ग्रान्ड बैंकको नयाँ अध्यक्षमा कोने चयन, साढे सात प्रतिशत नगद लाभांश दिने बैंकको लक्ष्य

बिजमाण्डू
२०६९ साउन २२ गते ००:०० | Aug 6, 2012
ग्रान्ड बैंकको नयाँ अध्यक्षमा कोने चयन, साढे सात प्रतिशत नगद लाभांश दिने बैंकको लक्ष्य


काठमाडौं । ग्रान्ड बैंकको नयाँ अध्यक्षमा स्वरुप गुरुङ कोनेको चयन भएको छ । बैंक सञ्चालक समितिको बैठकले कोनेलाई अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिरबाबु खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा छ । बैंकका अध्यक्ष कृष्णलाल महर्जनको पदावधी सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । कोने सोसाइटी अफ नेप्लीज आर्किटेक्टको अध्यक्ष हुनुहुन्छ भने उहाँ रोटरी क्लव नेपाल र नेपाल फिलिपिन्स सोसाइटीका पूर्व अध्यक्ष रहिसक्नुभएको छ ।
बैंकमा संस्थापक शेयरधनीको समूहबाट जगदीकुमार अग्रवाल, पवनकुमार अग्रवाल, कोने र श्रीराम लामिछाने आगामी चार वर्षका लागि सर्वसम्मच सञ्चालक चयन हुनुभएको हो ।  बैंकका अन्य सञ्चालकमा देवराज राजभण्डारी, सोहनबाबु खत्री, मधुवनलाल मास्के र प्रतापमेहनर श्रेष्ठ हुनुहुन्छ ।
बैंकसँग १५ अर्ब निक्षेप, १२ अर्व ऋण लगानी छ भने आर्थिक वर्षको समाप्तिमा बैंकले १८ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यही मुनाफाबाट शेयरधनीलाई साढे सात प्रतिशत नगद लाभांश दिने लक्ष्य रहेको जानकारी दिएको छ ।
बैंकले भदौ १ गतेदेखि एक करोड रुपैयाँसम्मको ग्रान्ड एसएमई कर्जा दिने घोषणा समेत गरेको छ । यो कर्जाका लागि बैंकका २१ शाखामा आवेदन दिए पनि भुक्तानी भने भोटाहिटी शाखाले गर्ने बैंकको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुहोस्

ग्रान्ड बैंकको नाफा दोब्बरले बढ्यो, १८ करोड मुनाफा, लगानीकर्तालाइ प्रतिफल १० प्रतिशत

http://www.bizmandu.com/content/-451.html#.UB-gKKBeP1Q

दोब्बर नाफाले लोभिएनन् लगानीकर्ता, ग्रान्ड बैंकको सेयर मूल्य घट्यो, नेप्सेमा सुधार

http://www.bizmandu.com/content/-457.html#.UB-gQ6BeP1Q