नेपाली डिजाइनरको ड्रेसमा बेलायती युवराज्ञी सिंगापुरमा (तस्वीर समाचार)



बिजमाण्डू
२०६९ भदौ २७ गते ००:०० | Sep 12, 2012
नेपाली डिजाइनरको ड्रेसमा बेलायती युवराज्ञी सिंगापुरमा (तस्वीर समाचार)

काठमाडौं । सिंगापुरमा जन्मेका र नेपालमा हुर्केका प्रबल गुरुङ यतिबेला न्युयोर्क फेशन वीकका लागि अमेरिकामा व्यस्त छन्, तर उनको चर्चा बेलायत र सिंगापुरमा अझ बढी छ । नेपालीलाई गर्वको कुरा उनले डिजाइन गरेको ड्रेसमा मंगलवार बेलायती युवराज्ञी केट मिडलटन सिंगापुरमा प्रकट भइन ।
बेलायती युवराज विलियमसँग दक्षिणपूर्वी एशिया भ्रमणका क्रममा युवराज्ञी केट मंगलवार सिंगापुरमा थिइन् । युवराज दम्पत्तीले सिंगापुरमा त्यहाँका राष्ट्रपति टोनी ट्यानलाई उनकै निवासमा भेट गरेका थिए ।

टोनी ट्यानलाई भेट गर्न जाँदा युवराज्ञी केटले प्रवल गुरुङले डिजाइन गरेको वैजनी र हल्का खैरो रंगको प्रिन्टेड ड्रेस लगाएकी थिइन् । प्रवलको ड्रेसमा युवराज्ञी ‘सेन्सेसनल’ देखिएको बेलायती मिडिया डेलीमेलले लेखेको छ । उनको यो फेशन शैली ग्लोबल एक्सपोजरमा अमेरिकी तहा रहेको पनि बेलायती मिडियाले लेखेका छन् । प्रवलले डिजाइन गरेको ड्रेस लगाएर युवराज्ञीले सिंगापुरलाई सम्मान गरेकी छन्, डेली मेल लेख्छ किनभने नेपालमा हुर्केका प्रवल सिंगापुरमा जन्मिएका थिए । अमेरिकी राष्ट्रपति पत्नी मिशेल ओबामा, हलिउड नायिका सराहा जेसिका पार्करका लागि समेत डे«स डिजाइन गरिसकेका प्रवलको यो डिजाइन स्प्रिङ्ग/समर २०१२ मा सार्वजनिक भएको थियो । त्यतिवेला यो ड्रेसको मूल्य एक हजार सात ७० पाउण्ड दुई लाख ५० हजार नेपाली रुपैयाँ थियो । तर अहिले यो ड्रेसको मूल्य ७१० पाउण्ड झण्डै एक लाख नेपाली रपैयाँ पर्दछ ।

बैजनी र क्रिम रंगमा पुष्प मुद्रित यो ड्रेस उन र रेशमबाट तयार गरिएको हो । गलामा ‘बट्यु’ डिजाइन गरिएको यो ड्रेसको पछिल्लो भागमा चेन लगाइएको छ । हातको तीन चौथाई भाग छोप्को थियो । यो ड्रेससँगै युवराज्ञी केटले हिराको ब्रास्लेट पनि लगाएकी थिइन, जुन उनलाई युवराज विलियमले विवाह गर्दा उपहार दिएका थिए ।

युवराज्ञीले प्रवलको ड्रेस लगाएपछि उनले आफ्नो माइक्रोव्लगिङ साइट ट्वीटरमा खुशी व्यक्त गरेका छन् । म निक्कै खुशी छु, मलाई केहीले बाटोमा रोकेर केटको तस्वीर देखाए, जो हामीले डिजाइन गरेका थियौं ।

फेमस प्रवल : सन् २००९ मा न्युयोर्क फेसन वीकबाट आफ्नो अन्तराष्ट्रिय क्यारिअर सुरु गरेका प्रवल गुरुङ त्यतिवेलादेखि फेसन उद्ययोगका डार्लिङ भनेर चिनिन्छन्

सम्मान : युवराज्ञी केट र युवराज विलियम सिंगापुरका राष्ट्रपति टोनी ट्यान र उनकी श्रीमतीसँग राष्ट्रपति निवास इस्तानामा सामुहिक तस्वीर खिचाउँदै ।

प्रवलकी मोडल : प्रवल गुरुङले डिजाइन गरेको यो ड्रेस भिक्टोरिया सेक्रेटकी मोडेल कान्डिस स्वानेपोलले स्प्रिङ २०१२का लागि मोडलिङ गरेर तस्वीर खिचाएकी थिइन्, मंगलवार केटले यही डिजाइनको ड्रेस लगाएकी हुन्
 

Tata
GBIME
Zonsen