
काठमाडा । चिलिमे जलविद्युत आयोजनालाई उत्तरगंगा जलशाययुक्त जलविद्युत आायोजना निर्माण गर्न सरकारले प्रस्ताव गरेको छ । चिलिमेले बागलुङ बुर्तिवाङमा पर्ने ३०९ मेगावाटको यो परियोजना निर्माणका लागि विद्युत विकास विभागमा निवेदन समेत दिइसकेको छ ।
कम्पनीले यस अघि २२ मेगावाटको चिलिमे आयोजना निर्माण गरिसकेको छ भने चार नयाँ आयोजना निर्माण चरणमा छन् । कम्पनीले माथिल्लो साञ्जेन, तल्लो साञ्जेन, रसुवागढी र मध्यभोटेकोसी गरी २७० मेगावाट क्षमताका परियोजना निर्माण गरिरहेको छ । ऊर्जा सचिव हरिराम कोइरालाले उत्तरगंगाको लाइसेन्स चिलिमेलाई दिन सरकार तयार रहेको जानकारी दिए ।
विद्युत प्राधिकरणको समेत सेयर स्वामित्व भएको चिलिमेले स्थानीय बासिन्दा, विदेशी साझेदारलाई सहभागी गराएर आयोजना विकास गर्न सक्ने जानकारी दिए । उनले आयोजना निर्माणका लागि चिलिमे सक्षम कम्पनी भएको पनि उनले बताए । चिलिमे आयोजनालाई आइएसओ गुणस्तर प्रमाणपत्र वितरण कार्यक्रममा कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङले उत्तरगंगाका लागि लगानी जुटाउन कुनै समस्या नभएको बताए । अहिले निर्माण चरणमा रहेका सबै आयोजना सन् २०१५ भित्र पुरा भएपछि उत्तरगंगालाई लगानी जुटाउन कम्पनीलाई समस्या हँदैन, उनले भने ।
चार आयोजनाको निर्माणपछि कम्पनीमा नगद प्रवाहको कुनै पनि कमि नहुने हुने उनले जानकारी दिए । चिलिमेबाट भइरहेको नगद प्रवाह, स्वदेशी तथा विदेशी लगानीकर्ता, स्थानीय बासिन्दा र सर्वसाधारणलाई सहभागी गराएर उत्तरगंगा निर्माण गर्ने योजना कम्पनीको छ, उनले भने ।
परियोजनाको विस्तृत अध्ययन गर्न दुई वर्ष लाग्ने जानकारी दिंदै उनले सन् २०१५ बाट निर्माण सुरु गरे २०२० मा आयोजना बनिसक्ने जानकारी दिए । सन् २००४ मा विद्युत प्राधिकरणले गरेको पूर्व सम्भाव्यता अध्ययनमा आयोजनाको अनुमानित लागत ६३ करोड डलर (५६ अर्ब रुपैया“) छ । परियोजनाबाट सात महिना २४ सै घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ भने वर्षातको पानी जम्मा गरेर हिउ“दामा आयोजना पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
आयोजनाको प्रस्तावित विद्युत गृहसम्म मोटरबाटो पुगिसकेको छ भने बा“ध स्थलसम्म पुग्न करिव २० किलोमिटर बाटो निर्माण गर्नु पर्छ । आयोजनाबाट उत्पादित विद्युत २५ किलोमिटर प्रसारण लाइन निर्माण गरेर बुर्तिवाङमा जोड्नुपर्दछ । आयोजनाबाट निसि र बोबाङ गाविसका साढे पा“च सय घरधुरी विस्तापित हुनेछन् ।