समस्याहरूको समाधान गर्दा गर्दै उनको ब्रेन चाइल्डका रुपमा जन्मिएको थियो जेनेस।
काम त उनले सन् २०१३ मै थालिसकेका थिए। तर, २०१८ देखि औपचारिक सुरुवात भएको कम्पनीले पहिलो शाखा नेपालमा खोल्यो। हाल जेनेसले अमेरिका र बेलायतका बैंकहरू, युरोपका इन्स्योरेन्स कम्पनीहरू, सिंगापुर र अफ्रिकाका विभिन्न कम्पनीहरूलाई अमेजन, माइक्रोसफ्ट, गुगल जस्ता कम्पनीका क्लाउड टेक्नोलोजीमा आबद्धता र त्यसलाई लागू गर्नका लागि आवश्यक परामर्श सेवा दिँदै आएको अन्जनीले बताए। कम्पनीको प्रमुख डेटा सेन्टर काठमाडौंमा रहेको छ। जेनेसले मुख्य रुपमा आउटसोर्सिङको काम गरिरहेको उनको भनाइ छ।
‘हाम्रो जनशक्तिले नेपालमा बसेर मात्र होइन भारत, बंगलादेश, नाइजेरिया गएर समेत ग्लोबल कन्सल्टेन्ट बनेर काम गरिरहेका छन् जुन एन्टी प्याटर्न हो। अहिलेसम्म हामीले बाहिरबाट कन्सल्ट्यान्ट ल्याएर काम गरिरहेका थियौं। तर, अब हामी यहीँ बसेर बाहिरी देशहरूलाई यो सेवा दिइरहेका छौं। भलै यो संख्या आज सानो छ। तर, आज हामी थोरै संख्याबाट सय, हजार र हजारौं बनाउन सक्यौँ भने देशले समृद्धि टेक सेक्टरबाटै हासिल गर्छ,’ उनले भने।
कोरोना महामारीका बेला लकडाउनको समयमा जुनसुकै क्षेत्रको संचालनका लागि पनि जुम प्रविधि विश्व भरनै महत्त्वपूर्ण सावित भएको थियो। नेपालमा पनि जुमबाटै समग्र कर्पोरेट सेक्टर तथा शैक्षिक क्षेत्रका गतिविधि निर्वाध संचालन भएको थियो। जुमबाटै धेरै संघसंस्थाले आफ्नो काम संचालन गरेका थिए। त्यो बेला आधिकारिक रुपमा जुम प्रविधि नेपालमा भित्र्याउने काम जेनेसले गरेको अन्जनीले जानकारी दिए। जेनेसले नै अमेजनको क्लाउड नेपालमा ल्याएको हो।
अबको १० वर्षमा उनी जेनेसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित कम्पनी बनाउन चाहन्छन्। फ्युजमेसिन्सको सफलताले उनको महत्त्वाकांक्षालाई अझै तीव्र बनाइदिएको छ।
उनी भन्छन्- ‘इन्नोभेसन सँधै नयाँ हुँदैन। कोरोना महामारीमा नेपाल चलायमान जुमले बनायो। चलेका राम्रो मेकानिज्मलाई कपी गरेर लोकलाइज्ड गरी मोडिफाइ गरी काम गर्ने हो। हामीले आउटसोर्सिङको ग्लोबल ट्रेन्डलाई ल्याएर यहाँ काम गरिरहेका हौं।’
जेनेसले हाल ४ किसिमका सेवाहरु दिइरहेको अन्जनी बताउँछन्। उनका अनुसार जेनेसले टिपिकल सर्भिसमा भन्दा एडभान्स लेभलका टेक्नोलोजीहरू जस्तै क्लाउड टेक्नोलोजी, डेटा इन्जिनियरिङ, एआई, साइबर सेक्युरिटी, क्वान्टम कम्प्युटिङका टेक्नोलोजीमा कन्सल्टिङ सर्भिस दिइरहेको छ।
उनका अनुसार नेपाल बंगलादेश नाइजेरिया जस्ता देशहरूमा टेक्नोलोजी खरिदकै समस्या छ। यस्ता देशहरूका लागि प्रविधि ल्याएसँगै त्यो चलाउन सक्ने दक्षता दिने र प्रविधिको इम्प्लिमेन्टेसनका लागि कम्पनीमा कार्यरत जनशक्तिलाई चाहिने सीप शिक्षा र सपोर्ट पनि जेनेसले दिने गरेको उनले जानकारी दिए।
यस्तै, प्रविधिको सुरक्षाका लागि आवश्यक पर्ने सबै क्याटेगोरीका सेवा कम्पनीले दिने गरेको उनले जानकारी दिए।
उनी भन्छन् – ‘हामीले विभिन्न बैंकहरूको टेक्निकल इन्फ्रास्टक्चर के छ, उनीहरूको ग्लोबल फ्रेमवर्क अनुसार कहाँ पुग्नुपर्ने हो। त्यहाँ पुग्नका लागि के-के क्याप छ, रोडम्याप र स्ट्राटेजी चाहिन्छ त्यो सबै बनाउने काम हामी गरिरहेका छौं। बिग फोरका कन्सल्टिङ एक्सपर्टिजहरूले गर्ने काम हामीले गरिरहेका छौं।’
‘अहिलेसम्म हामीले बाहिरबाट कन्सल्ट्यान्ट ल्याएर काम गरिरहेका थियौं। तर, अब हामी यहीँ बसेर बाहिरी देशहरूलाई यो सेवा दिइरहेका छौं’
अन्जनीको भनाइ सापटी लिने हो भने यही कामका लागि विदेशी कन्सल्टिङ एक्सपर्टले सयौं डलर सेवा शुल्क लिने गर्छन्। तर, उनीहरू स्थानीय जनशक्ति लिएर काम गर्दा त्यही गुणस्तरको सेवा सस्तोमा दिइरहेका छन्।
त्यसैले नेपालमा प्रविधि सेक्टरतर्फको सर्भिस सस्तो छ भनेर आउने भन्दा पनि एडभान्स लेभलको जनशक्ति र सेवा छ भनेर आउन् भन्ने गरीको बन्ने प्रयासमा लागेको अन्जनी बताउँछन्।
अहिले ग्लोबल्ली यो संस्थाले १० मिलियन डलरको हाराहारीमा कारोबार गर्छ। वार्षिक रुपमा यसले १०० मिलियन डलर को कारोबार गर्ने कम्पनीका रुपमा बनाउने उनको टार्गेट हो। त्यसका लागि उनले आगामी १० वर्ष म्याद राखेका छन्।
‘हामीले पुल फ्याक्टर क्रियट गरिसकेका छौं। साइज बढाउने सपना ठूलै देख्नुपर्छ भनेर लक्ष्य राखेका हौं। बाटो खुलिसकेको छ। अहिले १० देशमा काम गरिरहेका छौं। १०० देशमा जाने सम्भावना देखेको छु,’ उनले भने।
अन्जनीको भनाइ सापटी लिने हो भने यही कामका लागि विदेशी कन्सल्टिङ एक्सपर्टले सयौं डलर सेवा शुल्क लिने गर्छन्। तर, उनीहरू स्थानीय जनशक्ति लिएर काम गर्दा त्यही गुणस्तरको सेवा सस्तोमा दिइरहेका छन्।
हाल उनले अफ्रिकाका देशहरू तथा ओमानका ठूला कम्पनीहरूसँग सहकार्यका लागि छलफल अघि बढाएका छन्। मध्यपूर्वका देशहरूमा पनि व्यापार विस्तार भइरहेको उनले बताए।
मुलपानीको किसान परिवारमा जन्मिएका अन्जनी बालखैमा उद्यमी बनेका हुन् भन्दा फरक पर्दैन। उनी जम्मा ७ कक्षामा पढ्थे जतिबेला उनले उद्यमशीलताको पहिलो पाठ पढे। बुवा कृष्णप्रसाद फुयाल टाइफाइड भएर थलिएपछि उनी घरमा उत्पादन भएको कुखुराको अण्डा बेच्न आफैँ बजार जान थाले। बुवा धान, मकै, आलु, अण्डा सबै उत्पादन गर्दै बेच्ने गर्थे। उनीहरूको किराना दोकान पनि थियो। खासमा भन्दा अन्जनीलाई उनकै बुवाले नै उद्यमशीलता सिकाए।
१० कक्षासम्म उनी घरको उत्पादन बेच्न बजार जान्थे। ११/१२ कक्षा पढ्दा त उनले बुवाको पसलको शाखा जस्तो छुट्टै आउटलेट खोलेर चलाउन थालिसकेका थिए। गाउँमा उनीहरूको पसल ‘होससेल’का नामले चर्चित थियो। उनीहरू धेरै परिमाणमा सामान ल्याउँथे अनि गाउँमा सस्तोमा बेच्ने गर्थे।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट पढ्दा समेत उनले किराना दोकान छोडेनन्। नेपालमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढेका उनले लण्डन गएर कम्प्युटर र नेटवर्क सेक्युरिटी पढेका हुन्।
एउटा ल्यापटपबाट सुरु भएको कम्पनीले अहिले १० वटा देशमा विस्तार भइसकेको छ।
अन्जनीलाई बुवाले सानैदेखि सिकाउने गर्थे- ‘हामी सबै रित्तै आएका हौं जाने पनि रित्तै हो। कमाएको यहीँ दिएर जानुपर्छ। खासमा दिगो विकास र उद्यमशीलताले मात्र देशलाई अघि लैजान्छ।’
बुवाको भनाइलाई आदर्श बनाएका अन्जनी आफ्नो कामलाई दिगो बनाउन चाहन्छन्। उनी सेलिब्रेटी आन्टरप्रेन्योरसिपमा विश्वास गर्दैनन् र प्रवर्धन गर्न पनि चाहँदैनन्।
उनी भन्छन्- ‘सबै मानिस उद्यमी बन्न पनि सक्दैनन्। उद्यमी बन्न नसकेकालाई ‘यो लाछी रैछ’ भन्ने पनि छन्। तर, त्यो गलत हो। सबै त उद्यमी बन्न सक्दै सक्दैनन्, सक्नेले रोजगारी सिर्जना गरिदिने हो जो अरुका लागि काम लाग्छ।’
उनका अनुसार रोजगारी, प्रविधि र उद्यमको सही संगमले मात्र देशलाई समृद्धितर्फ अघि बढाउँछ।
उनले मनकामना स्कुलबाट २०५७ सालमा एलएलसी सके। प्लस टु न्यू समिटबाट पास गरे। सन् २००३ मा जतिबेला उनले दुवाकोटमा पढाइ सुरु गरे। इन्जिनियरिङ कलेज जाँदा उनी मनोहरा खोला तरेरै पारी जान्थें। त्यतिबेला खोलामा पुल थिएन। बसमा जाँदा पुरै काठमाडौं घुमेर जानुभन्दा मुलपानी चौरबाट खेतैखेत खोलामा गएर पारी दुवाकोटको फाँट निस्कँदा उनी चाँडै पुग्थे। त्यसैले झोलामा किताब बाहेक फेर्ने लुगा र टावेल बोकेरै उनी खोला तरेर दुवाकोटको नेपाल इन्जिनियरिङ कलेज पुग्थे। उनले पढिसक्दा पुल पनि बन्यो अनि त्यही पुलको बाटो उनी बहिनी सरर स्कुटर चढेर दाजु पढेकै कलेज गइन्।
‘सबै मानिस उद्यमी बन्न पनि सक्दैनन्। बन्न नसकेकालाई ‘यो लाछी रैछ’ भन्ने पनि छन्। तर, त्यो गलत हो। सबै त उद्यमी बन्न सक्दै सक्दैनन्, सक्नेले रोजगारी सिर्जना गरिदिने हो जो अरुका लागि काम लाग्छ।’
यही अनुभवले पनि उनलाई पूर्वाधार र प्रविधि जीवन सहज बनाउन कति महत्त्वपूर्ण रहेछ भनेर बुझाउन सक्यो।
अन्जनीका अनुसार प्रविधि क्षेत्रका गहिरा समस्याहरू छन् जसलाई समाधान गर्नुपर्ने छ।
काम गर्ने क्रममा अन्जनीले दुई वर्गका सरकारी कर्मचारीहरू भेटेको बताए। ‘एउटा वर्ग पैसा जहाँबाट तान्न सकिन्छ त्यो काम मात्र गर्न खोज्ने। अर्को वर्ग जो फसिन्छ भनेर केही काम नगर्ने। राम्रो काम गर्न पनि डराउने,’ उनले भने।
नीति निर्माताहरूमा पनि उनी समस्या देखिरहेका छन्। पोलिसी मेकरले कुनै पनि प्राइभेट संस्थाको प्रभावमा उनीहरूको फेवरमा नभई ग्लोबल फ्रेमवर्कमा बसेर काम गर्नुपर्ने उनको सुझाव छ।
इन्जिनियरिङ पढ्दा मात्र कम्प्युटर चलाउन सिकेका अन्जनी यतिबेला बेलायतमा प्लेन उडाउन समेत सिकिरहेका छन्।
इन्जिनियरिङ पढ्दा मात्र कम्प्युटर चलाउन सिकेका अन्जनी यतिबेला बेलायतमा प्लेन उडाउन समेत सिकिरहेका छन्। प्राइभेट पाइलट लाइसेन्सको तयारी गरिरहेका अन्जनी युवा पुस्ताले सबै कुरा सर्टकटमा चाहने स्वभाव त्याग्नुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘खोला तरेर कलेज गाको व्यक्ति विश्वको टप एम्बेसडसरको टाइटल लिन सकें यो मेरो सफलता हो तर त्यसका लागि मेहनत चाहिन्छ। म त इन्जनिनियरिङ पढ्न थालेपछि मात्र मैले कम्यप्युटर चलाएको मान्छे। तर सफल हुन मेहनत गर्नैपर्छ। विकसित हुन खोजिरहेको देशको जनता अन्य देशले भन्दा हामीले ३ गुना बढी मेहनत गर्नुपर्छ।’
हाल जेनेसले नेपालमा प्रत्यक्ष रुपमा एकसय युवालाई पूर्ण रोजगारी दिएको छ भने पार्ट टाइम २ सय युवा काम गरिरहेका छन्। ग्लोबल्ली यसका ३ सय भन्दा बढी कर्मचारी छन्। अमेरिका, अष्ट्रेलिया, नाइजेरिया जस्ता देशमा बसेर जेनेसका कर्मचारीले विश्वभरका विभिन्न कम्पनीहरूलाई प्रविधिमा सपोर्ट, कन्सल्टिङ, इम्प्लिमेन्टेसन तथा एक्सपर्टिज बिल्डिङको काम गरिरहेको उनले जानकारी दिए।
‘नेपाली कांग्रेसका नेता गगन थापाले कीर्तिपुरको डाँडामा बसेर नै युवाले लाखौं कमाउन सक्छन् भन्दा त्यो पोलिटिकल एजेन्डा बन्यो। तर, यो सम्भावना मैले त धेरै अघि देखेको हो। यो सम्भव पनि छ,’ अन्जनीका अनुसार उनले सन् २०१३ मै लण्डनमा बसेर पोखराको चिप्लेढुंगामा कार्यालय खोली १२ युवाहरूलाई काम सिकाएर जब दिइसकेका थिए।
‘गगन थापाले कीर्तिपुरको डाँडामा बसेर नै युवाले लाखौं कमाउन सक्छन् भन्दा त्यो पोलिटिकल एजेन्डा बन्यो। तर, यो सम्भावना मैले त धेरै अघि देखेको हो। यो सम्भव पनि छ।’
‘आउटसोर्सिङका रुपमा १२, १५ जना भाइ बहिनीलाई सिकाएर काम दिएको हो। त्यही अहिले विश्वभर छरिएर ३ सय भन्दा बढी भएका छन्। डाँडामा बसेर कमाउने त वास्तविकता नै हो। अहिले पनि मुस्ताङको डाँडामा बसेर वा बाग्लुङको कुनै गाउँमा बसेर मेरा भाइबहिनीहरू कमाइरहेका छन्। यहाँ दाङमा बसेर अमेरिकाको बैंकका लागि काम गरिरहेका छन्। कोही नेपालगंजमा बसेर नाइजेरियाका लागि काम गरिरहेका छन्,’ उनले भने।
अन्जनीका अनुसार देशमा राइट मान्छे राइट प्लेसमै पुग्न सकेन।
भारतमा सिलिकन भ्यालीका सबै कम्पनीहरू आएका छन्। त्यहाँका युवाले त्यो कम्पनीले लोकल लेभलमा मजाले रोजगारी सिर्जना गरिदिएको छ। त्यो नेपालमा हुन सकेको छैन।
हामी २०० जनालाई मोटामोटी रोजगारी दिँदा पनि बिग टेक कम्पनी भन्न परेको छ के त्यो खुशी हुने अवस्था हो। हामी त यहाँका २ हजारलाई २० हजारलाई रोजगारी दिन चाहिरहेका छौं। ती ठूला कम्पनीहरुलाई नेपालमा ल्याउने वातावरण कहिले बन्छ?
‘समृद्धिको एकमात्र बिकल्प टेक्नोलोजिकल जब नै हो। यो रेलको अन्तिम डब्बा हो यसलाई पनि हामीले चढ्न छुटायौं भने हामी थप ३० वर्ष पछि धकेलिन्छौं।’
उनी सरकारले त्यस्ता अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई देशमा लिएर आउने वातावरण बनाउन पहल गर्नुपर्छ भन्छन्।
‘प्रशस्त रोजगारी सिर्जना हुन नसकेसम्म देशमा समृद्धि आउँदैन। अहिले जेन जी आन्दोलन पनि किन भयो भन्दा रोजगारी नै छैन। न पढाइको गतिलो सिलेबल्स छ न पढेर गतिला विद्यार्थी निस्के। पुल्चोक कलेजमा जाउँ एक से एक अब्बल विद्यार्थी छन् तर खोइ तिनले गतिलो काम पाएका? राम्रा विद्यार्थीहरुले पनि राम्रा चिज पढेनन् भने रिलेभेन्ट त भएन। हामीले क्वान्टिटीमा भनदा पनि एडभान्स टेक्नोलोजीमा कम्पिट गर्ने हो। भ्यालु चेन क्रियट गर्नुपर्छ हामीले। हाम्रा युवाको क्षमता सस्तो पैसामा बेच्नै पर्दैन,’ उनले भने।
‘कृषि र पर्यटनलाई हामीले समृद्धिका आधार भनिरहेका छौं। ती क्षेत्रबाट कति रेभेन्यू छ त ! तर एउटा व्यक्तिले टेक सेक्टरको आउटसोर्सिङमा काम गर्दा औसतमा मासिक २००० डलर कमाउँछ। समृद्धिको एकमात्र विकल्प टेक्नोलोजिकल जब नै हो। साँच्चै भन्ने हो भने समृद्धिका लागि अन्य सबै क्षेत्रहरु पछि आएको प्रविधिको क्षेत्र हो। यो रेलको अन्तिम डब्बा हो यसलाई पनि हामीले चढ्न छुटायौं भने हामी थप ३० वर्ष पछि धकेलिन्छौं। यही क्षेत्रलाई अघि बढाएमा समृद्धि सम्भव छ तर त्यसका लागि शिक्षा बलियो हुनुपर्छ,’ उनी भन्छन्।
The post मुलपानीको किसान परिवारबाट बिलियन डलरको सपना : अमेरिकी बैंकदेखि अफ्रिकी कम्पनीसम्म सेवा appeared first on BIZMANDU.
‘हामी टुटेका मात्र हौं ढलेका होइनौं, अहिलेभन्दा १० गुणा बढी सफलता पाउन अगाडि बढ्छौं’
काठमाडौं। सतुंगलको सिजी डिजिटल पार्क ८०० भन्दा बढी कर्मचारी एकै साथ काम गर्ने उद्यमशीलताको हब थियो। फुल्ली अटोमेटेड सिस्टमको यो हबमा अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजी, सेन्साई, बेको, गोदरेज लगायतका दर्जनभन्दा बढी ब्राण्ड एसेम्बल्ड हुन्थे। दसैं नजिकिएकाले इलेक्ट्रोनिक्स सामान लोड गरिएका मालवाहक गाडीहरू लहरै थिए।
एलजी र सिजी ब्राण्डका विद्युतीय उपकरणहरूको एसेम्ब्ली, प्याकेजिङ र वितरण, सर्भिस सेन्टरका साथै सिजी नेटको सर्भर र डेटा सेन्टर रहेको यो कम्पाउण्ड हरसमय गुल्जार रहन्थ्यो। तर, एक महिनाअघि भदौ २४ गते जेन्जी प्रदर्शनका नाममा भएको  विध्वंसबाट सिजीको डिजिटाइजेसन सपनाको नमुनाका रुपमा निर्माण भएको ‘आइकोनिक’ पार्कमा खरानी भएको छ, उद्यमशीलताको घरमा कालो धुलो उडिरहेको छ।
२ तलाको फ्याक्ट्री पूरै जलेर खण्डहर भएको छ। ४० वर्षअघि स्थापना भएको यो पार्कको क्षतिको अनुमान हिसाबकिताबमा ३ अर्ब आएको छ। तर, पार्क जल्दा ८०० परिवारको सपना जलेर खरानी बनेको छ।
टेलिभिजनको प्यानलदेखि खानेपानी फिल्टर गर्ने केन्ट तयार पार्ने भवन भग्नावशेषको थुप्रो बनेको छ। आँगनमा लोड गरेर राखिएकै गाडीहरू सामानसँगै जलेका छन्। अनलोड गर्न ठिक्क पारिएको लरी भित्रका सामानको हविगत उस्तै। एक छेउमा कवाडी बनेका वासिङ मेसिन र रेफ्रिजरेटरहरूको थुप्रो छ।
जुनसुकै बेला पनि भत्किन सक्ने देब्रे भित्तातिरको पाटो मुन्तिरको सानो करिडोरमा केही कर्मचारी टेलिभिजन मर्मत गरिरहेका छन्। छाना पूरै धसिएको भवनको पछिल्तिर केही कर्मचारी प्याकेजिङ सामाग्रीको व्यवस्थापन गरिरहेका देखिन्छन्।
विध्वंशको शिकार भएको सिजी पार्क
सिजी डिजिटल पार्क भदौ २३ गतेको जेन जी आन्दोलनपछि २४ गते भएको विध्वंसात्मक घटनाको शिकार बन्यो। जसरी अन्य धेरै सरकारी तथा निजी भवन र संरचनाहरूमा आगजनी र लुटपाट भयो त्यसै समयमा बिनोद चौधरीको निजी निवाससँगै सानेपास्थित कार्यालय, सिजी मोटर्सका शोरुमहरू र सतुंगलको यो पार्कमा लगभग उस्तै समयमा आगो झोसियो।
सुरक्षाकर्मीलाई लछारपछार पार्दै भित्र पसेको उक्त समूहले आँगनको छेवैमा रहेको लक्ष्मी र हनुमानको मन्दिरलाई पनि बाँकी राखेनन्।
‘त्यस दिन यति छिटै यो अकल्पनिय घटना भयो कि हामीले त विश्वासै गर्न सकेनौं!’ सिजी डिजिटल पार्कको भग्नावशेषमा उभिएर सीजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भदौ २४ लाई सम्झिए, ‘हाम्रो घरमा आगो लगाइयो, कारखाना जल्यो, डेटा सेन्टर जल्यो, मोटरका शोरुमहरू जले, उत्पादन जल्यो, पैसा लुटियो। यतिको विध्वंश सहनुपर्दा जो कोही विचलित हुन्छ। सबैभन्दा पीडा त मलाई यो मन्दिर फुटाएको देख्दा भयो। २० टुक्रा भएको रहेछ लक्ष्मी र हनुमानजीको मूर्ति। हामी जहाँ आशिर्वाद लिएर काममा जुट्थ्यौं, हाम्रो कर्मको मन्दिरमा प्रहार भएको देख्दा सबैभन्दा बढी दुखेको छ।’
यो लडाइँमा प्राइभेट कम्पनीहरू किन आक्रमणमा परे? हजुरबुवाले बनाउनुभएको हाम्रो पुर्ख्यौली घर जल्यो, ठाउँ-ठाउँका शोरुम जल्यो छानीछानी हाम्रोमा किन आगो लगाइयो?
निर्वाण चौधरी
आइकनिक पार्कको योजनामा धक्का
हाल सिजी डिजिटल पार्क निर्माण भएको ठाउँ ४ दशकअघि नै टिभी बनाउने कारखानाका नामले परिचित थियो। निर्वाणले पहिलो पटक यो ठाउँमा जम्मा १० वर्ष हुँदा टेकेका थिए। स्कुल बिदाको समयमा बुवासँग नवलपरासीको चौधरी ग्राम जाँदा पहिलो स्टप हुने गर्थ्यो यो ठाउँ। १० वर्ष हुँदा भेटेका कर्मचारी अझै पनि काम गर्दै थिए। जसरी पहिलोपटक भेट्दा निर्वाणले कर्मचारीको माया पाउँथे, अहिले यो पार्कको नेतृत्व सम्हाल्दा पनि त्यस्तै अनुभव उनले संगालिरहेका थिए। जसले बच्चामा वात्सल्यपूर्ण मायाले उनलाई छोप्थे, उनै कर्मचारी पछिसम्म आएर भेटिरहन्थे निर्वाणलाई। यो ठाउँ र पुराना कर्मचारीहरूसँग इमोसनल बण्डिङ त्यसरी नै बनेको थियो निर्वाणको।
‘यो ठाउँसँग मेरो बेग्लै अनुभव छ। यहाँ सुरुदेखि १५ प्रतिशत महिला कर्मचारी काम गर्नुहुन्थ्यो। एउटा फुच्चेलाई जसरी माया गर्नुहुन्थ्यो, यहाँ आउँदा त्यस्तै माया पाइरहेको फिल हुन्थ्यो,’ निर्वाण भावानात्मक सुनिए।
यो ठाउँ उनीहरूका लागि यति अर्थपूर्ण थियो कि हरेक लक्ष्मीपूजामा हेडअफिसमा पूजा गरिसकेपछि उनीहरू सिधै यहीँ आएर लक्ष्मीपूजा गर्थे अनि मात्र निजी निवासमा पूजा हुन्थ्यो।
सुरुवातमा अपोलो स्टिलको कारखाना रहेको यो स्थानमा ८० को दशकको सुरुवातदेखि नै तोसिभा, मात्सुसिता, नेसनल पानासोनिक ब्राण्डका रेडियो, क्यासेट प्लेयर, टेलिभिजनहरूको बजार स्थापित भयो। यही कारखानामा गोल्डस्टार ब्राण्डका विद्युतीय उपकरण उत्पादन हुन थाल्यो जसको रिब्राण्डिङ गरेर एलजी ब्राण्डका सामाग्रीहरू उत्पादन हुन थाल्यो। यो एसेम्ब्ली प्लान्टमा उत्पादित सामाग्रीहरूले बजारमा स्थापित हुँदै नम्बर १ ब्राण्ड बन्न सकेको समय निर्वाणका आँखामा रिल झैं फन्फनी घुमिरहेका छन्।
यो ठाउँ उनीहरूका लागि यति अर्थपूर्ण थियो कि हरेक लक्ष्मीपूजामा हेडअफिसमा पूजा गरिसकेपछि उनीहरू सिधै यहीँ आएर लक्ष्मीपूजा गर्थे अनि मात्र निजी निवासमा पूजा हुन्थ्यो।
जतिबेला काठमाडौं बाहिर कारखाना खोल्ने ट्रेन्ड चलिरहेको थियो सिजीले काठमाडौं उपत्यकाभित्रै प्लान्ट राखेर उत्पादन गर्न थाल्यो। त्यसअघि चौधरी ग्रुपले ललितपुरको भैंसेपाटीमा वाइवाइ चाउचाउको कारखाना स्थापना गरेको थियो जसप्रति निर्वाणको भावनात्मक सम्बन्ध जोडिन पुग्यो। त्यसरी नै बाल्यकालदेखिका सम्झना जोडिएको सतुंगलको यो प्लान्टलाई ‘आइकोनिक पार्क’ बनाउने सपनाको बिउ निर्वाणको भावनात्मक निकटताकै कारण रोपिएको थियो।
सिजी डिजिटल पार्कको भग्नावशेष
‘हाम्रो भिजन के थियो भने यो ठाउँमा विद्युतीय उपकरण उत्पादन गर्ने प्लान्ट मात्र राख्ने होइन यसलाई सिजी नेटको नक सेन्टरका रुपमा विकास गर्दै लैजाने। डेटा सेन्टर पनि यहीँ थियो। हामीले नेपालमै डिजिटाइजेसन, एआई, इलेक्ट्रोनिक्सको विकासमा थप अनुसन्धान र लगानी गर्दै ग्रो गर्ने भनेर जग्गाको आकार पनि बढाएका थियौं। पछि सम्पूर्ण चौधरी ग्रुपकै लिडरसिप डेभलपमेन्ट, टेक्नोलोजी डेभलपमेन्ट र सन् २०२७ सम्ममा यस ठाउँलाई ग्रुपकै एआई रेडी कम्पनी बनाउने योजनामा पनि काम भइरहेको थियो,’ उनले भने।
डिजिटल पार्क डिजिटाइजेनको यात्रामा पृथक सफलताको यात्रा हुनेमा निर्वाण ढुक्क थिए। तर, भदौ २४ ले उनको योजनामा धक्का लागेको छ।
आफ्नो सक्रिय व्यावसायिक संलग्नताको २५ वर्षमा उनले देशमा धेरैपटक अस्थिरता देखे। भ्रष्टाचार व्याप्त भएपछि युवावर्गको राजनीतिप्रतिको चरम वितृष्णा देखे। द्वन्द्व, आन्दोलन, भूकम्प, नाकाबन्दी, धेरै किसिमका असहज अवस्थाहरू पनि झेले। तर, यसपटक भदौ २४ को विध्वंसमा अहिलेसम्मकै ठूलो क्षति व्यहोरेको हो भन्न उनको मनले अटेर गरिरहेको छ। के थाहा अझै यो भन्दा बढी पो हुनु छ कि? उनीभित्र प्रश्न र आशंका बाँकी नै छन्।
व्यावसायिक यात्रामा ३ पुस्ताबाट विरासतमा पाएको सकारात्मक सोच र आत्मविश्वासले भरिएका निर्वाण हतासको यो वातावरणमा पनि अविचलित छन्। भन्छन्, ‘हामी टुटेका मात्र हौं, ढलेका होइनौं। अहिलेको भन्दा १० गुना बढी सफलता हासिल गर्ने गरी हामी फेरि उठ्ने छौं।’
निर्वाणको प्रश्न
निर्वाणलाई भदौ २४ को घटना अपत्यारिलो लाग्छ। जेन जीको आन्दोलन राजनीतिक हो भन्ने उनलाई लागेको थियो। तर, किन त्यो आन्दोलनले विध्वसंको बाटो लियो? आम मानिसका झैं अपेक्षा र अनुमानविपरित किन उद्योगधन्दा जले, फ्याक्ट्री जल्यो? उनले अझै उत्तर पाएका छैनन्।
के हामीले देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गरेर गल्ती गरेका थियौं?
हाम्रो कम्पनीमात्र यस्तो कम्पनी हो जसले कुल राजस्वको वर्षेनी ३ प्रतिशत राजस्व बुझाउँछ। के यो हाम्रो गल्ती हो?
देशलाई हरेक पटक विपत्ति आइपर्दा हामी परोपकारका काममा सबैभन्दा अघि छौं। देशलाई परेको बेला साथ दिनु  गल्ती हो?
३० वर्ष देशमा भएको अस्थिरताका बाबजुद हामीले लगानी गरिराख्यौं कि त्यो गल्ती हो?
यो लडाइँमा प्राइभेट कम्पनीहरू किन आक्रमणमा परे? हजुरबुवाले बनाउनुभएको हाम्रो पुर्ख्यौली घर जल्यो ठाउँ-ठाउँका शोरुम जल्यो छानीछानी हाम्रोमा किन आगो लगाइयो?
भवन त फेरि यो भन्दा मजबुत बनाउँला। यो भन्दा अझै हाइटेक बनाउँला। किनभने हाम्रो सपना कसैले मार्न सक्दैन।
निर्वाणको मनमा बग्रेल्ती छन् अनुत्तरित प्रश्नहरू, जसको जवाफ कतैबाट आएको छैन। बरु उनी आफैलाई यसरी आश्वस्त पार्छन्।
‘त्यो समयमा ल र अर्डर कायम भएन। त्यसैले आन्दोलनका नाममा आपराधिक समूह घुसे जस्तो लाग्यो। हुलदंगाका अघि लजिकले काम गर्दैन। त्यो हुलसँग यहाँ बसेका कामदारहरूले प्रतिवाद त गरे तर उनीहरूले पनि केही गर्न सकेनन्,’ उनले सुनाए।
आफ्नो बेचैन मनलाई थामथुम पार्दै उनी आत्मविश्वास जगाइरहन्छन्। यतिको क्षति हुँदा कम्पनीका कुनै कामदारको ज्यान गएन। परिवारका सदस्य कसैमाथि नराम्रो भएन। कसैको जीवन गुमेको भए अझ कति सकसपूर्ण हुँदो हो! यही सम्झेर निर्वाण सकारात्मक बन्न प्रयास गरिरहेका छन्। किनभने उनले राम्ररी बुझेका छन्- सर्ट टर्म माइन्ड सेटले लङटर्म कमिटमेन्टलाई गुमाउनु हुँदैन। त्यसैले त उनीहरू पुनर्निर्माणमा जुटिसकेका छन्।
‘भवन त फेरि यो भन्दा मजबुत बनाउँला। यो भन्दा अझै हाइटेक बनाउँला। किनभने हाम्रो सपना कसैले मार्न सक्दैन,’ उनी दृढ सुनाए।
उनी भन्छन्- ‘नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी जो नेपालको झण्डा लिएर बाहिर ग्रो गरिरहेका छौं। म विदेशमा पाएका अनेक अवसरहरूका बाबजुद २५ वर्षदेखि यहीँ बसेर काम गरिरहेको छु। भोलि के होला भन्ने ट्रमा त छ तर हामी जति जे भएपनि त्यतिकै कन्फिडेन्स त्यतिकै लगानी त्यतिकै रोजगारी दिएर उदाहरणका रुपमा अघि बढ्नै पर्छ।’
बेला-बेला उनी आफ्ना गुरुले दिएको उपदेश सम्झिन्छन् र नेपाली समाजको अहिलेको अवस्थासँग तुलना गर्छन्।
निर्वाणले पुस्तैनी विरासतमा पाएका हुन् ‘आत्मविश्वास’ जसको बलमा आफ्नो परिवारको शक्ति र आफ्नो समूहको विश्वासलाई साथ लिएर उनी लङटर्म भिजनका साथ निर्णय लिन सक्छन्। रिसमा, आवेगमा छोटो समयमा लिएको निर्णय गलत हुन्छ।
उनले बुझेका छन् यतिबेला आवेगमा आएर सबै कारखाना बन्द गरौं, सबै कामदार हटाऔं र नेपाल बाहिर लगेर कम्पनी चलाऔं भन्नु बुद्धिमानी हुँदैन। आजका दिनमा उनीहरूले जलेको कारखानाबाट एक जनालाई पनि रोजगारीबाट हटाएका छैनन्।
‘हामी त बेटर रिबिल्डमा जाने हो। हामीले गर्ने काम नेपालप्रति लगानी गर्ने र विश्वास गर्न खोज्नेहरूका लागि उदाहरण बनोस् न!,’ उनी थप उर्जाका साथ बोलिरहेका छन्।
‘होप फर द बेस्ट’
निर्वाणले आफ्नो व्यावसायिक जीवनमा नेपालको अस्थिरताका कारण वैदेशिक लगानी आउन नसकेको देखेका छन्। नेपालको अस्थिर वातावरणकै कारण लगानीकर्ता डराइरहेको उनले बुझेका छन्। यो समयमा सरकारले सुरक्षा दिन्छ भन्नेमा पनि उनी अझै आश्वस्त हुन सकेका छैनन्।
निर्वाणलाई यतिबेला प्रिपियर फर द वर्स्ट, होप फर द बेस्ट भन्ने रियलाइजेसन चाहिँ भएको छ। फेरि पनि उनी यहीँ लगानी गर्ने हो भनेर लागिरहेका छन्।
किन त?
‘किनभने हामी पहिले पनि देशको सबैभन्दा ठूला रोजगारदाता हौं। ठूला लगानीकर्ता हौं। जुन हामी निरन्तर रहिरहन चाहन्छौं। यहाँ हामीले अवसर देखेका छौं। हाम्रो आफ्नै निर्णय हो यो प्रतिवद्धता हो। देशलाई यस्तो परेको बेला अहिले यहाँको लगानी गर्न आउँछ? तर, हामीले रि-बिल्ड गर्न थाल्यौँ भने अरुको पनि कन्फिडेन्स बढ्छ। सिजीले विभिन्न क्षेत्रमा लगानी थप्यो भन्यो भने  हाम्रो ग्लोबल रेपुटेसनका कारण अरुलाई पनि यहाँ आउने मनोबल बढ्छ,’ उनले भने।
‘त्यसदिन धेरै हिसाबले उनीहरू मिस गाइडेड हुन पुगे। त्यस्तो बेला मिस इन्फरमेसन हुनु हुन्थेन। जेन जी पुस्ताको सूचनाको स्रोत सामाजिक संजाल नै हो। उनीहरूमा बेरोजगारीको आक्रोश र देशमा व्याप्त भ्रष्टाचारका कारण रिस थपिएका बेला मिस गाइडेड हुने खतरा हुन्छ। त्यो पुस्तालाई अब सही प्रणाली, सही नेतृत्व र सही भिजन दिन सके देशलाई गज्जब बनाउन सकिन्छ,’ उनी भन्छन्।
निर्वाण आफ्ना बुवा बिनोद चौधरी र भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले जसरी स्क्र्याचबाट सुरु गरे उसैगरी देशको पनि जगबाटै नयाँ सुधारको संरचना बनाउनुपर्ने आवश्यकता देख्छन्। यी दुई उद्यमी यस्ता हुन् जसले जति क्षति ब्यहोर्छ। जति  जलेको हुन्छ त्यो भन्दा कैयन् गुणा माथि उठाएर लैजाने भोक उनीहरूमा छ। उनीहरू आगोमा खारिएको नम्बरी सुनजस्तो भैसकेका छन्। निर्वाण देशको हकमा पनि उस्तै दृढता र भोक भएको नेतृत्व हुनुपर्ने महसुस गर्छन्।
अबको बदलिँदो परिस्थितिमा अर्थतन्त्रलाई रिभाइभ गर्न के चाहिन्छ भन्ने बुझेको लिडरसिप आउनुपर्ने आवश्यकता उनले महसुस गरेका छन्। क्लियर रोडम्याप सहितको राजनीतिक अस्थिरता हटाउने नेतृत्व हुनसके पो!
उनले भने, ‘देशका लागि पनि यो त ब्राण्ड न्यू चान्स हो। सबै कुरा मेटिइसकेर ग्राउण्ड जिरोमै आएपछि जे पनि बनाए भो नि। देशलाई पनि अब अब्बल बनाउन ग्राउण्ड जिरोबाटै सुरु गर्नुपर्छ।’
‘अब ग्राउण्ड जिरोबाट यसलाई उठाउनु छ। १२ वर्षअघि यहीँ भव्य संरचना बनाएको थियौं। अब फेरि यस्तो बनाउँछौ जसलाई अबको १० वर्षपछि पनि मानिसहरूले भनिरहुन् आहा! कस्तो गज्जबको बन्यो!’
निर्वाणले कम्पनीको पुनर्निर्माणको काम सुरु गरिसकेका छन्। डिजिटल पार्कमा उत्पादन सुरु हुन नसकेपनि अवरुद्ध सप्लाई चेनहरू संचालन गराइसकेका छन्।
‘हाम्रो सामान आउन थालिसक्यो। नेपाली बजारमा अस्थिरताको जोखिमबारे जानकार हाम्रा २० वटै मल्टिनेशनल पार्टनरले सपोर्ट गरिरहेका छन्। दसैं तिहारको बेला सबैभन्दा बढी बिक्री हुने समय थियो धेरै लस भयो। त्यसैले अझ दोब्बर प्रतिबद्धता र रफ्तारका साथ काम अघि बढ्दैछ। आगो लागेका शोरुमहरू बन्दैछन्। अफिस र फ्याक्ट्रीहरूको पुनर्निर्माण सकेपछि मात्र घर बनाउने सोच्ने हो,’ उनले फेरि आफूहरू बजारमा नम्बर १ भएर उभिने बताउँदै भने।
निर्वाणको बोलीमा फेरि उही आत्मविश्वास छ, ‘अब ग्राउण्ड जिरोबाट यसलाई उठाउनु छ। १२ वर्षअघि यहीँ भव्य संरचना बनाएको थियौं। अब फेरि यस्तो बनाउँछौँ जसलाई अबको १० वर्षपछि पनि मानिसहरूले भनिरहुन् आहा! कस्तो गज्जबको बन्यो!’
The post ‘हामी टुटेका मात्र हौं ढलेका होइनौं, अहिलेभन्दा १० गुणा बढी सफलता पाउन अगाडि बढ्छौं’ appeared first on BIZMANDU.
विद्युतीकरणले सहज पारिरहेको मधेशको दैनिकी, ‘बिजुली उज्यालो मात्र होइन शक्ति हो’
धनुषाकै सबैभन्दा ठूलो नगरपालिका गणेशमान चारनाथकी नगर उपप्रमुख तुलसाकुमारी पाण्डेलाई जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुअघि घरायसी धन्धा छिनिसक्नुपर्ने हुन्छ। मधेशको ४० डिग्रीसम्मको उखरमाउलो गर्मीमा खाना बनाइसकेर भान्छाबाट निस्कँदा उनी नुहाए जसरी नै भिज्थिन्। धुँवा खेपेर भान्छामा बस्दाबस्दै उनी बिरामी परिन्। यो नगरपालिकाका ११ वटै वडाका अधिकांश महिलाहरूमा देखिने आँखा, फोक्सो र पाठेघरको समस्या उनीहरूको यस्तै दैनिकीसँग जोडिएको छ।
‘महिला भएको नाताले यो परिवर्तन मैले नै चाहिरहेकी थिएँ किनकी चुलाचौकाको समस्या पुरुषले भन्दा बढी महिलाले नै भोग्छन्। त्यसैले म यो अभियानका लागि पहलकर्ता मात्र नभई प्रयोगकर्ताका हिसाबले अघि बढेकी हुँ। मधेशको गर्मीमा भान्छाका लागि ढुंगा खोज्दा देउता मिले झैं भएको छ विद्युतीय चुलो,’ उनले भनिन्।
उनले आफ्नो भान्छामा २ मुखे विद्युतीय चुलो राखेको बताइन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका नवीकरणीय उर्जा नीति पास गर्ने देशकै पहिलो नगरपालिका पनि हो।
उनले भनिन्, ‘अब चाँडै कानुन र कार्यविधि बनाएर अघि बढ्छौं। विद्युतीय चुलोका लागि हामीले पहिले ३ लिटरको कुकर वितरण पनि गरेका थियौं। पालिकाले विद्युतीय चुलो प्रयोग बढाउने कार्यक्रमका लागि म्याचिङ फण्डमा पैसा पनि राखेको छ। यस क्षेत्रका मानिसहरूको दैनिकी कसरी सहज बनाउन सकिन्छ त्यसमा लागिरहेका छौं।’
वर्षौंसम्म दाउरा र गुँइठा बालेर भान्छामा बस्नुपर्दा धनुषाका अधिकांश महिला स्वास्थ्य समस्या खेपिरहेका छन्। यस नगरपालिकामा अहिलेपनि ५९ प्रतिशतले दाउरा प्रयोग गर्ने तथा ११ प्रतिशतले गोबरबाट बनाइएको गुँइठा प्रयोग गरी खाना बनाउने तथ्यांक छ।
विद्युतीकरणले फेरिएको दैनिकी
भरतपुरकी रामदुलारी रामले जन्मैदेखि दाउरामामा मात्र खाना पकाइन्। ६२ वर्षकी रामदुलारीले ३ महिना भयो बिजुली चुलो चलाउन थालेको। बिजुली चुलोले उनलाई छुट्टै रमाइलो दिएको छ। यो गाउँका धेरै घरमा एकमुखे र दुईमुखे बिजुली चुलो प्रयोग हुन थालेको छ। उनका दुवै बुहारीले पनि आ-आफ्नै भान्छामा बिजुली चुलो राखेर खाना पकाउन थालेका छन्।
‘पहिले खाना बनाउन कति गाह्रो हुन्थ्यो। न बत्ती, न पंखा, न बिजुली चुलो। आगो अगाडि बस्दा हप्हप् हुन्थ्यो। अहिले त बिहानै दालभात र आलुको भुजिया पाकिसक्छ। बाख्राको खोले पनि बिजुली चुलामै पाक्छ,’ उनले खुशीसाथ सुनाइन्।
रामदुलारीका अनुसार उनको दैनिकी विगत ४ वर्षदेखि सजिलो हुँदै आएको हो। जब घरमा बत्ती आयो, पंखा आयो अनि अहिले बिजुली चुल्हो आयो। उनीहरूको जीवन सहज हुँदै गएको छ।
मधेशमा सानातिना व्यवसायमा गुजारा गर्ने परिवारले उद्यमको नयाँ सिकाइ र दक्षता पाएपछि आफ्नो कामलाई विस्तार गरिरहेका छन्। यसबाट व्यवसायको आकार र जीवनस्तर दुवैको स्तरोन्नति भइरहेको छ।
धनुषाकै वीरेन्द्रबजार वडा नम्बर ४ जंगली भुईंया टोलकी हमिदा खातुनलाई अचेल भान्छामा भ्याइनभ्याइ हुन्छ। उनकी १ महिनाकी सुत्केरी छोरी माइती आएकी छिन्। छोरीलाई बेला बेला पकाएर खुवाउन उनलाई चुलो फुकिराख्नै पर्दैन। उखरमाउलो गर्मी भएपनि बाहिरै पिढीमा राखिएको बिजुली चुलो बालेर उनी उतिबेलै पकाइहाल्छिन्। उनका श्रीमान मञ्जुर शा यस टोलमै विद्युतीय चुलो लिने पहिलो व्यक्ति हुन्।
पढ्नुस् : एडीबीको उद्यम परियोजनाले बदलिएको चाफी गाउँ, पर्यावरण जोगाउँदै पातबाट कमाउँदै महिला
यस्तै, रौतहट मोतिहारी ६ मोथियाईस्थित झन्झने टोलकी कल्याणीदेवी चौधरी आफ्नो गोठमा बिजुली आउनुअघि २० बस्तुका लागि २ क्विन्टल धान बोकेर परको मिलमा पुग्थिन्। बस्तुलाई खुवाउने पानीका लागि कलबाटै पानी खिचेर ल्याउँथिन्। बस्तुभाउलाई खुवाउने घाँस काट्न घण्टौ खर्चिने कल्याणीदेवीका लागि गाउँमा बिजुली आउनु उज्यालोको निम्ति मात्र थिएन उनका लागि त्यो शक्ति थियो उद्यमको।
चौधरीका श्रीमान दिल्लीमा काम गर्छन्। उनी भने गाउँमै बस्तुभाउ पालेर गुजारा गर्थिन्। उद्यम परियोजनासँग आवद्ध भएर विभिन्न तालिमहरू लिन थालेपछि कल्याणीदेवीको सोचनै फराकिलो भएको छ। उनले नश्ल सुधारको तालिम पाइन् हिसाब राख्न सिकिन्।
‘गोठ सुधार, आहार सुधार, बजार सुधारबारे तालिम लिएको छु। लेखपढ नजानेपनि अहिले म बोलेरै सबै हिसाब राख्छु,’ उनले सुनाइन्।
उनको सानो गोठ बढेर एक बिघाहा जमीनमा फैलिएको छ। जेठी छोरी काठमाडौंमा सिलाईबुनाइको काम गर्छिन्। ११ वर्षका छोरा साथमा छन्। उनले अहिले २ बिघाहा जमीन लिजमा लिएर तरकारी खेती समेत गर्छिन्।
बिजुलीले उनको जीवन सजिलोमात्र बनाएको छैन। आत्मविश्वासपनि थपिदिएको छ। अहिले त उनी गाउँका सानातिना निर्माणकार्यमा पनि ठेकेदारको भूमिकामा हुन्छिन्।
‘भर्खरैमात्र मैले प्रदेशबाट आएको ७ सय मिटर नालाको काम पूरा गरें,’ आँगनमा राखिएको मिक्सर अघि उभिएर उनले गर्वका साथ सुनाइन्।
२०७१ सालमा मकवानपुरको नाम्टर गाविसबाट पटेर्वा सुगौली गाउँपालिकाको चाफी गाउँमा बसाई सरेर आएका कृष्ण थिङले माल्टा जान ७० हजार रुपैयाँ डुबाए। बिएसम्म पढेका कृष्ण हाल उद्यम परियोजनासँग जोडिएर गाउँमै बाख्रापालन गरिरहेका छन्।
‘अरुको सुख आफ्नो इख’
कलैयाको उत्तर जिटकैया वडा नम्बर १६ अवधापूरमा चलिरहेको जय माता दी कपास उद्योग पनि यस्तै उद्यमको उदाहरण हो जसले घरायसी काममा अल्झिरहेकी बबिताकुमारीलाई जिल्लामै चिनिनेगरीको सफलता दिलाएको छ।
श्रीमानको कपास कारखानामा सघाइरहेकी बबिताकुमारीले आफ्नै बलबुतामा खडा गरेको जय माता दी कपास उद्योगबाटै उनले २० जनालाई रोजगारी दिन सक्नेगरीको उद्यम गरिरहेकी छिन्। २०६५ सालदेखि उनका श्रीमानले चलाइरहेको सानो कपास कारखानामा काम गर्ने उनले विगत ५ वर्षदेखि ३ कठ्ठाको आफ्नै जग्गामा उद्योग फैलाएकी छिन्।
जिल्ला उद्योग वाणिज्य संघकी सदस्य समेत रहेकी बबिताकुमारीले उद्यम स्केलअप गर्न एडीबीको उद्यम परियोजनाकै सहयोग लिएकी थिइन्। पहिले वार्षिक २५ टन कपासको व्यापार गर्ने उनको उद्योगबाट हाल दैनिक १०००किलोभन्दा बढी कपास हेटौंडा पोखरा र काठमाडौं जान्छ।
मधेशका लघु उद्यमीले गरिरहेको पेशा व्यवसाय भलै साना वा मध्यम स्तरका हुन् यी व्यवसायको स्तरोन्नति हुँदै जाँदा उनीहरूमात्र नभई उनीहरूसँग जोडिएको परिवार, गाउँसमाज र त्यहाँको बजार चलायमान भैरहेको स्पष्ट देख्न सकिन्छ।
अहिले बबिताका दुई छोराहरू पनि उनैलाई उद्यममा सघाउँछन्।
यस्तै, बटेश्वर २ धुमासनका सरोजकुमार महतोले पनि बिजुली आएपछि इलेक्ट्रिक कल किने। ३५ वर्षका सरोजले एसएलसी दिएदेखि नै कटिङ र कल चलाउने काम सिकेका थिए। गाउँमा बिजुली आएपछि बिजुलीबाट चल्ने कल आयो। लुगा आइरन गर्न कोइला भर्ने परम्परागत आइरनको सट्टा बिजुलीकै आइरन आयो।
फेरि एडीबीबाट संचालित उद्यम परियोजना अन्तर्गत उनले शिप तालिम पाए। पुरानो किसिमको मेशिन छउन्जेल दिनभर लाग्ने काम अहिले बिजुलीबाट चल्ने मेशिन राखेपछि २ घण्टामै सकिन्छ। उनी आफूमात्र होइन ३ जना सहयोगी राखेर टेलर चलाइराखेका छन्। हालै उनले स्थानीय जनप्रिय माविका लागि तीनसय पिस ट्र्याक सुट सिलाउने अर्डर पाएको खुशीसाथ सुनाए।
‘मधेशमा बिजुली भनेको चिमको उज्यालो मात्र होइन’
नेपाल विद्युत् प्राधिकरणको विद्युतीकरण तथ्यांक २०८१ अनुसार मधेशमा शतप्रतिशत विद्युतीकरण भइसकेको छ। तर, पूर्वाधार तथा जीवनस्तरका सवालमा मधेश अझै पनि धेरै पछि छ।
राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जीवनस्तरको चौथो सर्वेक्षण २०७९/८० अनुसार नेपालमा कुल ५८ लाख मानिस गरिबीको रेखामुनि रहेकोमा मधेश प्रदेशमा करिब १४ लाख ६० हजार भन्दा बढी जनसंख्या गरिब छन्। कुल गरिबीको रेखामुनि रहेको जनसंख्यामा गरिबीको फैलावट सबैभन्दा बढी मधेश प्रदेशमा २५.०८ प्रतिशत रहेको देखिन्छ।
पढ्नुस : उज्यालोले फेरिएको मधेश : बटेश्वरका विपन्न बस्तीमा अब बल्छी फस्दैन, निर्धक्क बल्छ बिजुली
जीवनस्तर सर्वेक्षण प्रतिवेदनमा मधेश प्रदेशका लागि कायम गरिएको गरिबी रेखा ग्रामीण क्षेत्रमा ४७ हजार ३४४ रुपैयाँ हो भने मधेशकै सहरी क्षेत्रका लागि ५३ हजार ३३५ रुपैयाँ हो। उही रेखा काठमाडौं उपत्यकासँग तुलना गर्दा आधाभन्दा कम छ। काठमाडौं उपत्यकाको गरिबी रेखा १ लाख २९ हजार ९३४ रुपैयाँ कायम गरिएको छ। यस आधारमा पनि मधेशको जीवनस्तर कस्तो छ सहजै अनुमान लगाउन सकिन्छ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास जस्ता सबै पक्षमा कमजोर रहेकाले मधेशमा गरिबीको दर उच्च रहेको मधेश नीति तथा योजना आयोगकै प्रतिवेदनले देखाउँछ।
त्यसैले मधेशमा साना तथा लघु र मध्यम स्तरका व्यवसाय तथा उद्यमहरूको स्तरोन्नतिबाटै उनीहरूको जीवनस्तर उकास्न सकिने आँकलन गरी विद्युतीकरणसँगै उद्यम परियोजना संचालन गरिरहेको एसियाली विकास बैंककी परामर्शदाता तथा प्राविधिक सहायता विज्ञ लचना श्रेष्ठाचार्य बताउँछिन्।
मधेशमा सानातिना व्यवसायमा गुजारा गर्ने परिवारले उद्यमको नयाँ सिकाइ र दक्षता पाएपछि आफ्नो कामलाई विस्तार गरिरहेका छन्। यसबाट व्यवसायको आकार र जीवनस्तर दुवैको स्तरोन्नति भइरहेको छ।
मधेशका लघु उद्यमीले गरिरहेको पेशा व्यवसाय भलै साना वा मध्यम स्तरका हुन् यी व्यवसायको स्तरोन्नति हुँदै जाँदा उनीहरूमात्र नभई उनीहरूसँग जोडिएको परिवार, गाउँसमाज र त्यहाँको बजार चलायमान भैरहेको स्पष्ट देख्न सकिन्छ।
विद्युतीकरणका कारण मधेशमा सिंचाईको लागत सहज र सस्तो भएको छ। यसबाट कृषि क्षेत्रको उत्पादकत्व बढाउन मद्दत पुगिरहेको छ। त्यस्तै, महिलाहरूको कठिन दैनिकीबाट उनीहरूलाई राहत मात्रै दिएको छैन भान्छामा दाउरा र गुइँठाबाट निस्कने धुँवाको प्रदुषणबाट लाग्ने रोगबाट पनि बचाइरहेको छ।
कल खिचेर पानी तान्नुको दुख अहिले पानी तान्ने मोटरले बिर्साइदिएको छ। भारी बोकेर परको गाउँमा धान कुट्न जानेहरूलाई आँगनकै मिलले सुविस्ता दिएको छ। मधेशका पिछडिएका बस्तीहरूमा डिबियाको चलन हराइसक्यो उनीहरू चिम बालेर पढ्छन्, बिजुली चुलोमा खाना बनाउँछन् र पंखा चलाएर गर्मी छल्छन्। मधेशको जीवनलाई विद्युतीकरणले सहज बनाउँदै लगेको छ।
विद्युतको पहुँच बढाएर दुर्गम तथा पिछडिएका क्षेत्रमा एडीबीले रोजगारी तथा विभिन्न अवसरहरू सिर्जना गरी नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता पनि उनले जनाए।
काठमाडौं, पोखरा वा कुनै सम्पन्न सहरभन्दा फरक छ मधेशको जीवन। सानो सुविधाले पनि धेरै फरक पार्छ यहाँका मानिसलाई। उर्जासँग जोडिएपछि हामीले उनीहरूको दिनचर्यामात्र होइन सिंगो परिवार र समाज नै प्रगतितर्फ लम्किइरहेको देखिरहेका छौं
नेपालको उर्जा क्षेत्रमा एसियाली विकास बैंकले विगत ५० वर्षदेखि सहकार्य गर्दै आएको छ। मधेश प्रदेशको ग्रामीण विद्युतीकरणअन्तर्गत एसियाली विकास बैंक, नर्वे सरकार र नेपाल सरकार बीचको सहकार्यले मधेश प्रदेशका ८ जिल्लाहरूमा देखिने गरीको परिवर्तन आएको नेपाल विद्युत् प्राधिकरण बर्दिबास सबस्टेसनका प्रमुख अमित भगत बताउँछन्।
हालसालै निर्माण सम्पन्न भएको बर्दिबास सबस्टेसन गौशाला वितरण केन्द्र महोत्तरीअन्तर्गत संचालनमा छ। ५ लटमा छुट्याएर निर्माण भइरहेका परियोजना अन्तर्गत अरु जिल्लाहरूमा पनि सबस्टेशनहरू निर्माण भइरहेका छन्। यी सबस्टेशनहरूको निर्माणले मधेशका जिल्लामा राम्रो भोल्टेजसहितको विद्युत् प्रवाहलाई सुनिश्चित गरेको बर्दिबास सबस्टेसन प्रमुख भगतले जानकारी दिए।
‘बर्दिबास सबस्टेसनकै कुरा गरौं। संचालनमा आएपछि यसले लोड सहज गर्ने मात्र नभई ओभरलोडले हुने ट्रिपिङ घटाएको छ। यस क्षेत्रमा संचालित परियोजनाले विद्युत् आपूर्ति नपुगेका विपन्न वर्गसम्म वितरण सुनिश्चित गर्ने निःशुल्क मिटर बाँड्ने लगायतका काम पनि गरिरहेको छ,’ उनले भने।
मधेशका जिल्लाहरूमा क्लिन कुकिङ अलायन्समार्फत विद्युतीय चुलो प्रवर्धन गरिरहेकी अलायन्सकी नेपाल प्रतिनिधि करुणा बज्राचार्य मधेशमा बिजुली प्रयोगले ल्याएको परिवर्तनलाई दीगो राख्नु अबको चुनौती हो भन्छिन्।
‘काठमाडौं, पोखरा वा कुनै सम्पन्न सहरभन्दा फरक छ मधेशको जीवन। सानो सुविधाले पनि धेरै फरक पार्छ यहाँका मानिसलाई। उर्जासँग जोडिएपछि हामीले उनीहरूको दिनचर्यामात्र होइन सिंगो परिवार र समाज नै प्रगतितर्फ लम्किइरहेको देखिरहेका छौं,’ उनी भन्छिन्, ‘मधेशमा बिजुली भनेको चिमको उज्यालो मात्र होइन उनीहरूको जीवन उकास्ने उर्जा पनि हो। त्यसैलाई शक्ति बनाएर उनीहरू अघि बढिरहेका छन्।’
The post विद्युतीकरणले सहज पारिरहेको मधेशको दैनिकी, ‘बिजुली उज्यालो मात्र होइन शक्ति हो’ appeared first on BIZMANDU.
एडीबीको उद्यम परियोजनाले बदलिएको चाफी गाउँ, पर्यावरण जोगाउँदै पातबाट कमाउँदै महिला
पटेर्वा सुगौली। भदौरे उखरमाउलो गर्मी मध्य दिनमा ‘श्री पवित्रा दुना टपरी कृषि समूह’मा जोडिएका १६ जना महिलाहरू समूहकै दुई कोठे घरमा भेला भएका छन्। हरेक दिन घरायसी धन्दा सकिएपछि उनीहरू यसैगरी भेला हुन्छन्। कोही वनबाट सालको पात टिपेर ल्याउँछन्, सुकाउँछन्। कोही बाँस चिरेर सिन्का बनाउँछन् र कोही पातलाई गाँसेर गोलो टपरीको आकार दिन्छन्।
यतिबेला म पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने चाफी गाउँमा छु। यहाँका महिलाहरूले सुरु गरेको उद्यमको कथा लेख्दैछु। यस गाउँका महिलाले थालेको उद्यम मधेशका ८ जिल्लाका करिब ४०० उद्यमीको प्रतिनिधि कथा हो जसले उनीहरूको जीवनलाई सकारात्मक परिवर्तन र दीगो आयआर्जनसँग जोडिदिएको छ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर २ मा पर्ने चाफी गाउँ, वन क्षेत्रमा पर्छ। पुलामी, आले, सुयाल, मगर जातिको बाहुल्यता रहेको यो बस्तीमा करिब ७० घर छन्। ती अधिकांश घरहरू बाहिर सिन्काले उनेर सालका पातहरू लहरै सुकाइएका देखिन्छन्। वनबाट टिपेर ल्याएका सालका यीनै पातहरूले यहाँका महिलाहरूको उद्यमको कथा भन्छ।
यो वन उनीहरूको दैनिकीसँग जोडिएको छ। वनबाट उनीहरू गाइबस्तु र बाख्राका लागि स्याउलामात्र होइन उद्यमी बन्ने कच्चा पदार्थ अर्थात सालको पात समेत ल्याउँछन्।
उनीहरू बिहान सातै बजे जंगल पस्छन्। ढिलोमा ११ बजे फर्किन्छन्। एक्लै जान बाघभालुको डर छ। त्यसैले उनीहरू पात टिप्न पनि समूहमै जान्छन्। एक पटक वन पस्दा ४ देखि ६ मुठासम्म पात टिप्ने समूहकी एक सदस्य सिर्जना प्रजाले बताइन्।
‘मान्छे पनि खायो बाघले त्यो थर्कटी गाउँमा। हाम्रोतिर पनि जंगल घारी छ। एक्लै वन पस्न डर छ त्यसैले समूहमै हिँड्ने गरेका छौं,’ उनले वनको त्रासबारे बताइन्। पोहोरमात्रै सिर्जनाका ३ वटा खसी पालैपालो वनमा हराए। चर्न वन गएका खसी उतै बाघले लतारेर लगेको सिर्जनाले सुनाइन्।
सिर्जनाको खेतबारी छैन। उनका श्रीमान मजदुरी गर्छन्। उनी पात टिपेर ल्याएर घाममा ओर्काइफर्काइ सुकाएर पतरी बनाएर बेच्छिन्। घरधन्धा छिनेर उनी वन पस्छिन्। पातै टिपेर महिनामा ४ हजारजति कमाइ हुन थालेपछि उनमा बेग्लै उत्साह थपिएको छ।
परियोजनाले समाजमा बोल्न पनि नसक्ने महिलाहरू अब निर्धक्क पातका टपरी लिएर स्टल चलाउन थाले। बजार खोज्न सक्ने भए।
सिर्जनाको भन्दा फरक छैन गाउँकै नानीमाया थिङ ५८ वर्ष, इन्दु आले ४१ वर्ष र पोहोरै ‘भत्ता बुझिसकेकी’ फुलकुमारी आलेको कथा पनि। उनीहरू मध्ये अलिक टाठीबाठी छिन् ६० वर्षकी शिवभक्ति मगर जो समूहकी अध्यक्ष पनि हुन्।
पातको व्यापार गर्ने ‘आइडिया’मा शिवभक्तिले नै नेतृत्व लिइन्। गाउँका दिदीबहिनी भेला पारिन् अनि वनबाट पात ल्याउँदै दुना टपरी बनाएर बजारमा बेच्न पठाइन्। दुना टपरी गाँस्ने काम त शिवभक्तिले ६० सालबाटै गरेकी थिइन् तर त्यो घरदेखि छेवैको बजारसम्म मात्र सीमित थियो। त्यसबेला एउटा पतरी जम्मा २० पैसामा बेचेको सम्झन्छिन् उनी।
समय फेरियो त्यही पतरीको अहिले ३०, ४०, ६०, ७० पैसा हुँदै अहिले २ रुपैयाँको पुग्यो। मेशिनमा राखेर आधुनिक तरिकाले बनाइएको १२ डायमिटरको टपरी त ४ रुपैयाँमा अनि १४ डायमिटरको टपरी ५ रुपैयाँमा बेचिन्छ।
‘पात प्राकृतिक हो। यो चोखो भनेर पूजाआजमा पनि चल्छ। भोजभतेरमा जान्छ। शुद्ध भन्छन् पातलाई। फाइदा त कति छ कति। प्रयोग गरिसकेको टपरी सही ठाउँमा फाल्दा मल पनि हुन्छ। यसले वातावरण विनास गर्ने प्लास्टिकको प्रयोगलाई पनि घटाउँछ,’ शिवभक्तिले फाइदा गन्दै औंला भाँचिन्।
गाउँमा महिलाहरूको यो चहलपहल सुरु भएको २ वर्षमात्र भयो। घरायसी कामका रुपमा भइरहेको पात गाँस्ने कामलाई एसियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा संचालित परियोजनाले उद्यमका रुपमा लैजान प्रेरित गरेपछि यो समूह उद्यमीहरूको समूह बनेको हो।
‘हामीलाई उद्यममा जोडिदिएको त सन्तोष सरले हो। हामी हिसाब जान्दैनम्। खातापाता राख्न पनि उहाँले नै सिकाइदिनुभएको हो,’ उनले भनिन्।
हरहिसाबसँगको आधुनिक तरिकाभन्दा पर रहेका शिवभक्तिहरू २ वर्षको यो अवधिमा लेजर राखेर कारोबार गर्ने भइसकेका छन्।
सन्तोष शाह शंकर पर्सा जिल्लाका उद्यम विकास अधिकृत हुन्। यस जिल्लामा उद्यम विकासको लागि परियोजनाबाट खटिएका सन्तोष शाह अब यो गाउँकै भइसकेका छन्। जो कसैलाई उद्यममा समस्या आयो सन्तोषलाई फोन गइहाल्छ।
उनी भन्छन्,’पर्सामा पहिले विभिन्न समूहहरू त थिए। तर उद्यम नै गर्न भनेर समूह थिएन। व्यावसायिक समूह बनाउन मैले नै पहल गरें। वडा नम्बर २ मा मात्र मैले ५ वटा उद्यमी समूह बनाएर ५३ जना उद्यमीहरूलाई सहायता गरिरहेको छु।’
यो गाउँमा पहिलोपटक आउँदा सन्तोषले पात गाँसिरहेका दिदीबहिनीहरू देखे। उनीहरू निकै सस्तोमा पात बेचिरहेका थिए। कच्चा पदार्थ नजिकै वनकै पात थियो। यसलाई व्यावसायिक रुपमा अघि बढाउन सकिन्छ भनेर मैले उहाँहरूलाई बाटो देखाएँ।
पातबाट टपरी गाँस्ने मेशिन उनीहरूले ३ लाख हालेर किने। यसमा पालिकाले डेढ लाख अनुदान दियो। समूहले गरेको बचत र परियोजनाले थपिदिएको पैसाबाट मेशिन आयो। यसरी उद्यमकै रुपमा संचालन भइसकेपछि उनीहरू विभिन्न आकारका टपरी बनाउँदै जिल्लाका प्रदर्शनी र मेलाहरूमा भाग लिन जान थाले।
परियोजनाले उनीहरूलाई जिल्लाका व्यापारीहरूसँग जोडिदियो। बोल्न पनि नसक्ने महिलाहरू अब निर्धक्क पातका टपरी लिएर स्टल चलाउन थाले। बजार खोज्न सक्ने भए। पातको टपरीले बजार चर्चा पाउन थालेपछि स्थानीयले पनि भोज भतेरमा पातकै थाल प्रयोग गर्न थालेका छन्।
शिवभक्ति भन्छिन्, ‘दुई वर्ष भयो मेशिन आएको। मेशिन आएदेखि हामीले पात फाल्न परेको छैन। नत्र बर्खामा माग कम हुँदा पात कुहिएर छियाछिया हुन्थ्यो। फाल्नै पर्थ्यो। अब त टपरी बनाएर राखिन्छ। आफूले आराम गर्ने समयको हामीले सदुपयोग गरेका थियौं। तर जब हामीलाई यहीँ आएर सिकाउनुभयो हाम्रो समूहलाई अब आफैं व्यवसाय गर्न सक्छौं भन्ने भयो।’
उनका अनुसार बर्खामा व्यापार अलि ‘ब्याक’ हुन्छ। चाडवाड आएपछि सिजन सुरु हुन्छ। एकपटकमा कम्तीमा ४ हजारसम्मको अर्डर आउँछ।
‘मालसामान भाको र नभाको फरक पर्दो रहेछ। अहिले त दोब्बर आम्दानी हुन्छ। डिमान्ड आउँदा हामी रातमा नसुती पनि पात बनाउँछौं। दिनमा व्यस्त भए बेलुकी बस्ने बिहान व्यस्त भए दिनमा गर्ने गरी हामीले पालो मिलाएका छौं। बेला बेला बजार लगिरहन्छु। प्रचारप्रसार गर्न सक्नुपर्ने रहेछ,’ गाउँघरमै साँघुरिएर बाँचेका शिवभक्तिले समूहका दिदिबहिनीसँग प्रदर्शनीमा भाग लिन ३ पटक वीरगंज र एकपटक काठमाडौं पुगेको दंग परेर सुनाइन्।
सहायताबाट शिवभक्तिले अगुवाई गरिरहेको ‘पवित्रा दुना टपरी’जस्ता दुर्गम गाउँका समूहहरू उद्यमशीलतातर्फको यात्रा सफलताउन्मुख देखिन्छ
नेपाल सरकार, नर्वे सरकार र एसियाली विकास बैंकको संयुक्त प्रयासमा मधेशका ८ जिल्लाहरूमा ३ वर्षदेखि पाइलट परियोजनाका रुपमा उद्यम विकास, सिमान्तकृत बस्तीहरूमा बिजुली, सिप सिकाइ तथा दाउराको प्रयोग न्यून गरी विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरिँदै आएको छ। विद्युतीकरणसँगसँगै मानवस्तर तथा दैनिकीमा स्तरोन्नतिका लागि यी परियोजनाले मधेशका धेरै पालिकाका मानिसलाई सघाइरहेको छ।
नेपाल सरकार, नर्वे सरकार र एसियाली विकास बैंकको साझेदारीमा संचालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक विद्युत प्रसारण तथा वितरण सुदृढीकरण आयोजना पिटिडिएसएसपी मिसन अन्तर्गतसंचालन भइरहेको ग्रामीण विद्युतीकरण आयोजना अन्तर्गत इनर्जी फर लाइभलीहुड परियोजनासँग जोडिएको छ पवित्रा दुना टपरी कृषि समूह पनि।
एसियाली विकास बैंककी परामर्शदाता तथा लचना श्रेष्ठाचार्य यस परियोजनाले हालसम्म मधेशका ८ जिल्लामा ४०० जनालाई उद्यमी बनाउन सकेकोमा खुशी व्यक्त गर्छिन्। लचना आफैं पनि परियजनाको प्रगति हेर्न मधेशका विभिन्न जिल्लाहरूमा पुगिन् र नजिकबाट परियोजनाको प्रगति हेरिन्।
‘मानव विकास तथा विकासका सबै सूचक हेर्दा मधेश पछाडि छ। मधेशमा हामीले विद्युतको वितरण प्रणालीका पूर्वाधार विकास गरिरहँदा त्यस क्षेत्रमा मानवस्तर उकास्ने काम किन नगर्ने भन्ने गहन छलफलपछि उद्यमशिलता विकास र सीपमूलक तालिमहरू पनि दिनेमा पुग्यौं। यस परियोजना अन्तर्गत हालसम्म ४ सयभन्दा बढीले आफ्नै उद्यम खोलिसक्नुभएको छ भने सीपमूलक तालिम दिएका करिब २ सय जनाले रोजगारी पाइसक्नुभएको छ,’ उनले जानकारी दिइन्।
उनका अनुसार उद्यमी बनेका ४०० मध्ये ५२ प्रतिशत महिला छन्। त्यसमा पनि मधेशी, दलित र मुस्लिम समूदायको संख्या ७२ प्रतिशत रहेको छ। मधेश प्रदेशका ८ पालिकाका लागि प्राविधिक सहायता अन्तर्गत करिव ३० लाख रुपैयाँ छुट्याएर काम थालिएको उनले बताइन्।
उनी सुरुवातदेखि अहिलेसम्मको प्रगति हेर्दा महिलाहरूमा धेरै परिवर्तन आएको बताउँछिन्।
‘पहिले खुलेर बोल्न पनि नसक्नेहरू अहिले मज्जाले कम्युनिकेट गर्नुहुन्छ। महिलाहरू आफ्नो कामको बारेमा निर्णय लिन सक्ने हुनुभएको छ। सबैभन्दा ठूलो कुरा उहाँहरूको आय आर्जनको क्षमता राम्रो भएको छ। हाम्रो प्रमुख चासो भनेको यसलाई दीगो बनाउनु हो। हामीले स्थानीय सरकार र स्थानीय साझेदारहरूसँग काम गर्नुको उद्देश्य पनि उहाँहरूलाई लामो समयसम्म स्थानीय तहबाटै सहयोग पुगिरहोस् र उद्यमले निरन्तरता पाओस् भन्ने नै हो,’ उनले भनिन्।
एसियाली विकास बैंकले नेपालले ऊर्जा क्षेत्रमा सहकार्य गरेको ५० वर्ष पुगिसकेको छ। यो अवधिमा जम्मा दुई प्रतिशत रहेको विद्युतीकरण हाल करिब शतप्रतिशत पुगिसकेको तथ्यांकले देखाउँछ। नेपालमा उर्जा रुपान्तरणको प्रमुख साझेदारको रुपमा रहँदै आएको एसियाली विकास बैंकले पूर्वाधार विकासका क्षेत्रमा मात्र नभई विविध परियोजनाअन्तर्गत महिला तथा सीमान्तकृत समूदायको जीवनस्तर उकास्नका लागि पनि सहयोग गर्दै आएको छ।
एसियाली विकास बैंकका नेपाल निर्देशक आर्नो कोश्वा यस परियोजनामार्फत मधेशका जिल्लाहरूमा विशेषगरी महिलालाई उद्यममार्फत आत्मनिर्भरताको यात्रामा अघि बढाउन सकेकोमा प्रशन्न सुनिन्छन्।
‘एडिबीले विद्युतीकरणमार्फत उर्जामा पहुँच दिनेमात्र नभई सिंगो समुदायको जीवनस्तरमा सुधार गर्नुका साथै महिला तथा सिमान्तकृत समुदायलाई समावशी अवसर दिलाउन प्रतिबद्ध छ। हामी ती समुदायहरूमा अझ बढी पहुँच बढाउने, स्थानीय उद्यमलाई सहायता गर्ने र लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै नेपालको आर्थिक वृद्धिमा सघाउन चाहन्छौं,’ उनले भने।
चार वर्षदेखि बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाको इन्टरप्राइज डेभलपमेन्ट एण्ड लाइभलीहुड कोअर्डिनेटरका रुपमा काम गरिरहेका लिखाराम चौधरीको अनुभवमा मधेश प्रदेशमा महिलाहरूलाई घरबाट निस्कनै गाह्रो छ, उद्यमको  सोच त धेरै पछिको कुरा! परिवारलाई विश्वास दिलाउन उनीहरूले परिवारका सदस्यलाई साथै तालिममा आउन भन्नुपरेको उनी सम्झन्छन्। उनीहरूको घरघरमै गएर परिवारको विश्वास जितेर परिवारको स्वीकृतिमा मात्र उनीहरूलाई सहयोगको आधार तयार पार्न सकिने लिखारामको अनुभव छ।
परियोजनामा एडिबीसँग स्थानीय स्तरमा सहकार्य गरिरहेको हिबस इन्टरनेशनलकी उद्यमशीलता विकास विज्ञ मञ्जरी श्रेष्ठ यो परियोजना सफल हुनका लागि कोही एक व्यक्तिलाई मात्र तालिम वा सहयोग गरेर नपुग्ने बताउँछिन्। पिछडिएका समूदायलाई उद्यममा अघि बढाउनका लागि पालिका, प्रदेश र जिल्ला तहबाट पाइने वित्तीय तथा नीतिगत सहयोग, अनुदानमा पहुँच तथा जानकारीकै तहमा पनि पहुँच बढाउनका लागि सबै पक्षलाई समेटेर  ‘इको सिस्टम’ तयार पार्नुपर्ने उनको भनाई छ।
‘उद्यमशीलता विकास क्षणिक भन्दा पनि दीर्घकालीन हुनुपर्छ। स्थानीय स्तरमा सबै निकायहरूसँग समन्वय गरिदिएर उहाँहरूलाई त्यो सञ्जालमा जोडिदिन सकेमात्र उद्यम दीगो हुन्छ। हामीले त्यसै अनुरुप उहाँहरूलाई स्थानीय तहमा लिंक गराइदिने गर्छौं।’
परियोजनाले उद्यमीहरूलाई उनीहरूको उद्यमको प्रकृति हेरी स्थानीय कृषि ज्ञान केन्द्र वा पशु सेवा विज्ञहरूसँग जोडिदिएको छ। यस्तै सम्बन्धित विषयका विज्ञहरू तथा बजारसँग पनि गाँसिदिएको छ। यस्तै सहायताबाट शिवभक्तिले अगुवाई गरिरहेको ‘पवित्रा दुना टपरी’जस्ता दुर्गम गाउँका समूहहरू उद्यमशीलतातर्फको यात्रा सफलताउन्मुख देखिन्छ।
उनीहरूको उत्साह पनि हेर्न लायक छ। ठूलो पातको मुठो फुस्किएपछि मज्जाले हाँस्दै शिवभक्तिले सोहोरिन् र भनिन्,’यसरी नै काम भयो भने त हामीलाई २ कोठे घर पनि साँघुरो हुन्छ होला। चाँडै हामीलाई पातको छुट्टै संकलन घर नै चाहिन्छ जस्तो छ। अहिले एउटामात्र मेशिनले काम हुँदैछ। थप्दैथप्दै धेरै मेशिन बनाएर हामी ठूलो उद्यम चलाउने सोचमा छौं।’
The post एडीबीको उद्यम परियोजनाले बदलिएको चाफी गाउँ, पर्यावरण जोगाउँदै पातबाट कमाउँदै महिला appeared first on BIZMANDU.
उज्यालोले फेरिएको मधेश : बटेश्वरका विपन्न बस्तीमा अब बल्छी फस्दैन, निर्धक्क बल्छ बिजुली
धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरको मुसहर बस्तीकी पवित्री सदा केही अघिसम्म पनि उनकै शब्दमा ‘कालो बत्ती’मा रात बिताउँथिन्। कालो बत्ती अर्थात डिबिया। उनले उज्यालो पाउन कि मट्टितेल किन्नुपर्थ्यो कि मैनबत्ती। जनबन गरेर जीविका चलाउने पवित्रीको हातमा पैसा पर्दामात्र घर उज्यालो हुन्थ्यो।
जब उनीहरुको घरको धुरी हुँदै बिजुलीको तार कुद्यो अनि उनीहरुले सिके ‘बल्छी फसाउन’। साँझपरेपछि त्यही तारमा लुकीलुकी अर्को तार अल्झाएर ‘बल्छी फसाउँदै’ उनीहरुले घरभित्र उज्यालो छिराए। तर कहिलेकाहीँ ‘झट्का’ लाग्ने! गाउँमा धेरैलाई करेन्ट लागिसकेकोले पवित्री डराउँथिन्।
लुकीचोरी बिजुली बाल्ने पवित्रीको गाउँ अहिले बदलिएको छ। अब उनीहरु तारमा बल्छी फसाउँदैनन् अर्थात बिजुली चोर्दैनन्। न त डिबिया नै बाल्नुपरेको छ। गर्वसाथ उनले माटोको झुपडीमा पानीले नभिज्ने गरी भित्तामा अड्याइएको विद्युत प्राधिकरणको मिटर देखाइन्।
‘अहिले म उज्यालोमा खाना पकाउँछु। बत्ती पाएपछि साँपकिराको डर पनि लाग्दैन। गर्मी धेर छ। अब त पंखा पनि किनेर राख्ने सोचेको छु।’- उनले भनिन्।
‘अहिले म उज्यालोमा खाना पकाउँछु। बत्ती पाएपछि साँपकिराको डर पनि लाग्दैन। गर्मी धेर छ। अब त पंखा पनि किनेर राख्ने सोचेको छु।’
बिजुली उपयोग गर्न पाउँदा खुसी रहेकी पवित्री सदा ।
पवित्रीकै छिमेकी पानो सदाका श्रीमान उमिया सदा मद्रासमा नोकरी गर्छन्। छानामाथि घुसारेको वाइफाइको राउटर हेर्दै ३० वर्षकी पानो मुस्कुराउँछिन्। ‘यसैमा बतियाउँछु श्रीमानसँग’- काखे छोरा चेपेर उभिएकी पानोको हातमा सानो मोबाइल पनि छ। उनको घरमा भित्र बत्ती बलिरहेको छ, पंखा पनि चलिरहेको छ। जेठा छोरा नजिकैको स्कुलमा ५ कक्षामा पढ्छन्। ‘बिजुली बालेर राती छोरा पनि पढ्छ।’- अहिले छोरालाई उज्यालोमै होमवर्क सक्न गाली नगर्ने उनले सुनाइन्। ‘अब त लइन छ नि!’ खुशी हुँदै उनले बिजुलीले उनलाई दिएका खुशीहरु गनिन्। पानो कम बोल्छिन् तर घरमा बत्ती बलेपछि बदलिएको जीवनको लय अनुहारबाटै झल्किन्छ।
बटेश्वरकै वडा नम्बर ४ पुजारी टोलकी समुन्द्रीदेवी मल्लिकलाई त हुकिङ गरेर बिजुली बाल्दा २ पटक करेन्ट लाग्यो। उनका छोरालाई पनि करेन्ट लाग्यो। त्यसपछि उनीहरु चोरेर बिजुली बाल्न पनि डराउन थाले। बाँसका टोकरी बुनेर हटियामा लगेर बेच्ने समुन्द्रीको घर नै पुजारी टोलमा मिटर राख्ने पहिलो घर बन्यो। उनको घरमा अहिले बत्ती मात्र बल्दैन। तीनवटा नयाँ पंखा र एउटा टेलिभिजन पनि चल्छ। ४५ वर्षकी समुन्द्री फुर्सदको समय टेलिभिजनमा हिन्दी सिरियल हेर्छिन्। गाउँका अरु घरमा पनि मिटर जडान गर्न समुन्द्रीले नै अगुवाइ गरिन्।
जसको घरमा बिजुलीको मिटर पुगिसकेको छैन उनीहरुले पनि छिमेकीसँग साझेदारी गरेर बिजुली बाल्छन्। मिलेर मिटरको पैसा तिर्छन्। मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्ने परिवारले त बिजुलीको पैसा पनि तिर्नु पर्दैन।
बटेश्वरमा विपन्नका बस्तीमध्येको एक घर।
नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा संचालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक विद्युत प्रसारण तथा वितरण सुदृढीकरण आयोजना पीटीडीएसएसपी मिसन अन्तर्गत संचालन भइरहेको ग्रामीण विद्युतीकरण आयोजना अन्तर्गत बटेश्वर गाउँपालिकाका डोम र मुसहर बस्तीहरुमा बिजुलीको सहज उपलब्धता भएको हो। यसका लागि विपन्न वर्ग पहिचान गर्दै स्थानीय सरकारसँगको समन्वयमा विद्युत प्राधिकरणले बिजुलीको मिटर निःशुल्क उपलब्ध गराइरहेको छ।
अहिलेसम्म ११९ विपन्न घरधुरीलाई निःशुल्क मिटर दिइसकिएको लास्ट माइल इलेक्ट्रिफिकेसन परियोजनाकी संयोजक मीना बस्नेतले जानकारी दिइन्। उनका अनुसार जसको घरमा बिजुलीको मिटर पुगिसकेको छैन उनीहरुले पनि छिमेकीसँग साझेदारी गरेर बिजुली बाल्छन्। मिलेर मिटरको पैसा तिर्छन्। मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्ने परिवारले त बिजुलीको पैसा पनि तिर्नु पर्दैन। त्यसैले यस बस्तीमा रहेका पंखा समेत नभएका अति नै विपन्न घरहरुले साँझमा बिजुलीमात्र बाल्दा २० युनिट पनि उपभोग हुँदैन। त्यसैले अधिकांश घरहरुले बत्तीको पैसा नै तिर्नु परेको छैन।
चोरीको बत्तीले केहीबेर गाउँ उज्यालो त हुन्थ्यो तर सधैं करेन्टको त्रास अनि प्राधिकरणले थाहा पाए कारवाही हुने डर। अब उनीहरुको दैनिकी सुरक्षित बिजुलीका कारण उज्यालो भएको छ।
विद्यालय जाँदै बालक ।
लुगा धुने र भाँडा माझ्नका लागि नजिकैको माछापोखरी
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेका डोम र मुसहर बस्तीका मानिसहरु धेरै समय अन्धकारमै बाँचिरहेका थिए। शान्तिपुरको मुसहर बस्ती र पुजारी टोलको डोम बस्तीमा बिजुली पुगेको धेरै भएकै छैन। पुग्न त अहिलेसम्म त्यहाँ त्यो चेत पुगेको छैन जसले मान्छे मान्छे बीच कथित ‘अछुत’को खाडल पुरिदेओस्। उनीहरु खानेपानीका लागि अहिले पनि ५०० मिटर परको धारामा पुगेर लाम लाग्नुपर्छ। नजिकै इनार वा धारा रहेका छिमेकका घरहरुले उनीहरुलाई आफ्नो धारामा पानी भर्न दिँदैनन्। धेरैको घरमा चर्पीसमेत छैन। अहिले पनि उनीहरु मैदान जाने गर्छन्। लुगा धुने र भाँडा माझ्नका लागि नजिकैको माछापोखरीले राहत दिएको छ। लुकीचोरी बिजुली बाल्ने अवस्था भने यी गाउँहरुमा अब रोकिएको छ।
चोरीको बत्तीले केहीबेर गाउँ उज्यालो त हुन्थ्यो तर सधैं करेन्टको त्रास, अनि प्राधिकरणले थाहा पाए कारवाही हुने डर। अब उनीहरुको दैनिकी सुरक्षित बिजुलीका कारण उज्यालो भएको छ। यो गाउँका अधिकांश घरमा बिजुलीको मिटर जडान गरेका नरेशकुमार महतो पहिले गाउँमा हुकिङको समस्या सधैंलाई बन्द भएकोमा खुशी छन्।
परियोजना संयोजक बस्नेत भन्छिन्- ‘यी बस्तीहरुमा यति विपन्न मानिस छन् जोसँग निःशुल्क मिटर पाउनका लागि भर्नुपर्ने फारामको लागि पैसा तिर्न १ हजार रुपैयाँ पनि छैन। मिटर त दियो घरसम्म लैजाने तार र वाइरिङको लागि समेत पैसा जोहो गर्न सक्दैनन्। एक वर्षको अथक प्रयासपछि हामीले यो अभियानलाई सफल बनाउन सक्यौं।’
मुलुकका विद्युत चुहावट उच्च रहेका प्रदेशमा मधेश सबैभन्दा अगाडि छ। मधेशमा प्राधिकरणका २३ वटा वितरण केन्द्र छन्। तथ्यांकहरुका अनुसार बारा, पर्सा, सर्लाही, सिरहा, धनुषा लगायतका जिल्लामा चुहावट अधिक रहिआएको हो। निःशुल्क मिटर वितरण, हुकिङ निरुत्साहनका कार्यक्रमले बिस्तारै चुहावटको दर घटिरहेको विद्युत प्राधिकरणको मधेश प्रदेश प्रमुख मनोजकुमार यादवले बताए। ‘चुहावट बिस्तारै घटेको छ भन्ने हाम्रो तथ्यांकले देखाउँछ,’ उनी भन्छन्, ‘विभिन्न कार्यक्रमका कारण समग्रमा विद्युत चुहावट क्रमिक घटेको छ।’
उनको भनाइलाई प्राधिकरणको तथ्यांकले पनि पुष्टि गर्छ। धनुषाधाम वितरण केन्द्र अन्तर्गत अघिल्लो आवको चुहावट ३२.८३ प्रतिशत रहेकोमा  गत आव १९.१९ प्रतिशतमा आएको छ। जनकपुर वितरण केन्द्रको २४.०४ बाट २०.०२ र यदुकुहाको २५.२५ बाट घटेर २१.९३ प्रतिशतमा आएको छ।
गाउँमा बिजुलीले उज्यालो मात्र दिएको छैन। विपन्न वर्गका महिलाहरुलाई बिजुलीले सीपमूलक कामतर्फ पनि अघि बढाएको छ।
एडीबी अन्तर्गत ग्रामीण प्रविधि केन्द्रमा रही मीनाले विद्युतीकरणका लागि मधेश प्रदेशका महोत्तरी, धनुषा, सप्तरी र सिरहा चारवटा जिल्ला हेर्छिन्। दैनिक विपन्न वर्गको घर दैलोमा पुग्ने मीना विपन्नलाई स्थानीय सरकार र विद्युत प्राधिकरणसँग समन्वय गराएर उज्यालो बाँड्न सकेकोमा हर्षित छिन्। यस गाउँमा बिजुलीले उज्यालो मात्र दिएको छैन। विपन्न वर्गका महिलाहरुलाई बिजुलीले सीपमूलक कामतर्फ पनि अघि बढाएको छ।
परियोजनाले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर हुने किसिमका सीपमूलक तालिममा पनि सहयोग गर्दै आएको छ। अधिकांश पुरुषहरु काम गर्न भारत जाने बस्तीका महिलाहरु ढक्की बुन्ने, तरकारी खेती गर्ने, पशुपालनमा लागेका छन्। यसले उनीहरुलाई आत्मनिर्भरतातर्फको यात्रामा पनि अघि बढाएको मीनाले जानकारी दिइन्।
बटेश्वर गाउँपालिकामा करिब ५०० घरधुरी कथित दलित, सिमान्तकृत तथा विपन्न परिवारका रुपमा पहिचान भएका छन्। यसमध्ये अब एक सयभन्दा कम घरधुरीहरुमा मात्र मिटर बाँड्न बाँकी छ।
परियोजना संयोजक मीना बस्नेत
विद्युत प्राधिकरण सबस्टेसन विभागकी प्रविधि प्रमुख चन्धा न्यौपाने
बटेश्वर गाउँपालिकामा करिब ५०० घरधुरी कथित दलित, सिमान्तकृत तथा विपन्न परिवारका रुपमा पहिचान भएका छन्। यसमध्ये अब एक सयभन्दा कम घरधुरीहरुमा मात्र मिटर बाँड्न बाँकी रहेको परियोजना संयोजक मीना बताउँछिन्। ‘सबै तथ्यांक हामीले विद्युत प्राधिकरणमा बुझाइसकेका छौं। चाँडै सबै विपन्न घरधुरीमा मिटर जडान हुनेछ।’- उनले भनिन्।
नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत वितरण लाइन तथा सबस्टेसन विभागकी प्रविधि निर्देशक चन्धा न्यौपाने विपन्न बस्तीहरुमा मानवस्तर उकास्नकै लागि विद्युत विस्तार भइरहेको बताउँछिन्।
उनी भन्छिन्- ‘विपन्नहरुको मानवस्तर उकास्ने दायित्व प्राधिकरणको पनि हो। नेपाल सरकार, नर्वे सरकार र एसियाली विकास बैंकसँगको सहकार्यमा पिछडिएका गाउँहरुमा बिजुली पुगिरहेको छ। अहिले विपन्न वर्गले लालपुर्जा नभए पनि मिटर पाउने प्रावधान छ। २० युनिट खपत गर्दा निःशुल्क हो। हामी बिजुली बेच्ने मात्र त होइनौँ नि, हामी पनि मानव हौं मानवस्तर उकास्नका लागि हामी सधैं साथसाथै छौं।’
The post उज्यालोले फेरिएको मधेश : बटेश्वरका विपन्न बस्तीमा अब बल्छी फस्दैन, निर्धक्क बल्छ बिजुली appeared first on BIZMANDU.
प्रभाकर शमशेरले पत्याएपछि व्यवस्थापन सम्हालेका केशवमान सिंह, जो तीन दशकदेखि निक्कीका मियो छन्
सन् १९९६ मा नेपाल-भारत वाणिज्य सन्धि हुँदै थियो। यसक्रममा व्यावसायिक वृत्तबाट निकै दौडधुप गरिरहेका प्रभाकर शमशेर राणालाई त्यसबेला आफू संस्थापक अध्यक्ष रहेको नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की)का लागि कार्यकारी व्यवस्थापकको खाँचो उत्तिकै थियो।
दुई देशबीच हुन गैरहेको महत्वपूर्ण सन्धिको पूर्वसन्ध्यामा निक्कीको भूमिका महत्त्वपूर्ण हुने नै भयो। त्यसमाथि निक्कीको व्यवस्थापकीय काम सम्हाल्ने ‘चित्तबुझ्दो’ मानिस नभेट्नुले प्रभाकर शमशेर दबाबमा थिए।
निक्कीले सो पदका लागि आवेदन पनि खुलाएको थियो। तर, दरखास्त दिएका करिब ९० जनामध्ये कसैसँग पनि प्रभाकर शमशेरले चित्त बुझाइरहेका थिएनन्। खै के-के मिलिरहेको थिएन कुन्नि ! नौ महिनाको खोजीमा पनि निक्कीका लागि उनले उपयुक्त पात्र भेटिरहेका थिएनन्।
सन् १९९६ को मे महिनामा भने निक्कीको कार्यकारी व्यवस्थापकका रुपमा नियुक्त भए केशवमान सिंह। उनी पहिलो भेटमै निक्कीका तत्कालीन अध्यक्ष प्रभाकर शमशेर राणाको रोजाइमा परेका थिए।
निक्कीमा प्रवेश गर्नु अघि ११ वर्ष नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको वित्त व्यवस्थापन सम्हालेका केशवमान प्रभाकर शमशेरलाई भेट्न सोल्टी होटल पुगे। त्यहाँ उनीसँग प्रभाकर शमशेरले केही छोटा प्रश्नहरु सोधे। अनि दोस्रो दिनदेखि उनले नेपाल उद्योग वाणिज्य महासंघको भवनभित्र रहेको एउटा कोठाबाट निक्कीको प्रशासन सम्हाले।
आज २९ वर्षपछि निक्कीको नारायणचौरस्थित कार्यालयमा बसेर उनी नियुक्तिको पहिलो दिन सम्झिरहेछन्। ‘शून्यबाट सुरु गरेको हुँ मैले यो संस्था। कार्यालयका नाममा केही थान रजिस्ट्रेसन र मेम्बरसीप फर्मबाहेक मसँग एउटा कलममात्र थियो। तीन-चार दिन प्रभाकर राणासँग बसेर सबै कुराहरु म्यानेज गरेँ। म एकजनाबाट विस्तारै समूह बन्यो। सन्तान जसरी नै हुर्काएको हुँ। सन्तान जस्तै माया लाग्छ निक्कीको,’ उनी केहीबेर भावुक बने।
३० वर्ष पुरानो निक्कीमा उनले सुरुवातदेखि हालसम्मका सबै अध्यक्षहरुसँग काम गरिसकेका छन्। संस्थापक अध्यक्ष प्रभाकर शमशेर राणापछिका अध्यक्षहरु रुक्म शमशेर राणा, अरुणकुमार चौधरी, संजीव केशव, शशीराज पाण्डे, शौर्य राणा, सिर्जना राणा र हाल सुनिल केसीको कार्यकालमा पनि उनै हुन् जो निक्कीको सम्पूर्ण व्यवस्थापन सम्हालिरहेका छन्। यतिका वर्षसम्म एउटै संस्थाको व्यवस्थापकीय नेतृत्व लिएर काम गरिरहेका केशवलाई सबैले उनका दुई खुबीका कारण नै आँखा चिम्लेर विश्वास गर्छन्। कामप्रति इमान्दारिता अनि उनको नैतिक मूल्यका कारण उनी सबैको विश्वासयोग्य बन्न सकेका हुन्।
खण्डहर उद्योग बन्यो थेसिस
केशवको पुर्ख्यौली थलो काठमाडौंको भोटेबहाल हो। उनका माइला बाजे दरबारका काजी थिए। सिंह परिवारहरुको भोटेबहालमा एकै टोलमा बसोबास थियो। केशवका बुवा भने कामका सिलसिलामा विराटनगर पुग्दा उनी २०१६ सालमा उतै जन्मिए। विराटनगरमा जन्मिए पनि उनलाई पूर्वको खासै सम्झना छैन। सानैमा फेरि उनी भोटेबहाल नै फिर्ता भएर ठूलो संयुक्त परिवारमा उनी हुर्किएका हुन्।
सम्पन्न परिवार भएपनि तत्कालीन परिस्थितिमा सिंह खलकको संघर्ष बेग्लै थियो। अलिअलि व्यापार व्यवसाय थियो तर त्यति सफल भएनन् केशवका बुवा। दुई बहिनी र एक भाईका दाजु केशव नेपाल आदर्श माध्यामिक विद्यालय पढ्न थाले। सानैदेखि केशव हरदम पढाइमा मात्र घोत्लिइरहेका हुन्थे। सरस्वती क्याम्पसबाट कलेज थालेका उनले शंकरदेवबाट एमबीए सके।
कलेजमा उनको नोट चर्चित थियो। क्लासमा पढाएको मात्र होइन चार-पाँचवटा किताब खोजेर-पढेर उनले हरेक विषयमा नोट तयार पार्थे। उनको नोट पालैपालो पढ्न साथीहरुको ‘क्यू’ नै लाग्थ्यो। उनमा पढाइको चस्का यस्तो थियो कि दुनियाँदारी सबै बिर्सेर उनी दिनको १८ घण्टा पढाइमा घोत्लिन्थे।
‘लेख्दालेख्दै कलमले च्यापेर चोरी औंलामा सधैं घाउ हुन्थ्यो। किताब खोज्न नोट बनाउन र पढ्नका लागि कहिले ब्रिटिस काउन्सिल कहिले युनिभर्सिटी लाइब्रेरी कहाँ मात्र पुगिन। म दिनरात नभनी लेखपढ गरिरहन्थें,’ उनले बेलिविस्तार लगाए।
प्रभाकर शमशेरले पत्याएर निक्की छिरेका केशवले जीवनका २९ वर्ष यही बिताइसकेका छन्।
हुन पनि जुन काममा लाग्यो त्यसमा असाध्यै समर्पित हुने बानी उनलाई त्यही समयदेखि लागेको थियो जुन आजपर्यन्त छ।
उनले मास्टर्स गरेपछि मात्र घरको जिम्मेवारी उठाएका हुन्। पहिलो दुई वर्ष उनले कलेज पढाए। त्यसपछि उनले गाडी र अन्य उपकरणहरु आयात गर्ने कम्पनीमा जागिर खाए। नेपाल ओरियन्ट म्याग्नेसाइट उनको दोस्रो कार्यालय थियो, जहाँ उनले लगातार ११ वर्ष काम गरे।
नेपालमा विश्वस्तरीय म्याग्नेसाइट बनाउने भन्दै २०३५ सालमा खुलेको उद्योगमा नेपाल सरकार र भारतको उडिसास्थित एक कम्पनीको लगानी थियो। वैदेशिक लगानी भएको उक्त उद्योगले सिन्धुपाल्चोक र दोलखाका ३०० स्थानीयलाई रोजगारी दिएको थियो। त्यो समयमा जर्मन, जापानी र अमेरिकी हाइब्रिड टेक्नोलोजीमा आधारित उक्त उद्योगको फाइनान्स डिपार्टमेन्टमा काम गरे केशवले।
शतप्रतिशत ‘भ्यालू एडिसन’ हुने र शतप्रतिशत निर्यात गरि देशले निकै लाभ लिन सक्ने उद्योगका रुपमा आशा जगाएको परियोजना केशवले देख्दादेख्दै खण्डहर बन्यो। व्यावसायिक उत्पादन नै हुन नपाई धरासायी भएको नेपाल ओरियन्ट प्रालि २०४७ सालमा उनको मास्टर्सको थेसिस समेत बन्यो। २०४१ सालमै मास्टर्स सके पनि उनले थेसिस भने २०४७ सालमा मात्र लेखेका थिए। चरम बेथिति र स्वार्थको द्वन्द्वमा परेर उत्पादन नै हुन नसकी बन्द भएको आफैंले काम गरिरहेको उद्योगलाई उनले थेसिसको विषय बनाए।
जति पनि अध्यक्षहरु आए गए उनीहरु सबैले उनलाई त्यही किसिमको सम्मान गरे किनभने काम गर्नु त्यो पनि पूर्ण इमानदार भएर त्यो नै केशवको विशेषता हो।
संयोग पनि कस्तो बन्यो भने उनको थेसिसको भाइभा लिन आए तत्कालीन उद्योगमन्त्री प्रोफेसर डा. राम राजवाहक। भाइभाको कुरा हुँदै गर्दा राजवाहक त्यसबेला उद्योगमन्त्री नियुक्त भएका थिए। बहालवाला मन्त्रीले त्यसबेला भाइभा लिन आएपछि त्यो बेला चर्चाको विषय पनि बनेको थियो।
‘त्यो उद्योग चलेको भए त के हुन्थ्यो हुन्थ्यो। निर्यातको हिसाबले नेपालको नम्बर १ हुन्थ्यो। तर टेक्नोलोजी फेल भयो भनेर बन्द भयो। ३०० जना स्टाफ पे रोलमा थियो सुरुवातमै। दोलखा र सिन्धुपाल्चोकको अवस्था अहिले कायापलट हुन्थ्यो होला। अहिले त त्यहाँ स्क्रयाप मात्र बाँकी छ,’ उनले भने।
स्टाफ क्वाटर भनेर बनाइएका कोलोनीहरु हेर्दाहेर्दै खण्डहर बनेको सम्झिएर उनी दु:खी हुन्छन्।
ओरियण्ड म्याग्नेसाइट छोडेर होटल सोल्टी ‘ज्वाइन’ गरेका उनकै सहकर्मीले केशवलाई निक्कीको व्यवस्थापन सम्हाल्न उपयुक्त पात्रका रुपमा ‘रेकमेन्ड’ गरेका रहेछन् प्रभाकर शमशेरलाई। प्रभाकर शमशेरले पत्याएर निक्की छिरेका केशवले जीवनका २९ वर्ष यही बिताइसकेका छन्।
भारतमै छ व्यापार निर्भरता तर..
जति पनि अध्यक्षहरु आए गए उनीहरु सबैले उनलाई त्यही किसिमको सम्मान गरे किनभने काम गर्नु त्यो पनि पूर्ण इमानदार भएर त्यो नै केशवको विशेषता हो।
निक्कीको सुरुवात र केशवको आगमन निकै ‘ह्यासल’को समयमा भयो। सन् १९९६ को सन्धि हुँदै थियो। उनी त्यहाँ गएको ४ महिनामात्र भएको थियो। सन्धि भएको समयमा एफएनसीसीआईसँग मिलेर प्रभाकर शमसेर धेरै नै खटेको उनी सम्झन्छन्।
भारतमै छ व्यापार निर्भरता। चीनतर्फ पनि हिमाल नभएर मैदान भएको भए यता र उता आधा-आधा व्यापार हुन्थ्यो होला।
सन् १९९६ को वाणिज्य सन्धिपछि नेपालको भारतसँगको व्यापार वृद्धि भएर ५० प्रतिशत भएको थियो। त्यसपछि दुई तिहाइसम्म पुग्यो। सन् २००२ मा सन्धि नवीकरणमा केही दफाहरु संशोधन भएपछि भने नेपालको निर्यात दर खस्कन पुगेको थियो। तर, त्यो बेला भएको निर्यातमध्ये सन्धिको नवीकरण हुँदा केही आइटममा कोटा लाग्न पुग्यो। तेस्रो मुलुकबाट ल्याएर नेपाली भनेर निर्यात भयो भनेर एक्रेलिक यार्न, कपर प्रोडक्ट र वनस्पति घ्यू मा कोटा लाग्यो। त्यसबेला निक्कीले कोटा लागेका सामाग्रीहरुको निर्यातलाई च्यानलाइज गर्न धेरै नै पहल गरेको केशवले बताए।
नेपालको वैदेशिक व्यापारको ६४ प्रतिशतभन्दा बढी भारतसँगै हुन्छ। नेपाल-भारत व्यापारलाई करिब ३ दशक निकटबाट नियालेका केशव दुई देशबीच सबैभन्दा धेरै ब्यापार हुनुलाई स्वाभाविक मान्छन्। खुला सीमा, भाषा, पारिवारिक सम्बन्ध, साँस्कृतिक सम्बन्ध, पहिलेदेखि नै भिसा नलिइ आवतजावत स्वतः सम्पर्क बढ्ने नै भयो।
‘भारतमै छ व्यापार निर्भरता। चीनतर्फ पनि हिमाल नभएर मैदान भएको भए यता र उता आधा-आधा व्यापार हुन्थ्यो होला। चीनतर्फ भाषा मिल्दैन, संस्कृति मिल्दैन, भारतसँगै मिल्छ भने भारततर्फ ठूलो व्यापार हुनु स्वाभाविक हो। तेस्रो देशमा निर्यात बढाउन प्रयास भएपनि सफल भएको छैन। खै त भारतबाहेकका देशहरुतर्फ निर्यात बढेको,’- उनी प्रश्न गर्छन्।
तर उनी अब व्यापार विविधीकरण गर्नुपर्छ भन्छन्।
उनले ३० वर्षको नेपाल भारत साझेदारीबारे किताब लेखेर पूरा गरिसकेका छन्। चाँडै नै प्रकाशन हुन लागेको किताबलाई उनले आफ्नै जीवनको दस्तावेज समेत हो भने।
‘नेपालको हाइड्रोपावरको अथाह सम्भावना छ। १० हजार मेगावाट भनेको त सांकेतिक मात्र हो। उद्योगधन्दा चलाएर भन्दा पनि बिजुली बेचेरै हो हामीले व्यापार घाटा कम गर्ने। पूर्ण क्षमतामा बिजुली उत्पादनका लागि लगानी पनि ठूलो लाग्छ। त्यसका लागि वैदेशिक लगानी ल्याउन पर्छ। हिमालपट्टिबाट चीनतिर थोरै जाला तर हामीले धेरै बिजुली बेच्ने त भारतमै हो। तेस्रो मुलुकमा बेच्ने पनि भारतकै बाटो भएर हो। यही क्षेत्रको विकासबाटै भारतसँगको व्यापार घाटा कम गर्न सकिन्छ,’ यो केशवको बुझाइ हो।
तीन दशक, मिसन एउटै
नेपाल र भारतबीचको व्यापार प्रवर्धनमा निक्कीले सधैं उत्प्रेरकको भूमिकामा सफल रही काम गरिरहेको उनी बताउँछन्। केशवले स्थापनाकालदेखि नै निक्कीले गरिरहेको कामलाई किताबका रुपमा सुरक्षित राख्न लागेका छन्।
उनले ३० वर्षको नेपाल भारत साझेदारीबारे किताब लेखेर पूरा गरिसकेका छन्। चाँडै नै प्रकाशन हुन लागेको किताबलाई उनले आफ्नै जीवनको दस्तावेज समेत हो भने।
कोरोना भाइरस महामारीको समयमा घरमा बस्दा उनले निक्कीको बारेमा किताब लेख्न थालेका हुन्। यसमा उनलाई छोराले पनि सघाएका छन्। बीचमा ‘ब्रेक’ लिएर उनले नेपाल भारत पर्यटन प्रवर्धन गर्नका लागि निक्कीकै प्रकाशनमा समय दिए। नेपाल र भारतका पाँचवटा धार्मिक सर्किटहरुबारेमा किताब तयार पार्न लामै समय लाग्यो। त्यसपछि उनले ट्रेकिङ सर्किटहरुका बारेमा पनि निक्कीले किताब प्रकाशनको तयारी गरिरहेको छ।
सबैले मलाई यति विश्वास गरे की अन्त अवसर आउँदा पनि म गइन।जिरोबाट यहाँसम्म ल्याएको हो भन्ने सम्झिएपछि अरु केही सोचिन्न रहेछ। शून्यबाट हुर्काएर होला संस्थाको पनि आफ्नो बच्चाको झैं माया लाग्ने रहेछ।
निक्की संस्था दर्ता गर्न बनेको तदर्थ समितिदेखि नयाँ पुस्तासम्म आउँदा सबैसँग उनले संगत गरे। भारतबाट आउने हाई प्रोफाइलहरुलाई होस्ट गर्ने लगायत छलफल र सहजीकरणको वातावरण निक्कीले तयार पार्थ्यो जसमा उनकै संलग्नता हुन्थ्यो। यति धेरै हाइप्रोफाइलसँग काम गरे पनि केशवमा त्यसको दम्भ देखिँदैन। उनी त चुपचाप आफ्नो काम गरिरहन्छन्। जस लिने कुरामा विश्वास गर्दैनन्।
कहिलेकाहीँ केशवलाई लाग्छ तीन दशक उनले एउटै मिसनमा कसरी काम गरे होलान्। यतिको जिम्मेवारी कसरी पूरा गरे होलान्। फेरि सम्झन्छन् विश्वास नै सबैभन्दा ठूलो कुरा हो। उनीमाथि जसजसले विश्वास गरे, निक्कीको मियोका रुपमा उनलाई राखे त्यही विश्वासले पनि उनलाई यहाँबाट बाहिरिन दिएन।
निक्कीमा जोडिएपछि एकोहोरो यसैको व्यवस्थापनमा लागिपरेका केशव भावुक बन्छन्, ‘दायाँबायाँ मैले कहिल्यै गरिन। काम भन्दा अरु कुरा सोचिन। सबैले मलाई यति विश्वास गरे की अन्त अवसर आउँदा पनि म गइन। जिरोबाट यहाँसम्म ल्याएको हो भन्ने सम्झिएपछि अरु केही सोचिन्न रहेछ। शून्यबाट हुर्काएर होला संस्थाको पनि आफ्नो बच्चाको झैं माया लाग्ने रहेछ।’
The post प्रभाकर शमशेरले पत्याएपछि व्यवस्थापन सम्हालेका केशवमान सिंह, जो तीन दशकदेखि निक्कीका मियो छन् appeared first on BIZMANDU.
गुप्ता ब्रदर्स, जसले एक दशकसम्म दक्षिण अफ्रिकामा लुट मच्चाए, अन्तत: जेलमा टुंगियो विलासी सफर
गुप्ता दाजुभाइले दक्षिण अफ्रिकामा सत्ता र सम्पत्तिको आडमा सुशासनलाई कुल्चिएका थिए, ठ्याक्कै त्यही दृश्य फरक पात्रका रुपमा नेपालमा पनि अवतरित भएको छ। आज प्रिपेड बिचौलिया समूहहरूले राजनीतिक दलका शीर्ष नेताहरूलाई हातमा लिएर राज्य प्रशासनमा आफ्नो पकड बनाएका छन्। नियामक निकायका प्रमुखका नियुक्तिदेखि शासन/प्रशासनका महत्वपूर्ण विभागका हाकिम/कर्मचारी सरुवा गर्ने तागत उनीहरु राख्छन्।
देशका २५ बढी व्यावसायिक घरानाको नेतृत्व गरेर शासनमा पकड जमाएको यो समूहको प्रभाव यतिसम्म छ कि सरकार बनाउने र ढाल्ने खेलमा समेत उनीहरूको हात हुन्छ भनिन्छ। इमान्दार व्यवसायीहरू, जो सानो पुँजीबाट केही गर्न चाहन्छन्, देशको कानुन मानेर पुँजी जुटाउन खोज्छन्, उनीहरूबाट कमिसन उठाइन्छ। यस्तो अवस्थामा, जहाँ नीति र नियत दुवै बिक्छन्, देशको आर्थिक र सामाजिक आधार कमजोर बन्दछ।
गुप्ता दाजुभाइले दक्षिण अफ्रिकामा बनाएको व्यापारिक साम्राज्यजस्तै यहाँ पनि बिचौलियाहरूको उन्मादले सुशासनलाई छायामा पारेको छ। गुप्ता दाजुभाइले राष्ट्रपति ज्याकब जुमासँगको निकटताको बलमा अर्बौंको साम्राज्य खडा गरे। कविवर लेखनाथ पौडेलले भनेजस्तो दिन कहाँ एकनास हुन्छ र!
‘कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति।।’
अन्तत: गुप्ता  दाजुभाइ दक्षिण अफ्रिकाबाट लखेटिए। नेपालमा पनि त सँधै यस्तै नहोला, बिचौलियालाई पोषण गरिरहेका नेताहरु पनि किनारा लाग्लान्। सुशासनको पक्षमा लहर चल्ला।
सन् १९९३ ताकाको कुरा। भारत उत्तर प्रदेशको सहारनपुरबाट तीन दाजुभाई अजय, अतुल र राजेश उर्फ टोनी गुप्ता दक्षिण अफ्रिका हान्निए। ४० वर्ष उमेर हाराहारीका तीनै दाजुभाई भारतको उत्तरी राज्यबाट अवसर खोज्दै भर्खरै अल्पसंख्यक श्वेतहरुको शासनबाट मुक्त भएको अश्वेतको देश पुगेका थिए।
उनीहरुका बुवा शिवकुमार गुप्ताले पहिले अतुललाई दक्षिण अफ्रिका पठाएका थिए। अवसरहरुको भूमिका रुपमा विश्वमा उदाएको दक्षिण अफ्रिका ‘भविष्यमा अर्को अमेरिका बन्छ’ भन्ने विश्वास बुवा शिवकुमारलाई थियो। जब अतुल त्यहाँ पुगे, दक्षिण अफ्रिका त्यसबेला सिंगो अफ्रिकी महादेशकै ठूलो अर्थतन्त्रका रुपमा थियो। अतुलले त्यहाँ फेमिली बिजनेसका रुपमा जुत्ताको व्यापार थाले।
भारतमा उनीहरुको सानो व्यवसाय सहारा कम्प्युटर्स थियो। उनले त्यहाँ फेरि सहारा कम्प्युटर्सकै व्यापार पनि सेटअप गरे। भारतमा जस्तो व्यावसायिक बाधा अड्चन नहुँदा उनीहरु त्यहाँको व्यापारिक वातावरण र अवसरबाट पुलकित भए। भारतमा उनीहरुको सानो व्यापार थियो। सहारा ग्रुपको नामबाट उनीहरुले काम गर्थे। तर, दक्षिण अफ्रिकामा राजनीतिक परिवारमा प्रभाव फैलाउँदै उनीहरुले जमाएको कारोबार सन् २०१८ को फेब्रुअरीसम्ममा २ करोड २० लाख  डलरको वार्षिक कारोबार गर्ने कम्पनी बनिसकेको थियो। उनीहरुको कम्पनीमा करिब १० हजार मानिस काम गर्थे।
राज्य दोहन र भ्रष्टाचारका विभिन्न आरोपहरु लाग्नुअघिसम्म ग्रुपले कम्प्युटर बिजनेससँगै दक्षिण अफ्रिकाको खानी, हवाई यात्रा, ऊर्जा, प्रविधि र मिडिया क्षेत्रमा राम्रै लगानी र पकड बनाइसकेका थिए। २०१६ मा आइपुग्दा अतुल दक्षिण अफ्रिकाका सातौं धनाढ्य बनिसकेका थिए। उनीहरुको दिन दुई गुना रात चौगुना प्रगतिको कारक अरु केही थिएन तत्कालीन राष्ट्रपति ज्याकब जुमासँगको सम्बन्ध मात्र थियो। त्यही सम्बन्धलाई माध्यम बनाएर उनीहरुले अर्बौंको कमाइ मात्र गरेनन् अकुत भ्रष्टाचार र अफ्रिकी राज्य कोषको दोहन समेत गरे।
दक्षिण अफ्रिकामा उनीहरुको प्रभाव यतिसम्म थियो कि गुप्ता परिवारले आफूहरुका लागि कूटनीतिक राहदानीकै माग समेत गरेका थिए। उनीहरुको राजनीतिक निकटता र प्रभावका कारण आफूहरुले त्यो पाउनुपर्नेमा उनीहरु ढुक्क थिए।
पूर्व राष्ट्रपति जुमा, राजेश गुप्ता र अजय गुप्ता
भारतबाट व्यापारको अवसर खोज्न हिँडेका सामान्य किराना पसलेका तीन भाई छोरा दुई दशकमा दक्षिण अफ्रिकाकै धनाढ्यका रुपमा त दरिए तर अन्त्यमा भ्रष्टाचार, अनियमितता र राज्य दोहनका अनेक आरोपका बीच दक्षिण अफ्रिकाबाटै लखेटिए। उनीहरुसँग धनदौलत र दोस्तीको सम्बन्ध बनाएका तत्कालीन राष्ट्रपति ज्याकब जुमा पनि यही लाभको सम्बन्धबाट जन्मिएको अपराधमा मतियार हुँदै अन्तत: पदच्युत भइ जेलको हावा खान पुगे।
राष्ट्रपतिसँग यसरी नजिकिए
लाभका लागि राज्यकोषको दुरुपयोग, भ्रष्टाचार र अनियमिताका मामिलामा जुमा र गुप्ता परिवारको साँठगाँठ यतिसम्म भयो कि यो समूह पछि गएर ‘जुप्ता’ टोलीका रुपमा बदनाम हुन पुग्यो। दुई परिवारले मिलेर सरकारी ठेक्कापट्टाको मिलेमतो, अकुत भ्रष्टाचार र राज्य दोहनका कारण राष्ट्रपति जुमाको पदमात्रै खोसिएन दक्षिण अफ्रिकाबाट गुप्ता ब्रदर्सको नामनिसानै मेटिने गरि पलायन हुन बाध्य भए।
गुप्ता परिवारले दक्षिण अफ्रिकामा व्यापारिक साम्राज्य फैलाउन जुमाकी श्रीमती र सन्तानहरुलाई पनि प्रयोग गरे। राष्ट्रपति जुमाकी श्रीमतीहरुमध्ये एक बोङ्गी गेमा जुमा गुप्ता कम्पनीको कन्ट्रोलिङ सेयर रहेको खानी कम्पनी जेआइसी माइनिङ सर्भिसेसमा संचार अधिकृतका रुपमा काम गर्थिन्। पछि गुप्ता परिवारमाथि उनलाई भव्य बंगला खरिदका लागि ३.८ मिलियन र्याण्ड भुक्तान गरिदिएको आरोप लाग्यो।
यसैगरी राष्ट्रपति जुमाकी छोरी डुडुजिले जुमा सहारा कम्प्युटर्सकी निर्देशक बनाइएकी थिइन्। बुवा जुमा अफ्रिकन नेसनल कंग्रेस एएनसीका अध्यक्ष भएपछि छोरी डुडुजिले गुप्ताको कम्पनीमा काम गर्न थालेकी थिइन्। ६ महिना काम गरेपछि उनी त्यहाँबाट बाहिरिइन्।
गुप्ता दाजुभाइसँग जुमाका छोरा डुडुजाने जुमा। तस्विर : गल्लो इमेजेस्
त्यसताका दक्षिण अफ्रिकामा गुप्ता परिवार यति धनी थियो कि उनीहरुको विलासी जीवन र तडकभडक उत्कर्षमा थियो। उनीहरुको जोहान्सबर्गस्थित साक्सोनवोल्डमा रहेको सहारा स्टेट रुखैरुखले घेरिएको थियो, जहाँ कम्तीमा चार ठूला बंगलाहरु स्पष्टै देखिन्थे। सन् २०१८ मा सहारा स्टेटको मूल्य करिब ३ करोड ४० लाख डलर अनुमान गरिएको थियो, जुन कम्प्लेक्सभित्र हेलिप्याडदेखि बडीगार्डहरुको ठूलो जमात र सुरक्षाकर्मी हरदम तैनाथ रहन्थे।
गुप्ता परिवारले राष्ट्रपति जुमालाई प्रभावमा राख्दै व्यवसायलाई लाभ हुने गरि निर्णय गराउँदै गए। सरकारी ठेक्का लिने र आफू अनुकूल सरकारी निर्णय गराउन धनराशीको प्रलोभन दिनेसम्मका काम उनीहरुका लागि सामान्य थियो। उनीहरुले केपटाउनस्थित पूर्व बेलायती प्रधानमन्त्री मार्कग्रेट थ्याचरका छोरा मार्क थ्याचरको घर पनि किनेका थिए।
देशै कब्जा गर्न लागेको आरोप
गुप्ता परिवारले राष्ट्रपति जुमासँगको सम्बन्धका कारण दक्षिण अफ्रिकाको राजनीतिमा निकै ठूलो प्रभाव राखेको देखिन्छ। उनीहरुमाथि आलोचना तबदेखि सुरु भयो जब व्यावसायिक लाभका लागि दक्षिण अफ्रिकामाथि नै नियन्त्रण गर्न लागेको आरोप उनीहरुमाथि लाग्यो।
उनीहरु विरुद्ध माहोल त्यसबेलादेखि बन्दै गयो जतिबेला सन् २०१६ को मार्च महिनामा त्यहाँका अर्थ राज्यमन्त्री म्याकेबिसी जोनासले गुप्ता परिवारले आफ्नो लाभको काम गरिदिन प्रलोभन दिएको सार्वजनिक रुपमै खुलासा गरिदिए। उनले आफूलाई सन् २०१५ मै गुप्ता परिवारका एक सदस्यले भने अनुसार काम गरिदिए आर्थिक लाभका साथै अर्थमन्त्री बनाइदिने अफर गरेको बताएका थिए।
तर, त्यसअघिको अर्को मिल्दोजुल्दो घटनालाई अस्वीकार गरेजसरी नै त्यसपटक पनि गुप्ता परिवारले प्रलोभन दिएको कुरालाई अस्वीकार गरेको थियो।
गुप्ता जोडिएको अर्को एक हाइ प्रोफाइल घटनामा पूर्व अर्थमन्त्री प्रवीन गोर्धनले खुलेरै उनीहरुले ४९० मिलियन डलरको शंकास्पद कारोबारमा संलग्न भएको खुलासा गरेका थिए। समयक्रमसँगै उनीहरुले आफू अनुकूल मन्त्रीहरुको नियुक्ति तथा आफ्नो व्यापार अनुकूल नीतिहरु बनाउन रकमको प्रलोभन दिने धेरै घटनाहरु सार्वजनिक हुन थाले।
सामान्य व्यापारबाट दुई दशकमा अर्बपति स्टाटससम्म पुगेका गुप्ता परिवारको त्यसबेला दक्षिण अफ्रिकामा आफ्नै कोइला र युरेनियमका खानीहरु संचालित थिए। उनीहरुले नै लगानी गरेको राष्ट्रिय दैनिक पत्रिका र टेलिभिजन स्टेसन उनीहरुले राष्ट्रपति जुमाको स्तुति गाउनका लागि प्रयोग गरिरहेका थिए।
जुमाकी श्रीमती र छोरीलाई पनि उसैगरी आफ्नो कारोबारमा संलग्न गराएर गुप्ता ब्रर्डसले लिनुपर्ने लाभको लागि प्रलोभन र निकटताको कुनै कसर बाँकी राखेका थिएनन्।
गुप्ता ब्रदर्स र जुमाविरुद्धको प्रदर्शन । तस्विर : डान भिभिर/ गेट्टी इमेजेस
दक्षिण अफ्रिकामा उनीहरुको प्रभाव यतिसम्म थियो कि गुप्ता परिवारले आफूहरुका लागि कूटनीतिक राहदानीकै माग समेत गरेका थिए। उनीहरुको राजनीतिक निकटता र प्रभावका कारण आफूहरुले त्यो पाउनुपर्नेमा उनीहरु ढुक्क थिए। नियमित रुपमा राष्ट्रपति जुमासँग बिजनेस ट्रिपमा जानुपर्ने भएकाले उनीहरुले कूटनीतिक राहदानी मागेका थिए। दक्षिण अफ्रिकाकै प्रवर्धन का लागि यो आवश्यक भएको उनीहरुको दलिल थियो। तर, उनीहरुले कूटनीतिक राहदानी भने पाउन सकेनन्।
उनीहरुले राष्ट्रपतिको पार्टीलाई राम्रै आर्थिक सहयोग गरेको भनिए पनि यति नै रकम भनेर खुल्न भने सकेन। तथापि जुमाको परिवारले गुप्ता परिवारबाट हदैसम्म लाभ लिएको बताइन्छ।
विलासी विवाहले कन्ट्रोभर्सी
सन् २०१३ मा गुप्ता परिवारमा एक विवाहले असाध्यै ठूलो चर्चा पायो। तीन दाजुभाईकी एकमात्र भान्जीको विवाहमा दक्षिण अफ्रिकामा यति ठूलो सरकारी साधन स्रोतको दुरुपयोग भयो कि यसले विपक्षीमात्र होइन जो कसैलाई असन्तुष्ट बनायो।
विवाहका पाहुना आएको चार्टर्ड विमान सेनाको ब्यारेकमा अवतरण गराइयो। सामान्यतया राष्ट्रपति वा उच्च पदस्थ व्यक्तिका लागि मात्र प्रवेश दिइने संवेदनशील ब्यारेकको एयरबेस प्रयोग गर्न दिएपछि भने निकै ठूलो हंगामा भयो। शक्तिको दुरुपयोग भएको भन्दै सरकारमा रहेको अफ्रिकन नेसनल कंग्रेससँग विपक्षी डेमोक्रयाट अलायन्सले जवाफ माग्यो।
घटनालाई लिएर अतुल गुप्ताले ‘दक्षिण अफ्रिकी माटोमा हाम्री छोरीका लागि स्मरणयोग्य विवाह समारोह बनाउनका लागि…’ भनेर लेखिएको पत्रमा सेनाको एयरफोर्स उपयोग भएकोमा माफी मागे। भारतबाट गएका २०० पाहुना सेनाको एयरबेसमा ल्याण्ड गराइ प्रहरीको एस्कर्टमा लग्जरी गाडीहरुमा राखेर दक्षिण अफ्राकाको उत्तरपश्चिमी प्रान्तमा रहेको सन सिटी होलिडे रिसोर्टमा लगिएको थियो।
त्यसबखत उनीहरुमा त्यस्तो शक्ति र उन्माद थियो जसले गुप्ता परिवारलाई चार्टर्ड एयरबस ए३३० सैनिक एयरबेसमा ल्याण्ड गर्न सक्नेसम्मको पहुँच दियो। यो घटनापछि भने दक्षिण अफ्रिकामा विपक्षी र आम जनताले सशंकित हुँदै गुप्ता-जुमा सम्बन्धमाथि प्रश्न उठाउन थाले।
राष्ट्रपतिमाथि भ्रष्टाचारका ७८६ मुद्दा
गुप्ता-ज्याकोब जुमासँगको सम्बन्ध सन् २००७ देखि नै मजबुत भएको हो, जतिबेला जुमा एएनसीका अध्यक्ष चुनिए।
दक्षिण अफ्रिकामा त्यसबेलाको नयाँ कानुन अनुसार कुनै पनि सरकारी ठेक्काहरु पाउन कम्पनीहरुको बोर्डमा अश्वेत निर्देशक हुनैपर्ने अनिवार्यता थियो। सरकारी ठेक्काहरुमा भाग लिने प्रयोजनकै लागि गुप्ता परिवारले डुडुजाने जुमालाई आफ्ना कम्पनीमा निर्देशक बनाए। त्यसबेला उनीसँग न व्यावसायिक अनुभव थियो न परिपक्वता, तैपनि भावी राष्ट्रपतिका छोरा डुडुजानेलाई उनीहरुले भविष्यमा लाभ लिनकै लागि निर्देशक बनाएका थिए।
उनलाई दुबईमा फ्ल्याट किनिदिनेदेखि भव्य विवाह समारोह तथा महंगा उपहारहरुका लागि पनि गुप्ता परिवारले कुनै कसर बाँकी राखेन। जुमाकी श्रीमती र छोरीलाई पनि उसैगरी आफ्नो कारोबारमा संलग्न गराएर उनीहरुले लिनुपर्ने लाभको लागि प्रलोभन र निकटताको कुनै कसर बाँकी राखेका थिएनन्।
जब सन् २००९ मा राष्ट्रपतिमा जुमा चुनिए गुप्ता परिवारले राष्ट्रपतिसँगको निकटताकै राम्रो लाभ लिन थाल्यो।
विस्तारै विस्तारै उनीहरुको समूहले भ्रष्टाचार अनियमितता र राज्य दोहनका यति धेरै कसुर गरे की सन् २०१६ मा आइपुग्दा तत्कालीन राष्ट्रपति जुमाविरुद्ध ७८६ वटा भ्रष्टाचारका मुद्दाहरु दायर भएको थियो।
सन् २०१७ मा राष्ट्रपतिले गुप्ता परिवारबाट लाभ लिएको बारे छानबिन गर्नका लागि उच्चस्तरीय समिति नै गठन भयो।आफूहरुमाथि लागेको आरोपको प्रतिकारमा गुप्ता परिवारले आफूहरु जातिवाद र जेनोफोबिया (विदेशी मन नपराउने प्रवृत्ति) को सिकार भएको दाबी गरिरहे।
तर, सन् २०१७ मा करिब १ लाख यस्ता इमेलहरु लिक भए जसबाट के पुष्टि भयो भने गुप्ता ब्रदर्सले ज्याकब जुमासँग निकट रहेर असाध्यै ठूलो राज्यदोहन गरि लाभ लिएका थिए। यी दुई पक्ष मिलेर अर्बौं रकम अपचलन गरेका थिए भने सरकारी नीतिहरु नै यी दाजुभाईले राष्ट्रपतिसँग मिलेर तय गर्थे।
सार्वजनिक भएका ती इमेलहरुकै कारण जनस्तरबाट राष्ट्रपति र गुप्ता ब्रदर्समाथि व्यापक विरोध सुरु भयो। अवस्था निकै खराब भएपछि विपक्षी पार्टीले ज्याकब जुमाविरुद्ध अविश्वासको प्रस्ताव लग्यो, यसकै कारण उनले राष्ट्रपति पदबाट राजीनामा दिन बाध्य भए।
सन् २०२१ मा इन्टरपोलले जारी गरेको रेडकर्नर नोटिसमा उनीहरुले दक्षिण अफ्रिकामा भ्रष्टाचारको ठूलो नेटवर्क चलाएको आरोप लगाइएको छ।
जतिबेला गुप्ता परिवारमाथि एकपछि अर्को भ्रष्टाचार र अनियमितताका घटनाहरु सार्वजनिक हुँदै गए, उनीहरुले आफ्नो छवि सुधार्ने जिम्मा एक पीआर कम्पनी बेल पोटिंगरलाई दिए। तर, कम्पनीले जसरी क्याम्पेन चलायो त्यो गुप्ताहरुकै लागि घातक बन्यो। मार्गेट थ्याचरका सल्लाहकार लर्ड बेलले स्थापना गरेको फर्म बेल पोटिंगरले फेक ट्वीट पेजहरु क्रियट गर्दै ह्यासट्याग ‘ह्वाइट मोनोपोली क्यापिटल’ क्याम्पेन चलायो। तर यस क्याम्पेनले गुप्ता परिवारले गरेको भ्रष्टाचारका घटनाहरुलाई ढाकछोप गर्न सकेन।
आफूहरुमाथि लागेको आरोपको प्रतिकारमा गुप्ता परिवारले आफूहरु जातिवाद र जेनोफोबिया (विदेशी मन नपराउने प्रवृत्ति) को सिकार भएको दाबी गरिरहे।
सम्पत्ति बेचे वा त्यागेर भागे!
सन् २०१८ मा जब तत्कालीन राष्ट्रपति जुमा सत्ताच्युत भए उनीहरु पनि दक्षिण अफ्रिकाबाट पलायन भए। सन् २०१६ को अगस्टमै गुप्ता परिवारले भावी दिनमा आइपर्ने संकटको आकलन गरिसकेको हुनुपर्छ। उनीहरुले दक्षिण अफ्रिकामा रहेको आफ्नो व्यवसायको सबै सेयर हिस्सा बेच्ने जानकारी आफ्ना वकिलमार्फत दिइसकेका थिए। उनीहरुले ‘यो नै अब  हाम्रो व्यापार, देश र साझेदारहरुको हितमा हुनेछ’ भनेका थिए।
सन् २०१७ मा अजय गुप्ताले आफ्ना वकिललाई भनेका थिए, ‘यतिबेला मेरो कुनै सेयर छैन कुनै सम्पत्ति छैन चलअचल सम्पत्ति छैन। सम्पत्तिका नाममा एउटा कार छ र जम्मा एउटा कोठा छ, जहाँ मेरो बुवा सुत्ने गर्नुहुन्थ्यो।’
दक्षिण अफ्राकाको सिटी प्रेस अखबारले तत्कालीन उपरक्षामन्त्री केबी मापाट्सोको भनाई उद्त गर्दै लेखेको थियो,’जोहान्सबर्ग स्टक एक्सचेन्जमा गुप्ता परिवारको सम्पत्ति १ प्रतिशतभन्दा पनि तल देखिएको छ। उनीहरुले देशबाहिर नाफा लगेका छैनन्। यतै लगानी गरे।’
तर, विपक्षीहरुले भने उनीहरु अर्बौं रकम लिएर भागेको आरोप लगाएको छ। दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघसँग गुप्ता ब्रदर्सलाई दक्षिण अफ्रिका फिर्तीको लागि पहल गरिदिन अपिल समेत गरेको थियो।
यी तीन दाजुभाईमध्ये भ्रष्टाचार र अनियमितताका योजना बनाउने मास्टरमाइन्ड भने जेठा अजयलाई मानिन्छ। गुप्ता परिवारमाथि रेड कर्नर नोटिस नै जारी भएको थियो भने अमेरिका र बेलायतले तीनै दाजुभाइलाई कालोसूचीमा राखेको थियो।
सन् २०२२ मा राजेश र अतुललाई दुबईबाट गिरफ्तार गरियो। तर, दक्षिण अफ्रिकालाई सुपुर्दगी गरिएन। यस्तै, सन् २०२४ को मेमा गुप्ता ब्रदर्समध्येका जेठा अजयलाई देहरादुनबाट गिरफ्तार गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।   राजनीतिक प्रभावमा हुने भ्रष्टाचारको कुख्यात उदाहरण बनेका गुप्ता ब्रदर्स अन्तत: दक्षिण अफ्रिकाको व्यापारिक र राजनीतिक इतिहासमा सधैंका लागि कालो धब्बाका रुपमा रहन पुगे।
The post गुप्ता ब्रदर्स, जसले एक दशकसम्म दक्षिण अफ्रिकामा लुट मच्चाए, अन्तत: जेलमा टुंगियो विलासी सफर appeared first on BIZMANDU.
बाजेको सेकुवालाई अमेरिकामा जमाएका शशांक क्याफेओफिलियालाई स्टारबक्सजस्तै बनाउन चाहन्छन्
२०७५ साल वैशाख १ गते, नेपालमा स्थापित ब्राण्ड बाजेको सेकुवाको अमेरिकी पहिलो शाखा न्यूयोर्कको क्विन्समा सुरु हुँदै थियो। नेपालबाट रामकृष्ण ढकालजस्ता नाम चलेका गायकहरु पुगेर धमाकेदार ओपनिङ गर्ने खबरले त्यहाँको नेपाली समुदाय रोमाञ्चित थियो। त्यतिबेलासम्म नेपालमा १३ आउटलेट खोलिसकेको बाजेको सेकुवा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा जान लागेको थियो। त्यसैले बाजेको सेकुवाको स्वाद पाएकाहरुका लागि त्यो अवसर विशेष हुने नै भयो। पर परका स्टेटबाट पनि प्लेनको टिकट काटेर त्यो दिन न्यूयोर्क आउने तयारीमा धेरै नेपालीहरु रहेको खबर संचालकहरुले पाइसकेका थिए।
नेपालस्थित बाजेको सेकुवाका संचालक चेतन भण्डारी पहिलो अन्तर्राष्ट्रिय आउटलेटको सुरुवातका लागि आफैं त्यहाँ पुगेका थिए। अमेरिकाका नेपाली व्यवसायीहरुले फ्रेन्चाइज लिएर संचालन गर्न लागेको त्यो शाखाको लागि कन्सल्टिङ र म्यानेजमेन्टको सम्पूर्ण जिम्मेवारी लिएका थिए शशांक श्रेष्ठले।
शशांक र उनका दाजु निशान्त प्रभात श्रेष्ठको कन्सल्टिङ तथा म्यानेजमेन्ट कम्पनी एभिड पार्टनर्सले न्यूयोर्कको क्विन्समा खुल्ने बाजेको सेकुवाको सम्पूर्ण जिम्मेवारी लिएको थियो। त्यसका लागि उनीहरुको टिमले नेपालमै बसेर दुई महिना लामो अध्ययन गर्दै एसओपी बनाइसकेको थियो। न्यूयोर्क पुगेर त्यो शाखाको ओपनिङ सुखद बनाउन दिनरात खटेका शशांक त्यो दिनको दौडधुप यसरी सम्झन्छन्।
शशांकले ठमेलका धेरै रेष्टुरेन्टको सेटअप गरिदिएका छन्। रेड कार्पेट, फ्याक्ट्रीजस्ता रेष्टुरेन्टहरु उनकै कन्सेप्टमा तयार भएका थिए।
‘किचेनमा मेन सेफले पकाको पकाई, म प्लेटमा सेकुवा हालेको हाल्यै। चेतनजी भुजिया बाँडेको बाँड्यै। सर्भ गर्न स्टाफहरुलाई भ्याइनभ्याई भयो। ओहो कति केओटिक थियो त्यो दिन!’- उनी नोस्टाल्जिक भए।
शशांकलाई अहिले पनि त्यो अनुभव जीवनकै राम्रो सिकाइ हो भन्ने लाग्छ। आर्किटेक्ट सिद्धार्थ गोपालनले तयार पारेको इन्टेरियरमा पहिलो अमेरिकी आउटलेटको उम्दा सेटअप गरिदिएर शशांकको टिम नेपाल फर्किएको थियो।
हुन त त्यसअघि नै उनले केशरमहलस्थित गार्डेन अफ ड्रिम्समा होटल द्वारिकाजले संचालन गरेको रेस्टुरेन्टको सम्पूर्ण व्यवस्थापन सम्हालिसकेका थिए। २००९ मै उनी इन्टरनेशनल क्लबका जनरल म्यानेजरका रुपमा क्लबको ब्याङ्वेटमा ८-९ सय जनासम्मको इभेन्ट सहजै पार लगाउने गर्थे। उनले दुई वर्ष आइएमई सफ्टवेयरमा सीओओ भएर पनि काम गरेका थिए।
शशांकले ठमेलका धेरै रेष्टुरेन्टको सेटअप गरिदिएका छन्। रेड कार्पेट, फ्याक्ट्रीजस्ता रेष्टुरेन्टहरु उनकै कन्सेप्टमा तयार भएका थिए। हिमालयन जाभाका २०-२२ वटा फ्रेन्चाइज आउटलेटहरु पनि उनीहरुकै कम्पनी एभिट पार्टनर्सले तयार पारिदिएको हो। उनलाई आफ्नो कन्सल्टिङ र म्यानेजमेन्ट कम्पनीको अनुभवले निकै खारिदिएको छ।
साना होस् वा ठूला इभेन्ट, फुड एण्ड वेभरेजसँगै कुशल व्यवस्थापन शशांकको दख्खलको क्षेत्र हो। विद्यार्थीकालदेखि नै शशांकले यस्ता धेरै किसिमका कम्पनीहरुको व्यवस्थापन गरिसकेका छन्। फ्रेन्चाइज म्यानेजमेन्टको लामो अनुभव बटुलेका शशांक यतिबेला आफ्नै स्पेसियालिटी कफीको आउटलेट क्याफेओफिलियामा बसेर यहाँसम्म आइपुग्दाको आफ्नो व्यावसायिक यात्रा वर्णन गर्दैछन्।
होटल म्यानेजमेन्ट सकेर एमबीए  गरेका शशांक हस्पिटालिटीका विभिन्न कोर्स डिजाइन गर्छन् र पढाउँछन् पनि। यसले उनको अनुभव र सिकाइको दायरा निकै फराकिलो पारिदिएको छ।
‘कफी गफ’को हाइइण्ड ब्राण्ड क्याफेओफिलिया
क्याफेओफिलिया नेपालमै पहिलो स्पेसियालिटी कफीको प्रिमियम आउटलेट हो। क्याफेको मेन कन्सेप्ट उनकै हो भने उनी यसका को-फाउन्डर हुन्। काठमाडौं कफीसँग मिलेर उनले थालेको यो ब्राण्डले नेपालमा कफीका पुराना मानक र मापदण्डलाई फेरेर वर्ल्डक्लास स्पेसियालिटी कफी चिनाउने शशांकको चाहाना हो।
स्पेसियालिटी कफीलाई अबको लक्ष्य बनाएका शशांकले डेढ वर्षमा ८ वटा आउटलेट तयार पारिसकेका छन् भने चाँडै नै दुई वटा आउँदैछन्। फ्रेन्चाइज मोडलमा गइसकेको क्याफेओफिलियाको ब्राण्डलाई विस्तार गर्नुलाई अबको लक्ष्य बनाएका उनी व्यवसायी मात्र होइनन्, यसै विषयमा दख्खल राख्छन्। होटल म्यानेजमेन्ट सकेर एमबीए  गरेका शशांक हस्पिटालिटीका विभिन्न कोर्स डिजाइन गर्छन् र पढाउँछन् पनि। यसले उनको अनुभव र सिकाइको दायरा निकै फराकिलो पारिदिएको छ।
त्यसैले उनी नेपालमा अहिलेसम्म सुरु नभएको स्पेसियालिटी कफीतर्फ लागेको बताउँछन्।
नेपालमा कफी कल्चर त स्थापित भयो तर स्पेसियालिटी कफी बारे भन्ने जान्ने जमात साह्रै सानो छ। कफीका पारखीहरुलाई स्पेसियालियटी कफीतर्फ लैजाने प्यासनका साथ उनले क्याफेओफिलिया खोलेका हुन्।
उनले १ करोड ७० लाख जति खर्चेर बनाएको क्याफेओफिलिया मिनिमलिस्टिक थिममा बनेको छ। यहाँको कम रंगहरु प्रयोग भएको छ भने जति पनि कलाकृति राखिएका छन् त्यो पनि सिंगल लाइन आर्टमा तयार पारिएको छ।
उनले क्याफेओफिललियाको कलर प्याटर्नदेखि भाँडाबर्तनसम्म स्क्यान्डेभियन डिजाइनको बनाएका छन्।
क्याफेओफिलियामा काठमाडौं कफीको स्पेसियालिटी ग्रेन कफी पाइन्छ। विदेशका कफीहरु पनि ल्याइन्छ तर त्यो पनि स्पेसियालिटी ग्रेनकै।
क्याफेओफिलियाको लोगो पनि बीचमा कफी बिन्स राखेर डाँफेको आकृतिमा डिजाइन छ, जुन सिंगल लाइनिङ आर्ट थिममै छ। विभिन्न स्वादका कफी बेच्न राखिएको क्याफेमा डाँफे र कफीको लोगो भएका क्याप टिसर्टहरु बेच्न पनि राखिएको छ।
‘यो त कफीकै गफ गर्न आउने थलो पनि हो।’- शशांकले सुनाए- ‘उपभोक्ता किन कफी खान आउँछन् त्यही मुड अनुसारको कफी खान मिल्छ यहाँ। फरमेन्ट भएको कफीदेखि तीतो नपारिएका कफीहरु यहाँ पाइन्छन् त्यो सबैलाई मन नपर्न पनि सक्छ। तर जो वास्तवमै कफी बुझ्नुहुन्छ वहाँहरु खोजीखोजी आउनुहुन्छ।’
क्याफेओफिलियामा काठमाडौं कफीको स्पेसियालिटी ग्रेन कफी पाइन्छ। विदेशका कफीहरु पनि ल्याइन्छ तर त्यो पनि स्पेसियालिटी ग्रेनकै। काठमाडौं कफीको नुवाकोटमा आफ्नै कफी फार्म छ। त्यहाँको कफी पनि यहाँ आउँछ।
नेपाली बजारमा स्वदेशकै ४० देखि ४४ जिल्लामा उत्पादन भएका कफी आउँछन्। तर उत्पादन गर्ने किसान कसैको राम्रो उचाइ र हावापानीमा भएका जम्मा १० बोट कफी होलान् कसैको उत्पादन बढी तर गुणस्तर कम।
के हो स्पेसियालिटी कफी?
नेपालमा कफी सप धेरै छन् तर स्पेसियालिटीलाई फोकस गरेर कफी बनाउने कफी औंलामा गन्न सकिने छन्।
स्पेसियालिटी कफीमा कफीका दानाहरुको गुणस्तर उच्च हुन्छ। प्रोसेस गर्ने क्रममा जुन जुन मापदण्ड तोकिएका हुन्छन् त्यसअन्तर्गत स्पेसियालिटी कफी ग्रेन हुनका लागि १००  नम्बरमा कम्तीमा ८० नम्बर आएमा मात्र त्यसलाई स्पेसियालिटी कफी भन्न पाइने शशांकले जानकारी दिए।
‘कफीको साइकल हेर्दा बाहिर चेरी जस्तो हुन्छ जसभित्र दाना अर्थात बिन हुन्छ। यो हरियो दाना पहेलो हुँदै अन्तिममा रातो हुन्छ। कोही त पहेलै पाक्छ तर सामान्यतया रातो भएपछि अर्थात पूर्ण पाकेपछि मात्र टिप्नुपर्छ। रातो नहुँदै टिप्दा कफीमा हुनुपर्ने स्वीटनेस विकास हुन पाउँदैन। व्यावसायिक कफी खेती गर्दा एकैपटक सबै कफी टिपिन्छ। हरियो वा पहेलोको स्वाद काँचो घाँसजस्तो मात्र हुन्छ। पूरा रातो भएमा मात्र पूर्ण स्वाद विकास हुन्छ। तर यहाँ हरियो र पहेंलो दाना टिपेर डार्क रोस्ट गरेर बजारमा पठाइन्छ।
नेपालमा अधिकांश त्यही डार्क रोस्ट कफीको बानी परेकाले कफी भनेकै त्यही तीतै स्वाद हो भन्ने हामीलाई पनि परिसक्यो।’ उनले मिहिन रुपले सिकाए- ‘तर तीतो स्वादलाई पर राखेर हामीले हेर्ने हो भने कफी उत्पादन हुने हावा, पानी, उचाइ, माटो, खनिज सबैको स्वाद पूर्ण पाकेको कफीमा पाइन्छ। त्यसलाई प्रोसेसिङ गर्दाको प्रक्रियामा पनि विविध स्वादका कफी उत्पादन हुन्छ। स्पेसियालिटी कफी भनेको चाहिँ तिनै विविध स्वादका कफीहरु हुन् जसमा तीतोका अलावा अन्य धेरै थरीका स्वाद र बास्ना पाइन्छ।’
नेपाली बजारमा स्वदेशकै ४० देखि ४४ जिल्लामा उत्पादन भएका कफी आउँछन्। तर उत्पादन गर्ने किसान कसैको राम्रो उचाइ र हावापानीमा भएका जम्मा १० बोट कफी होलान् कसैको उत्पादन बढी तर गुणस्तर कम।
धेरै मोइस्चर भाको कफी राम्रो मानिदैन डेन्सिटी हेरिन्छ, कफी जसलाई क्युबमा नापिन्छ। खोक्रो बिन्स काम लाग्दैन। अल्टिच्युड जति धेरै भयो त्यति राम्रो हुन्छ कफी, अक्सिजन कम हुँदा धेरै फ्रुटीनेस आउँछ कफीमा।
स्पेसियालिटी कफीमा गुणस्तरीय कफी खोजेर ल्याउनु मात्र होइन त्यसको बनाउने उपकरण र प्रक्रिया पनि फरक र कम्पिलिकेटेड हुन्छ। ग्राइण्ड गर्दा पनि बिनलाई कुन साइजको र कस्तो बनाउने भन्ने निर्धारण गर्नुपर्ने हुन्छ। बिन सुकाउने तापक्रम र भण्डारनको प्रक्रियाले पनि कफीको स्वाद फरक पार्छ।
नेचुरल प्रोसेसमा त्यो रातो चेरीलाई घाममा पूरा सुकाएपछि भित्रको बिनमा सबै स्वीटनेस छिर्छ। कालो भएपछि सुक्छ अनि बोक्रा निकालेर भित्रको बिनलाई रोस्टिङ गरिन्छ। अर्को तरिकामा फरमेन्ट गरेर पनि कफीको फ्लेबर फरक पारिन्छ।
जति अल्टिच्युडमा गयो त्यति राम्रो कफी हुन्छ। जति माथि गयो त्यति राम्रो न्यूट्रिसन पाउँछ भनिन्छ। थोरै कफी फल्छ तर असाध्यै क्वालिटीको फल्छ अल्टिच्युडमा। धेरै मोइस्चर भाको कफी राम्रो मानिदैन डेन्सिटी हेरिन्छ, कफी जसलाई क्युबमा नापिन्छ। खोक्रो बिन्स काम लाग्दैन। अल्टिच्युड जति धेरै भयो त्यति राम्रो हुन्छ कफी, अक्सिजन कम हुँदा धेरै फ्रुटीनेस आउँछ कफीमा।
‘थोरै बोट भएका तर गुणस्तरका ती कफीलाई सिंगल मल्ट ह्विस्की भनेजस्तो हामी सिंगल ओरिजिन कफी भन्छौं। सिंगल स्टेट, सिंगल फार्म हुँदै जतिजति परिधि साँघुरिँदै जान्छ त्यसको गुणस्तर बढी र परिमाण थोरै हुन्छ। त्यस्ता कफीलाई काठमाडौं कफीमार्फत हामी खोजी खोजी ल्याउँछौं। अनि आफै रोस्ट गर्छौं।’- उनले जानकारी दिए।
शशांकको बुझाइमा कुनै पनि कफी नराम्रो भन्ने हुँदैन। तर कुन भेराइटी कहाँ उत्पादन भएको हो कुन उचाइ र कुन हावापानीमा उत्पादन भएको हो भन्नेले त्यसको गुणस्तरमा भने फरक पर्न जान्छ।
स्टारबक्स जस्तै फेमको चाहना
क्याफेओफिलिया फ्रेन्चाइज मोडलमा गइसकेको छ। तर यसका पनि तीन वटा मोडल छन्। क्याफेओफिलिया हाइइण्ड ब्राण्ड हो, जहाँ कफी मात्र होइन मेन कोर्स र मदिरा पनि पाइन्छ।
यसैको अर्को मोडल छ क्याफेमान्डू, जुन क्याफेओफिलिया भन्दा केही सस्तो र लोकल खानाको प्रवर्धन गर्दै बनाइएको क्याफे मोडल हो। क्याफेमाण्डूमा बियर र वाइन पाइन्छ तर क्याफेओफिलियामा जस्तो ककटेल पाइन्न।
अर्को मोडल हो पिकोलो, जहाँ कफी र बेकरी आइटम मात्र पाइन्छ। यी तीन वटै ब्राण्डलाई विविध मान्छेका विविध आवश्यकतालाई हेर्दै बनाइएको शशांकले बताए। ३० लाखदेखि ३ करोडसम्म खर्चेर यी तीन स्तरका ब्राण्डलाई आउटलेटमा बदल्न सकिने अवधारणामा शशांक काम गरिरहेका छन्।
‘हालसम्म स्पेसियालिटी मार्केटमा कफीको फ्रेन्चाइज गर्ने कोही छैन। नेपाल आफैं कफी उत्पादन गर्ने देश हुँदा पनि नेपालीहरुले राम्रो कफी खान पाइरहेका छैनन्। हामी अहिले पनि राम्रो गुणस्तरका कफी निर्यात गर्छौ। बरु बाहिरका ठिकैको गुणस्तर भएका कफी नेपाल ल्याइरहेका छौं। हामी आफ्नै कफीलाई अहिलेभन्दा अझ बढी भ्यालुमा बेच्न सक्छौं। उपभोक्तालाई अहिलेको भन्दा राम्रो गुणस्तरको कफी खुवाउन सक्छौं। यसैमा काम गर्नका लागि म अब पूरै समय कफीमा छु।’- उनले भने।
शशांकको बुझाइमा कुनै पनि कफी नराम्रो भन्ने हुँदैन। तर कुन भेराइटी कहाँ उत्पादन भएको हो कुन उचाइ र कुन हावापानीमा उत्पादन भएको हो भन्नेले त्यसको गुणस्तरमा भने फरक पर्न जान्छ। नेपालमा फल्ने कफीमा अरेबिका रोबस्टा जस्ता जातका कफी प्रजाति छन् जसभित्र पनि बरबन कटुरा पाकामारा टिपिका जस्ता फ्यामिली हुन्छन्। अझ भित्र जाँदा त्यसका पनि हाइयर ग्रेड र लोअर ग्रेड हुन्छन्। त्यसैले तीतो कफी भन्नुभन्दा पनि कफीका फरक फरक स्वाद हुन्छन्।
नेपाली किसानले अहिलेसम्म आम कफीकै रुपमा दाना बेचिरहेका छन्। तर, त्यसको पनि वर्गीकरण गर्दै स्पेसियालिटी कफीका रुपमा प्रोसेस गर्दा किसानहरुले अहिलेभन्दा बढी पैसा पाउँछन्।
उनी भन्छन्-‘कफी खाइसकेपछि मुखमा त्यसको गुलियो पन वा मिठास बसिरहनुर्छ। अमला खाएपछि पानी पिउँदा पाइने मिठास जस्तै बसिरहनुपर्छ। तर भैदिन्छ तीतो।’- त्यो चाहिँ धेरै रोस्ट गर्दा त्यसको स्वीटनेस सबै डढेर तीतोमा परिणत भइसक्नुको असरले हो भन्छन् शशांक। क्याफेओफिलियामा प्रयोग हुने कफी मध्यममात्र रोस्ट हुन्छ। कफीको तीतो र गुलियोपनको फरक बुझ्नका लागि क्याफेओफिलिया पुग्नैपर्ने हुन्छ।
यहाँ कफीको एसिडिटी, बिटरनेस र स्वीटनेसलाई ब्यालेन्स गर्ने गरी रेसिपी तयार गरिन्छ।
‘कफी यौटै भए पनि त्यसलाई हामी जसरी स्टोर गर्छौं, प्रोसेस गर्छौं, जुन तापक्रममा ब्रु गर्छौं त्यसले स्वादमा धेरै फरक पार्छ। हामीकहाँ तीतो वा कडा कफी पिउने मान्छे आउँदैन। तर, यस्ता पारखीहरु हुनुहुन्छ जो स्पेसियालिटी कफी पिउनकै लागि बुटवलदेखि पनि आउनुभएको छ। दुई दिन अघि बुक गरेर पेमेन्ट गरेर विशेष कफीको माग गरेर आउने पनि हुनुहुन्छ।’- उनले सुनाए।
हाल नेपाली बजारमा मिडियम डार्क वा डार्क रोस्ट कफी पाइन्छ। तर क्याफेओफिलियामा मिडियम रोस्टभन्दा माथि जाँदैन कफीको स्वाद। त्यसैले त्यहाँ पाइने कफी तितो हुँदैन।
शशांक अब कम्युनिटी कफीमा होइन स्पेसियालिटी कफीमै काम गर्न चाहन्छन्।  उनलाई काभ्रे, गोर्खा, गुल्मीको कफी धेरै मन पर्छ।
‘स्टारबक्सले पनि हाइइण्ड कफी निकालेर बेच्न थालिसक्यो। भारतमै स्पेसियालिटी कफीले ३०० भन्दा बढी आउटलेट बनाइसकेको छ। विश्वभरमै हेर्दा स्पेसियालिटी कफी २०/३० प्रतिशत होला तर कुल कारोबार भने ५० प्रतिशत होला जुन असाध्यै राम्रो हो।’-उनले नेपालमा स्पेसियालिटी कफीको सम्भावना देखेरै यसमा होमिएको बताए।
शशांक नेपाली कफीकै बजार विस्तार गरिरहेका छन्। नेपाली किसानले अहिलेसम्म आम कफीकै रुपमा दाना बेचिरहेका छन्। तर, त्यसको पनि वर्गीकरण गर्दै स्पेसियालिटी कफीका रुपमा प्रोसेस गर्दा किसानहरुले अहिलेभन्दा बढी पैसा पाउँछन्। नेपाली कफी प्रवर्धन गर्दै विदेशमा निर्यात गर्ने कामका लागि पनि शशांकले किसानहरुसँग सहकार्य गर्न चाहिरहेका छन्।
शशांक भन्छन्- ‘नेपालले कफीमा हाइ स्कोर गरिसकेको छ। तर हामी यसमा पनि विवध प्रयोग गर्दै स्पेसियालिटी कफीलाई अन्तर्राष्ट्रिय मञ्चममा लैजान चाहन्छौं। मलाई त अन्तर्राष्ट्रिय स्पेसियालिटी कफी एसोसिएसनसम्म जानका लागि आवश्यक मापदण्डको कफी उत्पादन गरी वर्ल्ड कफी कम्पिटिसनमा गएर नेपाल चिनाउन मन छ।’
शशांक आफूलाई वर्कोहोलिक भन्न मन पराउँछन्। कहाँ के अवसर छ भनेर छोप्न उनी खप्पिस छन्। कोरोना महामारीको समयमा लकडाउनको दोस्रो दिनदेखि  नै उनले डोनट बनाएर बेच्न थालिसकेका थिए।
अण्डरग्राउण्ड ब्याण्डदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म
सानेपामा जन्मिएका शशांकको बाल्यकाल तराईमा धेरै बित्यो। बुवा सचेत प्रभात श्रेष्ठ नेत्र विशेषज्ञ थिए। उनीहरु सानोमा बुवासँग धरान, लहान हुँदै पोखरा पुगेर एसएलसी र प्लस टु गरे। पढाइमा राम्रो विद्यार्थी भए पनि उनलाई कहिल्यै डाक्टर बन्न मन परेन।
बुवाले पनि उनलाई प्रेसर दिएनन्। बुवाले भनिरहे –’जे मन लाग्छ बन तर जुत्तै बनाए पनि सबैभन्दा राम्रो बनाउनुपर्छ है।’
पोखराको ग्लोबल स्कुलबाट एसएलसी सकेपछि उनको मन घुमघामसम्बन्धी डकुमेन्ट्रीले होटल म्यानेजमेन्टतिर मोडिदियो।
‘हाम्रो त घरमा सधैं औषधिको गन्ध आउने। सधैं बिरामीको वरिपरि मात्र बुवाको समय बित्थ्यो। बिरामीमात्र देखेर हुर्किएको मलाई बुवाजस्तो बन्नु थिएन। म त टीभीमा घुमघाम र खानाका कार्यक्रम असाध्यै हेर्थें। त्यस्तै बन्न मन लाग्थ्यो।’- होटल म्यानेजमेन्ट पढ्नुका कारण उनले यसरी खुलाए।
शशांक आफूलाई वर्कोहोलिक भन्न मन पराउँछन्। कहाँ के अवसर छ भनेर छोप्न उनी खप्पिस छन्। कोरोना महामारीको समयमा लकडाउनको दोस्रो दिनदेखि  नै उनले डोनट बनाएर बेच्न थालिसकेका थिए। लकडाउनका बेला खाद्यान्न पसल जाँदा पाउरोटी किन्नेको लाइन देख्दा उनलाई यो आइडिया फुरेको थियो। डोनट बनाउन जानेका एक दाईसँग म्यासेन्जर भिडियोमा सिक्दै बनाउँदै गरेर उनले बजारमा डोनट पठाए। राम्रै बजार पाएको उनको किचेन उद्योग ‘टेस्टी डोनट’ का नाममा अहिले पनि उनले त्यसलाई निरन्तरता दिइरहेका छन्।
‘मैले जुन प्रेसरमा काम गरें। त्यो प्रेसरले नै मलाई आजको दिनसम्म खट्न सिकाएको छ। यति खटेर मात्र म आफूलाई उद्यमीका रुपमा सोच्न थालेको छु।’-उनले भने।
जे गर्ने हो त्यसैमा भिजेर काम नगरे सफल भइन्न भन्छन् शशांक -‘टेस्टी डोनट बनाएर पिपिइ लगाएरै बेच्न गएको थिएँ म। पहिल्यै बनाउन जानेर होइन। सिक्दै बनाउँदै बेच्नेसम्मको काम आफैंले गरें। आफूले नजानी म कुनै पनि काम गर्दिन। जुनसुकै व्यापार होस् पहिले आफूले जान्नुपर्छ। कफीकै लागि पनि मैले रोस्टिङ सिक्न गएँ। आफु रोस्टर भएर मात्र मैले खोलेको हो क्याफेओफिलिया। यहाँ किचेनमा पनि मैले आफैले पकाएर देखाइदिन्छु। रक्सीदेखि कफीसम्म बनाउँछु म। लिडर भएपछि सबै जान्नुपर्छ।’
इन्टरनेशनल क्लबमा जीएम हुँदा पनि ब्यांङक्वेट ह्याण्डल गर्दा बिहान ३ बजे गएर अर्को दिनको १ बजेसम्म खटेर काम गरेको उनले सुनाए। ‘मैले जुन प्रेसरमा काम गरें। त्यो प्रेसरले नै मलाई आजको दिनसम्म खट्न सिकाएको छ। यति खटेर मात्र म आफूलाई उद्यमीका रुपमा सोच्न थालेको छु।’-उनले भने।
कलेज पढ्दै काममा लागेका शशांक त्यतिबेला एक्स्ट्रिम मेटल ब्यान्ड विनासका मेम्बर पनि थिए भन्दा पत्याउनै गाह्रो पर्छ। नाथममा ब्याचलर पढ्दा नै उनीहरुले ‘सेभेन्टी टु आवर्स’ भनेर ब्याण्ड खोलेका थिए, जसले पछि गएर विनाशका रुपमा आफूलाई चिनायो। उनीहरुले धेरै अण्डरग्राउण्ड कन्सर्टहरु पनि गर्थे।
‘अब त समय धेरै फरक भइसक्यो’- उनले आफू भिजेको संगीतको सम्झना त गरे तर अब फेरि गिटार समाउने त्यही समय फर्किएर आउला नआउला!
उनी आफ्नो लक्ष्यमा  स्पष्ट छन्-‘गुणस्तरमा सम्झौता नगरी नेपाली स्पेसियालिटी कफीलाई अन्तर्राष्ट्रिय बजारमा लैजानु छ। अबको १० वर्षमा कम्तीमा १०० आउटलेट नेपाल बाहिर नै खोल्छु।’
कुशल व्यवस्थापक बनेर विभिन्न फूड एण्ड वेभरेजका प्रोजेक्टलाई सफलता दिलाएका शशांक अहिले उठेदेखि नसुतेसम्म कफी नै सोच्छन्। क्याफेओफिलिया उनकै भनाईमा यतिबेला उनको प्यासन हो।
अहिले उनी त्यसकै आधार नेपालमै तयार पारिरहेका छन्। काठमाडौं कफीले ललितपुरमा नेपालकै सबैभन्दा ठूलो रोस्टर फ्याक्ट्री निर्माण गरिरहेको छ। आइएसओ सर्टिफिकेट लिनेदेखि ट्रेडमार्क र ब्राण्डमा काम गर्ने र स्पेसियालिटी कफीमै जमेर काम गर्ने योजना भएको उनले बताए।
भारत, अष्ट्रेलिया र अमेरिकासम्म क्याफेओफिलियालाई विस्तार गर्नेसम्मका स्टडी उनी गरिरहेका छन्। उनको आत्मविश्वासले नै भन्छ उनी नेपाली कफीको बजारमा लामो रेसको घोडा बनेर आएका छन्। उनी आफ्नो लक्ष्यमा  स्पष्ट छन्-‘गुणस्तरमा सम्झौता नगरी नेपाली स्पेसियालिटी कफीलाई अन्तर्राष्ट्रिय बजारमा लैजानु छ। अबको १० वर्षमा कम्तीमा १०० आउटलेट नेपाल बाहिर नै खोल्छु।’
The post बाजेको सेकुवालाई अमेरिकामा जमाएका शशांक क्याफेओफिलियालाई स्टारबक्सजस्तै बनाउन चाहन्छन् appeared first on BIZMANDU.