नबिलको गतवर्षभन्दा दोब्बर लाभांस, २० प्रतिशत बोनस सेयर ४० प्रतिशत नगद

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012
नबिलको गतवर्षभन्दा दोब्बर लाभांस, २० प्रतिशत बोनस सेयर ४० प्रतिशत नगद

काठमाडौं । नबिल बैंकले गत वर्षको नाफाबाट वोनस सेयरसहित ६० प्रतिशत लाभांस दिने भएको छ । बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांस दिने निर्णय मंगलवार गरेको हो। नबिल बैंक  सञ्चालक समितिको आज बसेको बैठकले लाभांस सम्वन्धी प्रस्ताव पारित गरेको हो । बैंकले यो वर्ष ४० करोडले नाफा वढाएर निजी क्षेत्रमा सबैभन्दा बढी मुनाफा गर्ने बैंकका रुपमा स्थापित भएको छ ।
एक अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले कति लाभांश दिन्छ भन्नेमा सेयरधनीलाई ठूलो उत्सुक्ता छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३३ करोड नाफा गर्दा ३० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले नगद लाभांश मात्र दिएपछि साधारण सेयरधनीले बैंकको साधारणसभामा हल्ला गरेका थिए । वोनस सेयर माग गर्दै साधरण सभा एक पहिना स्थगित भएको थियो ।
बैंकले ४० प्रतिशत लाभांस र २० प्रतिशतको अनुपातमा वोनस सेयर दसैंअघि नै वार्षिक साधारणसभा गरेर बाँडन लागेको हो । नविलमा दुई करोड दुई लाख कित्ता सेयरमध्ये सर्वसाधारणको ३० प्रतिशत सेयर छ । बैंकले यस पटक व्याज,  डलर किनवेच र कसिमनमा आधारित आम्दानी वढाएको छ । यसले गर्दा सेयरधनीले पाउने लाभांससमेत वढेको हो ।

Tata
GBIME
Nepal Life