एनसेलका पासी जर्जीया पुगे, जर्जीयाको आथित्यता, खाना, घर र संस्कृती नियाल्दै

बिजमाण्डू
२०६९ भदौ १७ गते ००:०० | Sep 2, 2012
एनसेलका पासी जर्जीया पुगे, जर्जीयाको आथित्यता, खाना, घर र संस्कृती नियाल्दै


काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तीनी सरूवा भएपछि जर्जीया पुगेका छन् । सेप्टेम्वरदेखि लागू हुनेगरी सरूवा गरिएपछि पासी जर्जिया पुगेका हुन् । उनले जर्जीया पुगेको जानकारी दिंदै फेसबुक स्टाटस लेखेका थिए, जर्जीयाको आथित्यता, खाना, घर र संस्कृती नियाल्दै ।

गए पासी, आउँदै तुरान : एनसेलबाट पासी कोइस्तीनी  जर्जीया पुगेका छन् भने  तुरान नेपाल आउँदैछन्

Tata
GBIME
Nepal Life

टेलियासोनेराको टर्कीस्थित युरोएशिया कार्यालयले अघिल्लो महिना पासीसहित पाँच प्रमुखको सरुवा गरेको हो । पासीको स्थानमा जर्जियाबाट ओसमान तुरान नेपाल आउँदैछन् । युरोएयिशा कार्यालयका अनुसार अजरवैजानको अजरसेलमा कार्यारत अलि अगन उज्वेकिस्तानको युसेलमा जानेछन् । त्यसैगरी अगनको स्थान माल्डोभाको मोल्डसेलका प्रमुख चिरिल गब्रुचीले सम्हाल्नेछन् । माल्डोभामा व्यापार निर्देशक ब्रकिन सिनलाई बढुवा गरिएको छ ।
पासी हेलो नेपालका लागि लविग गर्न आएका टेलियासोनेराका प्रमुख कार्यकारी अधिकृत लार्स नैवर्ग र युरोएशिया कार्यालयका अध्यक्ष तेरो काभिसारीसँगै जर्जीया पुगेका हुन् । जर्जीया पुग्नासाथ पासीले जर्ज सेलका लागि बनाइएको नयाँ आठ तले भवनबाट कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । जर्ज सेलले बनाएको नयाँ आठतले भवन लार्सले नै नेपालबाट जर्जीया पुगेर उद्घाटन गरेका हुन् । जर्जीया सरूवा भएपछि पासी असन्तुष्ट थिए ।
पासी असन्तुष्ट भएपछि उनलाइ मनाउन लार्स र काभिसारी काठमाडौं आएको स्रोतले बतायो ।
टेलियासोनेराका प्रमुखहरू हरेक वर्ष सम्वन्धित कम्पनीको बजेट बनाउने बेला भ्रमणा गर्ने प्रचलन अनुसार विभिन्न देश जाने चलन छ । गतवर्ष यसका लागि काभिसारी मात्रै नेपाल आएका थिए । तर यसपटक लार्स पनि नेपाल आएका हुन् । उनी एउटा त असन्तुष्ट पासीलाइ मनाउन आएका हुन्, दास्रो यो डिसेम्बारबाट उनी टेलियासोनेराबाट रिटार्यड पनि हुँदैछन् । त्यसैले सबैलाइ बाइ बाइ भन्न पनि उनी यहाँ आएका हुन्, एनसेल स्रोतले भन्यो ।