म्याजिक स्कुटरको म्याजिक योजना, दैनिक ११० रुपैयाँको किस्तावन्दी कार्यक्रम

बिजमाण्डू
२०६९ भदौ १० गते ००:०० | Aug 26, 2012
म्याजिक स्कुटरको म्याजिक योजना, दैनिक ११० रुपैयाँको किस्तावन्दी कार्यक्रम

काठमाडौं । एक महिनाअघि बिक्री सुरु गरेको कोरियन मोटरसाइकल(एसवाईएम)को म्याजिक ११० आरआर स्कुटर दैनिक १ सय १० रुपैयाँ मासिक किस्तामा पाइने भएको छ । अधिकृत बिक्रेता श्रेष्ठ कम्पनीले शुन्य प्रतिशत ब्याजमा दैनिक ११० रुपैयाँ तिरे पुग्ने गरी यो स्कुटर किन्न पाउने सुविधा ल्याएको हो । कम्पनीले ग्राहकलाई सजिलोका लागि एक्सचेन्जको सुविधा दिएको छ भने उपभोक्ताले हेलमेट सितैमा पाउँछन् । दुई वर्षे वारेन्टी भएको यो स्कुटरले एक लिटरमा ७० किलोमिटर माइलेज दिन्छ ।

Tata
GBIME
Nepal Life