सिटिजन्सको साढे आठ प्रतिशत नगद लाभांस, सेयर ८ रूपैयाँले घट्यो

बिजमाण्डू
२०६९ भदौ १० गते ००:०० | Aug 26, 2012
सिटिजन्सको साढे आठ प्रतिशत नगद लाभांस, सेयर ८ रूपैयाँले घट्यो


काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले १२।४१ प्रतिशतले नाफा वढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको थियो । यही नाफाबाट बैंकले सेयरधनीलाई ८।४२ प्रतिशत  लाभंश बाँड्ने निर्णय गरेको हो । बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र साधरणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ । बैंकले गतवर्ष ५.५३ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बानेस सेयर वितरण गरेको थियो । बैंकको नगद लाभांशको घोषणा गरेपछि प्रतिसेयर ८ रुपैयाँले घटेको छ । बैंकको १९४ रुपैयाँमा २७ कारोवार भए ।
 बैकको प्रति सेयर आम्दानी पनि १० रुपैयाँ ६१ पैसा छ । बैंकले गत वर्ष खराव ऋण उठाएकाले नाफा वढेको हो । यद्यपी व्याज आम्दनी पनि २।७८ प्रतिशतले वढेको छ । बैंकले ७ करोड ९४ लाख रुपैयाँ खराव ऋण उठाएको छ । संभावित नोक्सानीमा ठूलो रकम नछट्याउनु परेको भए बैंकको नाफा थप १० करोड रुपैयाँले वढ्ने थियो ।
बैंकले नाफाबाट संभावित नोक्सानीमा १२।४१ प्रतिशत रकम वढी अर्थात १२ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । बैंकको अघिल्लो वर्षको भन्दा खराव ऋण पनि केही वढेको छ । बैंकको खराव ऋण १।१७ प्रतिशतबाट वढेर २।०१ प्रतिशत पुगेको छ । यसले बैंकको नाफा केही प्रभावित पारेको हो ।
बैंकको कुल ऋण १५।१९ प्रतिशतले वढेर १४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । निक्षेपको वृद्धि २८।७५ प्रतिशत छ । बैंकको निक्षेप १७ अर्ब ३५ करोड रुपैयाँ छ । निक्षेपको अनुपातमा  ऋण वढ्न नसकेकाले बैंकको कुल ब्याज आम्दानी जम्मा २।७८ प्रतिशतले वढेर ५७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा घरजग्गा ऋण ६।६८ प्रतिशतले घटाएको छ । घरजग्गामा बैंकको ऋण २ अर्ब ५२ करोड रुपैयाँ छ । बैंकको पुँजी पर्याप्तता अनुपात १५।३१ प्रतिशतबाट वढेर १५।५८ प्रतिशत पुगेको छ । मूल्य आम्दानी अनुपात २१।६८ गुणा छ । प्रति सेयर नेटवर्थ १ सय १७ रुपैयाँ छ ।
युनिकको नौ प्रतिशत
आइतवार युनिक फाइनान्सले पनि नौ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो । युनिक फाइनान्सले गतवर्ष दुई करोड २१ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

Tata
GBIME
Nepal Life