हिम इलेक्ट्रोनिक्सले ग्लीन्ट स्वीच बिक्री सुरु, १० बर्ष ग्यारेन्टी, मूल्य सयदेखि हजारसम्म

बिजमाण्डू
२०७० फागुन २२ गते ००:०० | Mar 6, 2014
हिम इलेक्ट्रोनिक्सले ग्लीन्ट स्वीच बिक्री सुरु, १० बर्ष ग्यारेन्टी,  मूल्य सयदेखि हजारसम्म

काठमाडौं । गोल्छा समुह अन्गर्तको हिम इलेक्ट्रोनिक्सले भारतीय कम्पनी इन्डोएसियनले उत्पादन गरेको ग्लीन्ट विद्युत स्विच बिक्री सुरु गरेको छ । इन्डोएसियनका भाइस प्रेसिडेन्ट अजय वली र हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक शेखर गोल्छाले बिहिबार राजधानीमा आयोजित कार्यक्रममा ग्लीन्टका स्विच नेपालमा सार्वजनिक गरेका हुन् ।

ग्लीन स्विचले छोटो समयमै भारतीय बजारमा लोकप्रियता हासिल गरेको र पहिलो अन्तराष्ट्रिय बजारको रुपमा नेपाललाई छनौट गरिएको वलीले बताए । ‘यो उत्पादन सामान्य देखि उच्च बर्ग सबैलाई समान ढंगले समेट्ने खालको रहेको छ’ उनले भने ।
बजार सुहाउँदो मुल्य, आकर्षक डिजाइन र उच्च कोटीको सुरक्षा सर्तकता ग्लीन्टका मुख्य विषेशता रहेको जनाइएको छ । १० बर्षको वारेन्टी युक्त स्विचहरु बिभिन्न मोडालिटीमा एक सय देखि एक हजार रुपैयाँ सम्ममा उपलब्ध हुने हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक गोल्छाले जानकारी दिए ।
२६ बर्षको हिम इलेक्ट्रोनिक्सका इतिहासमा कमसल सामान बेचेर छिटो मुनाफा कमाउने सोच कहिल्यै नराखेका कारण आफुहरु बजारमा अब्बल रहन सफल भएको गोल्छाको दाबि थियो । ‘हामीले जुन गुणस्तरका उत्पादन बिक्री गर्दै आएका थियौं ग्लीन्ट त्यहि स्तरको भएकाले हामीले सहकार्य गरेका हौं’ उनले भने ।
हिमले इन्डोएसियनका अरु विद्युतीय उत्पादन पनि १० बर्ष देखि बिक्री गर्दै आएको छ । त्यस बाहेक हिम इलेक्ट्रोनिक्सले आफ्नै ब्रान्ड हिमस्टार, सामसुङका विद्युतीय उपकरण, अहुजा, बजाज इलेक्ट्रिकल्सका उत्पादन बिक्री गर्दै आएको छ । कम्पनीले बिहिबारबाटै केयरट्रोन एमसिबी पनि बिक्री सुरु गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life