सोमवार सुन केही सस्तियो, एक सय २२ रुपैयाँ घटेर ५९ हजार आठ सयमा कारोवार

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
सोमवार सुन केही सस्तियो, एक सय २२  रुपैयाँ घटेर ५९ हजार आठ सयमा कारोवार

काठमाडौं । सोमबार सुन प्रति तोलामा एक सय २२ रुपैयाँ घटेर कारोवार भएको  छ । नेपाल सुन चाँदी व्यवसाय संघले सोमवारको लागि छापावाला सुन प्रति तोला ५९ हजार सात सय ७८ रुपैयाँ तोकेको छ । साताको पहिलो दिन आइतवार सुनको मूल्य एकै दिनमा नौ सय रुपैया बढेर अहिले सम्मकै उच्च विन्दु ५९ हजार नौ सय रुपैयामा कारोवार भएको थियो
सुनको मूल्यले नया रेकर्ड बनाउने क्रम जारि राखेता पनि केहि दिन यता  मूल्यमा भने   उतारचढाव आइरहेको छ । गत साताको सुरुमा उकालो लाग्दै नया रेकर्ड बनाउन सुरु गरेको सुनको मुल्य साताको मध्यतिर केहि तलमाथि भएको थियो त्यस्तै यस साताको पहिलो दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेतापनि सोमवार भने केहि घटेको छ ।
सोमवार चाँदीको मुल्य स्थीर रहदै प्रति तोला एक हजार एक सय ४५ रुपैयामा कारोवार भएको छ । आइतवार चाँदी तोलामा चालिस रुपैयाँ बढेको थियो

Tata
GBIME
Nepal Life