सर्वोच्च अदालतले खुमबहादुर खड्कालाई भ्रष्ट्राचारी सावित गर्यो (फैसलाको पूर्ण पाठ)

बिजमाण्डू
२०६९ साउन ३० गते ००:०० | Aug 14, 2012
सर्वोच्च अदालतले खुमबहादुर खड्कालाई भ्रष्ट्राचारी सावित गर्यो (फैसलाको पूर्ण पाठ)


काठमाडौं । सर्वोच्च अदालतले काँग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्ट्राचारी ठहर गरेको छ । राजनीतिक दलका नेताहरु माथि भ्रष्ट्रचार सम्वन्धी मुद्धामा सर्वोच्चले सुनुवाई गर्दै खड्कालाई पनि दोषी ठहर गरेको हो । यसअघि सर्वोच्चले काँग्रेस नेता चिरञ्जीवी वाग्ले र बहालवाला सूचना तथा सञ्चारमन्त्री जेपी गुप्तालाई भ्रष्ट्राचार ठहर गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद, ९४ लाख ७४ हजार १२३ रुपैयाँ जरिवाना र त्यति नै बराबरको विगो भराउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधिश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्काले भ्रष्ट्राचार गरेको प्रमाणित गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।
सर्वोच्चको फैसला लगत्तै खड्काका समर्थकहरुले होहल्ला गरेपछि अदालत परिसरमा तनाव सिर्जना भएको छ । आज फैसला आउने भएपछि सर्वोच्चमा प्रहरीले कडा सुरक्षा व्यवस्था गरेको थियो भने सर्वसाधरणलाई अदालत परिसरमा जान बन्देज लगाइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुइ करोड ३६ लाख रूपैयाँको सम्पत्ति गैरकानूनी ढंगले कमाएको भन्दै खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले ०६३ कात्तिक २९ मा खड्कलाई सफाइ दिएपछि अख्तियारले ०६३ चैत १५ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्चमा खड्का र सरकारी वकिलको बहस साउन १६ मा सकिएपछि फैसलाको मिति आज तोकिएको थियो ।
के के खोसिन्छ ?
सर्वोच्च अदालतले ९४ लाख ७४ हजार १२२ रुपैयाँको आम्दानीको स्रोत पुष्टि नभएको भन्दै फैसला गरेको हो । खड्काको पुष्टि नभएको सम्पत्ति जफत हुन्छ भने उनले बिगो बमोजिम थप ९४ लाख ७४ हजार १२२ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । फैसला पछि उनको स्रोत पुष्टि गर्न नसकेको सम्पत्ती सरकारले खोस्छ ।
अब खड्काकी श्रीमती शीला शर्मा खड्काका नाममा एभरेष्ट बैंक लि. नयाँ बानेश्वरको खाता नं. ८५८० “ए” मा मौज्दात रहेको २५  लाख रुपैयाँको निक्षेप तथा त्यसबाट बढेबढाएको  ब्याज   जफत  हुन्छ । त्यसैगरी शीलाको  नाममा  ललितपुरमा भएको   कित्ता नं. २४९ को एक रोपनी छ आनाको २० लाख ९२ हजार मूल्इांकन गरिएको जग्गा पनि खोसिन्छ । त्यसैगरी शीलाकै  नामको  ललितपुरमा भएको घरबाहेकको  जग्गाबाट  २० लाख ५६ हजार ९८७  रुपैयाँ  बराबरको  भागहिस्सा पनि खोसिन्छ । खड्काका  नाममा  दर्ता  रहेको  बा.२.च. ९५५५  नम्वरको २४ लाख ५० हजार खरिद मूल्य पर्ने मित्सुविसी प्राडो गाडी, ३३ तोला सुन र २.९३ किलो चाँदी पनि खोसिन्छ ।

Tata
GBIME


फैसलाको मुख्य अंश यस्तो छ ।
अब, प्रतिवादीलाई सफाई दिएको विशेष अदालतको फैसला मिलेको छ, छैन र बादी पक्षको पुनरावेदन  जिकीर  बमोजिम  प्रतिवादीलाई  सजाय  हुनु  पर्ने  हो,  होइन  भन्ने  निर्णय  दिनु  पर्ने  हुन आएको  अन्तिम  प्रश्नका  सम्बन्धमा  विचार  गर्दा  पहिलो  र  दोस्रो  प्रश्नका  सम्बन्धमा  गरिएको विश्लेषणमा उल्लिखित कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्त र तथ्य एवम् प्रमाणहरु समेतको आधार कारणबाट  प्रतिवादीलाई  आरोपित  कसूरबाट  सफाई  दिएको  विशेष  अदालतको  फैसला  मिलेको नदेखिँदा  सो  फैसला  उल्टी  भई  प्रतिवादी  खुमबहादुर  खड्काले  स्रोत  पूष्टि  गर्न  नसकेको
रु.९४,७४,१२२।१३ बराबरको चलअचल सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसूर गरेको ठहर्छ । सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०५९  ७४  को दफा २०(२) अनुसार विगो र  कसूरको मात्रा विचार गरी एक वर्ष  कैद र विगो वमोजिम  रु. ९४,७४,१२२।१३ जरिवाना तथा स्रोत पूष्टि हुन नसकेको उक्त सम्पत्ति र दफा ४७ वमोजिम सोबाट बढेबढाएको  सम्पत्ति  समेत  जफत  भई  प्रतिवादीले  मन्त्री  र  सांसदको  पदमा  रहेको  समयमा  कसूर गरेको भन्ने देखिँदा दफा २४ बमोजिम थप छ महिना कैद हुने ठहर्छ । अरुमा तपसिल बमोजिम  
गर्नु ।  
तपसिल
माथि  इन्साफ  खण्डमा  लेखि  वमोजिम  विशेष  अदालतको  फैसला  उल्टी  भई  प्रत्यर्थी  प्रतिवादी खुमबहादुर खड्कालाई जम्मा एक वर्ष छ महिना (१।६) कैद हुने ठहर भएको हुँंदा पुर्पक्षको क्रममा थुनामा बसेको दिन दुई कट्टा गरी निजलाई ठहर भएको बाँकी कैदको लगत कसी कानून वमोजिम  असूल उपर गर्नु गराउनु भनी प्रस्तुत फैसलाको प्रतिलिपि सहित काठमाडौं जिल्ला अदालतमा लगत दिनु…..१
 
विशेष  अदालत  काठमाडौंको  फैसला  उल्टी  भई  प्रत्यर्थी  प्रतिवादी  खुमबहादुर  खड्कालाई रु.९४,७४,१२२।१३ जरिवाना हुने ठहर भएको हुँदा निजलाई लागेको जरिवानाको लगत कसी असुल उपर गर्नु गराउनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु….२
विशेष अदालतको फैसला उल्टी भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा   ४७ अनुसार जफत हुने ठहर भएको प्रतिवादी शीला शर्मा खड्काका नामको एभरेष्ट बैंक लि.नयाँ बानेश्वरको खाता नं. ८५८० “ए” खातामा मौज्दात रहेको निक्षेप रु.२५,००,०००।, तथा त्यसबाट बढेबढाएको  ब्याज  समेत  जफत  गरी  सर्वसञ्चित  कोषमा  दाखिल  गर्नु  भनी  काठमाण्डौ  जिल्ला अदालतमा लगत दिनु  …..३
निम्न प्रतिवादीहरुका नाममा रहेका निम्न बमोजिमका सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति समेत जफत गरी कानून बमोजिम सर्व सञ्चित कोषमा दाखिल गर्नु……४
(क)  प्रतिबादी  शीला  शर्मा  खड्काको  नामको  ल.पु.ल.पु.उ.म.पा.वडा  नं.२(क)  कि.नं.२४९, क्षे.फ.१–६–१–१ लिखत मूल्य रु.२०,९२,०००। को जग्गा ।
(ख)  निजैका  नामको  ल.पु.उ.म.पा.वडा  नंं.२(क)  कि.नं.१०७  को  १–६–०–०  र  कि.नं.१८६  को क्षे.फ.०–१–१–०  जग्गामध्ये  घरबाहेकको  जग्गाबाट  रु.२०,५६,९८७।०२  बराबरको  भागहिस्सा ।
(ग)  प्रतिवादी  खुम  बहादुर  खड्काका  नाममा  दर्ता  रहेको  बा.२.च.९५५५,  खरीद  मूल्य रु.२४,५०,०००। को मित्सुविसी प्राडो गाडी ।  
 (घ)  आरोप  पत्रको  तालिका  नं.  ८  मा  उल्लिखित  प्रतिवादीसँग  रहेको  भनेको  तत्कालीन  मूल्य रु.३,७५,१३५।११ बराबरको ३३ तोला सुन र २.९३ किलो चाँदी ।
प्रतिवादी पुनम खड्काको नाममा हिमालयन बैंक ठमेल खा.नं.१३७००० मा हाल हाल बाकी रहेको रु.१६,६२८। निजको टिकाटालो र दक्षिणा वापतको रकम ठहरेकाले रोक्का राखीरहनु पर्ने नदेखिएकोले फुकुवाको लागि निजको दरखास्त परे फुकुवा गरिदिनु ………………………………………………५
प्रत्यर्थी  प्रतिवादी  खुमबहादुर  खडकालाई  प्रस्तुत  फैसला  बमोजिम  लागेको  कैद  र  जरिवाना  असुल उपर  भई,  स्रोत  नखुलेको  सम्पत्ति  जफत  भई  फैसला  पूर्णरुपमा  कार्यान्वयन  भएपछि  विशेष अदालतबाट  रोक्का  रहेको  सम्पत्ति  फुकुवा  गरी  पाऊँ  भनी  प्रतिवादीको  दरखास्त  परे  फुकुवा  गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु भनी विशेष अदालत काठमाडौंमा लेखी पठाउनु.

फैसलाको पूर्ण पाठ पढ्न तल क्लिक गर्नुहोस्
http://www.supremecourt.gov.np/download/KhumBahadur.pdf