गैरकानुनी डिटिएच वैध बनाउने योजना, २९९९ मा नयाँ स्मार्टबक्स



बिजमाण्डू
२०६९ असार २० गते ००:०० | Jul 4, 2012

काठमाडौं । डिस मिडिया नेटवर्कले नेपालमा रहेका गैरकानुनी विदेशी डिटिएच फिर्ता गरेर वैध बनाउने योजना ल्याएको छ ।  कम्पनीले गैरकानुनी विदेशी डिटिएच चलाइरहेका उपभोक्ताले आफ्नो स्मार्टबक्स बुझाएर २ हजार ९ सय ९९ मा नयाँ स्मार्टबक्स लिन पाउने सुविधा दिएको छ ।
यो योजनामा सहभागी हुने उपभोक्ताले एक महिनाको मासिक शुल्क तिर्नुपर्दैन । कम्पनीले ‘असल नागरिकको परिचय दिऔं, स्वदेशी डिटिएच प्रयोग गर्ने बानी बसालौ’ भन्ने नारा पनि ल्याएको छ । यो सेवा लिएपछि गैरकानुनी सेवामा जस्तो रिचार्च गर्न भारत जानुपर्दैन् ।

Tata
GBIME
Zonsen