नाम बदनाम गरेर करोड कमाउने निलो चलचित्रका नायिकाहरु (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ भदौ १७ गते ००:०० | Sep 2, 2012
नाम बदनाम गरेर करोड कमाउने निलो चलचित्रका नायिकाहरु (तस्वीर समाचार)


युयोर्क । नाम बदनाम गरेर कति कमाउँछन् सेलिब्रेटी पोर्नस्टार ? इन्टरनेटमा सम्भवत सबैभन्दा बढी खोजिने विषयमध्ये एक यो पनि हो । वर्षमा १५ अर्ब डलरको कारोवार गर्ने निलो चलचित्र उद्योगमा हजारौं युवायुवती सक्रिय छन् ।

Tata
GBIME
Nepal Life

तीमध्ये सबैभनदा धेरै आम्दानी गर्ने सेलिब्रेटी पोर्नस्टारको सुची बनाउनु चानचुने काम भने होइन् । सेलिब्रेटी नेटवर्थले पहिलोपटक निलो चलचित्रमा करोडौं डलर आम्दानी गर्नेको सूची बनाएको छ ।

२० बढी आम्दानी गर्ने सेलिब्रेटीको संयुक्त सम्पत्ती मात्रै एक अर्ब १५ करोड डलर बराबर छ । सबैभन्दा बढी आम्दानी गर्ने २० जनाको सूचीमा जम्मा पाँच पुरुष मात्र छन् भने १० बढी कमाउनेको सूचीमा तीन जना पुरुष छन्, सात जना महिला छन् ।

सबैभन्दा धेरै आम्दानी गर्ने पोर्नस्टारको सूचीमा भारतीय मुलकी क्यानेडली पोर्न स्टार सनि लियोने १९ औं नम्वरमा छन् । भारतमा निक्कै लोकप्रिय सन्नी लिओनेसँग १५ करोड डलर झण्डै एक अर्ब २० करोड नेपाली रुपैयाँको सम्पत्ती छ । बिगबोसबाट भारतीय टिभि जगतमा छिरेकी उनले हालै मात्र जिस्म २ नामको हिन्दी फिल्ममा समेत अभिनय गरिन् ।

१. जेन्ना जेमसन : जेन्ना जेमसन सबैभन्दा बढी सम्पत्ती हुने पोर्नस्टार हुन् । अमेरिकी राष्ट्रपतिको चुनावमा ओबामालाई टक्कर दिने मिट रोम्नीको चुनावी क्याम्पेनमा होमिएकी जेन्नासँग तीन करोड डलरको सम्पत्ती छ । १९ वर्षको उमेरमा निलो चलचित्र उद्योगमा छिरेकी जेन्नाले १६० वटा यस्ता फिल्ममा अभिनय गरिन् । उनले सञ्चालन गरेको क्लवजेन्ना डटकमले उनलाई सबैभन्दा बढी आम्दानी दिन्थ्यो । निलो चलचित्रकी रानी भनेर चिनिने जेन्नाले यो साइट केही समयअघि मात्रै प्लेव्यायका मालिकलाई विक्री गरेकी थिइन ।

२. टेरा प्याट्रिक : निलो चलचित्र उद्योगमा छिरेपछि टेरा प्याट्रिकले सुरुमा अरुका लागि पैसा बनाइन्, अहिले उनले आफ्ना लागि बनाएकी छन् । उनीसँग अहिले डेढ करोड डलर बराबरको सम्पत्ती छ । टेराले एकसयभनदा बढी निलो चलचित्रमा काम गरिन । उनी अहिले आफ्नै कम्पनी टेराभिजन चलाएर बसेकी छन् । टेराभिजन वर्षमा १५ वटा यस्ता फिल्म बनाउँछ र त्यसबाट तीन करोड डलरको कारोवार गर्छ ।

३ जेस जेन : जेस जेन निलो चलचित्र उद्योगमा धेरै आम्दानी गर्ने तेस्रो महिला हुन् । उनीसँग अहिले ८० लाख डलरको सम्पत्ति छ । ७५ भन्दा बढी सिनेमामा काम गरेकी जेस अहिले सेक्स टोयको व्यापार गर्छिन । उनी टेकिला कम्पनीको मालिक हुन भने उनी अहिले मुल धारका चलचित्र र टेलिभिजन कार्यक्रममा समेत अभियन गरेकी छन् । उनी प्लेव्वाय टिभि शोमा नाइट कल्स कार्यक्रम चलाउँछिन् ।


४. ट्रेसी लर्ड : ८० को दशकमा निलो चलचित्र उद्योगमा रवाफ जमाएकी ट्रेसी लर्डसँग ७० लाख डलरको सम्पत्ति छ । उनले अहिलेसम्म एक सय निलो चलचित्रमा काम गरेकी छन् भने ट्रेसीले  ‘बि’ ग्रेडका सिनेमा र टेलिभिजनमा पनि काम गरेकी छन् । उनले लेखेको ‘टे«सी लर्ड ः अण्डरनिथ इट अल’ किताव सर्वाधिक विक्री हुने  किताव समेत बनेको थियो ।


५. मारिया टकागी : निलो चलचित्र उद्योगमा छिर्नुअघि मारिया टकागी लोकप्रिय जापानी पपस्टार थिइन् । अहिले उनी विश्वमा सबैभन्दा धेरै सम्पत्ती हुने महिला पोर्नस्टारको सूचीमा पाँचौ नम्वरमा छन् भने जापानमा सबभन्दा बढी आम्दानी गर्ने पोर्नस्टार हुन् । उनले जापानी एडल्ट प्रोडक्सन कम्पनीसँग दुई करोड ६० लाख डलरको कन्ट्रयाक्ट गरेकी उनीसँग अहिले भने ६० लाख डलरको सम्पत्ती छ ।

६. ब्री ओल्सन : ब्री ओल्सन निलो चलचित्र उद्योगकी नायिकाभन्दा पनि बढी चार्लिज सिनको महिला साथीका कारण लोकप्रिय भइन । उनले आफ्नो जीवनमा २३० यस्ता सिनेमामा काम गरिन् र सन् २०११ मा यो उद्योगबाट विदा लिइन । उनीसँग अहिले ५० लाख डलरको सम्पत्ती छ ।

७. केटी मोरगान : आफ्नो अनौठो आवाज र फरक जीवनशैलीका कारण केटी मोरगान पछिल्लो पाँच वर्षमा निक्कै सफल निलो चलचित्रकी नायिका बनिन् । उनले यो उद्योग बाहिर एचबिओका थुप्रै कार्यक्रममा अभिनय गरिन् । अहिले उनी रेडियो कार्यक्रमकी सञ्चालिका बनेकी छन् । उनले आफ्नो जीवनमा अहिलेसम्म ४५ लाख डलरको सम्पत्ती जोडेकी छन् ।

८. जेन्ना हेज : ३० वर्षकी जेन्ना हेजले यो वर्षमा निलो चलचित्र उद्योगबाट विदा लिइन । उनी यो उद्योगबाट विदा लिनु अघि लोकप्रियको शिखरमा थिइन । उनले पाँच सयभन्दा बढी यस्ता फिल्ममा काम गरिन् र १३ वटा फिल्मको निर्देशन पनि गरिन् । उनी अहिले आफ्नै निर्माण कम्पनी खोलेकी छन्, जहाँ उनी आफै निलो चलचित्र बनाउँछिन् र निर्देशन पनि गर्छिन् । उनीसँग अहिले ३५ लाख डलरको सम्पत्ती छ ।

९ सासा ग्रे : निलो चलचित्र उद्योगमा सबैभन्दा बढी सम्पत्ती भएकी महिलाको सूचीमा सासा ग्रे पनि छन् । उनले सन् २००८ मा सोडरबग्र फिल्म बनाएकी थिइन । उनले एचबीओको इन्टोरेजमा समेत काम गरिन् । उनी अहिले निलो चलचित्र उद्योगबाट बाहिरिए पनि उनको माग भने अझै छ । उनीसँग २५ लाख डलर बराबरको सम्पत्ती छ ।


१०. जिन्ना माइकल्स : चार पटकसम्म एभिएन टाइटलकी विजेता जिल्ला माइकल्स निलो चलचित्र उद्योगमा सबैभन्दा बढी कमाउने महिला पोर्नस्टारको सुचीमा १० औं नम्वरमा छन् उनीसँग अहिले २२ लाख डलरको सम्पत्ती छ । सन् २०१० मा उनले मुलधारको प्रिन्हा चलचित्रमा काम गरेकी थिइन् । सेलिब्रेटीनेटवर्थ डटकमबाट