नेपालीलाई राष्ट्र बैंकको सुझाव, नगदभन्दा ट्राभल चेक र क्रेडिट कार्ड बोकौं

बिजमाण्डू
२०६९ भदौ १३ गते ००:०० | Aug 29, 2012
नेपालीलाई राष्ट्र बैंकको सुझाव, नगदभन्दा ट्राभल चेक र क्रेडिट कार्ड बोकौं

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश जाँदा सामान्य फुटकर खर्चका लागि मात्र नगदै डलर बोक्न सर्वसाधरणसँग अपिल गरेको छ । अन्य खर्चका लागि यात्रुचेक, विदेशी मुद्राको प्रिपेड कार्ड, क्रेडिट कार्ड जस्ता साधन उपयोग गर्न बैंकले सर्वसाधरणसँग अपिल गरेको हो ।
नगदको सट्टा विदेशी मुद्राका अन्य उपकरण प्रयोग गर्दा कम जोखिमयुक्त हुनुका साथै बढी विश्वसनीय र भरपर्दा हुने समेत राष्ट्र बैंकले बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकले नगदको सटृा त्यस्ता उपकरण प्रयोग गर्न प्रोत्साहित समेत गरेको छ । विदेश जाँदा नगद बाहेक अन्य उपकरण प्रयोगका लागि बैंकमा पर्याप्त मात्रामा बैकल्पिक उपकरण उपलव्धता रहेको जानकारी समेत दिएको छ ।
राष्ट्र बैंकले मुलुकमा पर्याप्त विदेशी विनिमयको सञ्चितिसमेत रहेको जानकारी दिएको छ । विगत केही दिनयता विदेशी मुद्रामध्ये अमेरिकी डलरको आपूर्तिमा कमी आएको समाचार प्रकाशन भएपछि राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गरेको हो । नेपालबाट विदेश भ्रमणमा जाने व्यक्तिलाई बैंकले जारी गरेका नीतिगत व्यवस्थाको अधीनमा रही बैंकबाट तोकिएको सीमासम्म नगदमा नै विदेशी मुद्रा नियमित रुपमा उपलव्ध गराउदैं आएको पनि जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life