एमाले युवा संगठनको आज पनि बिहानी बन्द, यातायातका साधन रोकिए

बिजमाण्डू
२०६९ साउन २२ गते ००:०० | Aug 6, 2012

काठमाडौ । एमालेको युवा संगठन युवा संघ नेपालले गरेको चार घन्टे बन्दले उपत्यकाको सडक सुनसान भएको छ । उपत्यकाको सडकमा केही निजी सवारी साधन र मोटरसाइकल चलेका छन् भने सार्वजनिक यातायात भने ठप्प छन् । बन्दले बिहानी सत्रमा चल्ने कलेज, स्कुलहरु ठप्प भएका छन् ।
संघले प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनलाई काग्रेस लगायतका विपक्षी दलले समर्थन गरेका छन् । आन्दोलनकर्ताले हिजो बानेश्वरमा एउटा गाडी तोडफोड गरेका थिए । अहिले उपत्यकाको विभिन्न स्थानमा भेला भएका युवाहरुले यातायात बन्द गराइरहेका छन् । बन्द १० बजेसम्म मात्रै छ ।

Tata
GBIME