टाटा मोटर्सको मार्कोपोलो यात्रु बस नेपालमा, एसी बसको मूल्य ४३ लाख

बिजमाण्डू
२०६९ भदौ १२ गते ००:०० | Aug 28, 2012


काठमाडौ । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको सुविधा सम्पन्न मार्कोपोलो यात्रु बस नेपाली बजारमा ल्याएको छ । यो बस एयरकन्डिसनयुक्त छ । कम्पनीले सोमबार औपचारिक कार्यक्रम गरेर बसको बिक्री सुरु गरेको हो ।  एयरकन्डिसन भएको बस नेपाली बजारमा पहिलो भएको कम्पनीको दावी छ । कम्पनीले पर्यटक बोक्न उपयुक्त हुने भएकोले पर्यटन व्यवसायीलाई लक्ष्य गर्दै बस ल्याएको जनाएको छ ।
५ हजार ६ सय ७६ सीसीको पानीबाट चिसो बन्ने डिजेल इन्जिन भएको बस हो । यो बसले २ हजार ८ सय आरपिएममा १ सय ३० पिएसको शक्ति र १ हजार ८ सय आरपिएममा ३ सय ६३ एमएमको टर्क प्रदान गर्ने कम्पनीले दावी गरेको छ । २८ सिट क्षमताको यो बसको मूल्य नेपाली बजारमा ४३ लाख १० हजार मूल्य तोकेको छ । १ सय २० लिटरको ट्यांकी रहेको बसमा पहिलो १० बुकिङकर्ताले १ लाख २० हजारको छुट पाउने कम्पनीले जनाएको छ ।

Tata
GBIME