एभरेष्टको लिलामी रोक्न अदालतले अस्वीकार गर्यो, अर्को साता लिलामी



बिजमाण्डू
२०६९ भदौ ७ गते ००:०० | Aug 23, 2012
एभरेष्टको लिलामी रोक्न अदालतले अस्वीकार गर्यो, अर्को साता लिलामी

काठमाडौं । हिमालयन बैंकले लिलामीमा चढाएपछि मुद्दा हालेको एभरेस्ट फ्लोरिकल्चरलाई अदालतले अन्तरिम आदेश दिन अस्वीरका गरेको छ । बैंकले बुधबार लिलाम विक्री गर्ने तयारी गरेको थियो । लिलामीमा चढाएपछि कारवाही रोकिपाउँ भनेर फ्लोरिकल्चरले अदालतसँग स्टे अर्डर मागेको थियो । बुधबार दिनभर वहसपछि अदालतले फ्लोरिकल्चरको विपक्षमा फैसला दिएको छ । अब बैंकहरुलाई लिलाम गर्न वाटो फुकेको छ ।
लिलाम गर्ने समय मुद्दाका कारणले सरेपछि बैंकले पुनः सात दिने सुचना जारी गर्छ । सात दिनमा लिलामबाट सम्पति विक्री नभए त्यो गैरबैंकिङ सम्पतिका रुपमा बैंकको  नाममा आउँछ । सहवित्तीयकरणमा लिएको ऋण नतिरेपछि एभरेस्ट फ्लोरिकल्चरलाई लिलामीमा चढाइएको हो । हिमालयन बैंकको नेतृत्वमा कुमारी, ग्रान्ड, कृषि विकास, मनकामना, आइएलएफसी र कर्मचारी सञ्चय कोषले फ्लोरिकल्चरलाई ऋण लगानी गरेको थिए ।
फ्लोरिकल्चरबाट मनोरमा थापा, निर्मला लम्साल र सयास ग्रुप इजरायजकी रचेल सयागले ऋण लिएका थिए । ऋणका लागि मधुसुदन आचार्य, मधु लम्साल, निर्मला लम्साल, एकनाथ  थापा र मनोरमा थापाले व्यक्तिगत जमानी दिएका छन् । फ्लोरिकल्चरले पटक पटक गरेको आग्रह र राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइले केही समय पर्खनका लागि दिएको निर्देशनपछि लिलामी रोकिएको थियो । दिएको समय पुरा भइसकेकाले अन्य सदस्य बंैकको दवावामा लिलामीमा लगिएको हो ।
असार मसान्तअघि नै लिलामी गरिसक्नु पर्ने सम्पति भएपनि हिमालयन बैंकले यसलाई आलटाल गरेको थियो । नाफा एक अर्ब नघाएपछि हिमालयन बैंकले लिलाम गर्ने समय सारेको थियो । फ्लोरिकल्चरले ९ वर्षअघि दुई चरणमा गरेर ३१ करोड ऋण लिएको थियो । ऋण तिर्न नसकेपछि वढेर ६० करोड रुपैयाँ पुगिसकेको छ । फूल उत्पादन गरी विदेश निर्यात गर्ने उद्देश्यले २००२ मा कम्पनी स्थापना भएको थियो । उत्पादनका लागि आवश्यक पुर्वाधार निर्माण गरेपछि कम्पनी ६ वर्षअघि सञ्चालनमा आएको थियो । एभरेस्ट फ्लोरिकल्चरलाई ८ बैंकले लगानी गरेका छन् । फ्लोरिकल्चरले अढाइ वर्षदेखि ऋण तिर्न सकेको थिएन । काठमाडौंको सुन्दरीजलस्थित नयाँ पाटीमा १ सय ४५ रोपनी जग्गामा फ्लोरीकल्चरले गुलाफको फूल उत्पादन सुरु गरेको थियो । चालु पुँजी अभावमा व्यवसाय धान्न नसकेपछि कम्पनी बन्द अवस्थामा छ । लिएको ऋण र ब्याज गरेर कम्पनीले बैंकलाई ९ करोड रुपैयाँ वुझाइ सकेको छ ।
फ्लोरि कल्चरका सञ्चालक पर्यटन व्यवसायी मदुसुदन आचार्य हुन् । उनको कम्पनीमा ३० प्रतिशत इक्विटी छ । कम्पनीमा ६ करोड इजरायली कम्पनीको लगानी छ । अहिलेको मूल्य अनुसार फ्लोरिकल्चरले ओगटेको जग्गाको मूल्य ७० करोड रुपैयाँभन्दा माथि पर्छ । बैंकले लिलामीबाट आफ्नो साँवा र व्याज सजिलै उठाउन सक्छ । वार्षिक ६० लाख  थुँगा गुलाफ उत्पादन गरी विदेश निर्यात गर्ने महत्वकांक्षी योजना लिएको फ्लोरिकल्चरले ३० लाख थुँगा विदेशी यठाउन सक्यो । ६ लाख नेपाल भित्रै विक्रीसमेत ग¥यो । उत्पादनमा लाग्ने विउ विरुवा प्रविधि जनशक्ति सबै विदेशीको निर्भरमा रहेको कम्पनील्े ग्राहकको माग अनुसारको गुणस्तर कायम गर्न सकेन । चार वर्षदेखि सुरु भएको उर्जा संकटको असरले फ्लोरिकल्चरलाई पनि पिरल्यो । यसले उसले गुणस्तर कायम गर्न सकेन ।
कम्पनीले ३० लाख थुँगा युरोप र जापानमा निर्यात गरेको थियो । यसबाट कम्पनीले ३ करोड ९० लाख जापानी येन र ३० हजार युरो आम्दानी गरेको थियो । वार्षिक एक लाख डलर खर्च गरेर ३० लाख डलर आम्दानी भित्रिन्थियो ।

Tata
GBIME
Zonsen