कामना बिकासको असार ६ मा बिशेष साधारण सभा, ४ बराबर १ हकप्रद दिने, चुक्तापूँजी २८ करोड पुग्ने

बिजमाण्डू
२०७१ जेठ २२ गते ००:०० | Jun 5, 2014
काठमाडौं। कामना बिकास बैंकले असार छ गते बिशेष साधारण सभा गर्ने भएको छ । बैंकले साधारण सभामा चार बराबर एक अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव लैजादै छ । आगामी आइतवारसम्म बैंकको सेयरमा लगानी गर्नेले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन । बैंकले जेठ २६ गतेदेखि असार छ गतेसम्मको लागि बुक क्लोजको मिति घोषणा गरेको छ । 
बैंकले हकप्रद दिएपछि चुक्तापूँजी २८ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । चालु आवको तेस्रो त्रैमाशमा बैंकको चुक्तपूँजी २३ करोड रुपैयाँ रहेको थियो ।  गत बर्ष पनि बैंकले १५ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश दिएको थियो । बैसाख १७ गते दुई सय ५० सेयर मूल्य रहेको बैंकको अहिले तीन सय पाँच रुपैयाँमा सेयर कारोबार भइरहेको छ । बैंक तेस्रो त्रैमाशमा दुई करोड ४३ लाख नाफामा रहेको थियो । बैंकको निक्षेप दुई अर्ब ४९ करोड रुपैयाँ र कर्जा दुई अर्ब पाँच करोड रुपैयाँ रहेको छ । 
 

Tata
GBIME
Nepal Life