काठमाडौं । चितवनको तास भन्ने वितिकै भेटघाट रेष्टुरेन्टको नाम आउँछ । त्यही भेटघाट रेष्टुरेन्टको शाखा राजधानीको हनुमानथान नजिकै सञ्चालनमा आएको छ । खसीको मासुबाट तास बनाउने यो रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारीले नारायणगढको जस्तै तास रेष्टुरेन्ट सञ्चालनमा ल्याएको जानकारी दिए ।
