फेरी आर्थिक समस्या झेल्दै आयल निगम, जुलाईको दुई अर्ब तिर्न आइओसीको ताकेता

बिजमाण्डू
२०६९ भदौ १ गते ००:०० | Aug 17, 2012

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको १ सय १६ डलर पुगेपछि नेपाल आयल निगम फेरी आर्थिक संकटमा परेको छ ।
भारतीय आयल कर्पोरेसन(आइओसी)ले अगस्ट १६मा पठाएको नयाँ मूल्य सूचीमा निगमको घाटा ४१ करोड पुगेको छ । सेप्टेम्बरमा यो मूल्य अझ बढेर निगमको घाटा पचास करोड नाघ्ने छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा जुलाई महिनामा ७ करोड नाफा गरेको थियो । एक महिना नाफामा जाँदा निगमले तीस हजार किलोलिटर तेल ल्याएको थियो । यो तीस हजार किलोलिटर बढी तेल ल्याउँदाको झन्डै दुई अर्ब आइओसीलाई तिर्न बाँकी छ । यो रकम तिर्नको लागि आइओसीले निगमलाई पत्र पठाइसकेको छ । तर निगमसँग तत्कालै उद्यारो रकम तिर्ने वित्तीय स्रोत छैन ।
तत्कालै जुलाईमा ल्याएको तेलको पैसा तिर्नसक्ने हैसियत छैन । सेप्टेम्बर महिनादेखि हामी झन् समस्यामा पर्ने देखिन्छ, निगमका एक अधिकारी भने, फेरी हामी पूरानै अवस्थामा आयांै । गतवर्ष निगमको घाटा १० अर्बको हाराहारी पुगेको थियो ।

Tata
GBIME