आधुनिक भुक्तानी प्रणालीका लागि राष्ट्र बैंक अघिसर्‍यो, आइएफसीको सहयोगमा चार प्रतिवेदन तयार

बिजमाण्डू
२०७१ बैशाख २६ गते ००:०० | May 9, 2014
काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपालमा आधुनिक भुक्तानी प्रणालीको विकासका लागि चार वटा प्रतिवेदन तयार गरेको छ।
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को प्राविधिक सहयोगमा राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनको मस्यौदामा राय सुझाव संकलन गर्ने कार्यसमेत थालेको छ।
राष्ट्र बैंकले 'रिभ्यू अफ एक्जिस्टिङ नेपाल नेशनल पेमेन्ट सिस्टम', 'नेपाल पेमेन्ट सिस्टम डेभलपमेन्ट स्ट्राटेजी', 'नेपाल राष्ट्र बैंक पेमेन्ट सिस्टम ओभरसाइट' र 'इम्प्लिमेन्टेसन अफ द पेमेन्ट ओभरसाइट फङसनः रोडम्याप' प्रतिवेदन तयार पारेको हो। 
यसमा राय सुझावका लागि राष्ट्र बैंकले एक महिनाको सहय दिएको छ। राष्ट्र बैंकले शुक्रबारै राजधानीमा यस सम्वन्धि कार्यशाला पनि आयोजना गरेको थियो।
नेपालको भुक्तानी प्रणाली आधुनिक र भरपर्दो बनाउने उद्देश्यले नीतिगत व्यवस्था गर्न लागिएको हो। 
 

Tata
GBIME