

सियाटल शहरले सोमबार कानुन पारित गर्दै मजदुरको न्युनतम पारिश्रमिक १५ डलर पुर्याएको हो। अमेरिकामा मजदुरले सातदेखि १० डलरसम्म पाउँदै आएका थिए। बढेको न्युनतम पारिश्रमिक अमेरिकामै सबैभन्दा वढी भएको समाचार एजेन्सीहरुले जनाएका छन्।
शहरमा काम गर्नेहरुलाई तोकिएको नयाँ पारिश्रमिक एकदमै लामो अभियानपछि मात्र लागू भएको हो। यो अभियानलाई सफल बनाउन पूर्व भारतीय एक महिलाको मूख्य भूमिका रहेको छ।
शहरमा काम गर्नेहरुलाई तोकिएको नयाँ पारिश्रमिक एकदमै लामो अभियानपछि मात्र लागू भएको हो। यो अभियानलाई सफल बनाउन पूर्व भारतीय एक महिलाको मूख्य भूमिका रहेको छ।
सामाजिक कार्यकर्ता बताउने ४१ बर्षी क्षमा सावंतको अभियानका कारण नयाँ पारिश्रमिक लागू भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। उनी गत बर्ष सियाटल शहरको परिषद्मा समेत चयन भएकी थिइन्, उनको प्रमुख मुद्दा ज्याला बृद्धि गर्ने र धनीलाई कर बढाउने भन्ने थियो।