नाडा अटो शो असोज पहिलो साता, सवारी साधन किन्ने उपयुक्त मौका

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
नाडा अटो शो असोज पहिलो साता, सवारी साधन किन्ने उपयुक्त मौका

काठमाडौ । तपाई सवारी साधन किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ केही दिन पर्खिनुहोस् । असोज पहिलो साता राजधानीमा सवारी साधनको मेला हुँदैछ । मेलामा विभिन्न सवारी साधनमा आर्कषक छुट दिइनेछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन(नाडा)ले यो वर्ष पनि अटो शो गर्दैछ ।
सवारी साधनको बिक्री घटेको बेलामा हुन लागेको यो मेलाले व्यापार बढाउने अपेक्षा आयोजकले गरेका छन् । मेलामा १ सय भन्दा बढी स्टल रहनेछ । मेलामा नेपालमा बनेका सवारी साधन र सवारीजन्य वस्तुका लागि छुट्टै प्याभेलियन राखिने आयोजकले बताए । मेलामा २४ वटा सवारी साधन कम्पनीसहित विभिन्न् ४३ कम्पनी हुनेछ । मेला ५० हजार भन्दा बढीले अबलोकन गर्ने आयोजकको दावी छ । मेलामा सडक, सुरक्षा र हरित सहरबारे जनचेतना जगाउने आयोजकले बताएका छन् ।

Tata
GBIME
Nepal Life