सामसुङको मोवाइलको स्मार्ट क्याफे सञ्चालनमा, ५० क्याफे खोल्ने घोषणा

बिजमाण्डू
२०६९ असोज १ गते ००:०० | Sep 17, 2012
सामसुङको मोवाइलको स्मार्ट क्याफे सञ्चालनमा, ५० क्याफे खोल्ने घोषणा

काठमाडौं । सामसङले काठमाडौको न्युरोडमा स्मार्टफोन क्याफे सञ्चालनमा ल्याएको छ । यो क्याफेको सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेसका अध्यक्ष दीपक मल्होत्राले आइतबार उद्घाटन गरे ।
 यो क्याफे उद्घाटनको अवसरमा विभिन्न सामसङ मोबाइल खरिदमा ‘सरप्राइज गिफ्ट’ दिइने कम्पनीले जनाएको छ । मुलुकभर ५० वटा यस्ता स्मार्टफोन सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १५ वटा काठमाडौमा र बाँकी देशका अन्य स्थानमा खोलिनेछ ।

Tata
GBIME
Nepal Life