माछापुच्छ्रे बैंकको धनुषामा ६९ औं एटिएम, एससिटि र एनपिएन नेटवर्कका कार्ड पनि चल्ने

बिजमाण्डू
२०७१ असार १ गते ००:०० | Jun 15, 2014

काठमाडौं । माछापुच्छ्रे बैंकले ६९ औं एटिएम सेवा सखुवा महेन्द्रनगर, धनुषामा सुरु गरेको छ । बैकको एटिएममा बैंकबाट जारी भएको कार्डसँगै एससिटि कार्ड, एनपिएन कार्डको अतिरिक्त अन्तरराष्ट्रिय मान्यता प्राप्त भिसा, भिसा इलेक्ट्रोन र भिसा प्लस कार्ड प्रयोग गर्न सकिन्छ ।
बैकले ग्राहकलाई छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्न आफ्नै कार्डस्वीच समेत जडान गरिसकेको जानकारी दिएको छ । बैंकले भारतमा समेत प्रयोग हुने आफ्नै भिसा कार्ड समेत उपलब्ध गराउँदै आएको छ ।
दुई अर्ब ४७ करोड ८८ लाख चुक्ता पुंजी रहेको बैकले चैत मसान्तसम्म ३३ अर्ब ८१ करोड निक्षेप परिचालन गरी २७ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ । बैंकले यो  अवधिमा ३१ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको माछापुच्छ«े बैंकका ५४ शाखा, एउटा एक्स्टेन्सन काउण्टर र एउटा सिमित बंैकिङ्ग इकाइबाट सेवा दिंदै आएको छ ।

Tata
GBIME
Nepal Life