एनआरएन सम्मेलनबाट फर्किए गभर्नर, रेमिट्यान्स वैधानिक बाटोबाट पठाउन सुझाव

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
एनआरएन सम्मेलनबाट फर्किए गभर्नर, रेमिट्यान्स वैधानिक बाटोबाट पठाउन सुझाव

काठमाडौं । गैर आवासिय नेपालीको अष्ट्रेलियामा आयोजना गरिएको क्षेत्रीय सम्मेलनमा भाग लिएर गभर्नर डा. युवराज खतिवडा स्वदेश फर्किएका छन् । सम्मेलनमा गभर्नर खतिवडाले नेपालमा लगानीको वातावरण सुदृढ बन्दै गएको जानकारी दिंदै गैर आवासीय नेपालीलाई लामो छलफल र बहस गर्नभन्दा ठोस लगानी गर्न आग्रह गरेका थिए ।
सम्मेलनमा लगानीका सम्भावना र चुनौती सम्बन्धी सत्रको अध्यक्षता गर्दै उनले नेपालमा पर्यटन, विद्युत, व्यावसायिक कृषि, आवास, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न आकर्षक वातावरण रहेको बताएका थिए । सम्मेलनको समापन कार्यक्रममा खतिवडाले नेपालका आर्थिक परिसूचकहरु बलिया रहेका, करका दरहरु प्रतिष्पर्धी रहेका, विदेशी विनिमय प्रणाली पनि उदार बन्दै गएको बताएका थिए ।
उनले नेपालमा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको, मुद्रास्फिति पनि एक अङ्कमा रहेको र पूँजीबजार सुदृढ हुँदै गएकाले लगानीको उच्च प्रतिफलका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताएका थिए । उनले वैधानिक बाटोबाट विप्रेषण पठाउन पनि गैरआवासिय नेपालीलाई आग्रह गरेका थिए ।

Tata
GBIME
Nepal Life