
काठमाडौं । सिटी विकास बैंकले लगानीकर्तालाई ३० प्रतिशत लाभांसको घोषणा गरेको छ । ३० प्रतिशतमध्ये १५ प्रतिशत बोनस सेयर हो भने १५ प्रतिशत नगद लाभांश हो । बैंकको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकबाट स्वीकृती र साधरणसभाबाट अनुमोदन हुने गरी लाभांसको प्रस्ताव गरेको हो ।
पोखरामा प्रधान कार्यालय रहेको मुक्तिानाथ विकास बैंकले पनि साढे २७ प्रतिशत नगद र साढे २२ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय सञ्चालक समितिबाट गराइसकेको छ ।
सिटी बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर तथा साढे छ प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले अघिल्लो वर्षभन्दा नाफा दोब्बरले बढाए पनि सेयरधनीलाई लाभांश भने दोब्बर दिएन । बैंकले गत वर्ष पाँच १९ लाखरुपैयाँ नाफा कमाएको थियो भने त्यस अघिल्लो वर्ष दुई करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । सिटीको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ ।
सर्वसाधरण लगानीकर्ताले ३० प्रतिशत लाभांस दिने बैंकको नेप्सेमा जोडदार स्वागत गरेका छन् । प्रतिशतका आधारमा आइतवार सिटीको सेयर मूल्य सबैभन्दा बढी बढ्यो । एकै दिन १८ रुपैयाँले सेयर मूल्य बढेर सिटीको कारोवार भयो । यो प्रतिशतका आधारमा नौ दशमलव ८८ प्रतिशत हो ।
नेपाल स्टक एक्सचेञ्जमा सिटी बैंकको पछिल्लो कारोवार एकसय ६० रुपैयाँमा भएको थियो ।