पुष्प मेलामा दुई दिनमै ३० लाख रुपैयाँ भन्दा धेरैको कारोबार, अबलोकन गर्नेको भिड लाग्यो

बिजमाण्डू
२०७० चैत्र १४ गते ००:०० | Mar 28, 2014
पुष्प मेलामा दुई दिनमै ३० लाख रुपैयाँ भन्दा धेरैको कारोबार, अबलोकन गर्नेको भिड लाग्यो


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीमा दुई दिनमै ३० लाख रुपैयाँभन्दा बढिकोको कारोबार भएको फ्लोरिकल्चर एसोशिएसन अफ नेपाल (फ्यान)ले जनाएको छ । प्रदर्शनीमा विषेशगरी आलंकारिक बोटबिरुवाको धेरै कारोबार भएको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
शनिबार सार्बजनिक बिदा परेका कारण मेला अबलोकनका लागि सर्बसाधारणको घुइचो लाग्ने पनि संयोजक कसजुले बताए । मेला अबधीभर ९० लाखभन्दा बढिको कारोबार हुने अनुमान गरिएको फ्यानको छ । दुई दिनको कारोबार हेर्दा लक्ष लक्ष पुरा हुने फ्यानका महासचिव दिलिप बादेले बताए । २१ भन्दा बढि बिदेशी जानकारीमुलक स्टल रहेको र आधुनिक कृषि प्रणालीमा अत्यावश्यक सामाग्रीहरुका बारेमाजानकारी लिनेको संख्या उल्लेख्य रहेको अध्यक्ष लोक नाथ गैरेले बताए । मेला संयोजक कसजुले हरेक बर्ष मेला अबलोकन गर्नेहरु बढिरेको र यसले व्यापार पनि बढाएको जानकारी दिए । यो मेला आइतबारसम्म जारी रहनेछ ।
फ्यानले शुक्रबार फ्लोरिकल्चर डेभपल इन नेपाल, प्रस्पेक्ट एण्ड च्यालेन्ज विषयक कार्यशाला पनि आयोजना गर्यो । यो कार्यशालामा बैज्ञानिक पुरुषोत्तम प्रसाद खतिवडा, एग्रिकल्चर एण्ड फोरेस्ट युनिभरसिटीका प्राडा डिल्ली राम बराल, फ्यानका अध्यक्ष गैरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tata
GBIME
Nepal Life