काठमाडौं । त्रिभूवन विमानस्थलबाट ‘सेटिङ’बाट कामदार पठाउने कार्य रोक्न उच्चस्तरीय कार्यदल बनाएपछि अध्यागमन र विमानस्थलका कर्मचारीले वैधानिक रुपमा जाने कामदारलाई दुःख दिन थालेका छन् । वैदेशिक रोजगार विभागबाट एकैलटमा अन्तिम स्विकृती लिएर गएका कामदारलाई विभिन्न वहाना बनाएर रोक्ने गरेको म्यानपावर व्यवसायीले बताएका छन् ।
एउटै अन्तिम स्विकृती लिएर गएका मध्ये केहीलाई विभिन्न वहानामा रोक्ने गरिएको छ, एक म्यानपावर व्यवसायीले भने, सेटिङबाट पैसा नपाएपछि वैधानिकतिर लागिरहेका छन् । उनका अनुसार यो समस्या बढी ‘लो कस्ट क्यारियएर’को टिकट लिएका कामदारलाई छ ।
वजेट एयरलाइन्सको टिकट लिएकाहरुलाई अनावश्यक रुपमा दुःख दिने गरिएको छ, उनले भने, यस्तो एयरलायन्सको टिकट रिफन्ड हुँदैन । त्यसैले उनीहरुले छानीछानी दुःख दिने गरेका हुन् ।
