सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज ५९ हजार चार सय पुग्यो, चाँदी पनि बढ्यो

बिजमाण्डू
२०६९ भदौ ११ गते ००:०० | Aug 27, 2012
सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज ५९ हजार चार सय पुग्यो, चाँदी पनि बढ्यो


काठमाडौं । सुनको मूल्य बढ्ने क्रममा सोमवार पनि रोकिएन । सोमवार पनि सुन प्रतितोला दुई सय रुपैयाँ बढेर नयाँ उचाईमा पुग्यो । नेपाल सुन चाँदी व्यवसायी संघले सोमवारका लागि छापावाल सुन प्रतितोला ५९ हजार चार सय रुपैयाँ तोकेको छ । साताको पहिलो दिन आइतवार पनि सुन तोलामा तीन सय रुपैयाँले बढेर ५९ हजार पार गरेको थियो । गत हप्ताको सुरुवातदेखि सुनको मूल्यले पुराना रेकर्डलाइ पछि पार्दै नयाँ रेकर्ड बनाउदै आएको छ । यस अघि गत शुक्रवार सुनले नयाँ रेकर्ड बनाउँदै तोलामा तीन सय रुपैयाले बढेर ५८ हजार नौ सय रुपैयाँमा कारोवार भएको थियो । केहि दिन यता अन्तराष्ट्रिय बजारमा सुनको मुल्य निरन्तर उकालो लागेकोे कारण नेपाली बजारमा पनि सुनको मुल्य लगातार आकाशिदै गएको छ । चाँदीको मुल्य पनि केहि दिनदेखि लगातार बढिरहेको छ । सोमवार चाँदी प्रति तोलामा १५ रुपैयाँले बढेर एक हजार एक सय ३० रुपैयाँमा कारोवार भएको छ ।

Tata
GBIME