स्टकले एभरेष्ट इन्सुरेन्सको कारोवार रोक्का गर्यो, प्रभु फाइनान्सको सेयर कारोवार खुल्यो

बिजमाण्डू
२०६९ भदौ २७ गते ००:०० | Sep 12, 2012
स्टकले एभरेष्ट इन्सुरेन्सको कारोवार रोक्का गर्यो, प्रभु फाइनान्सको सेयर कारोवार खुल्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बुधवार एभरेष्ट इन्सुरेन्सको कारोवार रोक्का गरेको छ भने प्रभु फाइनान्सको सेयर कारोवार खुला गरेको छ । एभरेष्ट इन्सुरेन्स बन्द गर्ने सञ्चालक समितिको निर्णय सार्वजनिक भएपछि एक्सचेञ्जले छानविन गर्न एभरेष्टको सेयर कारोवार बन्द गरेको हो ।
उता एक्सचेञ्जले मंगलवार कारोवार रोक लगाएको प्रभु फाइनान्सको सेयर कारोवार भने बुधवारबाट खोलिदिएको छ ।

Tata
GBIME
Nepal Life

सोमवार प्रभु फाइनान्सले घोषणा गरेको लाभांसको स्टकले गलत तथ्य सार्वजनिक गरेपछि छानविनका लागि दवाव परेको थियो । एक्सचेञ्जले सुरुमा प्रभुबाट लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांस दिने भन्दै निर्णय सार्वजनिक गरेको थियो । पछि स्टकले त्यसलाई सच्याउँदै प्रभुबाट १७ प्रतिशत बोनस सेयर लाभांस दिने सार्वजनिक गरेको थियो । स्टक एक्सचेञ्जले गलत सूचना दिएका कारण लगानीकर्ता मारमा परेको भन्दै छानविन गर्न दवाव परेपछि प्रभुको सेयर कारोवार रोक्का गरिएको थियो ।