पल्सरको स्टाइलिस एनएस मोडल काठमाडौंमा, मूल्य दुई लाख ६५ हजार

बिजमाण्डू
२०६९ भदौ २० गते ००:०० | Sep 5, 2012
पल्सरको स्टाइलिस एनएस मोडल काठमाडौंमा, मूल्य दुई लाख ६५ हजार


काठमाडौं । युवालाई लक्षित गर्दै स्टायलिस लुकको बजाज मोटरसाइकलको पल्सर– २०० एनएस मोडेल नेपाली बजारमा आएको छ । बजाज मोटरसाइकलको अधिकृत विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले मंगलबार औपचारिक कार्यक्रम गरेर नेपाली बजारमा बिक्री सुरु गरेको हो । कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले युवापुस्तालाई लक्षित गरेर स्टाइलिस बाईक नेपाली बजारमा ल्याएको बताए ।

दुई लाख ६४ हजार ९ सय रुपैयाँ राखिएको यो मोटरसाइकलमा ‘एसओएचसी फोर भल्भ ट्रिपल स्पार्क इन्जिन’ जडान भएको छ । यही प्रविधि जडान भएकोले अरु वाइकको तुलनामा छिटो चलाउन सकिने कम्पनीको दावी छ । यो इन्जिनले ‘ट्विन स्पार्क इन्जिन’ भन्दा २७ गुणा र ‘सिंगल स्पार्क इन्जिन’ भन्दा ५० गुणा बढी छिटो गति दिने कम्पनीले जनाएको छ ।
यो वाइकमा ६ स्पिड गेयर बक्स रहेको छ । कम्पनीका अनुसार पहिलानै पल्सर मोडेलका १ लाख भन्दा बढी मोटरसाइकल बिक्री भइसकेका छन् । हामी स्पोर्टस वाईकमा नम्बर १ छौ, गोल्छाले भने, स्पोर्टस वाइकमा हाम्रो हिस्सा ५५ प्रतिशत भन्दा बढी छ । यसलाई यो वाइकको बिक्रीपछि थप बढाउनेछ ।

Tata
GBIME