नेपाल बैंकले सुरु गर्यो कृषि कर्जा सुविधा, बैंकका २२ शाखाबाट १२ प्रतिशत व्याजमा ऋण

बिजमाण्डू
२०६९ भदौ १८ गते ००:०० | Sep 3, 2012
नेपाल बैंकले सुरु गर्यो कृषि कर्जा सुविधा, बैंकका २२ शाखाबाट १२ प्रतिशत व्याजमा ऋण


काठमाडौं । नेपाल बैँक लिमिटेडले उधमशिल कृषकहरुका लागि ‘कृषि कर्जा सुविधा’ उपलब्ध गराउने भएको छ । कृषि कर्जा सुविधा बैंक व्यबस्थापन समितिका संयोजक प्रा. डा. देवराज अधिकारीले पाँचखाल काभ्रेका उधमशिल किसानलाई वितरण गरि शुभारम्भ गरे ।
संयोजक अधिकारीले नेपाल बैंकले उधमशील किसानको सम्मान गर्दै कृषि कर्जा सुविधा योजना शुरु गरेको जानकारी दिए । कार्यक्रममा बैक व्यबस्थापन समुहका संयोजक, महेश्वरलाल श्रेष्ठले नेपाल बैंकले शुरु गरेको कृषि कर्जा सुविधाबाट रोजगरिका अबसरहरु सृजना हुने बताए ।
कर्जा योजना अन्तर्गत उधमी कृषकहरुलाई कृषिजन्य व्यवसाय, उधोग, र कृषि जन्य उत्पादनहरुको व्यापार, बिक्रि–वितरणको लागि अल्पकालिन तथा दीर्घकालिन कर्जा सुविधा प्राप्तहुने जानकारी पनि उनले दिए ।
बैंकका कामु महाप्रबन्धक लक्ष्मीराज पौडेलले पहिलो चरणमा बैंकका २२ वटा शाखाबाट कृषि कर्जा सुविधा उपलब्ध भैरहेको जानकारी दिए । किसानलाई सरल, छिटो–छरितो तरिकाले कर्जा सेवा उपलब्धहुने र कृषकहरुको माग र आबश्यकता अनुसार थप शाखाहरुबाट समेत कृषि कर्जा सुविधा विस्तार गर्दै जाने उनले बताए ।
कृषि कर्जा योजना अन्तर्गत उधमीहरुले व्यवसायको सम्भाव्यता र आबश्यकताको आधारमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कृषि कर्जा सुविधाको व्याजदर बार्षिक १२ प्रतिशत रहेको छ । उद्योग बाणिज्य संघ काभ्रे, पाँचखालका संयोजक राजन कार्की, व्यापारी बलराम सापकोटा लगायतले  पाँचखालबाट नेपाल बैंक लिमिटेडले कृषि कर्जा सुविधा शुभारम्भ गरेकोमा बधाई दिए ।

Tata
GBIME
Nepal Life