कस्तो छ हाम्रो दशैंनाेमिक्स?, केशव आचार्यको विश्लेषण

बिजमाण्डू
२०७१ असोज १२ गते ००:०० | Sep 28, 2014
कस्तो छ हाम्रो दशैंनाेमिक्स?, केशव आचार्यको विश्लेषण


हाम्रो करिब १८ खर्बको कुल गार्हस्र्थ उत्पादनमा झण्डै ४० प्रतिसत यही अवधिमा खर्च हुन्छ । यसको मतलव यी दुई महिनामा मात्रै सात सय अर्ब रुपैयाँ बजारमा जान्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । यसबाट कसले फाइदा लिन्छ भनेर पनि हेर्नुपर्छ । उपभोक्ताले टिकट काट्यो, त्यसमा कर लाग्छ । त्यो कर राज्यले पाउँछ । अलिकति नाफा व्यवसायीले लिन्छन् । अन्तिम मर्कामा उपभोक्ता नै पर्ने हो । दसैतिहार र छठ सकिँदासम्म सीमित आम्दानी गर्ने उपभोक्ता रित्तो बनिसकेका हुन्छन्, विषेशगरी जागिरेहरु

लत्ताकपडामा पनि ठूलो खर्च हुन्छ । तर लत्ताकपडामा भएको खर्च सिधा आयातमा जाने हो । कपडा त सबै आयात नै हो, हाम्रो उत्पादन छैन भन्दा पनि हुन्छ । यातायातमा पनि केही पैसा व्यवसायीको नाफामा जान्छ भने ठूलो हिस्सा पेट्रोलिय आयातमा खर्च हुन्छ । यो त अन्तराष्ट्रिय पुनर्वितरण भयो, राष्ट्रिय दायरा नाघ्छ । जान त जान्थ्यो, एकै पटक निकै ठूलो मात्रामा जान्छ

 

चाडपर्व, संस्कृति  सबै मानव जातिमा छ । हिन्दु, बुद्धिस्ट, मुस्लिम, क्रिष्चियनलगायत सबै धर्मालम्बिहरुले आआफ्नो चाडपर्व मनाउँछन् ।

Tata
GBIME
NLIC

राज्यले यस्तै चाडपर्वका अवसरमा भत्ता वा बोनस दिन्छन् । युरोपेली, पश्चिम अमेरिकी मुलुकमा पनि क्रिसमसको ठीक अघि बोनस दिने चलन छ । चाडपर्व मनाउनुलाई धर्म भन्दा पनि सस्कृति भन्दा उपयुक्त हुन्छ । नेपालमा दसैतिहार, छठलगायतका चाडपर्व निकै उत्साहपूर्वक मनाइन्छ, यसले अर्थतन्त्रमा पनि निकै ठूलो प्रभाव पार्छ ।

यस्ता चाडपर्व मनाउँदा मुलतः अर्थतन्त्रमाथि एकदम ठूलो परिवर्तन ल्याउँछ । सामाजिक र सस्कृतिले ल्याएको आर्थिक प्रभाव हो यो, आर्थिक प्रभावले बनाएको सस्कृति होइन । यसलाई उल्टोबाट बुझ्नु पर्छ, सामाजिक, सास्कृतिले अर्थतन्त्रमा परेको प्रभाव भनेर ।

सामाजिक रितिरिवाजले, संस्कारले हाम्रो अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भनेर हेर्नुपर्छ । हाम्रोमा मात्र होइन चीनको नयाँ वर्षलाई उदाहरणका रुपमा हेरौं न । चीनमा करोडौं मानिस एक ठाउबाट अर्को ठाउँमा जान्छन । रेल नै जाम भएका समाचार आउँछन् । यस्तो चाडपर्वले त्यहाँको अर्थतन्त्रमा पनि प्रभाव पारेको हुन्छ ।

हाम्रो तराईमा एउटा उखान छ, मैथली भाषामा, ‘दसेरामा दस आना, दिवालीमे छ आना, गयल पहडिया सोलै आना ।’ यसको अर्थ के हो भने वर्ष भरिमा १६ आना कमाउँछ, त्यसमध्ये १० आना दसैमा र ६ तिहारमा आना खर्च गर्छ । यही एउटा उखानले चाडबाडमा हामीले गर्ने खर्चलाई प्रस्ट पार्छ ।

यस्ता चाडवाडका सामजिक पक्ष एउटा छ, परिवारका सदस्यहरु भेटघाट गर्ने, एकैठाउ बस्ने, आफन्तहरुसँग भेट गर्ने लगायत छन् । सस्कृतिको यो एउटा वैज्ञानिक पक्ष हो । तर उपभोक्तावादले संसारभरलाई छोएको छ । उत्तर कोरियामा पनि जवरजस्ति रोकेर राखिएको मात्रै हो, खुल्ला छाड्ने हो भने त्यहाँपनि उपभोक्तावादले छाड्दैन ।

चाडपर्वमा उपभोक्तावादको ठूलो प्रभाव परिरहेको छ । नेपाल र भारतका केही स्थानमा दसै निकै धुमधामका साथ मनाइन्छ । भारतको बंगालमा दसै विषेशरुपमा मनाइन्छ । उत्तर विहारमा पनि दसै भव्य रुपमा मनाउने चलन छ । त्यहापनि दसैमा धेरै ठूलो खर्च गर्न चलन छ ।

उपभोक्ताबाट साँढे छ अर्ब रुपैयाँ त यातायात व्यवसायीमा जान्छ । केही रकम होटल व्यवसायीमा जान्छ । यो यति ठूलो पुनर्वितरण हो । एउटा व्यक्तिले तीन हजार खर्च गर्छ तर अर्थतन्त्रमा हेर्नुभयो भने नेपाल भित्र मात्रै न्युनतम छ अर्ब यातायात व्यवसायमा जान्छ । भारत र अन्य मुलुकबाट दसैतिहार मनाउन आउनेले गर्ने खर्चलाई समेत जोड्ने हो भने २१ अर्ब नाघ्छ
 

आर्थिक रुपमा यस्ता चाडपर्वले के प्रभाव पार्छ भने सबैभन्दा ठूलो पुर्नवितरण यही समयमा हुन्छ । चाडपर्व पछि अर्को पुनर्वितरणको समय भनेको किसानले खेति भित्र्याएपछिको हो । नगदमा हुने ठूलो पुनर्वितरण चाडपर्वकै बेला हो । कसरी पुनर्वितरण हुन्छ भनेर यहाँ हेरौ न ।

एउटा सहर काठमाडौंबाट मात्रै करिब १६ लाख मानिस बाहिरिन्छन भन्ने अनुमान छ । दसै मनाउन काठमाडौंबाट बाहिर जाने एकजना मानिसले सरदर तीन हजार खर्च गर्छ । यो आतेजाते हो । राजधानीको नजिकै जानेले अलिकम र धेरै टाढा जानेले तीन हजार भन्दा बढी खर्च गर्नुपर्छ । प्लेनबाट यात्रा गर्नेको त्यो भन्दा धेरै खर्च होला । त्यसैले औसतमा तीन हजार खर्च हुने अनुमान गर्न सकिन्छ ।

काठमाडौंबाट बाहिर जानेले मात्रै न्युनतम पनि पाँच अर्ब खर्च गर्छन । अन्य सहरहरु पोखरा, नेपालगञ्ज, विराटनगर, बुटवललगायतबाट पनि करिब चार लाख मासिन जातेआते गर्छन । उनीहरुको खर्च पनि तीन हजार रुपैयाँ नै होला भन्ने अनुमान गर्दा एक अर्ब २० करोड खर्च हुन्छ । त्यसैले स्वदेश भित्रकै यातायातमा मात्र करिब साँढे छ अर्ब रुपैयाँ खर्च हुन्छ । यो न्युनतम मात्रै हो ।

उपभोक्ताबाट साँढे छ अर्ब रुपैयाँ त यातायात व्यवसायीमा जान्छ । केही रकम होटल व्यवसायीमा जान्छ । यो यति ठूलो पुनर्वितरण हो । एउटा व्यक्तिले तीन हजार खर्च गर्छ तर अर्थतन्त्रमा हेर्नुभयो भने नेपाल भित्र मात्रै न्युनतम छ अर्ब यातायात व्यवसायमा जान्छ । त्यस्तै भारतमा काम गर्न गएका चार लाख भन्दा बढी मानिस दसै मनाउन नेपाल आउँछन । त्यहाँ आर्मीमा गोर्खा रेजिमेन्ट छ।

त्यहाँ पनि दसै मनाउन नेपालहरु जान्छन भन्ने थाहा छ । समग्रमा भारतबाट नेपाल आउनेले पनि प्रतिव्यक्ति तीन हजारकै दरमा यातायातमा खर्च गर्दा पनि एक अर्ब २० करोड हुन्छ । त्यसैले करिब साँढे सात अर्ब रुपैयाँ त यातायातमा मात्रै पुनर्वितरण हुन्छ ।

वैदेशिक रोजगारीमा भएका पनि दसै मनाउन नेपाल आउँछन् । सरकारी तथ्यांकले नै २० लाख नेपाली विश्व श्रम बजार छन भन्छ । यस बाहेक गैरकानुनी रुपमा गएका मानिस, अध्ययनका लागि गएका विद्यार्थी समेत गरी चार लाखको हाराहारीमा दसैको बेला स्वदेश फर्किन्छन् ।

यसरी आउनेले न्युनतम ५० हजार रुपैयाँ भन्दा बढी प्लेन भाडा खर्च गर्छन । यिनीहरुले गर्ने खर्च समेत जोड्दा यातायातमा मात्रै २१ अर्ब रुपैयाँ खर्च हुन्छ । प्लेनभाडा विदेशी एयरलाइन्सले पाउँछन् । उनीहरुले स्वदेश आइसकेपछि गर्ने खर्च यहीका व्यवसायीले पाउने हो । त्यसैले सबैभन्दा ठूलो पैसा यातायात व्यवसायमा जाने रहेछ ।

लत्ताकपडामा पनि ठूलो खर्च हुन्छ । तर लत्ताकपडामा भएको खर्च सिधा आयातमा जाने हो । कपडा त सबै आयात नै हो, हाम्रो उत्पादन छैन भन्दा पनि हुन्छ । यातायातमा पनि केही पैसा व्यवसायीको नाफामा जान्छ भने ठूलो हिस्सा पेट्रोलिय आयातमा खर्च हुन्छ । यो त अन्तराष्ट्रिय पुनर्वितरण भयो, राष्ट्रिय दायरा नाघ्छ । जान त जान्थ्यो, एकै पटक निकै ठूलो मात्रामा जान्छ ।

आन्तरिक बजारमा पनि पुनर्वितरण हुन्छ । यही बेला अर्बौको मासु खपत हुन्छ । सबै मासु आयात हुने होइन, केही स्थानीय उत्पादनको प्रयोग हुन्छ । जनकपुर नजिक सखुवा बजार छ, जुन वर्षै अघि देखि खसिका लागि नामुद बजार हो । गाउँ गाउँमा कुखुरा हासको व्यापार हुन्छ । आन्तरिक रुपमा हुने व्यापारका लागि यो उत्तम समय हो । यही समय गरेको व्यापारले बर्ष दिन धान्नेहरु पनि छन् । फलफूल, केरा, दुग्धजन्य उत्पादनको निकै ठूलो व्यापार यही बेला हुन्छ ।

त्यस्तै दक्षिणा, खाद्यान्न, घरको श्रृगार, पेय पदार्थलगायतमा पनि ठूलो खर्च हुन्छ । सरकारले मात्रै दसै अघि कर्मचारीलाई ११ अर्ब रुपैयाँ बाँडेको छ । निजीक्षेत्रबाट पनि कर्मचारीलाई चाडबाड भत्ता, बोनस दिइन्छ । यो अधिकांस पैसा बजारमै जाने हो । त्यसैले यो सबैभन्दा ठूलो पुनर्वितरण हो ।

पुनर्वितरण कसरी भने, राज्यले कर उठायो, त्यो करबाट कर्मचारीलाई तलव भत्ता दियो र कर्मचारीले त्यो पैसा फेरी बजारमा खर्च गरे र व्यवसायीकोमा पुग्छ । यसमध्ये केही पैसा आन्तरिक अर्थतन्त्रले लिन्छ केही बाहिरिन्छ । यो वितरणको चक्र हो ।

समग्रमा राज्य बाहेकको खर्चलाई हेर्ने हो भने कुल खर्चको ४० प्रतिसत असोज र कात्तिकमा मात्रै खर्च हुन्छ ।यो दसै अघिदेखि छठसम्मको खर्च हो । हाम्रो करिब १८ खर्बको कुल गार्हस्र्थ उत्पादनमा झण्डै ४० प्रतिसत यही अवधिमा खर्च हुन्छ । यसको मतलव यी दुई महिनामा मात्रै सात सय अर्ब रुपैयाँ बजारमा जान्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।

यसबाट कसले फाइदा लिन्छ भनेर पनि हेर्नुपर्छ । उपभोक्ताले टिकट काट्यो, त्यसमा कर लाग्छ । त्यो कर राज्यले पाउँछ । अलिकति नाफा व्यवसायीले लिन्छन् । उपभोक्ताले गरेको खर्चबाट यहाँ पुनिर्वितरण भयो । अन्तिम मर्कामा चाही उपभोक्ता नै पर्ने हो । दसैतिहार र छठ सकिदासम्म सीमित आम्दानी गर्ने उपभोक्ता रित्तो बनिसकेका हुन्छन्, विषेशगरी जागिरेहरु ।

लाभ चाही व्यवसायी र सरकारले लिन्छन् । दसैतिहार र छठमा हुने खर्चले मुलुककै अर्थतन्त्रलाई चलायमान बनाउँछ यो सबैभन्दा सकारात्मक पक्ष हो । उपभोक्ताले खर्च नगरेको कारण विश्वका ठूला अर्थतन्त्रहरुमा समस्या देखियो । सन् २००८मा देखिएको इकोनोमिक मेल्ट डाउन पछि युरोप र अमेरिकामा पनि उपभोक्ताले खर्च गरेनन्, त्यहाँ अझै अर्थतन्त्र सुदृढ भइसकेको छैन ।

दुई महिनाको अवधिमा यति ठूलो रकम खर्च हुन्छ तर यसलाई मुलुकभित्रै उत्पादन गर्ने पक्षमा चासो देखाएको छैन । रेमिटेन्सका कारण नेपालीहरुको खर्च गर्ने क्षमता बढेको छ । अहिले भएको खर्चले आयात मात्रै बढाएको छ । आन्तरिक उत्पादनमा योगदान पुगेको छैन । यो चुहावट हो । नेपालीले दुई महिनामा खर्च गर्ने करिब सात खर्ब रुपैयाँको केही हिस्सा स्वदेशी उत्पादनलाई योगदान दिनेमा हुनुपथ्र्यो ।

हामी अहिले कुखुरामा आत्मनिर्भर छौ भन्छौ तर खुकुराको दाना आयातमा निर्भर छौं । खसिको मासु, राँगालगायतमा आत्म निर्भर हुन सकिन्छ । त्यस्तै अन्य कृषिजन्य उत्पादनमा पनि आत्मनिर्भर हुन सकिन्छ । सरकारले गर्ने भनेको यही हो ।

एकैपटक सबै पैसा स्वदेशमै राख्न सकिन्छ भन्ने होइन, सात खर्बको आधा भएपनि आन्तरिक उत्पादनसँग जोड्नु पर्छ । चाडबाडमा खर्च हुने पैसालाई आन्तरिक उत्पादनसँग जोड्न सकियो भने त्यसको मल्टिप्लायर इफेक्ट हुन्छ । रोजगारी सिर्जना हुन्छ, राजस्व बढ्छ, रेमिटेन्सको निर्भरता घट्दै जान्छ । रेमिटेन्स दीर्घकालिन श्रोत होइन ।

बजारमा पैसा खर्च हुनुलाई सकारात्मक हो । यसले अर्थतन्त्रलाई भाइब्रेन्ट बनाउँछ । तर, उपभोक्ताले खर्च गरेको यो पैसाले आन्तरिक उत्पादनमा बल पुग्नुपर्छ । अहिले त हामीले खर्च गरेको पैसा आयातमै सकिएको छ ।
राजनीतिक दलका नेता, मन्त्री, नागरिक समाजका अगुवा लगायतले दसैतिहार मनाउँदा भड्किलोपन देखाउँनु हुदैन ।

उनीहरु समाजका अगुवा हुन् । उनीहरु रोलमोडल बने अनावश्यक खर्च गर्ने प्रबृत्ति हट्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उदाहरण बनेर देखाउँदै छन् । उनी नवरात्र भर कागती पानी खाएर बस्दैछन् । हाम्रा नेता, प्रधानमन्त्री तथा मन्त्रीहरु, नागरिक समाजका अगुवाहरुले पनि उदाहरणीय काम गर्नुपर्छ ।

(अर्थविद् आचार्यसँग गरिएको कुराकानीमा आधारित)