हुलास पावरले ल्यायो एक्साइड युपिएस, १९ हजारदेखि ३२ हजारसम्म मूल्य

बिजमाण्डू
२०६९ भदौ ८ गते ००:०० | Aug 24, 2012

काठमाडौ । एक्साइड ब्याट्रीको बिक्रेता हुलास पावरले नेपाली बजारमा नयाँ घरायसी प्रयोगका युपिएस भित्र्याएको छ । गोल्छा अर्गनाइजेसनले विहिवार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो ।
नेपाली बजारमा सोलार, इन्भर्टर र युपिएस र त्यसमा प्रयोग हुने ब्याट्रीको बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीले बजारमा ६ सय ५०, ८ सय ५० र १ हजार ४ सय ५० भोल्ट क्षमताका युपिएस ल्याएको हो ।
नेपाली बजारमा ६ सय ५० भोल्टको युपिएसलाई १९ हजार ९ सय ९९, ८ सय ५० भोल्टको युपिएसलाई २४ हजार ९ सय ९९ र १ हजार ४ सय ५० भोल्टको युपिएसलाई ३२ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले पुराना ब्याट्री फिर्ता लिएर छुटमा नयाँ ब्याट्री बिक्री गर्ने योजना समेत ल्याएको छ ।

Tata
GBIME