चिनीया कम्पनीले पायो पोखरा विमानस्थल निर्माणकाे जिम्मा, लागत २१ अर्ब ६० करोड रुपैयाँ

बिजमाण्डू
२०७१ जेठ ८ गते ००:०० | May 22, 2014

काठमाडौं । सरकारले चिनिया कम्पनी सिएमएससीलाई पोखरा विमानस्थल निर्माण जिम्मा दिएको छ । कम्पनीका प्रतिनिधी र नागरिक उड्डयन प्राधिकरणबीच विमानस्थल बनाउने बारे विहिबार सम्झौता सम्पन्न भएको हो ।
क्षेत्रीय स्तरको विमानस्थल बनाउने गरि परियोजना अघि बढेको छ । परियोजनाको कुल लागत २१ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । निर्माण रकम सहुलियत दरमा चीनिया एक्जिम बैंकले ऋण स्वरुप उपलब्ध गराउनेछ । ऋण सम्झौता बारे पनि छिट्टै सहमति हुने जनाइएको छ । सिएमएससीले इन्जिनियरिङ, प्रोकुरमेन्टर र कन्सष्ट्रक्सन प्रणाली अन्तर्गत निर्माण गर्ने गरि ठेक्का पाएको हो ।
नेपालमा पर्यटनको प्रशस्त सम्भावना भए पनि त्यस अनुरुप पुर्वाधार नभएको भन्दै थप तीन वटा अन्र्तराष्ट्रिय तथा क्षेत्रीयस्तरका विमानस्थल निर्माण प्रकृया अघि बढाइएको छ । पोखरा विमानस्थल त्यसै मध्येको एक हो । भैरहवामा क्षेत्रीय स्तरकै गोतमबुद्ध विमानस्थल निर्माण प्रकृया अघि बढाइएको छ । अघिल्लो साता भैरहवामा क्षेत्रीय विमानस्थल बनाउन एशियाली विकास बैंकले ऋण लगानी गर्ने सहमति भएको थियो ।
बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रकृया पनि सुरु भइ सकेको छ । एसियाली विकास बैंकको सहयोगमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनको स्तरोन्नती पनि अघि बढेको छ ।

Tata
GBIME
Nepal Life