काष्ठमण्डप डेभलपमेन्ट बैंकमा सुन कर्जा, ऋणको व्याज १५ प्रतिशत

बिजमाण्डू
२०६९ असार २२ गते ००:०० | Jul 6, 2012

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले सुन धितो कर्जा योजना ल्याएको  छ । पैसा आवश्यक भएर सुन तथा सुनका गहना धितोमा बैंकले सस्तो ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । यस्तो ऋणको ब्याज मासिक रुपमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । ऋणको व्याज दर १५ प्रतिशत हुने छ ।
बैंकले विना झन्झट यस्तो ऋण उपलब्ध गराउने दावी गर्दै धितो मूल्यांकनको सय प्रतिशतसम्म ऋण दिने जनाएको छ । बैंकले आगामी मंगलबारबाट कालिमाटी शाखाबाट यो ऋण उपलब्ध गराउने छ ।

Tata
GBIME