काठमाडौं। प्रोग्रेसिभ फाइनान्सको हकप्रद सेयरले इक्रा नेपालबाट ग्रेड फाइभ रेटिङ पाएको छ । प्रोग्रेसिभ फाइनान्सले निष्कासन गर्न लागेको नौं लाख कित्ता हकप्रद सेयर यस्तो रेटिङ पाएको हो । यस्तो रेटिङले आधरभुत पक्ष कमजोर रहेको उल्लेख गर्छ ।

कम्पनीको प्रतिसेयरको अंकित मूल्य एक सय रुपैयाँ हुने छ । दोस्रो बजरमा कम्पनीको सेयर एक सय ४६ रुपैयाँमा किनबेच भइरहेको छ । इक्राले कम्पनीको खराब कर्जा २० प्रतिशत हुनु, कम मुनाफा दर (मुनाफा/औसत कुल सम्पत्ती अनुपात ०.२२ प्रतिशत र मुनाफा/नेटवर्थ अनुपात ०.१४) हुनुलाई नकारात्मक पक्षको रुपमा लिएको छ । कम्पनीको चैतसम्मको वित्तीय विवरणको आधारमा यस्तो मुल्यांकन गरिएको हो । आम्दानीको स्रोत विविधिकरण नहुनु, कुल कर्जाको ४७ प्रतिशत रकम मुख्य २० ग्राहकमा प्रवाह हुनु, सस्तो व्याजदरमा पाइने पूँजी(निक्षेप)को हिस्सा कम हुनु पनि नराम्रो पक्षको रुपमा लिइएको छ ।

कम्पनीको प्रतिसेयरको अंकित मूल्य एक सय रुपैयाँ हुने छ । दोस्रो बजरमा कम्पनीको सेयर तीन सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । इक्राले एकै जिल्लामा कम्पनीको कार्यक्षेत्र सिमित हुनु, आम्दानीको स्रोत विविधिकरण नहुनु नकारात्मक पक्षको रुपमा रहेको छ । कम्पनीको चैतसम्मको वित्तीय विवरणको आधारमा यस्तो मुल्यांकन गरिएको हो ।
तर कम्पनीको सस्तो व्याजदरमा पाइने पूँजी(निक्षेप)को हिस्सा ६० प्रतिशत हुनु राम्रो रहेको उल्लेख गरेको छ । बिकास बैंकहरुमा नै औसतमा यस्तो न्षिेपको हिस्सा ५५ प्रतिशत रहेको छ । खुद व्याज मर्जिन तीन देखि साढे तीन प्रतिशत राख्न सक्नु र तीन बर्षदेखि जोखिम भारित पूँजी पर्याप्तता अनुपात १५ प्रतिशत राख्न सक्नुलाई पनि सकरात्मक मानेको छ । कम्पनीको खराब कर्जा १.४८ प्रतिशत रहेको उल्लेख छ ।