
काठमाडौं । प्रेष्टीज लुप मेटस्ले प्रेष्टीज स्कुटी फ्लोर मेट बजारमा ल्याएको छ । नेपाली बजारमा स्कुटीको बढदो खपतलाई दृष्टिगत गरि यस उद्योगले स्कुटी फ्लोर मेटको उत्पादन बजारमा ल्याएको हो । यस मेटको प्रयोगले स्कुटीलाई फोहर तथा धुलोबाट बचाई राख्नुको साथै यो विभिन्न रंगमा भएको हुँदा आकर्षणको लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो डिओ, प्लेजर स्कुटीहरुमा प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यो स्कुटी फ्लोर मेट सम्पूर्ण फर्निशिङ्ग पसलहरुमा पाईने पनि कम्पनीले जानकारी दिएको छ ।
विभिन्न रंगमा पाईने हुदा स्कुटीको रंग अनुसार यसलाई प्रयोग गर्न सकिन्छ भने यो पानीबाट खराब नहुनुका साथै यसलाई पानीले धुन पनि सकिन्छ । यस्ता खाले स्कुटी फ्लोर मेटको उत्पादन विश्व मै पहिलो रहेको कम्पनीको दाबी रहेको छ ।