आइएमईको ३१ औं केन्द्र कोटेश्वरमा, यो वर्ष भित्र एक सय केन्द्र खोल्ने लक्ष्य

बिजमाण्डू
२०६९ साउन ३१ गते ००:०० | Aug 15, 2012
आइएमईको ३१ औं केन्द्र कोटेश्वरमा, यो वर्ष भित्र एक सय केन्द्र खोल्ने लक्ष्य



काठमाडौं । इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) ले काठमाडौंको कोटेश्वरमा आफ्नो ३१ औं आइएमई सेन्टर  स्थापना गरेको छ । आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोटेश्वरस्थित सिम्पल सव रेमिटको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले आईएमई सेन्टर सेवाग्राही केन्द्रित आदर्शको एउटा सुन्दर नमुना भएको बताए । यो आर्थिक वर्ष भित्र आईएमईले देशभर एक सय वटा सेन्टर खोल्ने लक्ष्य राखेको उनले जानकारी दिए । आईएमईले ३१ आईएमई सेन्टर लगायत देशभरका २००० भन्दा बढी आफ्ना एजेन्ट/सव एजेन्ट  छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

Tata
GBIME