फूलमेलामा नेताहरुको लर्को, शनिबार २७ लाख रुपैयाँभन्दा बढिको कारोवार, मेला आइतवार सकिंदै

बिजमाण्डू
२०७० चैत्र १५ गते ००:०० | Mar 29, 2014
फूलमेलामा नेताहरुको लर्को, शनिबार २७ लाख रुपैयाँभन्दा बढिको कारोवार, मेला आइतवार सकिंदै


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय पुष्पप्रदर्शनीको तेस्रो दिन बिभिन्न राजनैतिक दलका नेताले अवलोकन गरेका छन् । बिदाको दिन पारेर एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, एमाओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु दिननाथ शर्मा ,जनार्दन शर्मा र एमाले नेता रामेश्वर फुयाँल लगायत मेला हेर्न पुगेका थिए ।
शनिबार २१ हजार दर्शकले मेला अबलोकन गरेको र २७ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले जनाएको छ । आलंकारिक बोटबिरुवा, मौसमी फूल तथा अर्किडको धेरै कारोबार भएको फ्यान उपाध्यक्ष कुमारकसजु श्रेष्ठले बताए ।
बिहिबार सुरु भएको मेला आइतबार सम्म चल्नेछ । तीन दिनमा ५७ लाख रुपैयाँको कारोवार भइ सकेको छ । मेला अवधिभरमा ९० लाखको कारोवार गर्ने आयोजकको लक्ष्य छ ।
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष छन् । यसले किसानलाई समेत प्रशस्त फाइदा पुगेको आयोजकको दाबी छ । मेलामा नेपाल लगायत भारत, बंगलादेश, हल्याण्ड, जापान, अमेरिकाका पुष्प व्यवसायीक कम्पनी÷फर्महरुको स्टल रहेका छन् ।

Tata
GBIME
Nepal Life