काठमाडौं । कर्मचारी सञ्चय कोषले गत वर्ष विभिन्न स्रोतमा लगानी गरेर १० अर्ब ६० करोड रुपैयाँ आय गरेको छ । कोषले ऋण तथा लगानीबाट १० अर्ब ४९ करोड र अन्यमा गरेर ११ करोड ४० लाख आय गरेको हो । कोषको विभिन्न बैंकहरुमा २३ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ मुद्दति निक्षेपमा पैसा राखेको छ । सरकारी ऋण तथा बचतपत्रमा १४ अर्ब ९५ करोड र परियोजनाहरुमा १० अर्ब ९६ करोड रुपैयाँ लगानी गरेको छ ।
कोषसँग भएको कुल १ खर्ब २५ अर्ब ६८ करोड रुपैयाँमध्ये सवैभन्दा वढी खर्च सञ्चयकर्ता सापटीमा खर्चिएको छ । कोषले यसमा ६६ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ खर्चिएको हो । कोषमा बचत गर्नेहरुलाई उसले ८ प्रतिशत ब्याज दिइरहेको छ ।