फोर्डको १११औं वार्षिकोत्सवमा हेरिटेज मन्थ मनाउने, सोरुममा फोर्डको इतिहास समेटिएको फिल्म

बिजमाण्डू
२०७१ असार १३ गते ००:०० | Jun 27, 2014

काठमाडौं। फोर्ड मोटर कम्पनीले १११औं वार्षिकोत्सवको अवसरमा नेपालमा हेरिटेज मन्थ मनाउने भएको छ। यो बार्षिकोत्सवका अवसरमा गो फोर्डले ग्राहकलाई स्पेशल अफर दिने जानकारी पनि दिइएको छ।
वार्षिकोत्सवको अवसरमा गो फोर्डको सोरुममा कम्पनीको ऐतिहासिक तथ्यहरु प्रदर्शन गरिने। ग्राहकले हेरिटेज मन्थ भरि सोरुममा फोर्डको प्रारम्भिक दिनको इतिहास र उपलब्धिका बारेमा हेर्न र बुझ्न सक्नेछन्। हेन्री फोर्डको एकल प्रयास तथा उनको भिजनले कम्पनीलाई कसरी विश्व व्यापी कार कम्पनी बनायो तथ्य सो रुममा देखाइने छ। हेनरी फोर्डले सन् १९०३ जुन १६ तारिखमा फोर्ड मोटर कम्पनी स्थापना गरेका हुन्। यो कम्पनीमा हेनरीले २८ हजार अमेरिकी डलर लगानी गरेका थिए।
हेरिटेज महिनामा गो फोर्डले नाइट एट द मुभी कार्यक्रम गर्ने भएको छ। हेरिटेज मन्थ मनाउने क्रममा फोर्डको समृद्ध इतिहास समेटिएको फिल्म देखाउन लागिएको हो। यो कार्यक्रमले फोर्डका फ्यानहरुलाई गो फोर्डमा एकत्रित गर्ने छ। कार्यक्रममा विभिन्न उपहार पनि राखिएको छ।
फोर्डका गाडी विक्री गर्न नेपालमा सन्  २०१०मा गो फोर्ड स्थापना गरिएको हो। मुलुकका विभिन्न आठ स्थानमा फोर्डको सोरुम स्थापना गरिएको छ।

Tata
GBIME
Nepal Life