एलपी ग्यासका उपाध्यक्षको ट्यांकर तेल चोरीमा, कारवाहीका लागि सिफारिश

बिजमाण्डू
२०६९ भदौ १५ गते ००:०० | Aug 31, 2012
एलपी ग्यासका उपाध्यक्षको ट्यांकर तेल चोरीमा, कारवाहीका लागि सिफारिश

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष सिताराम तिमिल्सिनाका नाममा रहेको ट्यांकरले तीन सय लिटर तेल चोरी गरेको फेला परेको छ ।
बरौनीबाट पेट्रोल बोकेर आएको ना च ख १८९ नम्बरको ट्यांकर अमलेखगञ्ज डिपोमा विहिवार तेल खन्याउने क्रममा तीन सय लिटर तेल चोरी भएको पुष्टि भएको हो । तेल खन्याइसकेपछि डिपोका कर्मचारीले दुई वटा तेल राख्ने च्याम्बरमा जाँच गर्दा तीन सय लिटर तेल चोरी भएको पुष्टी भएको हो ।
हामीले चेम्बरमा जाँच गर्दा तेल लुकाएको ग्यालिन भेटियो,’ डिपो प्रमुख मुकुन्द घिमिरेले भने । उनका अनुसार ट्यांकरको दुई नम्बर च्याम्बरमा एक सय लिटरका दुई वटा ग्यालिन फेला परेको थियो भने तीन नम्बर च्याम्बरमा पचास लिटरका भरिएका दुई ग्यालिन फेला परेको थियो । तेल चोरीको पुष्टी भएको मुचुल्का उठाएर निगमको केन्द्रीय कार्यालयमा कारवाहीको लागि कार्यालयले पत्र पठाउँदैछ ।
हामीले अधिकतम कारवाहीका लागि पत्र पठाउँदैछौ, उनले भने, निगमको ट्यांकर ढुवानी विनियमावली अनुसार तीन महिना मात्रै ट्यांकरले तेल बोक्न नपाउने प्रावधान छ । तर हामीले योभन्दा बढी कारवाहीको माग गरेका छौ । बरौनीबाट तेल बोक्ने अधिकांश ट्यांकरले बीचबाटोमै तेल चोरी गरेर निगमलाई नोक्सानी गराउँदै आएका थिए । दुई वर्षअघि भएको अध्ययनले बरौनीका ट्यांकरले दुई सय ५० लिटर भन्दा कम तेल निगमलाई दिइरहेको निगमले अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । दुई वर्षअघि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरे र एसोसिएसनका वर्तमान महासचिव विश्व अर्यालको ट्यांकरले कम तेल चोरी भएको पुष्टी भए पनि कुनै कारवाही भएको थिएन ।

Tata
GBIME
Nepal Life