मनास्लु बैंकले खोल्यो चितनवको नारायणघाटमा नयाँ शाखा



२०६९ साउन २६ गते ००:००

काठमाडौं । मनास्लु विकास बैंकले चितवनको नारायणघाट बजारमा शाखा खोलेको छ । शाखा कार्यालयमा बैंकले एटिएमसमेत जडान गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष विजय मल्लले गरे । बैंकले यसअघि गोरखको आरुघाट बजार, लक्ष्मीबजार तथा तनहुँको डुम्रेबजार र तुरतुरे बजारमा शाखा खोलिसकेको छ । बैंकको केन्द्रिय कार्यालय गोरखामा छ । बैंकले निशुल्क अन्तर बैंक शाखा कारोबार र रेमिट्यान्स सेवा उपलब्ध गराउने महाप्रबन्धक विरुराम जैशीले जानकारी दिए ।


Sunrise Bank
Tata
GBIME