बेलायती युवराज्ञीको उत्कृष्ट पहिरन अनि त्यसका ७७ तस्वीर

बिजमाण्डू
२०६९ साउन २१ गते ००:०० | Aug 5, 2012
बेलायती युवराज्ञीको उत्कृष्ट पहिरन अनि त्यसका ७७ तस्वीर

बेलायती युवराज्ञी केट मिडल्टन सुन्दर छन्, उनी विश्वका लागि फेशन आइकन पनि हुन् । त्यसैले त अमेरिकी पत्रिका भ्यानिटी फेयरले उनलाई २०१२ को ‘उत्कृष्ट पहिरन’ भएकी सेलिब्रेटीका रुपमा आफ्नो सेप्टेम्वर कभर बनाएको छ । केट भ्यानिटी फेयरको यो उत्कृष्ट सूचीमा पहिलोपटक परेकी होइनन्, उनी लगातार तीन वर्षदेखि यो सूचीको नम्वर १  मा छन् ।

अमेरिकी पत्रिका भ्यानिटी फेयरले केटलाई उत्कृष्ट पहिरन भएको सेलिब्रेटीमा छानेपछि बेलायती पत्रिका द डेली मेलले उनले दुई वर्षमा लगाएका ७७ ड्रेसको तस्वीर छापेर उनी कुन रंग कति मन पराउँछिन् भन्ने सूची जारी गरेको छ ।

मेलका अनुसार महारानी एलिजावेथ जस्तै केट पनि निलो रंग बढी मन पराउँछिन् ।

उनले सार्वजनिक कार्यक्रममा लगाएको पहिरनका आधारमा डेली मेलले निकालेको कपडाको रंगका आधारमा उनी औषतमा २१ प्रतिशत निलो रंगमा हुन्छिन् ।

उनी निलो रंग मन पराएजस्तै खैरो रंग पनि मन पराउँछिन् ।

दुई वर्ष अघि युवराज विलियमसँग विवाह गरेकी केटले दैनिक पाँच जोर लुगा परिवर्तन गर्ने गरेको भ्यानिटी फेयरले छापेको छ ।

उनको ड्रेस अप, गहनाका लागि गत वर्ष छ महिनामा ५५ हजार डलर ४९ लाख नेपाली रुपैयाँ खर्च भएको थियो ।

युवराज्ञीले आफ्नो पहिरनको छनोट आफै गर्ने गरेको पनि भ्यानिटी फेयरले छापेको छ ।

त्यसैगरी उनी आफ्ना लागि चाहिने पहिरन कहिले काहीं टपसप जस्ता पसलमा पुगेर आफै खरिद गर्ने गरेकी छन् ।

उनको ड्रेसअपका लागि लाग्ने अधिकतम खर्च युवराजको खाताबाट आउँछ ।

Tata
GBIME
Nepal Life