सिटिजन्स बैंक पुग्यो डोल्पा जिल्ला, डोल्पामा शाखा खोल्ने निजी क्षेत्रको पहिलो बैंक, ४०औं शाखा



२०७१ जेठ १० गते ००:००
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पाको दुनैमा शाखा खोलेको छ। बैंकको यो ४०औं शाखा कार्यालय हो। डोल्पा जिल्लामा हालसम्म कुनै पनि निजी क्षेत्रको बैंक नरहेको र सिटिजन्स बैंक डोल्पा जिल्लामा आफ्नो शाखा विस्तार गर्ने पहिलो निजी क्षेत्रको बैंक भएको उसले विज्ञप्तिमा दावी गरेको छ। यसअघि बैंकले कर्णाली अञ्चलको हुम्ला जिल्लाको सिमिकोट र जुम्लाको खलङामा शाखा खोलेको थियो। बैंकका सहायक महाप्रवन्धक गणेशराज पोखरेलले पूजापाठ गरि दुनै शाखा आरम्भ गरेका हुन्। 
दुनै शाखा संचालन गरेको अवसरमा बैंकले लोमस फार्मसुटिकल्स प्रालिको सहयोगमा डोल्पाका जनतालाई निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरि औषधी वितरण गरेको थियो। यसबाट स्थानीय जनताहरुको ठूलो संख्याले स्वास्थ परीक्षण गरि औषधी उपचार गराएका बैंकले जनाएको छ। 
 

Tata
GBIME