दुई दिनमै सुनको मूल्य एघार सयले सस्तियो, तोलाको ५३ हजार आठ सय, चाँदीपनि २५ रुपैयाँले सस्तियो

बिजमाण्डू
२०७० माघ १५ गते ००:०० | Jan 29, 2014
काठमाडौं। दुई दिनमै सुनको मूल्य एघार सयले सस्तिएको छ । बुधवार सुन प्रतितोला ५३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार दुई सय दुई रुपैयाँले भाउ घटेर सुन प्रतितोला ५४ हजार छ सय ९८ रुपैयाँ मा कारोबार भएको थियो ।  बुधवार डलरको बिनिमय दर ९९.७० रुपैयाँमा सिमित भएपछि सुनको भाउ घटेको हो । मंगलवार प्रति डलरको बिक्रीदर एक सय एक रुपैयाँभन्दा बढि थियो । आयातित सुनको खरीद डलरमा गरिने भएकोले पनि बिनमय दरमा प्रभाव पर्छ । त्यस्तै, भारतमा पनि सुनको मूल्य अघिल्लो दिनकोभन्दा घटेर कारोबार भइरहेको छ । अघिल्लो दिन एक्सचेन्ज बन्द हुँदा प्रति दश ग्राम सुन २९ हजार पाँच सय २१ भारुमा कारोबार भइरहेकोमा बुधवार २९ हजार तीन सय ७५ भारुमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाली बजारमा दुई दिनमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले सस्तिएर आठ सय ४० मा कारोबार भएको छ ।    
 

Tata
GBIME
Nepal Life