हुन्डाइले छान्यो विश्वकप हेर्न ब्राजिल जाने चार भाग्यमानी, फाइनल खेल मैदानमै पुगेर हेर्न पाउने

बिजमाण्डू
२०७१ असार ३ गते ००:०० | Jun 17, 2014
हुन्डाइले छान्यो विश्वकप हेर्न ब्राजिल जाने चार भाग्यमानी, फाइनल खेल मैदानमै पुगेर हेर्न पाउने



काठमाडौं । हुन्डाइको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ब्राजिल विश्वकपको फाइनल हेर्न जाने भाग्यशाली विजेता चयन गरेको छ । कम्पनीले ‘हुन्डाइ जर्नी टु ब्राजिल २०१४’ अन्तर्गत चार जना भाग्यशाली विजेता चयन गरेको हो ।
विजेताहरुमा मोहनकुमार उप्रेती (दमक), राजनारायण शाह (विरगञ्ज), रामचन्द्र भण्डारी÷महेन्द्र भण्डारी (नारायणघाट) र देवकी ओभरसिज (काठमाडौं) छन् । उनीहरुलाई जाने आउने, खान वस्न तथा फाइनल हेर्ने सबै टिकट कम्पनील व्यहोर्नेछ । विश्वकपको अवसर पारेर हुन्डाइ कार किन्नेलाई गोलाप्रथाद्वारा फाइनल हेर्न जाने योजना कम्पनीले चलाएको थियो । योजना अन्तर्गत रहेको पाँच लाख सम्म नगद छुट साथै ५५ इन्चको सामसुङ एलइडि टिभी दिने कार्यक्रम भने विश्वकप कायम रहने जनाइएको छ ।

Tata
GBIME
Nepal Life