प्रियंका चोपडा बनिन् डाबर आंवला केस तेलको ब्राण्ड एम्बेसडर

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
प्रियंका चोपडा बनिन् डाबर आंवला केस तेलको ब्राण्ड एम्बेसडर

नयाँदिल्ली । डाबर इण्डियाले डाबर आंवला केस तेलका लागि बलिउड नायिका प्रियंका चोपडालाई ब्राण्ड एम्बेस्डर बनाएको छ । अब नायिका चोपडा डाबरको नयाँ पहिचानका रुपमा रहने छिन् । ६० वर्ष पुरानो यो कम्पनीले सर्वसाधरणसँग कम्पनीलाई जोडिरहन प्रियंकालाई ब्राण्ड एम्बेसडर बनाएको हो
भारतमा यो कम्पनीले वार्षिक पाँच अर्ब भारुको तेल विक्री गर्दै आएको छ । तेल बजारमा डाबरको हिस्सा सबैभन्दा बढी छ । नेपालमा डाबरले प्रो स्टाइल हेयर आयल उत्पादन तथा विक्री गर्दछ ।

Tata
GBIME
Nepal Life